बुढानिलकण्ठ नगरपालिका–१० स्थित कपनमा आगलागीबाट ३ जनाको मृत्यु भएको छ । बुधवार साँझ कपन गुम्बा नजिकै रहेको ट्रेकिङ अफिसमा आगलागी भएको थियो । आगलागीमा परेर ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले बताए । इलाइट हिमालयन एडभेन्चर प्रालिमा लागेको आगो सुरक्षाकर्मीले निभाएका छन् । मृतकको पहिचान खुलेको छैन् ।...
५ आश्विन २०७९, बुधबार १४:४३५ आश्विन २०७९, बुधबार १४:४३५ आश्विन २०७९, बुधबार १४:४३ by adminNo Comments
स्वास्थ्य सेवा सुधारका माग राखेर धनगढीमा अनशन बसेको १० औं दिन डा. गोविन्द केसी उपचारका लागि काठमाडौं आएका छन् ।
अनशनका क्रममा स्वास्थ्यमा समस्या आएपछि उनी श्री एयरलाइन्सको विमानबाट काठमाडौं आएका हुन् ।
काठमाडौं आएका उनलाई विमानस्थलबाट सिधै शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । सिकिस्त हुँदा पनि अनशन तोड्न नमानेका उनले शिक्षण अस्पतालमा नै अनशनलाई निरन्तरता दिने बताएका छन् ।
सेती प्रादेशिक अस्पतालका चिकित्सकले डा.केसीको पेटमा कडा खालको अल्सर देखिएको भन्दै उनलाई यसअघि नै विशेषज्ञहरु भएको अस्पतालमा लैजान आग्रह गरेको थियो ।
जस अनुसार हिजो (मंगलबार) उनलाई लिन नेपाली सेनाको स्काई ट्रक धनगढी गएको थियो । तर उनले आफू ठिक रहेको भन्दै काठमाडौं नफर्कने अडान लिएका थिए । त्यसपछि स्काइ ट्रक रित्तै फर्केको थियो । तर आज भने उनी काठमाडौं आउन तयार भएका हुन् ।...
५ आश्विन २०७९, बुधबार ०६:१९५ आश्विन २०७९, बुधबार ०६:१९५ आश्विन २०७९, बुधबार ०६:१९ by adminNo Comments
भारत : बलिउडका हास्यकलाकार राजु श्रीवास्तवको निधन भएको छ । उनको बुधबार ( आज ) बिहान भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको हो ।
५८ वर्षीय राजुलाई ४३ दिनअघि १० अगस्टमा हृदयाघात भएको थियो । उनी आइसीयुमा राखेको १३ दिनपछि होसमा आएका थिए , तर झन्डै डेढ महिना अस्पतालको कोमामा बसेका उनी अन्ततः महाप्रस्थान गरेका छन् ।
लखनउको कानपुरका राजु अमिताभ बच्चनको ‘ दिवार ’ फिल्म हेरेपछि अभिनेता बन्न मुम्बई आएका थिए । शुरुमा अटो ड्राइभर बनेका उनले बलिउड छिर्न ४ -५ वर्ष संघर्ष गरेका थिए । एक दिन एकजना यात्रुले राजुलाई स्टेज परफरमेन्स गर्न सल्लाह दिएपछि उनले स्टेज शो गरेका थिए । जसमा उनलाई सुरुमा ५० रुपैयाँ पारिश्रमिक दिइएको थियो । पछि उनले लगातार कमेडी स्टेज शो गरे र सबैको लोकप्रिय बने ।
उनको कमेडी शो भारतको सबैभन्दा चर्चित कार्यक्रम हो । उनले मैने प्यार किया , बाजीगर , वाह तेरे क्या कहेना ...
४ आश्विन २०७९, मंगलवार १५:५४४ आश्विन २०७९, मंगलवार १५:५४४ आश्विन २०७९, मंगलवार १५:५४ by adminNo Comments
अनेरास्ववियु मकवानपुरको एक कमिटी पाँच काम अभियान अन्तर्गत आज भीमफेदी गाउँपालिकाको सुपीङ स्थीत श्री महालक्ष्मी माध्यमीक विद्यालयमा प्रारम्भीक कमिटी गठन भएको छ । आज मंगरलवार भएको कमिटी गठनबाट निर्देशिका पुडासैनीको अध्यक्षतामा ३ठ सदस्यीय नयाँ कमिटी बनेको हो । उक्त कमिटीको उपाध्यक्ष दिप्सन पुडासैनी, सचिव ईशा मगर, सहसचिव पुजना पुडासैनी, कृष्ण कुमारी पुडासैनी, अनुसा दोङ, यसोदा पुडासैनी र सन्ध्या पुडासैनी तथा कोषाध्यक्षमा स्वीकृती पुडासैनी चयन भएको अनेरास्ववियु भीमफेदी कमिटी सहसचिव संघर्ष पुडासैनीले बताए ।
कमिटी गठन गर्न अनेरास्ववियु भीमफेदी अध्यक्ष ईशा पाख्रीन, उपाध्यक्ष विशु सुनार र सहसचिव संघर्ष पुडासैनी गएका हुन् ।...
४ आश्विन २०७९, मंगलवार १३:१०४ आश्विन २०७९, मंगलवार १३:१०४ आश्विन २०७९, मंगलवार १३:१० by adminNo Comments
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन-अनेरास्ववियुको मकवानपुर जिल्ला अध्यक्ष भुवन मैनालिले मामा घर, नेपालमा रहेका बालबालिकालाई स्टेसनरी बितरण गर्नु भएको छ । अध्यक्ष मैनालिले आज मामा घरमा २१ जना बालबालिकालाई आफ्नो जन्म दिनको अवसरमा कपि र कलम बितरण गर्नुभएको हो ।
मैनाली सामाजिक र राजनीतिक क्षेत्रमा सकृय हुनुहुन्छ । उहाले आफु जन्म दिनमा अनावश्यक खर्च नगरी सामाजिक कान गरेका हुन् ।...
३ आश्विन २०७९, सोमबार १४:४६३ आश्विन २०७९, सोमबार १४:४६३ आश्विन २०७९, सोमबार १४:४६ by adminNo Comments
थारू महिलाको महान् पर्व जितियाको अवसरमा हेटौंडामा तीन दिन विविध कार्यक्रम गरि मनाईएको छ । थारु कल्याणकारीणी सभा, थारु महिला सभा, थारु युवा सभा र थारु विद्यार्थी सभा मकवानपुरले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेको हो ।शनिवार सामुहिक स्नान, पुजापाठ र भोजन, आईतबार जीतवहान भगवानको ब्रत तथा जितिया कथा बाचन र सोमबार साँस्कृतिक सहित विशेष कार्यक्रम आयोजना गरिएको थारु कल्याणकारीणी सभा मकवानपुरका सचिव चन्द्रकान्त चौधरीले बताए । कार्यक्रम थारु कल्याणकारीणी सभाकी केन्द्रीय सदस्य जानकी चौधरीको प्रमुख आतिथ्य तथा थारु महिला सभा मकवानपुरकी सभापती द्रौपती चौधरीको अध्यक्षतामा भएको थियो ।कार्यक्रममा थारु भेषभुषा लगाएर भेला भएका थारु युवक-युवतीहरुले थारु, नेपाली, हिन्दी गीतमा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ मकवानपुरका अध्यक्ष जंगबहादुर गुरुङ, नेपाल आदिवासी जनजाती पत्रकार मह...
३ आश्विन २०७९, सोमबार ०८:५४३ आश्विन २०७९, सोमबार ०८:५४३ आश्विन २०७९, सोमबार ०८:५४ by adminNo Comments
हेटौँडा । पूर्वि मकवानपुरको बकैया गाउँपालिकामा स्थापना भएको प्रस्तावित बकैया जेसीजको आयोजनामा सप्ताहब्यापी कार्यक्रम सुरु भएको छ । जेसीजले सप्ताहाब्यापी कार्यक्रम अन्र्तगत बकैया–४ जुरेलीमा रहेको शक्तेश्वर महादेब मन्दिर सरसफाई तथा अन्तर जेसीज बक्तृत्वकला कार्यक्रम सम्पन्न गरेको छ । विक्रम खत्रीको संयोजकत्वमा भएको सरसफाई कार्यक्रममा जेसीजका सदस्य तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।आजै जेसीजको आयोजनामा ‘प्रभावको लागि कार्य’ विषयक अन्तर जेसीज बक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ । जितेन्द्र दाहालको संयोजकत्वमा भएको कार्यक्रममा सरोज ढुंगेलले प्रथम स्थान हाँसिल गर्न सफल भएका छन् । वक्तृत्वकलामा सुशिल घिमिरे द्वितिय तथा शौभाग्य दुतराज तृतिय भए । प्रस्तावित बकैया जेसीजका अध्यक्ष रमेश फुँयालको अध्यक्षतामा भएको कार्यक्रममा जेसीजका कार्यकारी उपाध्यक्ष अमोद बस्नेतले स्वागत मन्तब्य ब्यक्त गरेको सेजी...
२ आश्विन २०७९, आईतवार १३:३४२ आश्विन २०७९, आईतवार १३:३४२ आश्विन २०७९, आईतवार १३:३४ by adminNo Comments
मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर-०६, वडा स्तरिय खुल्ला नकआउट फुटबल प्रतियोगितामा उपाधी दावेदार सयपत्री युवा क्लब पराजित भएको छ । श्रृजनशिल जागृत युवा क्लब नयाबस्तीले आयोजना गरेको प्रतियोगिताको दोश्रो दिनको दोश्रो खेलमा प्रतापुर फुटबल समुह विजय भएको हो ।आज भएको खेलमा प्रतापुर फुटबल समुहले सयपत्री युवा क्लबलाई ट्राईबेकरमा पराजित गरेको छ । खेलको निर्धारित समयभित्र दुबै टिमले गोल गर्न नसकेपछी खेल ट्राईबेकरमा परिणत भएको हो । रोमान्चक मोहोडमा पुगेको ट्राइबेकरमा प्रतापुर फुटबल समूह ९-८ को झिनो गोल अन्तरले विजय भएको हो ।यो सङ्गै बिजेता प्रतापुर दोश्रो चरणमा पुगेको छ भने सयपत्री युवा क्लब प्रतियोगीताबाटै बाहिरिएको छ ।...
२ आश्विन २०७९, आईतवार ०५:१५२ आश्विन २०७९, आईतवार ०५:१५२ आश्विन २०७९, आईतवार ०५:१५ by adminNo Comments
सिक्लेस हाइड्रोपावर लिमिटेडले भदौ २९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिन आज (असोज २ गते) अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।
कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो। सोमध्ये ३ प्रतिशत अर्थात ३४ हजार ५०० कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ५७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ। सर्वसाधारणले बाँकी १० लाख ५८ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपाले कम्पनीलाई केयर एनपी ड...
१ आश्विन २०७९, शनिबार ०६:३६१ आश्विन २०७९, शनिबार ०६:३६१ आश्विन २०७९, शनिबार ०६:३६ by adminNo Comments
हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी निर्बाचनमा मकवानपुरको समग्र बिकासको निमित्त मकवानपुरे जनताले साझा उम्मेदवारको रुपमा आफुलाई लिने बताउदै कुनै दल ब्यक्तीसङ्ग आफ्नो नराम्रो नभएको र प्रतिशोधी भावना नभएकोले सबैको सहयोग पाउनेमा ढुक्क भएको बताएका छन् । आज पार्टीको हेटौंडा -८ कमानेमा आयोजित कार्यकर्ता भेलामा बोल्दै थापाले मकवानपुरको अधुरो बिकासको सपना पूरा गर्न आफू चुनाबी मैदानमा आएको समेत बताए । एउटा राष्ट्रबादी प्रजातान्त्रिक शक्ति मुलुकले खोजिरहेको भन्दै थापाले स्वाभिमानी देशभक्तहरु एक ठाँउमा उभिनुपर्ने समय आएको बिचार ब्यक्त गरे । प्रदेश राजधानी बनाउन आफुले महत्त्वपूर्ण भुमिका निर्बाह गरेको चर्चा गर्दै थापाले यहाँको युबाहरुलाई रोजगारीको अबसर श्रीजना गर्न, रिङ्ग रोड निर्माण गर्न, बिश्वबिद्धालय स्थापना गर्न, हेटौंडा -काठमाडौं सुरुङ्ग मार्ग निर्माण गर्न, शिक्षा ,स्वास्थ ,खानेपानी...