Sunday, April 19News That Matters

Breaking news 1

पाल्पामा बस दुर्घटना हुँदा ६ महिलाको मृत्यु, १६ जना घाइते

पाल्पामा बस दुर्घटना हुँदा ६ महिलाको मृत्यु, १६ जना घाइते

Breaking news 1, समाचार
बुटवल | पाल्पामा बिहीबार राति बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मृतक सबै पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं. ८ खुसार्ने गाउँका महिला हुन् । मृतकहरुमा ५४ वर्षीया खिमकुमारी राना, ३३ वर्षीया निर्मला घिमिरे, ११ वर्षीया सुरुमा घिमिरे, २१ वर्षीया दानकुमारी खत्री, ४५ वर्षीया गुनी गाहा र १९ वर्षीया विमा पाण्डे रहेका रैनादेवी छहरा गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष रेमबहादुर रानाले जानकारी दिए । रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुसार्ने जाँदै गरेको यात्रुबाहक बस रैनादेवी छहरा गाउँपालिका वडा नं. ८ मधुवन टारीफाँट नजिकै राधादी गैराजंगलमा गएराति साढे ९ बजेतिर दुर्घटना भएको थियो । ग १ ख ४९७७ नम्बरको बस सडकबाट करिब ६० मिटर तल भिरमा खसेर दुर्घटना भएको प्रहरी चौकी जुठापौवाका बरिष्ठ हवल्दार लिलाबहादुर केसीले जानकारी दिए । दुर्घटनामा १६ जना घाइते भएका छन् । उनीहरुको लुम्बिनी प्रादे...
प्रधानमन्त्रीको निर्देशनपछि प्राधिकरणले रोक्यो मोबाइल फोन दर्ताको नयाँ नियम

प्रधानमन्त्रीको निर्देशनपछि प्राधिकरणले रोक्यो मोबाइल फोन दर्ताको नयाँ नियम

Breaking news 1
काठमाडौं | विदेशबाट नेपालीहरुले लिएर आउने मोबाइल फोनमा कडाइ गर्ने निर्णबाट नेपाल दूरसञ्चार प्राधिकरण पछि हटेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यक्तिगत रुपमा नेपालीहरुले विदेशबाट लिएर आउने मोबाइल फोनमा गरिएको कडा तत्काल लागु नगर्न बिहीबार निर्देशन दिएका थिए।उक्त निर्देशनपछि प्राधिकरणले बिहीबार एक सूचना निकालेर उक्त निर्णय कार्यान्वयन नगर्ने जनाएको हो।  'मोबाइल सेटको गैर कानुनी आयात, विक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका र हराएका मोबाइल सेटको ट्र्याकिङ/ब्लकिङ गर्न नेपाल दूरसञ्चार प्राधिकरणले सञ्चालनमा ल्याएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमस) मा विदेशबाट आउने नेपालीहरुले निजि प्रयोगक लागि ल्याएका मोवाइल सेटहरुको आईएमईआई रजिष्ट्रेसन सम्बन्धमा सेवााग्राहीको पृष्ठपोषण र दर्ता प्रक्रियालाई सरलीकरण गर्न निर्देशन भएअनुसार अर्को सूचना प्...
मधेश प्रदेशसभा सदस्यहरुको शपथ ग्रहण आज

मधेश प्रदेशसभा सदस्यहरुको शपथ ग्रहण आज

Breaking news 1, राजनीति
जनकपुरधाम । नवनिर्वाचित मधेश प्रदेशसभा सदस्यहरुको शपथ ग्रहण आज हुँदै छ । गत पुस ११ गते भएको सर्वपक्षीय बैठक अनुसार नवनिर्वाचित प्रदेश सांसदहरुलाई आज दिउँसो २ बजे पद तथा गोपनियताको शपथ ग्रहणको लागि तालिका तय भएको थियो । प्रदेश सांसदहरुलाई प्रदेशसभाका जेष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले शपथ ग्रहण गराउने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जित कुमार यादवले जानकारी दिए । जेष्ठ सदस्यको हैसियतमा न्यौपानेलाई शुक्रबार प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ ग्रहण गराएका थिए । नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम ज्येष्ठ सदस्यको हैसियतले प्रदेशसभाको अध्यक्षता गर्ने प्रावधान छ । १०७ प्रदेशसभामा न्यौपाने सबभन्दा जेष्ठ हुन् । नेकपा एकीकृत समाजवादीका न्यौपाने मंसिर ४ मा सम्पन्न निर्वाचनमा सप्तरीको ४ को प्रदेश सभा १ बाट निर्वाचित भएक...
फुटबलका महान खेलाडी पेलेको निधन

फुटबलका महान खेलाडी पेलेको निधन

Breaking news 1
काठमाडौं । ब्राजिलका महान फुटबल खेलाडी पेलेको निधन भएको छ । मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित पेलेको ८२ वर्षको उमेरमा निधन भएको हो । २१ वर्ष लामो फुटबल करियरमा उनले १३६३ खेलमा प्रतिस्पर्धा गर्दा १ हजार २८१ गोल गरेर विश्व रेकर्ड कायम गरेका छन् । उनी एकमात्र फुटबल खेलाडी हुन् जसले तीन पटक विश्वकप जितेका छन् । १९५८, १९६२ र १९७० मा विश्वकप उपाधि जितेको ब्राजिलको टोलीमा पेले सहभागी थिए । उनी सन् २००० मा फिफा प्लेयर अफ द सेन्चुरीको उपाधिबाट सम्मानितसमेत भएका थिए । पेलेको वास्तविक नाम एडसरन एरेन्टस डो नासिमेन्टो हो । उनी १७ वर्षको उमेरमै फुटबल स्टार बनेका थिए । उनले १९५८ मा ब्राजिललाई वर्ल्डकपको उपाधि दिलाउन अहम् भूमिका निर्वाह गरेका थिए । क्वाटर फाइनलमा वेल्सविरुद्ध जितका लागि एकमात्र निर्णायक गोल उनैले गरेका थिए । सेमिफाइनलमा फ्रान्सविरुद्ध पेलेले ह्याट्रिक गरे र फाइनलमा स्वीडेनवि...
सत्ता साझेदार दलहरुको बैठक सुरु

सत्ता साझेदार दलहरुको बैठक सुरु

Breaking news 1, राजनीति
काठमाडौं । सत्ता साझेदार दलहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो । प्रधानमन्त्री प्रचण्डसहित सरकारलाई समर्थन गरेका दलका शीर्ष नेता बैठकमा सहभागी भएका छन् । मन्त्रिपरिषद् विस्तार र शक्ति बाँडफाँट गर्न शीर्ष नेताहरुको बैठक बसेको हो । बैठकमा संघीय सरकारको मन्त्रिपरिषद् विस्तारका साथै प्रदेश सरकार गठनको विषयले पनि प्रवेश पाउनेछ । प्रमुख सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष र प्रधानमन्त्री प्रचण्डबीच बुधबार साढे दुई घण्टा एकल वार्ता भएको थियो । बुधबारको वार्तामा उनीहरुबीच भागबन्डाको न्यूनतम सहमति भएको स्रोतको दाबी छ । आजको बैठकमा सबै सत्ता सााझेदार दलहरुबीच शक्ति बाँडफाडको सहमति प्रयास हुने नेताहरुले बताएका छन् । पहिलो चरणमा केन्द्रमा प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ भने प्रदेशहरुमा सरकार गठनको तयारी भइरहेको छ ।...
शपथका लागि दौरा सुरुवाल लगाएर शीतलनिवास पुगे प्रचण्ड

शपथका लागि दौरा सुरुवाल लगाएर शीतलनिवास पुगे प्रचण्ड

Breaking news 1, राजनीति
काठमाडौं,नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री पदको शपथ ग्रहणका लागि राष्ट्रपति भवन शीतलनिवास पुगेका छन् । प्रचण्ड दौरा सुरुवालमा सजिएर शीतलनिवास पुगेका हुन् ।
ईश्वरपुर र हरिपुरका विपन्न नागरिकहरुलाई न्यायाे कपडा वितरण

ईश्वरपुर र हरिपुरका विपन्न नागरिकहरुलाई न्यायाे कपडा वितरण

Breaking news 1, ट्रेन्डिङ, सर्लाही बिशेष
ईश्वरपुर | कठ्यांग्रीदो चिसोमा ईश्वरपुर नगरपालिकाका बिपन्न परिवारलाई न्यानो कपडा विरतण गरिएको छ । शनिवार वडा नम्बर १, ३ र ९ का बिपन्न परिवारलाई नगरप्रमुख मनोज कुमार आचार्यको बिशेष पहलमा बागमति सेवा समाजले न्यानो कपडा बितरण गरेको हो । विपद्को क्षेत्रमा सक्रिय संस्था बागमती सेवा समाज नेपाल हरिवनले इस्लामिक रिलिफ नेपाल काठमाडौँसँग सहकार्य गरी बिपन्न परिवारलाई न्यानो कपडासहित अन्य सामाग्री बितरण गरेको बागमति सेवा समाजले जनाएको छ । चिसोका कारण केहिको मृत्यु समेत भईसकेको हरिपुर नगरपालिकाका बिभिन्न वडामा पनि बागमति सेवा समाजले न्यानो कपडा बितरण गर्दै छ । बिपन्नलाई प्रति परिवार करिव साँढे आठ हजार बराबरको न्यानो कपडा वितरण भईरहेको वागमती सेवा समाज नेपालका कार्यक्रम निर्देशक निरज भण्डारीले जानकारी दिए । उनिहरुलाई कम्बल, सिरक, झुल, मोजा, टोपी लगायत चिसोमा लगाउने न्यानो कपडा वितरण गरिँदै छ । ...
रेशम चौधरीलाई रिहा गर्न माग गर्दै लालबन्दीमा प्रदर्शन

रेशम चौधरीलाई रिहा गर्न माग गर्दै लालबन्दीमा प्रदर्शन

Breaking news 1
सर्लाही | क्षमा होईन न्याय देउ, हाम्रो देश, राम्रो अध्यादेश’ भन्दै सर्लाही जिल्लाका थारु समुदायले बिहिवार लालबन्दी बजारमा शान्तिपुर्ण ¥याली गरेका छन । थरुहट आन्दोलनका चर्चित नेता रेशम चौधरीसहितलाई जेलबाट रिहा गर्न सरकारले ल्याएको अध्यादेशलाई प्रमाणिकरणका लागी दवाब सिर्जना गर्नका लागी उनिहरुले बिहिवार लालबन्दीमा प्रदर्शन गरेका हुन । ‘जनताको लागी लडेको, जेलमै सड्नु परेको, लाल आयोग सार्वजनिक गर, चर्चित नेता गगन, धनगढिमा के बोलेथ्यौ भनन्’ लगाएतका नारा लगाउँदै लालबन्दीको वडा नम्बर ६ स्थित जनवादी चोकबाट लालबन्दी ७ बजारस्थित डुमडुमे मन्दिर अगाडीसम्म पुगेको प्रदर्शन त्यहाँ कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै थारु नेताहरुले जेलमा रहेका रेशम चौधरीलाई अविलम्ब रिहाई गर्नुपर्ने माग गरेका थिए । थरुवान संयुक्त संघर्ष समिति सर्लाहीका सभापति बलिराम चौधरीले रेशम चौधरीलाई सुनियोजित ढंगले फसाईएको...
सर्लाहीमा चिसोले कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु

सर्लाहीमा चिसोले कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु

Breaking news 1, सर्लाही बिशेष
हरिपुर | सर्लाहीको हरिपुर नगरपालिका–९ पिडारीमा चिसोले कठ्याङ्ग्रिएर दुई साताको अवधिमा मुसहर समुदायका दुई जनाको ज्यान गएको छ। हरिपुर नगरपालिका–९ पिडारीका ४० वर्षीय रमेश माझी र हरिपुर नगरपालिका ६ लक्ष्मीपुर कोद्राहका ६५ वर्षीय रामभगत माझीको चिसोले कठ्याङ्ग्रिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।   ज्याला मजदुरीको काम गर्ने पिडारीका रमेश मङ्सिर २४ गते धान काट्ने काम गरेर घर आएपछि पराल ओछ्याएर सुतेकामा त्यहीँ चिसोले कठ्याङ्ग्रिएर ज्यान गएको पीडित परिवारले जनाएको छ।  केही वर्षअघि जनता आवास कार्यक्रमअन्तर्गत प्रदेश सरकारले जस्ताले छाएको दुई कोठे घर निर्माण गरिदिएको थियो। दुई कोठामध्ये एउटा कोठा दाइ मोती माझी र अर्को कोठा रमेशले अंशबन्डा गरेका थिए। एउटै कोठामा रमेश, उनकी श्रीमती चन्दु माझी, जेठो छोरा पङ्कज र बुहारी आँचल र कान्छो छोरा कृष्णनन्दनसहित पाँच जना ब...
सर्लाहीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा युवकको मृत्यु, ५ जना गम्भीर घाइते

सर्लाहीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा युवकको मृत्यु, ५ जना गम्भीर घाइते

Breaking news 1, सर्लाही बिशेष
हरिवन | सर्लाहीको हरिवन र बागमतीमा भएका दुई सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। घाइते सबैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। शनिबार साँझ हरिवन नगरपालिका १ भोक्टेनीमा ज १ च १७१९ नम्बरको बोलेरोले विपरीत दिशाबाट आउँदै गरेको ना ५३ प ९७९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ भने दुई किशोर गम्भीर घाइते भएका छन्।  दुर्घटनामा गम्भीर घाइते भएका हरिवन नगरपालिका ८ डाँडाटोल निवासी २२ वर्षीय नवीन राईको उपचारका क्रममा वीरगन्जमा मृत्यु भएको प्रहरीले जनाएको छ। राईको गएराति वीरगन्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी विजय यादवले जानकारी दिए।  दुर्घटनामा मोटरसाइकलको पछाडि बस्ने सोही ठाउँका गिरिराज रानाका छोरा १८ वर्षीय साहिल राना र एकराज घिमिरेका छोरा विज्ञान घिमिरे गम्भीर घाइते भएका छन्।&n...