Sunday, April 19News That Matters

Breaking news 1

विद्यालय आउजाउ गर्न अब चार घण्टा हिँड्नु पर्दैन

विद्यालय आउजाउ गर्न अब चार घण्टा हिँड्नु पर्दैन

Breaking news 1, ट्रेन्डिङ, शिक्षा
सिन्धुली । सिन्धुलीको मरिणको देउजोरबाट कपिलाकोट माध्यमिक विद्यालय पुग्न पैदल दुई घण्टा लाग्छ। रीतुमाया स्याङ्तानलाई विद्यालय आउजाउ गर्न चार घण्टाको बाटो हिँड्नुपर्छ। विद्यालय जानुअघि एक भारी घाँस काट्नु उनको दैनिकी हो। यसैगरी उनले कक्षा १० सम्मको पढाइ सकाइन्। कक्षा ११ पछि माथिल्लो कक्षा पढ्न मरिण गाउँपालिकाले निःशुल्क साइकल उपलब्ध गराएको छ। विद्यालय आउजाउ गर्न सहजताका लागि स्याङ्तानसँगै स्थानीय खयरसाल मावि र कपिलाकोट माविका कक्षा ११ मा अध्ययनरत एक सय ६० छात्रालाई साइकल वितरण गरिएको छ। “साइकल चलाउनुका फाइदैफाइदा छन्। स्कुल आउजाउ गर्न छिटो हुन्छ, शारीरिक कसरत पनि हुने भयो। यो वातावरणमैत्री पनि छ”, साइकल चलाउन सिक्दै गरेकी स्याङ्तानले भनिन्। रीतुमायालाई विद्यालय आउजाउ गर्न साइकल पाउँदा खुसी लागेको छ। दुःख साइकल चलाउने बाटोे कच्ची भएकामा छ। तल्लो देउजोरबाट माथिल्लो देउजोरसम्म (एक घण्...
सर्लाहीको लालबन्दी बजार सफाइ अभियान सुरु

सर्लाहीको लालबन्दी बजार सफाइ अभियान सुरु

Breaking news 1, सर्लाही बिशेष
सर्लाही । सर्लाहीको लालबन्दी बजार आज सफाई गरिएको छ। लालबन्दी नगरपालिकाको आयोजना तथा स्थानीय ब्यापारी, संघ संस्था, शिक्षक, विद्यार्थी एवं सचेत नगरवासिको सहभागीतामा लालबन्दी बजारमा सरसफाइ गरिएको हो । उक्त कार्यक्रममा लालबन्दी नगरप्रमुख बासुदेव अधिकारी, प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुईटेलसहित सबै शाखाका प्रमुख एवं कर्मचारीको सहभागीता रहेको थियो । ‘सफा सहर, स्वच्छ वातावरण, हाम्रो अभियान’ भन्ने नाराका साथ आफ्नो नगर आफै सरसफाइ गरि नियमित सरसफाइ गर्ने बानिको विकास गर्न जनचेतना जगाउने र फोहोर व्यवस्थापनको दिर्घकालिन समाधान गर्ने उद्देश्यले लालबन्दी नगरपालिकाको अगुवाइमा सफाइ अभियान सुरु गरिएको लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले बताउनुभयो । उहाँले हप्ताको एक दिन एक घण्टा लालबन्दी नगरपालिकाको विभिन्न स्थानहरुमा सरसफाइ गर्ने, उक्त स्थानका स्थानीय वासी, व्यवसायी ...
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ (भोलि) शनिबार सर्लाही आउने

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ (भोलि) शनिबार सर्लाही आउने

Breaking news 1, राजनीति
लालबन्दी । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ भोलि शनिबार सर्लाही आउने भएका छन् । उनी नेकपा माओवादी केन्द्रले शनिबार राखेको विभिन्न कार्यक्रममा सहभागी हुन यहाँ आउन लागेका हुन् । माओवादी केन्द्रको वरिष्ठ उपाध्यक्ष समेत रहेका गृहमन्त्री श्रेष्ठले सो दिन लालबन्दीमा पार्टी निकट दलित संगठनको प्रदेश स्तरीय भेला, बागमतीमा जिल्लाकै प्रथम शहीद इन्द्र कोइरालाको परिवारलाई पार्टीले बनाइदिएको घर हस्तान्तरण र बागमतीमै पार्टीका कार्यकर्तालाई सम्वोधन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्र सर्लाहीका संयोजक तथा हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल) ले बताए । माओवादीले बागमतीमा सशस्त्र द्धन्द्धमा जिल्लामै प्रथम शहीद इन्द्र कोइरालाको परिवारका लागि ४ कोठाको आवास तयार पारेको छ । नेताहरु गृहमन्त्री श्रेष्ठको प्रमुख आतिथ्यतामा हुने कार्यक्रमको तयारीमा जुटेका छन् ।...
सर्लाहीमा पहिलो पटक चन्द्रनगरले गर्‍याे; धनी पुर्जा वितरण

सर्लाहीमा पहिलो पटक चन्द्रनगरले गर्‍याे; धनी पुर्जा वितरण

Breaking news 1, सर्लाही बिशेष
सर्लाही । जिल्लामा पहिलो पटक नापी कार्यालय सर्लाहीले चन्द्रनगरमा जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गरेको छ ।चन्द्रनगर गाउँपालिका प्रमुख राजकुमार महताे र नापी कार्यालय सर्लाहीका प्रमुख संजय मनान्धरले जिल्लामा पहिलो पटक चन्द्रनगर गाउँपालिका वडा नं.-४,स्थित गढाटोलमा लालपुर्जा वितरण गरेका हुन । आज (सोमवार) बिहान दलित बस्तीका ४५ जनालाई जग्गा धनी पुर्जा (लालपुर्जा) वितरण गरेको हाे । चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोको पहलमा पुस्तौ पुस्ता देखि जोत भोग गरिरहेको गाउँ ब्लक जग्गाको लालपुर्जा सम्बन्धित व्यक्तिहरुलाई प्रदान गरिएको हाे । स्थानिय नागेन्द्र महराले पहिलोपटक जग्गा धनी पूर्जा प्राप्त हुदा आफुहरुलाई धेरै खुसि लागेको बताए ।´आफ्नो पिता पूर्खा देखि लालपुर्जा थिएन ,´ धेरै दुःख लाग्थाे उनलेे भने । जग्गा धनी पूर्जा प्राप्त भएपछि आफुहरुकाे दु:खकाे दिन गएको उनले बताए । ´अप्ठ्यार...
फरक रूपमा मनाइयो ने. बि. संघ स्थापना दिवस

फरक रूपमा मनाइयो ने. बि. संघ स्थापना दिवस

Breaking news 1, सर्लाही बिशेष
सर्लाही। सर्लाही ईश्वरपुर नगरपालिकामा नेवि संघको स्थापना दिवस मनाइएको छ । नेपाली कांग्रेसबाट निर्वाचित नगर प्रमुख मनोज आचार्यको नेतृत्वमा नेपाल विद्यार्थी संघको स्थापना दिवस फरक ढंगले मनाइएको छ। ने. बि. संघ स्थापना दिवसको अवसरमा नगर प्रमुख आचार्यले नारायण जनता आधारभूत बिद्यालयका विद्यार्थीहरुलाई स्कुल ब्याग बितरण गरेर स्थापना दिवस मनाएका हुन् । छिमेकी नगरहरु र जिल्लाका विभिन्न स्थानमा प्रवचन गोष्ठी आयोजना गरेर परम्परागत रूपमा मनाए पनि उनले आफूले साना साना विद्यार्थीहरुको लागि स्कुल ब्याग उपहार दिएर यस शुभ दिन मनाउने नयाँ प्रथाको सुरुवात गर्न खोजेको नगर प्रमुख आचार्यले बताउनुभयो । यस वर्ष २०८० लाई ईश्वरपुर नगरको शैक्षिक उन्नयनको वर्षको रूपमा मनाउने उद्घोष गरेको उताउनु हुदैँ उहाले हरेक दिन र प्रत्येक प्रयास ईश्वरपुर नगर पालिकाको शिक्षाको गुणस्तर अभिबृद्धिका निम्ति खर्चिने उपक्रमक...
सर्लाहीको लालबन्दीमा दुर्घटना, मोटरसाईकलमा सवार २ जनाको मृत्यु

सर्लाहीको लालबन्दीमा दुर्घटना, मोटरसाईकलमा सवार २ जनाको मृत्यु

Breaking news 1
सर्लाही । सर्लाहीको लालबन्दीमा आज (बिहिवार) बिहान सवारी दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ । बिहान साँढे सात बजेतिर मालबाहक ट्रकले सोहि दिशातर्फ जाँदै गरेको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईलमा रहेका दुबैजनाको घट्नास्थलमै ज्यान गएको हो । लालबन्दी नगरपालिका वडा नम्बर ६ स्थित राधाकृष्ण खेल मैदान नजिक पुर्व पश्चिम लोकमार्गमा एकै दिशातर्फ गईरहेको मोटरसाईकललाई ट्रकले ठक्कर दिएको र मोटरसाईकलले ओभरटेक गर्ने क्रममा ट्रकले ठक्कर दिएको हुन सक्ने ईलाका प्रहरी कार्यालय लालबन्दीका डिएसपी शान्ताराम कार्किले जानकारी दिनुभयो । प्रदेश २. ०३००१ ख ८१५ नम्बरको ट्रकले सोहि दिशातर्फ जाँदै गरेको ना ३३ प ७५१३ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा लालबन्दी ११ हिरापुरस्थित ससुरालीबाट महोत्तरीको गौसल्ला नगरपालिका ११ भरतपुर घर जाँदै गरेका अन्दाजी २९ बर्षका श्रवण कुमार महतो र उनको भतिज १२ बर्षिय बिक्रम कुमार महतोको...
सिंहदरबारभित्रको फोहोर नउठाएको विषयमा काठमाडौं महानगरविरुद्ध सर्वोच्चमा रिट

सिंहदरबारभित्रको फोहोर नउठाएको विषयमा काठमाडौं महानगरविरुद्ध सर्वोच्चमा रिट

Breaking news 1
काठमाडौं । सिंहदरबारभित्रको फोहोर नउठाएको विषयमा काठमाडौं महानगरपालिकाविरु४ सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । वातावरण संरक्षणको क्षेत्रमा काम गर्दै आएका अधिवक्ता पदमबहादुर श्रेष्ठले सिंहदरबारभित्रको फोहोर नउठाएका कारण जनस्वास्थ्यमा नकारात्मक असर परेको भन्दै फोहोर उठाउन काठमाडौं महानगरपालिकाविरुद्ध आदेश माग गर्दै रिट दायर गरेका हुन् । उक्त रिट निवेदनमाथि मंगलबार प्रारम्भिक सुनुवाइ हुने सर्वोच्च अदालतका एक अधिकारीले जानकारी दिए । संघीय सरकारले आफूले राखेको माग पूरा नगरेको भन्दै महानगरपालिकाका मेयर बालेन शाहले फोहोर संकलन गर्ने कम्पनीलाई सिंहदरबारभित्रको फोहोर नउठाउन निर्देशन दिएका छन् । मेयरको निर्देशनपछि ८ दिनदेखि सिंहदरबारभित्रको फोहोर संकलन भएको छैन । काठमाडौंको सुकुम्बासी बस्ती हटाउन गृह मन्त्रालय र स्थानीय प्रशासनले सहयोग नगरेको भन्दै उनले आक्रोश पोखेका थिए । महानगरपालिकाले फ...
कुशवाहा समाजले बृद्वआमाबुबालाई एकदिनको मिष्ठान भोजन र स्वास्थ परीक्षण गरी नयाँ बर्ष मनाए

कुशवाहा समाजले बृद्वआमाबुबालाई एकदिनको मिष्ठान भोजन र स्वास्थ परीक्षण गरी नयाँ बर्ष मनाए

Breaking news 1, सर्लाही बिशेष
सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका वार्ड न. २ जुटपानीमा रहेका पद्म भुनेश्वरी नमुना बृद्वसेवाश्रमका साहाराविहिन बृद्वआमाबुबाहरुलाई एक दिनको मिष्ठान भोजन र स्वास्थ परीक्षण गरि नयाँ बर्ष मनाइएको छ । नेपाल कुशवाहा कल्याण समाज जिल्ला कार्यसमिति सर्लाहीको आयोजनामा एक दिनको मिष्ठान भोजन र मोडेल अस्पताल, लालबन्दीका डा. आलोक कुशवाहाको टिमद्वारा स्वास्थ शिविर संचालन गरिएको कुशवाहा विद्यार्थी कल्याण समाज, सर्लाहीका अध्यक्ष भरत महतोले जानकारी दिए ।समाजले जिल्लाका विभिन्न समाजिक कार्यहरु लगायत स्थानिय स्तरमा भाईचारा कायम गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको उहाँले बताए ।गएको चैत्र २५ गते नेपाल कुशवाहा कल्याण समाजको छैठो जिल्ला अधिवेशनको अवसरमा रक्तदान कार्यक्रम समेत संचालन गरेका थिए । सो कार्यक्रममा ८५ जनाले रक्तदान गरेका थिए, उहाँले भने ।जुन संख्याका आधारमा अहिले सम्म कुनै पनि समाजले गरेको भन्दा ...

एकल महिलाका सन्तानको जन्मदर्ता मावलीकै थरबाट हुने

Breaking news 1
राजेश थापा, सर्लाही ।एकल महिलाबाट जन्मेका बच्चाको जन्मदर्ता मावलीकै थरबाट हुने भएको छ । गृह मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ७५३ पालिकाका ६ हजार ७ सय ४३ वटै वडाका पञ्जिकाधिकारीलाई बुधबार परिपत्र गरेर एकल महिलाबाट जन्मेका बच्चाको जन्मदर्ता मावलीकै थरबाट गर्न निर्देशन दिएको हो ।  एकल महिलाबाट जन्मेका र पितृत्वको ठेगान नभएको बच्चाको जन्मदर्ता गर्ने विषयमा विभागले थप प्रस्ट पार्दै मावलीकै थरबाट जन्मदर्ता गर्न वडालाई पत्राचार गरेको हो ।  ‘विवाहअघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी बच्चासहित पतिको ठेगानमा सँगै बसेको भए ती बच्चाको मावलीकै थर राखी आमाको हालको स्थायी ठेगानामा जन्म दर्ता गरिदिने’ विभागको परिपत्रमा भनिएको छ । यस्तै विवाहअघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी पतिसँगै बसेको तर बच...
सर्लाहीमा घोडगधाको आतंक, किसान हैरान

सर्लाहीमा घोडगधाको आतंक, किसान हैरान

Breaking news 1, ट्रेन्डिङ
सर्लाही | पछिल्लो समय सर्लाहीका किसानलाई घोडगधाले दुःख दिन थालेका छन्। निलगाई पनि भनिने घोडगधाले बालिनाली खाइदिँदा किसान हैरान छन्।  विशेषगरी जंगल आसपासका खेतबारीमा आएर घोडगधाले बालिनाली खाने गरेको किसानहरुले बताएका छन्। बर्खामा धान, मकै, उखु, कोदो, परवललगायत बालिनाली खाएर हैरान बनाएको घोडगधाले अहिले गहुँ, मसुरो, चना, लहरी, टमाटरजस्ता बालि खाएर दुःख दिने गरेको किसानहरु बताउँछन्।  सर्लाहीमा मात्र नभएर घोडगधाको आतंक महोत्तरी, रौतहटलगायत तराई-मधेशका अरु जिल्लामा पनि छ। गाईगोरुजस्तै ठूलो प्रजातिको र तीव्र गतिमा दौडिन सक्ने पशु भएकाले घोडगधाले एकैपटकमा धेरै बालिनालीमा क्षति पुर्‍याउने गरेको छ।सर्लाहीका ईश्वरपुर, लालबन्दी, हरिवन, बागमती, बरहथवा, हरिपुर, महोत्तरीका बर्दिबास, गौशाला, रौतहटको चन्द्रपुरलगायतका जंगलमा बाक्लो संख्यामा घोडगधा बस्ने गरेका छन्।&nb...