Wednesday, April 22News That Matters

Author: हाम्रो सर्लाही

सामाजिक अभियान्ता एवम् पत्रकार निराज रानाभाटले मरणोपरान्त अंगदान र आँखा दान गर्ने

सामाजिक अभियान्ता एवम् पत्रकार निराज रानाभाटले मरणोपरान्त अंगदान र आँखा दान गर्ने

समाचार
काठमाडौं : सामाजिक अभियान्ता तथा पत्रकार निराज रानाभाटले मरणोपरान्त अंगदान गर्ने भएका छन । वि.सं. २०७६ साल फागुन ०७ गते , भक्तपुर जिल्लाको शहीद भक्तधर्म राष्ट्रिय मानवअंग प्रत्यारोपण केन्द्र पुगेर उनले मृत्युपछि अंग प्रत्यारोपण गर्ने मञ्जुरीनामामा हस्ताक्षर गरेका थिए । अंगदान गर्ने मञ्जुरीनामा पत्रमा उल्लेख भएअनुसार निधनपछि मिर्गौला / मुटु / फोक्सो / कलेजो / प्याङ्क्रियाज / सानो आन्द्रा दान गरिने छ । हस्ताक्षर गरेको मञ्जुरीनामामा लेखिएको छ - ‘ मेरो मृत्यु पश्चात मेरो शरीरबाट मृगौला / मुटु / फोक्से / कलेजो / प्याङक्रियाज / सानो आन्द्रा आदि अंश झिकी मृगौला / मुटु / फोक्सो / कलेजो / प्याङ्क्रियाज, सानो आन्द्रा आवश्यक भएको जुनसुकै बिरामी व्यक्तिको शरीरमा प्रत्यारोपण गर्न मेरो मञ्जुरी भएकाले मानव शरीरको अंग प्रत्यारोपण ( नियमित तथा निषेध ) ऐन २०५५ को दफा १६ को उपदफा ( १ ) को खण्ड ( ख ) बम...
आज मिति २०७९ पुस १६ गते शनिबारको , हेर्नुहोस् आजको राशिफल

आज मिति २०७९ पुस १६ गते शनिबारको , हेर्नुहोस् आजको राशिफल

दैनिक राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मेष राशिका जातकका लागि आजको दिन रोजगारीको क्षेत्रमा नयाँ सफलता प्राप्त हुनेछ । आजको दिन नजिकको शिवालयमाको यात्रा गर्दा मनमा खसियाली छाउने छ । बिहानै देवालयको दर्शन गरेर काम शुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ । मनमा सकारात्मक सोच राख्नु पर्नेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यवसायबाट प्राप्त हुने अर्थलाभले खुसियाली हुनसक्छ । आजको दिन व्यापारबाट फाइदा नहुँदा पनि त्यति निराश नहुनु होला । सकारात्मक सोचले मात्र दैनिक काम गर्दा मनमा खुसी छाउनसक्छ, कसैसँग विवाद हुने काम नगर्नुहोला,तपाईको सोच अनुसार काम हुनेछ, समग्रमा दिन एकदम राम्रो छ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आजको दिन परिवार र आफन्तजनले अनेक आरोप लगाउन सक्नेछन् । कसैप्रति पनि आग्रह पूर्वाग्रहको भावना नराख्नु होला । आज सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने मनमा ख...
रणनीति मिलाउन नसक्दा सरकार गुमाउनुपर्‍यो : नेता कोइराला

रणनीति मिलाउन नसक्दा सरकार गुमाउनुपर्‍यो : नेता कोइराला

राजनीति
चितवन । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले रणनीति मिलाउन नसक्दा सरकार गुमाउनुपरेको बताएका छन् । हिजो चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले पार्टीले रणनीति मिलाउन नसक्दा दुर्घटना भएको बताएका हुन् । ’पार्टीले रणनीति नमिलाएर यो दुर्घटना भएको हो,’ उनले भने । पहिले नै रणनीति मिलाएको भए गठबन्धन कायम रहने उनको भनाइ थियो । गठबन्धनबाट देउवालाई प्रधानमन्त्री बनाउने महत्त्वपूर्ण भूमिका दाहालले खेलेको उनले बताए । उनले भने, ’ठूलो पार्टीको नाताले पहिलो पटक नै प्रधानमन्त्री बन्छु कि भन्ने सोचका कारण समस्या आयो ।’कांग्रेस प्रतिपक्षमा बस्दा विरोधका लागि विरोध मात्रै नगर्ने उल्लेख गर्दै उनले जिम्मेवारपूर्वक हिसाबले प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए ।...
निर्मला हत्या प्रकरणको अनुसन्धान ब्यूँतियो, डीआईजीको नेतृत्वमा नयाँ समिति गठन

निर्मला हत्या प्रकरणको अनुसन्धान ब्यूँतियो, डीआईजीको नेतृत्वमा नयाँ समिति गठन

Breaking news 3, ट्रेन्डिङ, समाचार
काठमाडौं । निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटना अनुसन्धान गर्न पुनः समिति गठन गरिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत डिआइजी दुर्गा सिंहको नेतृत्वमा अनुसन्धान समिति गठन गरिएको प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतले बताए । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेपछि निर्मला पन्तको हत्याबारे न्यायिक छानबिन गर्ने पहिलो निर्णय गरेका थिए । मन्त्रीको निर्देशनमा शुक्रवार समिति गठन गरिएको प्रहरी प्रधान कार्यालयका अधिकारीहरू बताउँछन् । समितिमा सिआईबीमा कार्यरत एसपी कमल थापा र मनोचिकित्सक डा। राजेश दत्त सदस्य छन् । २०७५ साउन १० मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्टाखाम घर भएकी निर्मलाको हत्या भएको थियो । १३ वर्षीया पन्तको बलात्कार र हत्या आरोपमा पक्राउ गरिएका विष्ट डिएनए नमिलेपछि रिहा भएका थिए । निर्मलाको हत्या भएको २५ दिनपछि प्रहरीले दिलिपसिंह विष्टलाई समातेर स...
सन्तोष पन्तकोको ` चिसो सिरानी ´ सार्वजनिक ( भिडियो सहित )

सन्तोष पन्तकोको ` चिसो सिरानी ´ सार्वजनिक ( भिडियो सहित )

ट्रेन्डिङ, मनोरञ्जन
निराज रानाभाट , चितवन : सन्तोष पन्तको शब्द रहेको ` चिसो सिरानी ´ पुस १५ गते , शुक्रबार ( अाज ) सार्वजनिक भएको छ । उक्त गीतमा चर्चित गायक विक्रम परियार र चर्चित गायिका सुनिता बुढा क्षेत्रीकाे स्वर रहेको छ । उक्त गीतमा सन्तोष पन्त र शंकर पन्तको शब्द रहेको छ भने , शंकर पन्तकाे संगीत रहेको छ । त्यस्तै , उक्त गीतमा सन्तोष पन्त र खुसी थापाको अभिनय रहेको छ । गीतको कथा तथा निर्देशन जेरी भण्डारीले गरेको छन् , भने करण Chaisir काे सिनेमाटोग्राफर रहेको छ । त्यसैगरी , उक्त गीतकाे एरेन्ज सुनिल परियारले गरेका छन । गीतमा मिक्स तथा मास्टर खडक बाजुलारी रहेका छन् । गीतको सम्पादन सुजन कोइरालाले गरेका छन् । गीत शुक्रबार ( अाज ) सन्तोष पन्त युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । उक्त गीतमा मिडिया पार्टनरकाे रूपमा हाम्रो सर्लाही लगायत अन्य विभिन्न अनलाइन मिडिया रहेका छन । https://youtu.be/...
प्रधानमन्त्रीको निर्देशनपछि प्राधिकरणले रोक्यो मोबाइल फोन दर्ताको नयाँ नियम

प्रधानमन्त्रीको निर्देशनपछि प्राधिकरणले रोक्यो मोबाइल फोन दर्ताको नयाँ नियम

Breaking news 1
काठमाडौं | विदेशबाट नेपालीहरुले लिएर आउने मोबाइल फोनमा कडाइ गर्ने निर्णबाट नेपाल दूरसञ्चार प्राधिकरण पछि हटेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यक्तिगत रुपमा नेपालीहरुले विदेशबाट लिएर आउने मोबाइल फोनमा गरिएको कडा तत्काल लागु नगर्न बिहीबार निर्देशन दिएका थिए।उक्त निर्देशनपछि प्राधिकरणले बिहीबार एक सूचना निकालेर उक्त निर्णय कार्यान्वयन नगर्ने जनाएको हो।  'मोबाइल सेटको गैर कानुनी आयात, विक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका र हराएका मोबाइल सेटको ट्र्याकिङ/ब्लकिङ गर्न नेपाल दूरसञ्चार प्राधिकरणले सञ्चालनमा ल्याएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमस) मा विदेशबाट आउने नेपालीहरुले निजि प्रयोगक लागि ल्याएका मोवाइल सेटहरुको आईएमईआई रजिष्ट्रेसन सम्बन्धमा सेवााग्राहीको पृष्ठपोषण र दर्ता प्रक्रियालाई सरलीकरण गर्न निर्देशन भएअनुसार अर्को सूचना प्...
गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै, सार्वजनिक बिदा

गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै, सार्वजनिक बिदा

समाचार
काठमाडौं । गुरुङ समुदायले शुक्रबार ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । हरेक १५ पुसमा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन् । यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ । तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् । यो पर्व गुरुङ समुदायले ’तो ल्हो’ ९बाघ वर्ग० को बिदाइ गर्दै ’हि ल्हो’ (बिरालो वर्ग) को स्वागत गरेर भव्य रूपमा मनाउने गर्दछन् । यस दिन गुरुङ समुदायले हर्षोल्लासका साथ आफ्नो भेषभुषा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्दछन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ समुदायको बाहुल्य रहेको नेपालको धेरै जिल्लाहरुमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । साथै नेपालमा गुरुङसँगै तामाङ, शेर्पा लगायत अन्य हिमाली समुदायले पनि ल्हो...
मधेश प्रदेशसभा सदस्यहरुको शपथ ग्रहण आज

मधेश प्रदेशसभा सदस्यहरुको शपथ ग्रहण आज

Breaking news 1, राजनीति
जनकपुरधाम । नवनिर्वाचित मधेश प्रदेशसभा सदस्यहरुको शपथ ग्रहण आज हुँदै छ । गत पुस ११ गते भएको सर्वपक्षीय बैठक अनुसार नवनिर्वाचित प्रदेश सांसदहरुलाई आज दिउँसो २ बजे पद तथा गोपनियताको शपथ ग्रहणको लागि तालिका तय भएको थियो । प्रदेश सांसदहरुलाई प्रदेशसभाका जेष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले शपथ ग्रहण गराउने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जित कुमार यादवले जानकारी दिए । जेष्ठ सदस्यको हैसियतमा न्यौपानेलाई शुक्रबार प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ ग्रहण गराएका थिए । नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम ज्येष्ठ सदस्यको हैसियतले प्रदेशसभाको अध्यक्षता गर्ने प्रावधान छ । १०७ प्रदेशसभामा न्यौपाने सबभन्दा जेष्ठ हुन् । नेकपा एकीकृत समाजवादीका न्यौपाने मंसिर ४ मा सम्पन्न निर्वाचनमा सप्तरीको ४ को प्रदेश सभा १ बाट निर्वाचित भएक...
एमडिएमएस लागू, भन्सार घोषणा नभएका मोबाइल आजदेखि नचल्ने

एमडिएमएस लागू, भन्सार घोषणा नभएका मोबाइल आजदेखि नचल्ने

Breaking news 3, ट्रेन्डिङ, समाचार
 काठमाडौं । भन्सार घोषणा नभएका मोबाइल सेटहरु आजदेखि नचल्ने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले आज १५ पुसदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) पूर्णरूपमा कार्यान्वयनमा ल्याएकाले भन्सारबाट जाँचपास विना लुकिछिपी भित्राइएका मोबाइल सेटहरु नचल्ने भएका हुन् । मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न तथा चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ र ब्लकिङ गर्न प्राधिकरणले एमडिएमएस लागू गरिएको जनाएको छ । विदेशबाट आउने नेपालीले निजी प्रयोगका लागि आफ्नो साथमा ल्याएका तर एमडिएमएस प्रणालीमा दर्ता नभएका वा गएको भदौ महिनाभन्दा अघि प्रयोगमा नरहेका मोबाइल सेटहरू अब नचल्ने प्राधिकरणले जनाएको छ । नियमानुसार भन्सारमा घोषणा नभएको मोबाइल फोन सेट यही पुस १५ गतेभित्र दर्ता गर्न प्राधिकरणले यसअघि सूचना जारी गरेर आह्वान गरेको थियो । ...
फुटबलका महान खेलाडी पेलेको निधन

फुटबलका महान खेलाडी पेलेको निधन

Breaking news 1
काठमाडौं । ब्राजिलका महान फुटबल खेलाडी पेलेको निधन भएको छ । मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित पेलेको ८२ वर्षको उमेरमा निधन भएको हो । २१ वर्ष लामो फुटबल करियरमा उनले १३६३ खेलमा प्रतिस्पर्धा गर्दा १ हजार २८१ गोल गरेर विश्व रेकर्ड कायम गरेका छन् । उनी एकमात्र फुटबल खेलाडी हुन् जसले तीन पटक विश्वकप जितेका छन् । १९५८, १९६२ र १९७० मा विश्वकप उपाधि जितेको ब्राजिलको टोलीमा पेले सहभागी थिए । उनी सन् २००० मा फिफा प्लेयर अफ द सेन्चुरीको उपाधिबाट सम्मानितसमेत भएका थिए । पेलेको वास्तविक नाम एडसरन एरेन्टस डो नासिमेन्टो हो । उनी १७ वर्षको उमेरमै फुटबल स्टार बनेका थिए । उनले १९५८ मा ब्राजिललाई वर्ल्डकपको उपाधि दिलाउन अहम् भूमिका निर्वाह गरेका थिए । क्वाटर फाइनलमा वेल्सविरुद्ध जितका लागि एकमात्र निर्णायक गोल उनैले गरेका थिए । सेमिफाइनलमा फ्रान्सविरुद्ध पेलेले ह्याट्रिक गरे र फाइनलमा स्वीडेनवि...