चन्द्रनगर गाउँपालिकाको पहलमा गाउँमै कृषि मिटर वितरण
चन्द्रनगर | सर्लाहीको चन्द्रनगर गाउँपालिकामा कृषि मिटर लिन विद्युत प्राधिकरण जानु पर्दैन । गाउँपालिकामै कृषि मिटर वितरण भएपछि किसानहरू खुसी भएका छन ।
विद्युत् मिटरका लागि किसानले सदरमुकाम मलंगवासम्म धाउँदा समय, पैसा खर्च र हैरानी व्यहोर्नुपर्ने अवस्था थियो गाउँपालिकाबाटै उक्त सेवा किसानले पाएपछि किसानहरु हर्षित भएका छन । गाउँपालिकाले नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय मलंगवा वितरण केन्द्रको समन्वयमा आजदेखि किसानहरुलाई कृषि मिटर वितरण गरिरहेको छ ।
विद्युत चुहावट अन्त्य गर्न विद्युत महसुल गाउँपालिकाले नै तिरिदिने भएपछि मिटर लिनेको संख्या पनि बढेको छ। चन्द्रनगर गाउँपालिकाले पहिलो पटक विद्युत चुहावट मुक्त गर्न अभियान थालेकोले विद्युत प्राधिकरणको कर्मचारीहरु गाउँपालिकामा नै आएर आवश्यक पक्रिया पुरा गरेर मिटर वितरण कार्य सुरु गरेको नेपाल विद्युत प्राधिकरण वितरण केन्...






