Sunday, April 19News That Matters

Breaking news 1

सर्लाहीमा एक बर्षमा ६७ को मृत्यु, एक हजार ४३० घाइते

सर्लाहीमा एक बर्षमा ६७ को मृत्यु, एक हजार ४३० घाइते

Breaking news 1, समाचार, सर्लाही बिशेष, स्थानीय
लालबन्दी । सर्लाहीजिल्लामा एक वर्षमा भएको सवारी दुर्घटनामा परी ६७ जनाको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर, सर्लाहीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/०८० मा पूर्व–पश्चिम राजमार्गसहित जिल्लाको भित्री सडकमा भएका सवारी दुर्घटनामा ६७ जनाको मृत्यु भएको हो। यो अवधिमा सवारी दुर्घटनामा परी ४२० जना गम्भीर र एक हजार १० जना सामान्य घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ। दुर्घटनामा परी ५५  पुरुष, पाँच महिला, पाँच बालक र दुई बालिकाले ज्यान गुमाएका छन्। जिल्लामा आर्थिक वर्ष २०७८\०७९ मा सवारी दुर्घटनामा परी ७९ जनाको मृत्यु भएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्षमा सवारी साधन दुर्घटनामा परी मृत्यु हुनेको सख्यामा कमी आएको छ। यो आर्थिक वर्षमा जिल्लाको भित्री कच्ची सडकमा बढी दुर्घटना भएका छन्। जीर्ण सडकमा तीव्र गतिमा गुडाइएका र क्षमता भन्दा बढी भार बोकेका सवारी...
सर्लाहीको हरिवनमा खुकुरीले श्रीमतीको हत्या गरि प्रहरीमा आत्म समर्पण

सर्लाहीको हरिवनमा खुकुरीले श्रीमतीको हत्या गरि प्रहरीमा आत्म समर्पण

Breaking news 1, ट्रेन्डिङ, समाचार
हरिवन । सर्लाहीको हरिवन नगरपालिका–५, घुर्कौलीमा शुक्रबार एक युवकले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । स्थानीय ३५ वर्षीय रामभरोस महतोले श्रीमती ३० वर्षीया नैनकुमारी महतोलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेका हुन् । महतोले घरायसी विवाद हुँदा आवेशमा आइ श्रीमतीमाथि खुकुरी प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । छिमेकीका अनुसार महतो दम्पतिबीच यसअघि देखि नै घरायसी झगडा हुँदै आएको थियो । श्रीमतीको हत्या गरी रामभरोस आफै इलाका प्रहरी कार्यालय हरिवनमा आएर आत्मसमर्पण गरेका छन् । उनलाई हिरासतमा राखी कानूनी कारवाही प्रक्रिया अघि बढाइएको हरिवनका प्रहरी निरीक्षक (इन्स्पेक्टर) शिवराम थापाले बताए । अभियुक्तले कार्यालयमा आएर आत्मसमर्पण गरेपछि प्रहरीले घटनास्थलमा पुगेर मृतक महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको छ ।...
बजेट पास होला कि नहोला भन्ने तरंग थियो, त्यसको अन्त्य भयो : प्रचण्ड

बजेट पास होला कि नहोला भन्ने तरंग थियो, त्यसको अन्त्य भयो : प्रचण्ड

Breaking news 1, ट्रेन्डिङ, राजनीति
गण्डकी ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको सरकार पाँच वर्ष नै चल्ने बताएका छन् । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशद्वारा आज कास्कीको पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘गठबन्धनको सरकार पाँच वर्ष चल्छ । यो कसैले हिलाएर हिल्दैन । हामी समझदारीका साथ अगाडि बढ्छौँ ।’ भ्रष्टाचारविरूद्ध अनुसन्धानको कार्यले थप तीव्रता पाउने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार देशको विकराल समस्या भएको उल्लेख गरे । नक्कली भुटानी शरणार्थी प्रकरण होस् वा ललिता निवास प्रकरण होस्, यसमा सरकार दृढताका साथ सरकार अगाडि बढेको जिकिर गर्दै उनले थप तीव्रताका साथ अघि बढ्ने बताए । ‘बजेट पास होला कि नहोला भन्ने तरङ्ग थियो । विनियोजन विधेयक पारित भइसकेपछि यो तरङ्ग अन्त्य भएको छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘यसपटक हामीले भिन्न ढङ्गले नै काम सुरू गरेका छौँ । यो सामान्य मात्र नभएर विशिष्...
आज मिति २०८० असार १३ गते, बुधवारको हेर्नुहोस्  आजको राशिफल

आज मिति २०८० असार १३ गते, बुधवारको हेर्नुहोस्  आजको राशिफल

Breaking news 1, दैनिक राशिफल
मेष : (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय छ। आम्दानी बढाउने काम सुरु हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्राको अवसर जुट्नेछ। साथीभाइको सहयोगले काममा उत्साह मिल्नेछ। बृष : (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)अवसर आए पनि सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ। स्वास्थ्यसम्बन्धी चिन्ताले सताउला। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ। आफन्त टाढिने हुँदा होसियारीसाथ काम लिनुहोला। भविष्यमा लाभ लिने योजना अघि बढाउन सकिनेछ। मिथुन : (का,की,कू,घ,ङ,छ,के,को,हा)श्रम परे पनि तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ...
शिव शिखर सहकारीका अध्यक्ष केदारनाथ शर्मा भारतबाट पक्राउ

शिव शिखर सहकारीका अध्यक्ष केदारनाथ शर्मा भारतबाट पक्राउ

Breaking news 1, ट्रेन्डिङ
काठमाडौं । १४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप हिनामिना गरेको आरोप लागेका शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको सीआईबीको टोलीले भारतको मुम्बईबाट पक्राउ गरेको हो । मुम्बईस्थित एक विधायकको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेर उनलाई सोमबार नेपाल ल्याइएको सीआईबी स्रोतले जनायो । २०७७ सालमा भक्तपुरको शिव शिखर कृषि सहकारी र शिखर दीप बहुउद्देश्यीय सहकारी मर्ज भएर शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था बनेको थियो । उनैले मोरङमा तुलसी सहकारी संस्था पनि खोलेका थिए । तर संस्था संकटमा परेपछि अध्यक्ष शर्मा बेपत्ता भएका थिए । शर्मा भारतका कानपुर, बहराइच, लखनउ, मुम्बई लगायतका स्थानमा लुकिछिपी बस्दै आएका थिए । संस्थामा निरन्तर धाइरहे पनि रकम फिर्ता नपाएपछि बचतकर्ताहरुले सीआईबी र सहकारी विभागमा उजुरी दिएका थिए । बचत तथा मुद्दती खाता खोल...
गजल – परशुराम घिमिरे `निदान´

गजल – परशुराम घिमिरे `निदान´

Breaking news 1, मनोरञ्जन
तिमी चट्ठान रहेछौ भनी लेखेको प्रेम पत्र खोज्दैछुनिष्ठुरी प्रेमीहरू बीच गरिएको सोध पत्र ख‍ज्दैछु अन्तिम बेला मायाँ पलायो त म के गरुँ भन ?तिमीेले  हस्ताक्षर नगरि छोडेको छोडपत्र खोज्दैछु कति रात र कति दिन पिरलियौ यादमा हेक्का छैनमसि नबन्दै रगतले कोरिएको भोज पत्र खोज्दैछु तिमीले प्रेमिल मैदान पाउन  कयौँ आरोह पार गर्यौप्रेम नै होईन र यो कहाँ छौ भएको अलपत्र खोज्दैछु सोध पत्र त फेल भै दियो हेर! म हारेँ तिम्रो प्रेममाके लेख्यौ  चट्टान रसाउने  त्यो ?अन्तिम पत्र खोज्दैछु         - परशुराम घिमिरे ``निदान´´           हेटौडा , मकवानपुर...
माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा आज घोषणा हुँदै

माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा आज घोषणा हुँदै

Breaking news 1
काठमाडौं ।  माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा घोषणा आज हुँदैछ । राष्ट्रिय सभागृहमा आज अपराह्न तीन बजे घोषणा सभा आयोजना गरिएको छ । समाजवादी मोर्चामा माओवादी, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा छन् । नेताहरूबीच भएको सहमति अनुसार, मोर्चाको नेतृत्व आलोपालो हुनेछ । तत्काललाई केन्द्रीय मोर्चा घोषणा गर्ने र आवश्यकताका आधारमा तल्लो तहसम्म संरचना बनाउने सहमति जुटेको छ । मोर्चाले संसद भित्र र बाहिर पनि समाजवादी विचारधारको प्रचार गर्ने तथा समाजवादका पक्षमा जनमत निर्माण गर्ने एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाको भनाइ छ । यसले देशको विकास, सुशासन र राजनीतिक स्थिरताको पक्षमा वकालत गर्ने र आम जनतालाई दिने सेवा सुविधाको प्रवाहलाई सुव्यवस्थित गर्न दबाबकारी भूमिकासमेत खेल्न सक्ने उनले बताए ।...
करेन्ट लागेर २ जनाको मृत्यु

करेन्ट लागेर २ जनाको मृत्यु

Breaking news 1, समाचार
रौतहट । रौतहटको बौधिमाई नगरपालिकामा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । बौधिमाई नगरपालिका– ५ कोपवामा पानी तान्ने मोटरमा विद्युत जडान गर्ने क्रममा गए राति करेन्ट लागेर २ जनाको मृत्यु भएको हो । स्थानीय अरुण साहले आफ्नै आँगनमा रहेको ट्युबवेलबाट विद्युतीय मोटर संचालन गर्न खोज्दा उनलाई करेन्ट लागेको थियो । साहलाई करेन्ट लागेको देखेपछि उनलाई बचाउन जाने क्रममा सँगै रहेका सितावी पण्डितलाई पनि करेन्ट लागेको प्रहरीले जानकारी दिएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका दुवैजनालाई उपचारका लागि गौर अस्पतालमा ल्याइएको थियो । उपचारकै क्रममा अरुण साह र सिताबी पण्डितको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले बताए । ‘अरुण साहलाई करेन्ट लागेको देखेपछि नजिकै पसलमा रहेका सिताबी पण्डित उनलाई बचाउन गएका थिए’ प्रहरी प्रमुख बुढामगरले भने ‘उपचारका क्रममा मृ...
आज २०८० असार १ गते शुक्रवारको राशिफल संगै चमेलि माईको दर्शन गरौँ !

आज २०८० असार १ गते शुक्रवारको राशिफल संगै चमेलि माईको दर्शन गरौँ !

Breaking news 1, दैनिक राशिफल
मेष : (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ। मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कामले मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। बृष : (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) खर्चको जोहो गर्न अलि दौडधुप गर्नुपर्ला। अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ। छर-छिमेकमा असमझदारी बढ्नेछ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। उधारोमा व्यापार गर्नुपर्ला। खर्च लागे पनि उपलब्धि हातलागी नहुन सक्छ। चुनौती पन्छाउँदै रोकिएका काम गर्नुपर्ने समय छ। मिथुन : (का,की,कू,घ,ङ,छ,के,को,हा) आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। सानो कामले पनि ...
रमेश पाठक र रचना रिमालको स्वरमा ‘मायाकै पिर’ सार्वजनिक (भिडियोसहित)

रमेश पाठक र रचना रिमालको स्वरमा ‘मायाकै पिर’ सार्वजनिक (भिडियोसहित)

Breaking news 1, मनोरञ्जन
काठमाडौं । रमेश पाठक र रचना रिमालको स्वरमा रहेको गीत ‘मायाकै पिर’ सार्वजनिक भएको छ । रमेश पाठककै शब्द, सङ्गीत, नारायण दङ्गालले सङ्गीत संयोजन र प्रदिप जोशीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको छ । गीत तथा भिडिओसँग सम्बन्धित कलाकार एवम् प्राविधिकहरूको उपस्थितिमा अनामनगरस्थित वेभ स्टुडियोमा आयोजित अनौपचारिक कार्यक्रम पछि गीतको भिडिओ सार्वजनिक गरिएको थियो । गीत वेभ स्टुडियोका प्राविधिक समिर कार्कीले रेकर्ड गर्नुभएको हो । कृष्ण रसालको निर्देशन/कोरियोग्राफी रहेको गीतको भिडियोमा शिला गजुरेल र साजन नेपालको अभिनय छ । भिडियोलाई योगेश दाहालले छायांकन गर्नुभएको भिडियोमा दिन्शन शाहको सम्पादन एवम् कलर रहेको छ । गीतमा एक अर्कालाई अगाध माया गर्ने जोडीका प्रेमिल भावहरू व्यक्त भएका छन् । असीमित प्रेम र समर्पणले भरिएको यस गीतमा आफूले हृदयबाट प्रेम गरेको मान्छे जीवनका हरेक पलमा कस...