Sunday, April 19News That Matters

Breaking news 1

एकिकृत अखिल नेपाल शिक्षक संगठन हरिवनको अध्यक्षमा महतो चयन

एकिकृत अखिल नेपाल शिक्षक संगठन हरिवनको अध्यक्षमा महतो चयन

Breaking news 1, राजनीति
प्रेमनाथ पाैडेल , हरिवन । सर्लाहीको हरिवन मा सम्पन्न एकीकृत अखिल नेपाल शिक्षक संगठन को हरिवन नगर कमिटि अध्यक्षमा राम बिश्वाश महतो सर्ब सम्मत चयन भएका छन ।नेपाल कम्युनिस्ट पार्टि माओबादि केन्द्र निकट शिक्षकहरु को छाता संगठन एकिकृत अखिल नेपाल शिक्षक संगठनको हरिवन नगरकमिटि को अध्यक्ष मा महतो सर्ब सम्मत चयन भएका हुन । संगठन का नगर संयोजक श्री प्रसाद स्याङ्गतान को अध्यक्षता एवम हरिवन नगरपालिका का प्रमुख रमेश बुढाथोकि( कमल )को प्रमुख आतिथ्यता मा हरिवन १ पटौना स्थित प्राथमिक बिधायल को प्राङ्गण मा भएको नगर शिक्षकहरु को भेला ले महतो को अध्यक्षता मा ११सदस्य नगर कमिटि सर्ब सम्मत चयन गरेको हो ।नव गठित कमिटि को उपाध्यक्षमा मुना बुढाथोकि सचिब टिका भण्डारी सहसचिब रामकुमारी श्रेष्ठ सदस्यहरुमा हरिप्रसाद सापकोटा  बिप्रहरि दाहल ,तिर्थराज पौडेल ,सुन्देश्वर ठाकुर ,नानिमैया पराजुलि ,शिब कुमारी दाहल ,र र...
मैले २ महिनामै तितो अनुभव गरेँ : प्रधानमन्त्री प्रचण्ड

मैले २ महिनामै तितो अनुभव गरेँ : प्रधानमन्त्री प्रचण्ड

Breaking news 1, राजनीति
काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो २ महिनामा आफूले तितो अनुभव गरेको बताएका छन्। महेन्द्रनारायण निधिको १०१ औं जन्मजयन्तीका सन्दर्भमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्। ‘सबैभन्दा सहज कोर्श र प्राकृतिक कोर्श के हुनसक्छ भन्दा १२ बुँदे समझदारीहरू, शान्ति सम्झौताका हस्ताक्षरकर्ताहरु, संविधान घोषणा गर्दा समावेशी लोकतन्त्रका मान्यताहरुमा जो सहमत भएका छौं,’ प्रचण्डले भने, ‘ती शक्तिहरु मिलेर अघि बढेर मात्र देशलाई विकास र समृद्धि दिनसक्छ।’ संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार गर्न सक्ने शक्तिहरुसँगको सहकार्यले मात्र देशको विकास हुने प्रचण्डको भनाई छ। ‘मैले २ महिनाभित्रै त्यो तितो अनुभव गरेँ। हिजो ऐतिहासिक रुपमा भूमिका खेलेका शान्ति सम्झौताका हस्ताक्षरकर्ताहरू एक हुनुपर्छ,’ प्रचण्डले सम्बोधनको क्रममा भने, ‘गिरिजाप्...
जंगली हात्तीले आक्रमण गर्दा एक जनाको मृत्यु

जंगली हात्तीले आक्रमण गर्दा एक जनाको मृत्यु

Breaking news 1, समाचार
मकवानपुर | जंगली हात्तीको आक्रमणमा परी मकवानपुरमा एक जना पुरुषको मृत्यु भएको छ ।बकैया गाउँपालिका–५, पावसका ५० वर्षीय जनकलाल माझीको हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । बिहीबार राति ९ बजेको समयमा घर नजिकै बाख्रा खोरमा जाँदै गरेका माझी हात्तीको आक्रमणमा परी घाइते भएका थिए । उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा राति ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।...
सरकार राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न प्रतिबद्ध छ-प्रधानमन्त्री प्रचण्ड

सरकार राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न प्रतिबद्ध छ-प्रधानमन्त्री प्रचण्ड

Breaking news 1
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढेको वर्तमान सरकार आन्तरिक एकता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री दाहालले नेपालीहरूको राष्ट्रिय पर्व ग्याल्बो ल्होसारको सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका शेर्पा समुदायलगायत आम नेपाली जनसमुदायमा सुख, शान्ति, राष्ट्रिय एकता, सहकार्य एवं समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै विविधतामा एकतासहित सबै वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको पहिचान र अधिकारलाई संरक्षण र प्रवर्द्धन गरेर मात्र राष्ट्रिय एकता सुदृढ गर्न सकिनेसमेत बताए । उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषताले भरिपूर्ण विश्वकै एक स्वाधीन र सुन्दर मुलुक रहेको र देशभित्रका सबै भाषा, कला, संस्कृति, सभ्यता र ऐतिहासिकता साझा राष्ट्रिय सम्पत्...
देशभर नै नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध

देशभर नै नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध

Breaking news 1, समाचार
काठमाडौं | देशभर नै नेपाल टेलिकमको मोबाइल सेवा अबरुद्ध भएको छ । कम्पनीको मोबाइल सेवा अन्तर्गतका ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेडको फोन मंगलबार मध्यान्ह १२ बजेदेखि अबरुद्ध भएको हो । उपभोक्ताहरुले टिपाएको गुनासोअनुसार नेपाल टेलिकमका इन्टरनेट र एसएमस सेवासमेत अवरुद्ध भएको छ । सेवा अवरुद्ध भएपछि नेपाल टेलिकमका उपभोक्ताहरु समस्यामा परेका छन् । टेलिकमको आधिकारिक वेबसाइटसमेत अवरुद्ध छ । टेलिकमले अहिलेसम्म सेवा अवरूद्ध भएकोबारे कुनै जानकारी दिएको छैन ।...
२३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु, ४६ जनाको शव काठमाण्डाै पठाइने

२३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु, ४६ जनाको शव काठमाण्डाै पठाइने

Breaking news 1, समाचार
काठमाण्डाै | पोखरामा हिजो आइतवार भएको यति एअरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका ६९ जनामध्ये २३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु गरिएकाे छ । पोखरामा शव बुझ्न चाहने आफन्तलाई पोस्टमार्टमपछि शव बुझाउन सुरु गरिएको हो । बाँकी सनाखत भइसकेका १८ जना र सनाखत हुन बाँकी २८ जना गरी ४६ जनाको शव नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौ ल्याउने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । शव लिनका लागि नेपाली सेनाको हेलिकप्टर पोखरा पुगिसकेको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले आज अबेर भएकोले भोलि मङ्गलवार बिहान ९ बजेपछि शव काठमाण्डाै पठाइने जानकारी दिनुभयो । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले सेती नदीकाे खोँचमा खोजी कार्य जारी राखेको छ । आज पानीभित्रबाट एक जनाको शव निकालिएको र बाँकी तीन जनाको शव खोज्नका लागि गोताखोर टोलीसहित नेपाल प्रहरीका दुई ...
अवैध उत्खननमा प्रयोग गरिएका २ जेसीबी र ९ टिपर प्रहरीको नियन्त्रणमा

अवैध उत्खननमा प्रयोग गरिएका २ जेसीबी र ९ टिपर प्रहरीको नियन्त्रणमा

Breaking news 1, सर्लाही बिशेष
लालबन्दी | सर्लाही प्रहरीले अवैध उत्खननमा प्रयोग गरिएका २ जेसीबी र ९ वटा टिपर नियन्त्रणमा लिएको छ।  सर्लाहीको हरिवन र लालबन्दीको सीमा भएर बग्ने लखन्देही खोलाबाट शुक्रबार साँझ ती जेसीबी र टिपर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए। खोलामा मनपरी ढंगले गिटी-बालुवा उत्खनन भइरहेको भनेर स्थानीयले दिएको सूचनाको आधारमा पुगेको प्रहरीले जेसीबी र टिपर नियन्त्रणमा लिएको हो। पूर्वपश्चिम राजमार्गअन्तर्गत लखन्देही पुलदेखि झण्डै १ किलोमिटर उत्तरबाट मापदण्डविपरीत अवैध उत्खनन गरिरहेका जेसीबी र टिपर चालकसहित नियन्त्रणमा लिइएको यादवले बताए।  प्रहरीले ना. ७ ख २६६५, ना. ७ ख ८९२१, ना. ७ ख ५९९५, ना. ७ ख ५४५६, ना. ७ ख ६४३९, ना. ७ ख २९८५, ना. ७ ख ६७८९, प्रदेश २–०३–००१ ख ४२४३ र प्रदेश २–०...
बागमती सेवा समाजका अध्यक्ष कार्कीलाई उत्कृष्ट समाजसेवीको सम्मान

बागमती सेवा समाजका अध्यक्ष कार्कीलाई उत्कृष्ट समाजसेवीको सम्मान

Breaking news 1, ट्रेन्डिङ, समाचार, सर्लाही बिशेष
हरिवन,। हरिवनस्थित बागमती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्की उत्कृष्ट समाजसेवीको रुपमा सम्मानित हुनुभएको छ ।  कार्कीले समाजसेवाको क्षेत्रमा पु¥याउनुभएको योगदानको उच्च मूल्यांकन गर्दै मैनाली सेवा समाज सर्लाहीले आफ्नो नवौं वार्षिक साधारणसभाका अवसरमा कार्कीलाई उत्कृष्ट समाजसेवीको रुपमा सम्मान गरेको हो ।  हरिवन स्थित सम्राट पार्टी प्यालेसमा समाजका जिल्ला अध्यक्ष केदारनाथ मैनालीको अध्यक्षता तथा केन्द्रीय वरिष्ठ उपाध्यक्ष कपिलमुनि मैनालीको प्रमुख आतिथ्यतामा भएको साधारणसभाका अवसरमा समाजसेवी कार्कीलाई सभाध्यक्ष, प्रमुख अतिथीसहित विशिष्ट अतिथी हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकीले नगदसहित दोसल्ला ओढाई सम्मान पत्रबाट सम्मान गर्नुभएको मैनाली सेवा समाज सर्लाहीले जनाएको छ ।  मैनाली सेवा समाजले बागमती सेवा समाजको अध्यक्ष हुनुभन्दा अगाडिकै समयदेखि सम्मानित व्यक्तित्व भरत कुमार ...
समृद्ध सर्लाही निर्माणका संयोजक डा.गुणेश्वर झा समाजिक कार्यमा सक्रिय

समृद्ध सर्लाही निर्माणका संयोजक डा.गुणेश्वर झा समाजिक कार्यमा सक्रिय

Breaking news 1, समाचार, सर्लाही बिशेष
सर्लाही । सर्लाहीको मलंगवा नगरपालिकामा रहेको स्तुती सौम्य हेल्थ केयरका संचालक तथा समृद्ध सर्लाही निर्माणका संयोजक डा.गुणेश्वर झ यतिबेला समाजिक कार्यमा खटि रहनु भएको छ । डा. झा रातको करिब साढे ८ बजे एउटा दाउरा पसलमा दाउरा किन्दै गाडिमा राख्दै गरेको दृश्य देख्दा हामिले प्रश्न गरे, प्रश्नको जवाफमा उहाले सितलहर तथा चिसो लगायतको विपद्को समस्या बाट जुधिरहेको विपन्न स्थानियलाई राहत दिन दाउरा किन्न लागेको जवाफ फर्काउनुभयो ।डा. झाले आफनो व्यक्तिगत खर्चमा दाउरा किन्नेर विपद्का जोखिम सँग जुधिरहेका विपन्न नागरीकलाई चिसो बाट जोगाउन दाउरा वितरण गरिरहनु भएको छ । उहाले मलंगवा नगरपालिको गणेशियामा, कविलासी नगरपालिका वडा नं. ९ र १० सलेमपुरको चौक चौक तथा मुसहर बस्तीमा शितलहर बाट प्रभावित स्थानियलाई जोगाउँन दाउरा वितरण गर्नुभएको छ। सर्लाहीमा अहिले ७ डिग्री सेलसियस सम्म तापक्रम हुन्छ, त्यसमा पनि शितलहर हुन्छ व...
पेट्राेल , डिजल र मट्टीतेलकाे मूल्य प्रतिलिटर ३ रुपैयाँले घट्याे ( प्रेस विज्ञप्ति सहित )

पेट्राेल , डिजल र मट्टीतेलकाे मूल्य प्रतिलिटर ३ रुपैयाँले घट्याे ( प्रेस विज्ञप्ति सहित )

Breaking news 1, समाचार
निराज रानाभाट , काठमाडौं : सरकारले पेट्राेलियम पदार्थकाे मूल्य घटाएकाे छ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले आइतबार राति १२:०० बजेदेखि लागू हुने गरी पेट्राेलियम पदार्थकाे मूल्य घटाएकाे हाे । निगमले पेट्रोल , डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ३ / ३ रुपैयाँका दरले घटाएकाे छ । यस्तै , आन्तरिक र अन्तर्राष्ट्रिय हवाई इन्धनमा क्रमश: २० र ३० रुपैयाँले घटेकाे निगमले विज्ञप्तिमार्फत जनाएकाे छ । याेसँगै अब पेट्राेल प्रतिलिटर १ सय ७५ रुपैयाँ कायम भएकाे छ , भने डिजल र मट्टीतेल प्रतिलिटर १ सय ७२ रुपैयाँ कायम भएकाे छ । आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर १ सय ७० रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर १ हजार ४ सय २० डलर कायम भएको छ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने अहिलेलाई यथावत् राखेकाे छ । यसअघि भारतले पेट्राेलियम पदार्थकाे मूल्यसूची घटाएर पठाए पनि निगमले भने नघटाएकाे भन्दै उप...