Wednesday, April 22News That Matters

Author: हाम्रो सर्लाही

आज मिति २०७९ पुस १५ गते शुक्रवारको , हेर्नुहोस् आजको राशिफल

आज मिति २०७९ पुस १५ गते शुक्रवारको , हेर्नुहोस् आजको राशिफल

दैनिक राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) दीर्घ प्रयोजनको लाभमूलक काम अघि सार्ने हो भने योजना बनाउने, साझेदार र मतियारका बीचमा छलफल गर्ने, प्रशासनिक तौरतरिका बुझ्ने र प्रयास गर्ने समय आएको छ । शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ । आँट र हिम्मतले काम लिन सकेमा मनग्ये फाइदा हुनेछ । व्यक्तिगत खुसी र आनन्दका लागि केही समय छुट्याएको राम्रो हुन्छ, लवमेटसँग सम्पर्क राखी बढिरहेको ग्यापलाई हटाउनु होला । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) नयाँ व्यवसाय वा रोजगारीको खोजी गरेमा प्रयास सफल हुने समय हो, तर शत्रु र प्रतिस्पद्र्धीको गतिविधिप्रति सचेत हुनु ठीक हुन्छ । लेखनरप्रकाशनको काम, परामर्श सेवा, लेखा सेवा, कन्सल्टेन्सी, वकालत, शेयर मार्केट, कम्प्यूटरसम्बद्ध काम वा वाणीप्रधान कामबाट फाइदा लिने दिन हो । कामधन्दामा मज्जाले खट्नुपर्ने हुन्छ, जीवनसाथीले आफ्नो विवशता नबु...
प्रभु साहको नेतृत्वमा ‘आम जनता पार्टी’ गठन

प्रभु साहको नेतृत्वमा ‘आम जनता पार्टी’ गठन

Breaking news 3, राजनीति
काठमाडौं | स्वतन्त्र सांसद प्रभु साहको नेतृत्वमा नयाँ पार्टी गठन भएको छ । काठमाण्डाैमा हिजो बिहीवार सम्पन्न भेलाले साहको अध्यक्षतामा आम जनता पार्टी घोषणा गरेको हो । भेलाले ५१ सदस्यीय तदर्थ समितिसमेत गठन गरेको छ । पार्टीको प्रदेश अध्यक्ष, सचिव र इन्चार्जकाे जिम्मेवारीसमेत तोकिएको छ । पार्टीलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्न आम जनता पार्टीको अन्तरिम विधान २०७९ लाई पारित गरेको छ । नेकपा एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिनुभएका साह गएकाे मङ्सिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा चुनावमा रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित हुनुभएको थियो । आम नागरिककाे चाहना र वर्तमान समयको आवश्यकतालाई आत्मसात् गर्दै देशलाई अग्रगमनको दिशामा अगाडि बढाउन नयाँ पार्टी गठन गरिएको अध्यक्ष साहले बताउनुभयो ।...
सर्लाही क्षेत्र नम्बर ३ (क) बाट निर्वाचित स्वतन्त्र सांसद कुशवाहा माओवादीमा प्रवेश, प्रचण्डले गरे स्वागत

सर्लाही क्षेत्र नम्बर ३ (क) बाट निर्वाचित स्वतन्त्र सांसद कुशवाहा माओवादीमा प्रवेश, प्रचण्डले गरे स्वागत

Breaking news 2, राजनीति
सर्लाही | सर्लाही क्षेत्र नम्बर ३ (क) बाट निर्वाचित स्वतन्त्र सांसद (मधेश प्रदेशसभा सदस्य) जवाहरलाल कुशबाहा नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्। बुधबार साँझ माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी निवास खुमलटार पुगेर कुशवाहा माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। प्रचण्डले टीका र खादा लगाएर कुशवाहालाई आफ्नो पार्टीमा स्वागत गरेका माओवादी केन्द्र हरिवन नगर कमिटीका सचिव गौरी महतोले जानकारी दिए।  करिब एक वर्षअघि नेपाली कांग्रेस परित्याग गरी कुशवाहा माओवादी केन्द्रमा प्रवेश गरेका थिए।  मंसिर ४ गते सम्पन्न निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध प्रदेशसभामा बागी उम्मेदवारी दिएपछि माओवादीले उनलाई कारबाही गरेको थियो।  माओवादीले कारबाही गरेपनि कुशवाहाले माओवादीकै सहयोगमा सत्तारुढ पाँचदलीय र एमाले नेतृत्वको गठबन्धनलाई...
सत्ता साझेदार दलहरुको बैठक सुरु

सत्ता साझेदार दलहरुको बैठक सुरु

Breaking news 1, राजनीति
काठमाडौं । सत्ता साझेदार दलहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो । प्रधानमन्त्री प्रचण्डसहित सरकारलाई समर्थन गरेका दलका शीर्ष नेता बैठकमा सहभागी भएका छन् । मन्त्रिपरिषद् विस्तार र शक्ति बाँडफाँट गर्न शीर्ष नेताहरुको बैठक बसेको हो । बैठकमा संघीय सरकारको मन्त्रिपरिषद् विस्तारका साथै प्रदेश सरकार गठनको विषयले पनि प्रवेश पाउनेछ । प्रमुख सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष र प्रधानमन्त्री प्रचण्डबीच बुधबार साढे दुई घण्टा एकल वार्ता भएको थियो । बुधबारको वार्तामा उनीहरुबीच भागबन्डाको न्यूनतम सहमति भएको स्रोतको दाबी छ । आजको बैठकमा सबै सत्ता सााझेदार दलहरुबीच शक्ति बाँडफाडको सहमति प्रयास हुने नेताहरुले बताएका छन् । पहिलो चरणमा केन्द्रमा प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ भने प्रदेशहरुमा सरकार गठनको तयारी भइरहेको छ ।...
सन्तोष पन्तकोको ` चिसो सिरानी ´ आउदै

सन्तोष पन्तकोको ` चिसो सिरानी ´ आउदै

मनोरञ्जन
निराज रानाभाट , भरतपुर चितवन : चितवन जिल्लाको भरतपुर निवासी सन्तोष पन्तको शब्द रहेको ` चिसो सिरानी ´ छिट्टै सार्वजनिक हुने भएको छ । उक्त गीतमा चर्चित गायक विक्रम परियार र चर्चित सुनिता बुढाकाे आवाज रहेको छ । गीतमा सन्तोष पन्त र शंकर पन्तको शब्द रहेको छ भने , शंकर पन्तकाे संगीत रहेको छ । त्यस्तै , उक्त गीतमा सन्तोष पन्त र खुसी थापाको अभिनय रहेको छ । गीतको कथा तथा निर्देशन जेरी भण्डारीले गरेको छन् , भने करण Chaisir काे सिनेमाटोग्राफर रहेको छ । त्यसैगरी , उक्त गीतकाे एरेन्ज सुनिल परियारले गरेका छन । गीतमा मिक्स / मास्टर खडक बाजुलारी रहेका छन् । गीतको सम्पादन सुजन कोइरालाले गरेका छन् । गीत छिट्टै सन्तोष पन्त युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको भएको छ ।...
शपथका लागि दौरा सुरुवाल लगाएर शीतलनिवास पुगे प्रचण्ड

शपथका लागि दौरा सुरुवाल लगाएर शीतलनिवास पुगे प्रचण्ड

Breaking news 1, राजनीति
काठमाडौं,नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री पदको शपथ ग्रहणका लागि राष्ट्रपति भवन शीतलनिवास पुगेका छन् । प्रचण्ड दौरा सुरुवालमा सजिएर शीतलनिवास पुगेका हुन् ।
क्यासनेप हब एप र वेबसाईट केही दिन अगाडिदेखि सर्वसाधारणको लागि अनौपचारिक रुपमा लन्च

क्यासनेप हब एप र वेबसाईट केही दिन अगाडिदेखि सर्वसाधारणको लागि अनौपचारिक रुपमा लन्च

Breaking news 2, ट्रेन्डिङ, समाचार
निराज रानाभाट , काठमाडौं : क्यासनेप हब एप र वेबसाईट केही दिन अगाडिदेखि सर्वसाधारणको लागि अनौपचारिक रुपमा लन्च गरिएको थियो । उक्त एप र वेबसाईटमा अहिले करिब २३ हजार प्रयोगकर्ताहरुले रजिस्ट्रर गरेका छन भने २१ हजार भन्दा बढिले एप डाउनलोड गरेका छन् । गुगल प्लेस्टोरमा ४.५ मूल्याङ्कन रहेको अधिकाशहरुको कमेन्ट सकारात्मक साथै शुभ - कामना सन्देश समेत दिएका छन । केही प्रतिशत प्रयोगकर्ताहरुले ढिलो चलेको गुनासो राखेका छन् । ७८ लाख भन्दा बढी लाईक , ८ लाख भन्दा बढी कमेन्ट र ५ लाख पोष्टहरु अप्लोड गरेका छन् । एप र वेबसाईट अहिले परिक्षणकालको लागि लन्च गरिएको थियो , तर धेरै प्रयोगकर्ताहरुले जोडिएको कारणले अहिले ढिलो चलेको जस्तो महसुस भैरहेको क्यासनेपले बताएको छ। अझै गुणस्तरीय प्लार्टफर्म बनाउने तिर क्यासनेप गृहकार्य गर्दैछ । क्यासनेप अनलाईन अर्निङ प्लाटफर्म अन्तर्गत दैनिक कमाई साथै मनोरन्जन समेत हुने क्यास...
सार्वजनिकस्थलमा अनिवार्य मास्क लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

सार्वजनिकस्थलमा अनिवार्य मास्क लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

Breaking news 3, स्वास्थ्य
नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिकस्थलमा अनिवार्य मास्क लगाउन अनुरोध गरेको छ। मन्त्रालयले आज एक विज्ञप्ति प्रकाशित गरी छिमेकी देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट बिएफ–७ को सङ्क्रमण बढ्दै गएको भन्दै मास्क लगाउन आग्रह गरेको हो । यसैगरी मन्त्रालयले भौतिक दूरीसमेत कायम गर्न पनि आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता तथा डा सञ्जयकुमार ठाकुरद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा स्यानिटाइजरको प्रयोग गर्न, नियमितरूपमा साबुनपानीले हात धुनेलगायत स्वास्थ्यका सबै मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरिएको छ । यसैगरी कोभिड–१९ को बुस्टर डोज खोप लगाउन पनि अपिल गरिएको छ । अङ्ग्रेजी नयाँ वर्ष २०२३, क्रिसमसलगायत कुनै पनि भिडभाड हुने स्थलमा विशेष सतर्कता अपाउनसमेत मन्त्रालयले आग्रह गरेको छ । नेपालमा बिएफ–७ भेरियन्ट पुष्टि नभए पनि चीन र भारतमा बढ्दै गएकाले खुला सिमाना र आवतजावत...
आज मिति २०७९ पुस १० गते आइतवारको , हेर्नुहोस् आजको राशिफल

आज मिति २०७९ पुस १० गते आइतवारको , हेर्नुहोस् आजको राशिफल

दैनिक राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) स्वास्थ्यमा समस्या आउला साथै उपचारका लागी खर्च हुनेछ । गरेका कार्यहरु हतपत नबन्ने साथै बनिहाले पनि मेहनत गरे अनुसारको फल नपाहिने योग छ । गरेका कामहरुमा बाधा आउनुका साथै आर्थिक हानी हुनेछ, रोगको कारणले धनको पनि नाश होला । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) जाँगरमा सुधार आउने छ साथै आफन्तले पनि सहयोग गर्नाले सबै रोकिएका कामहरु बन्न थल्ने छन । प्रयास अनुसारको कार्य हुनुका साथै परि आएका समस्याको हल हुनेछ,अन्न तथा धनको लाभ होला । आर्थीक पक्षमा सफलता मिल्नुका साथै मिल्ने साथी संगको भेटले मन रमाउने छ, प्रशस्त पैसाको कारोबार होला । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) उधोग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ । यात्राको योग छ । समस्याहरु आफै किनारा लाग्ने छन धैर्यताको मात्रा बढाउन सके धेरै राम्रो समय छ । परिश्रम गर्न सके जती खेर जादैन अर्थ लाभ र प्रगतिको ...
ईश्वरपुर र हरिपुरका विपन्न नागरिकहरुलाई न्यायाे कपडा वितरण

ईश्वरपुर र हरिपुरका विपन्न नागरिकहरुलाई न्यायाे कपडा वितरण

Breaking news 1, ट्रेन्डिङ, सर्लाही बिशेष
ईश्वरपुर | कठ्यांग्रीदो चिसोमा ईश्वरपुर नगरपालिकाका बिपन्न परिवारलाई न्यानो कपडा विरतण गरिएको छ । शनिवार वडा नम्बर १, ३ र ९ का बिपन्न परिवारलाई नगरप्रमुख मनोज कुमार आचार्यको बिशेष पहलमा बागमति सेवा समाजले न्यानो कपडा बितरण गरेको हो । विपद्को क्षेत्रमा सक्रिय संस्था बागमती सेवा समाज नेपाल हरिवनले इस्लामिक रिलिफ नेपाल काठमाडौँसँग सहकार्य गरी बिपन्न परिवारलाई न्यानो कपडासहित अन्य सामाग्री बितरण गरेको बागमति सेवा समाजले जनाएको छ । चिसोका कारण केहिको मृत्यु समेत भईसकेको हरिपुर नगरपालिकाका बिभिन्न वडामा पनि बागमति सेवा समाजले न्यानो कपडा बितरण गर्दै छ । बिपन्नलाई प्रति परिवार करिव साँढे आठ हजार बराबरको न्यानो कपडा वितरण भईरहेको वागमती सेवा समाज नेपालका कार्यक्रम निर्देशक निरज भण्डारीले जानकारी दिए । उनिहरुलाई कम्बल, सिरक, झुल, मोजा, टोपी लगायत चिसोमा लगाउने न्यानो कपडा वितरण गरिँदै छ । ...