Wednesday, April 22News That Matters

Author: हाम्रो सर्लाही

अवैध उत्खननमा प्रयोग गरिएका २ जेसीबी र ९ टिपर प्रहरीको नियन्त्रणमा

अवैध उत्खननमा प्रयोग गरिएका २ जेसीबी र ९ टिपर प्रहरीको नियन्त्रणमा

Breaking news 1, सर्लाही बिशेष
लालबन्दी | सर्लाही प्रहरीले अवैध उत्खननमा प्रयोग गरिएका २ जेसीबी र ९ वटा टिपर नियन्त्रणमा लिएको छ।  सर्लाहीको हरिवन र लालबन्दीको सीमा भएर बग्ने लखन्देही खोलाबाट शुक्रबार साँझ ती जेसीबी र टिपर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए। खोलामा मनपरी ढंगले गिटी-बालुवा उत्खनन भइरहेको भनेर स्थानीयले दिएको सूचनाको आधारमा पुगेको प्रहरीले जेसीबी र टिपर नियन्त्रणमा लिएको हो। पूर्वपश्चिम राजमार्गअन्तर्गत लखन्देही पुलदेखि झण्डै १ किलोमिटर उत्तरबाट मापदण्डविपरीत अवैध उत्खनन गरिरहेका जेसीबी र टिपर चालकसहित नियन्त्रणमा लिइएको यादवले बताए।  प्रहरीले ना. ७ ख २६६५, ना. ७ ख ८९२१, ना. ७ ख ५९९५, ना. ७ ख ५४५६, ना. ७ ख ६४३९, ना. ७ ख २९८५, ना. ७ ख ६७८९, प्रदेश २–०३–००१ ख ४२४३ र प्रदेश २–०...
आज मिति २०७९ पुस ३० गते शनिवारको , हेर्नुहोस् आजको राशिफल

आज मिति २०७९ पुस ३० गते शनिवारको , हेर्नुहोस् आजको राशिफल

दैनिक राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)व्यापारलगायत आर्थिक लाभ हुने काममा जुट्ने समय छ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। तर सोखले खर्च बढाउनेछ भने समय दिन नसक्दा प्रतीक्षा गरिएको नतिजा कमजोर रहनेछ। दिगो कामलाई केही समय पर्खनुपर्ला। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)अवसर प्राप्त भए पनि कामको मेसो नमिल्दा अलि पछि परिनेछ। स्वास्थ्य कमजोर रहनेछ। समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला। सम्भावना देखिए पनि उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला। अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ। शुभचिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। आफ्नो प्रतिभाको कदर हुनेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ। बाहिरी काम छोडेर पनि आफन्त र परिव...
इस्मा गाउँपालिकाले नि:शुल्क मुटु परिक्षण शिविर सञ्चालन गर्ने 

इस्मा गाउँपालिकाले नि:शुल्क मुटु परिक्षण शिविर सञ्चालन गर्ने 

Breaking news 2, समाचार
निराज रानाभाट , गुल्मी : गुल्मी जिल्लाको इस्मा गाउँपालिकाले मुटु परिक्षण शिविर सञ्चालन गर्ने  भएको छ । पालिकाको  वडा नम्बर - ०२ , छल्दिमा रहेको पालुखा माद्यामिक विद्यालयमा पुस ३० गते , शनिबार नि:शुल्क मुटु परिक्षण शिविर सञ्चालन गर्ने पालिकाले जनाएको छ ।  गाउँपालिकाले दीर्घ राेगी , अपाङ्ग र ६० वर्ष माथिका नागरिककाे नि:शुल्क मुटु परिक्षण गर्ने भएको हाे । गाउँपालिकाकाे वार्षिक नीति तथा कार्यक्रम वमोजिम इस्माली नागरिकको स्वास्थ्य परिक्षण अन्तर्गत माघे सक्रान्तिकाे अवसर पारि कार्यक्रमकाे आयोजना गरिएकाे गाउँपालिका उपाध्यक्ष अधिवक्ता पार्वती कुवँरले बताइन् । उनले भनिन् ` सांस्कृतिक कार्यक्रम सहित स्वास्थ्य परिक्षण हुने र यसबाट दाेहाेराे फाइदा लिने पनि भएकाले धेरै नागरिकलाई सेवा दिन सकिन्छ कि भन्ने  हेतुले सोहि दिन आयोजना गरियाे । ´  मुटु शिविरमा मुटुराेग बिशेषज्ञ डा...
बागमती सेवा समाजका अध्यक्ष कार्कीलाई उत्कृष्ट समाजसेवीको सम्मान

बागमती सेवा समाजका अध्यक्ष कार्कीलाई उत्कृष्ट समाजसेवीको सम्मान

Breaking news 1, ट्रेन्डिङ, समाचार, सर्लाही बिशेष
हरिवन,। हरिवनस्थित बागमती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्की उत्कृष्ट समाजसेवीको रुपमा सम्मानित हुनुभएको छ ।  कार्कीले समाजसेवाको क्षेत्रमा पु¥याउनुभएको योगदानको उच्च मूल्यांकन गर्दै मैनाली सेवा समाज सर्लाहीले आफ्नो नवौं वार्षिक साधारणसभाका अवसरमा कार्कीलाई उत्कृष्ट समाजसेवीको रुपमा सम्मान गरेको हो ।  हरिवन स्थित सम्राट पार्टी प्यालेसमा समाजका जिल्ला अध्यक्ष केदारनाथ मैनालीको अध्यक्षता तथा केन्द्रीय वरिष्ठ उपाध्यक्ष कपिलमुनि मैनालीको प्रमुख आतिथ्यतामा भएको साधारणसभाका अवसरमा समाजसेवी कार्कीलाई सभाध्यक्ष, प्रमुख अतिथीसहित विशिष्ट अतिथी हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकीले नगदसहित दोसल्ला ओढाई सम्मान पत्रबाट सम्मान गर्नुभएको मैनाली सेवा समाज सर्लाहीले जनाएको छ ।  मैनाली सेवा समाजले बागमती सेवा समाजको अध्यक्ष हुनुभन्दा अगाडिकै समयदेखि सम्मानित व्यक्तित्व भरत कुमार ...
काठमाडौंमा माघ १ गतेदेखि ७ गतेसम्म ` प्रथम राष्ट्रिय कृषि जैविक विविधता दिवस तथा माघे संक्रान्ति मेला ´ ( प्रेस विज्ञप्ति सहित )

काठमाडौंमा माघ १ गतेदेखि ७ गतेसम्म ` प्रथम राष्ट्रिय कृषि जैविक विविधता दिवस तथा माघे संक्रान्ति मेला ´ ( प्रेस विज्ञप्ति सहित )

समाचार
निराज रानाभाट , काठमाडौं : माघ ०१ गतेदेखि ०७ गतेसम्म प्रथम राष्ट्रिय कृषि जैविक विविधता दिवस तथा माघे संक्रान्ति मेला ´ आयोजना गरिएको छ । जीवन र वातावरणको लागि कृषि जैविक विविधता ´ भन्ने मूल नाराका साथ ` राष्ट्रिय कृषि जैविक विविधता वर्ष ´ मनाईदै छ । उक्त कार्यक्रममा सांसद गगन थापाको प्रमुख आतिथ्य रहने छ । कृषि जैविक विविधता महत्त्व , संरक्षण र दिगो उपयोगमा सकृय रूपमा लाग्न उत्प्रेरित गर्ने हेतुले राष्ट्रिय जीन बैंककाे पहलमा राष्ट्रिय कृषि जैविक विविधता संरक्षण समितिको बैठकबाट वि.सं. २०७९ साललाई राष्ट्रिय कृषि जैविक विविधता वर्ष ´ काे रूपमा घोषणा गरि मनाउने बारे निर्णय भएको छ । आर्थिक वर्ष २०७९ / ८० काे संघीय संसदमा प्रस्तुत नेपाल सरकारकाे बजेट वक्तव्य मार्फत वि.सं. २०७९ साललाई राष्ट्रिय कृषि जैविक विविधता वर्ष ´ काे रूपमा मनाउने घोषणा गरिसकेको छ । नेपाल सरकारले यसै वर्षदेखि माघ ०१ ग...
सेवक नेपालको ` ८ औं वार्षिक साधारण सभा ´ पुस ३० गते हुने

सेवक नेपालको ` ८ औं वार्षिक साधारण सभा ´ पुस ३० गते हुने

समाचार
निराज रानाभाट , काठमाडौं : अभिभावक बिहिन बालबालिकाहरुको खाेजी , उद्धार तथा दिगो संरक्षण हाम्रो अभियान ´ भन्न् मुल नारासहित स्थापना गरिएको सेवक नेपालको ८ औं वार्षिक साधारण सभा ´ यहीँ पुस ३० गते , शनिबार हुने भएको छ । सेवक नेपालले कार्यसमितिका पदाधिकारीहरु , लेखा समितिका पदाधिकारीहरु , सल्लाहकार समितीका पदाधिकारीहरु , पूर्व कार्यसमितिका पदाधिकारीहरु लगायतका सम्पूर्ण अभियन्ताहरु तथा शुभचिन्तक / सहयोगी महानुभावहरुलाई उपस्थितिको लागि निमन्त्रणा गरेकाे छ । उक्त साधारण सभा भने राजधानी काठमाडौंकाे चाबहिलस्थित स्मार्ट प्यालेसमा पुस ३० गते , शनिबार बिहान ०८:०० बजे हुने भएको छ ।...
समृद्ध सर्लाही निर्माणका संयोजक डा.गुणेश्वर झा समाजिक कार्यमा सक्रिय

समृद्ध सर्लाही निर्माणका संयोजक डा.गुणेश्वर झा समाजिक कार्यमा सक्रिय

Breaking news 1, समाचार, सर्लाही बिशेष
सर्लाही । सर्लाहीको मलंगवा नगरपालिकामा रहेको स्तुती सौम्य हेल्थ केयरका संचालक तथा समृद्ध सर्लाही निर्माणका संयोजक डा.गुणेश्वर झ यतिबेला समाजिक कार्यमा खटि रहनु भएको छ । डा. झा रातको करिब साढे ८ बजे एउटा दाउरा पसलमा दाउरा किन्दै गाडिमा राख्दै गरेको दृश्य देख्दा हामिले प्रश्न गरे, प्रश्नको जवाफमा उहाले सितलहर तथा चिसो लगायतको विपद्को समस्या बाट जुधिरहेको विपन्न स्थानियलाई राहत दिन दाउरा किन्न लागेको जवाफ फर्काउनुभयो ।डा. झाले आफनो व्यक्तिगत खर्चमा दाउरा किन्नेर विपद्का जोखिम सँग जुधिरहेका विपन्न नागरीकलाई चिसो बाट जोगाउन दाउरा वितरण गरिरहनु भएको छ । उहाले मलंगवा नगरपालिको गणेशियामा, कविलासी नगरपालिका वडा नं. ९ र १० सलेमपुरको चौक चौक तथा मुसहर बस्तीमा शितलहर बाट प्रभावित स्थानियलाई जोगाउँन दाउरा वितरण गर्नुभएको छ। सर्लाहीमा अहिले ७ डिग्री सेलसियस सम्म तापक्रम हुन्छ, त्यसमा पनि शितलहर हुन्छ व...
आज मिति २०७९ पुस २७ गते बुधवारको , हेर्नुहोस् आजको राशिफल

आज मिति २०७९ पुस २७ गते बुधवारको , हेर्नुहोस् आजको राशिफल

दैनिक राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)समय दिन नसक्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्यका लागि खानपानमा ध्यान दिनुहोला। मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। महत्त्वाकांक्षा पूरा नभए पनि पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ। आर्थिक स्थितिमा सुधार आउनेछ। गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्नेछ। नियमित काम र व्यवसायमा सामान्य लाभ हुनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)अवसरले पछ्याए पनि प्रतीक्षा गरिएको नतिजा कमजोर देखिनेछ। सहयोगीहरूले साथ दिन छाड्नेछन् र प्रगतिमा ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरपर्दा काम बिग्रन सक्छ, सजग रहनुहाेला। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्...
राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट फेन्चु लामा सम्मानित

राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट फेन्चु लामा सम्मानित

समाचार
निराज रानाभाट , हेटौंडा , मकवानपुर : मकवानपुर जिल्लाको हेटौंडा उप - महानगरपालिका वडा नम्बर - १३ का फेन्चु लामा जिल्ला स्तरीय राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित तथा पुरस्कृत भएका छन । लामो समयदेखि कृषि कर्ममा लागेका लामा एक सफल कृषि उद्यमी पनि हुन् । हेटौंडा उम - महानगरपालिका - १३ मा ड्रागन फ्रुट खेती गर्दै आएका लामाले एम.एन.एस. एग्रो प्रा.लि. मार्फत कृषि कर्म गरिरहेका छन । लामा सहित कृषि क्षेत्रमा उत्कृष्ट काम गरे बापत मकवानपुरका अन्य २ जना किसानहरूलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको थियो । मकवानपुरगढी गाउँपालिका र थाहा नगरपालिकाका किसानहरूलाई भेटेरेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र हेटौंडाले सम्मान गरेको हो । मकवानपुरगढीका बाख्रा पालक किसान पी एस पी एग्रो प्रा.लि. का सन्जय नेपाल र थाहा नगरपालिकाका रेन्बो ट्राउट माछा पालक किसान युनिक कृषि फर्मका कृष्...
पेट्राेल , डिजल र मट्टीतेलकाे मूल्य प्रतिलिटर ३ रुपैयाँले घट्याे ( प्रेस विज्ञप्ति सहित )

पेट्राेल , डिजल र मट्टीतेलकाे मूल्य प्रतिलिटर ३ रुपैयाँले घट्याे ( प्रेस विज्ञप्ति सहित )

Breaking news 1, समाचार
निराज रानाभाट , काठमाडौं : सरकारले पेट्राेलियम पदार्थकाे मूल्य घटाएकाे छ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले आइतबार राति १२:०० बजेदेखि लागू हुने गरी पेट्राेलियम पदार्थकाे मूल्य घटाएकाे हाे । निगमले पेट्रोल , डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ३ / ३ रुपैयाँका दरले घटाएकाे छ । यस्तै , आन्तरिक र अन्तर्राष्ट्रिय हवाई इन्धनमा क्रमश: २० र ३० रुपैयाँले घटेकाे निगमले विज्ञप्तिमार्फत जनाएकाे छ । याेसँगै अब पेट्राेल प्रतिलिटर १ सय ७५ रुपैयाँ कायम भएकाे छ , भने डिजल र मट्टीतेल प्रतिलिटर १ सय ७२ रुपैयाँ कायम भएकाे छ । आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर १ सय ७० रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर १ हजार ४ सय २० डलर कायम भएको छ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने अहिलेलाई यथावत् राखेकाे छ । यसअघि भारतले पेट्राेलियम पदार्थकाे मूल्यसूची घटाएर पठाए पनि निगमले भने नघटाएकाे भन्दै उप...