Wednesday, April 22News That Matters

Breaking news 1

दाङ २ बाट शंंकर पाेखरेलकाे एकल सिफारिस

दाङ २ बाट शंंकर पाेखरेलकाे एकल सिफारिस

Breaking news 1, राजनीति
दाङ : दाङ क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभाको निर्वाचनका लागि एमालेले पार्टी महासचिव शंकर पोखरेलको नाम सिफारिस गरेको छ । क्षेत्रीय समितिले पोखरेलेको नाम सर्वसम्मत उम्मेदवारका रुपमा सिफारिस गरेको हो । पोखरेल २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यका लागि क्षेत्रनम्वर २ (क) बाट निर्वाचित भएका थिए । मुख्यमन्त्री बन्ने शर्तमा २०७४ को चुनाव प्रदेश सभमा लडेका उनी यसपाली भने प्रतिनिधि सभामा सिफारिस भएका हुन् । उनी लुम्बिनी प्रदेशको पूर्व मुख्यमन्त्री पनि हुन् ।...
काठमाडौं आइपुगे भारतीय स्थल सेनाध्यक्ष पाण्डे

काठमाडौं आइपुगे भारतीय स्थल सेनाध्यक्ष पाण्डे

Breaking news 1, समाचार
काठमाडौं । भारतीयस्थल सेनाका अध्यक्ष मनोज पाण्डे नेपाल आइपुगेका छन् । नेपाली सेनाको निमन्त्रणामा पाण्डे आइतबार अपराह्न काठमाडौं आइपुगेका हुन् । नेपाली सेनाको मानार्थ प्रधानसेनापति उपाधि दिनका लागि पाण्डेलाई नेपाल बोलाइएको हो । नेपाल र भारतका सेना प्रमुखलाई एक अर्काले मानार्थ प्रधानसेनापतिको उपाधि दिने चलन रहेको छ । यस्तो छ कार्यक्रम तालिका मनोज पाण्डेलाई सोमबार (भोलि) सैनिक जंगीअड्डामा गार्ड अफ अनर दिइनेछ । उक्त अवसरमा पाण्डेले प्रधानसेनापति प्रभुराम शर्मासँग भेट गर्ने कार्यतालिका रहेको छ । त्यसपछि अपरान्ह शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको अवार्ड प्रदान गर्ने कार्यथालिका रहेको छ । त्यस्तै मंगलबार पाण्डे मौसमले साथ दिएमा माउन्टेन फ्लाइटमा निस्कने जानकारी गराइएको छ । दिउँसो उनले शिवपुरीमा रहेको आर्मी स्टाफ कलेजको भ्रमण गर...
खप्तड लघुवित्तको आईपीओ भाेली बाँडफाँट हुने, १२ हजार ३४० आवेदकले मात्रै शेयर पाउने

खप्तड लघुवित्तको आईपीओ भाेली बाँडफाँट हुने, १२ हजार ३४० आवेदकले मात्रै शेयर पाउने

Breaking news 1, अर्थ, ट्रेन्डिङ
खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ ८ गते देखि निष्काशन गरेको आईपीओ भाेली सोमबार बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराईज क्यापिटलको कार्यालय, कमलपोखरीमा भाेली सोमबार बिहान १० बजे बाँडफाँट हुने भएको हो । लघुवित्तले भदौ ८ गतेदेखि भदौ १२ गतेसम्म १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ जारी गरेको थियो । त्यस मध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात २ हजार कर्मचारीहरुका लागि र सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । बाँकी १ लाख २३ हजार ४०० कित्ता शेयर मात्रै सर्वसाधारणको लागि वितरण हुनेछ । लघुवित्तको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाका माध्यमबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ ...
श्रृजनशील लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

श्रृजनशील लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Breaking news 1, अर्थ, ट्रेन्डिङ
श्रृजनशील लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिनकाठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। लघुवित्तले सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो । लघुवित्तले प्रतिशेयर १ सय रुपैयाँ अंकित मूल्यमा ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ जारी गरेको छ। निष्काशन गरिएको कुल ३ लाख ९३ हजार ७ सय ५० कित्ता शेयरमध्ये ५ हजार ४ सय ७० कित्ता कर्मचारीहरुका लागि र १९ हजार ६ सय ९० कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्याएर बाँकी रहेको ३ लाख ६८ हजार ५ सय ९० कित्ता शेयरमा सर्वसाधारण आवेदन दिन सक्नेछन् । उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशे...
एमाले उपाध्यक्ष बादललाई मातृशाेक

एमाले उपाध्यक्ष बादललाई मातृशाेक

Breaking news 1, समाचार
हेटौंडा । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादल)लाई मातृशोक परेको छ उनकी आमा नन्द कुमारी थापाको आज बिहान चितवनको क्षेत्रपुरस्थित निवासमा निधन भएको हो । दीर्घरोगका कारण उनी केही वर्षयता थलिएकी थिइन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नन्द कुमारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।...
महाभियोग सिफारिस समितिकाे बैठक बस्दै ,आज पनि जबराले बयान दिने

महाभियोग सिफारिस समितिकाे बैठक बस्दै ,आज पनि जबराले बयान दिने

Breaking news 1, समाचार
काठमाडौं। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै छ । यसअघि भदौ १५ र १६ गते समितिको बैठक बसेको थियो । बिहीबार बसेको समितिको उक्त बैठक २ घण्टामात्र चलेको थियो । महाअभियोग सिफारिस समितिका सभापति रामबहादुर बिष्टले जबरालाई सोधिने प्रश्नहरु बाँकी रहेकाले आज बिहान ११ पुनः बयान सुरु हुने जानकारी दिएका थिए । बयानका लागि ४३ वटा प्रश्न तयार गरिएको भए पनि दुई दिनमा ६ वटा प्रश्नहरुको मात्र जबराले जवाफ दिएका छन् । जबराले प्रश्नको उत्तर दिने भन्दा पनि संसद्‍, सहकर्मी न्यायाधीश माथि नै प्रश्न उठाउँदै आएका छन् ।...
समिटको जहाजमा समस्या आएपछी पोखरा विमानस्थलमै आपतकालिन अवतरण

समिटको जहाजमा समस्या आएपछी पोखरा विमानस्थलमै आपतकालिन अवतरण

Breaking news 1, ट्रेन्डिङ, समाचार
१९ भदौ, पोखरा । पोखरा विमानस्थलबाट ७ बजेर ५९ मिनेटमा मुस्ताङका लागि उडेको समिट एयरको जहाजमा समस्या निम्तिएपछि आपतकालीन अवतरण गरिएको छ । पोखरा विमानस्थलबाट उडेको ७ मिनेटपछि जहाजमा समस्या आएको भन्दै सोही विमानस्थलमा अवतरण गरिएको हो । १८ यात्रु लिएर मुस्ताङ उडेको जहाजमा इन्टिकेसनमा समस्या आएको भन्दै अवतरण गरिएको पोखरा विमानस्थलका सूचना अधिकारी देवराज चालिसेले जानकारी दिए ।‘इन्डिकेसनमा समस्या देखिएको भन्दै क्याम्टेनले सिंगल इन्जिनबाट ल्याण्ड गरेका छन्’ सुवेदीले भने, ‘समस्या के हो भन्ने कुरा इन्जिनियरहरुले चेकजाँच गरेपछि पत्ता लाग्ला ।’सामान्य अवस्थामै जहाज अवतरण भएको सुवेदीले जानकारी दिए ।...
नेपालले एक खेलअघि नै जित्यो केन्याविरूद्धको सिरिज

नेपालले एक खेलअघि नै जित्यो केन्याविरूद्धको सिरिज

Breaking news 1, खेलकुद, ट्रेन्डिङ, समाचार
केन्याविरूद्धको एकदिवसीय अभ्यास सिरिज नेपालले अन्तिम खेलअघि नै आफ्नो पक्षमा पारेको छ। शनिबार भएको दोस्रो खेलमा १६ रनको  जित निकाल्दै नेपालले २-० को अग्रता लिएर सिरिज जितेको हो। यसअघि शुक्रबार भएको पहिलो खेलमा पनि नेपाल विजयी भएको थियो। अब अन्तिम खेल सोमबार हुनेछ। शनिबार पहिले ब्याटिङ गरेको नेपाल ४ बल खेल्न बाँकी छदा २३० रनमा अलआउट भयो। नेपालका लागि कप्तानको भूमीकामा रहेका रोहितकुमार पौडेलले ७८ रन जोडे। उनले ९५  बलमा ७ चौका हिर्कए। देव खनालले ३७ रन र ज्ञानेन्द्र  मल्लले २५ रनको योगदान गरे।आदिल अन्सारीले १४ रन जोड्दा सोमपाल कामीले १५ बलमा २६ रन बटुले। करण केसीले पनि ६ बलमा ११ रन जोडे।  बलिङमा केन्याका एन ओडियाम्बो, विराज पटेल र एनगोचेले २-२ विकेट लिए।  २३१ रनको लक्ष्य पछ्याएको केन्या ४६.३ ओभरमा २१४ रनमा अलआउट भयो। उसका लागि राखेप पटेलले ८२ रनको ...
आसिफको शतकसँगै केन्यामाथि नेपालको सानदार जित

आसिफको शतकसँगै केन्यामाथि नेपालको सानदार जित

Breaking news 1, खेलकुद, ट्रेन्डिङ, समाचार
१७ भदौ, काठमाडौं । ओपनर आशिफ शेखको शतक र अर्जुन साउद बलियो साझेदारीको बलमा नेपालले पहिलो एकदिवसीयमा केन्यामाथि ७ विकेटको सानदार जित पारेको छ । २१९ रनको लक्ष्य नेपालले ३ विकेट क्षतिमा ४७.३ ओभरमा भेट्टायो । ओपनरद्व आशिफ र अर्जुनले पहिलो विकेटका लागि १४१ रनको साझेदारी गरी नेपालको जित आधार तय गरेका थिए । एकदिवसीय क्रिकेटमा नेपालको यो अहिलेसम्मकै उच्च साझेदारी हो । यसअघि गत चैतमा पपुवा न्युगिनीविरुद्ध देव खनाल र दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेटका लागि १२९ रनको साझेदारी गरेका थिए । यद्यपि केन्याको एकदिवसीय मान्यता नभएका कारण यो खेलको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता हुँदैन । नेपालका लागि सिनियर टिमबाट पहिलो एकदिवसीय खेल खेलेका अर्जुनले ९७ बलमा ५ चौका र १ छक्कासहित ६१ रनको अर्धशतकीय पारी खेले । आशिफले दोस्रो विकेटका लागि ज्ञानेन्द्र मल्लसँग मिलेर थप ५७ रनको साझेदारी गरे । ४३.५ ओ...
कक्षा १२ को नतिजा सार्वजनिक

कक्षा १२ को नतिजा सार्वजनिक

Breaking news 1, ट्रेन्डिङ, शिक्षा, समाचार
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलय (कक्षा १२)ले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए ।देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।