आज मिति २०७९ पुस २४ गते आइतवारको , हेर्नुहोस् आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। बेसुरमा वचन दिनाले दुःख पाइनेछ। तापनि, साथीभाइले साथ दिनेछन्। कृषि, पशुधन र जमिनबाट लाभ हुनेछ। मान्यजनको सुझाव शिरोधार्य गर्नुहोला। आफन्तभन्दा सहयोगीका माध्यमबाट काम बनाउन सकिनेछ। स्वास्थ्यका लागि आहारविहारमा भने ध्यान पुर्याउनुहोला।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ। व्यवसायभन्दा सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। तत्काल ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)मेहनतले दैनिकीमा परिवर्तन आउनेछ। व्यापारमा मनग्य लाभ हुनेछ। त...






