Wednesday, April 22News That Matters

Author: हाम्रो सर्लाही

२३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु, ४६ जनाको शव काठमाण्डाै पठाइने

२३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु, ४६ जनाको शव काठमाण्डाै पठाइने

Breaking news 1, समाचार
काठमाण्डाै | पोखरामा हिजो आइतवार भएको यति एअरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका ६९ जनामध्ये २३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु गरिएकाे छ । पोखरामा शव बुझ्न चाहने आफन्तलाई पोस्टमार्टमपछि शव बुझाउन सुरु गरिएको हो । बाँकी सनाखत भइसकेका १८ जना र सनाखत हुन बाँकी २८ जना गरी ४६ जनाको शव नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौ ल्याउने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । शव लिनका लागि नेपाली सेनाको हेलिकप्टर पोखरा पुगिसकेको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले आज अबेर भएकोले भोलि मङ्गलवार बिहान ९ बजेपछि शव काठमाण्डाै पठाइने जानकारी दिनुभयो । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले सेती नदीकाे खोँचमा खोजी कार्य जारी राखेको छ । आज पानीभित्रबाट एक जनाको शव निकालिएको र बाँकी तीन जनाको शव खोज्नका लागि गोताखोर टोलीसहित नेपाल प्रहरीका दुई ...
गायक पौडेलको `बरु म त रुँदै रुँदै जिउँला´ बजारमा

गायक पौडेलको `बरु म त रुँदै रुँदै जिउँला´ बजारमा

मनोरञ्जन
काठमाडौं । लोक तथा दोहोरी गायक पुरुशोत्तम पौडेलले आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन् । पौडेलले आफ्नो युटुव च्यानल पुरुशोत्तम पौडेल मार्फत माघ १ गते आइतवार (आज) बरु म त रुँदै रुँदै जिउँला बोलको गीत बजारमा ल्याएका हुन् । उमंग म्यूजिक प्रा.लि.को अडियो तथा भिडियो रहेको गीतमा गायक पौडेलको र गायिका सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ ।गीतमा सप्तऋषी म्यूजिकका सञ्चालक तथा संगीतकार ऋषी खड्काले संगीत भरेका छन् । शिव पौडेलको शब्द रहेको `बरु म त रुँदै रुँदै जिउँला´ बोलको गीतमा कमल सौरागको एरेन्ज रहेको छ । मारुनी डिजिटल रेकर्डिङ स्टूडियोमा रेकर्ड भएको गीतको रेकर्डिङ गीतको रेकर्डिङ सुमन राना र खुमन रानाले गरेकोे निर्माता टोलीले जनाएको छ ।गीतको अडियो सम्पादन भने कुमार रानाले गरेको उत्पादक कम्पनी उमंग म्यूजिकले जनाएको छ । यस्तै, भिडियो तर्फ कपिल लामाद्वारा निर्देशित गीत गीतमा पुरुशोत्तम पौडेल, सृष्ट...
आज माघे संक्रान्ति

आज माघे संक्रान्ति

Breaking news 2, समाचार
सर्लाही  | सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) संक्रान्ति भनिन्छ।  माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्। उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ। यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ। यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ। तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन्। वर्षभर नुहाउने वातावरण नमिल्ने तराईवासीले पनि आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन्।  बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ। धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा...
आज मिति २०७९ माघ १ गते आइतवारको , हेर्नुहोस् आजको राशिफल

आज मिति २०७९ माघ १ गते आइतवारको , हेर्नुहोस् आजको राशिफल

दैनिक राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)परिवेश उल्लासमय रहे पनि बाध्यतासामु निरीह बन्नुपर्ला। प्रतिष्ठा एवं लोकाचारका लागि फजुल खर्च बढ्नेछ। अरूको करकापमा काम गर्नुपर्ला। हल्लाको पछि लाग्दा व्यर्थैमा दु:ख पाइनेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। उधारोमा व्यापार हुनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने देखिन्छ। व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। वादविवादबाट जाेगिने प्रयत्न गर्नुहोला। सहयोगीहरूले हात झिक्नाले परिस्थिति आफ्नो पक्षमा नरहन सक्छ। सञ्चित रकम खर्च गर्नुपर्ने आवश्यकता पर्न सक्छ। व्यवसायमा अपेक्षित फाइदा उठाउन नसकिएला। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ। अरूको भरपर्दा धोका...
अझै खुलेनन् सर्लाहीका छोटी भन्सार कार्यालय

अझै खुलेनन् सर्लाहीका छोटी भन्सार कार्यालय

Breaking news 3, समाचार, सर्लाही बिशेष
सर्लाही |  द्वन्द्वको कारण देखाउँदै बन्द गरिएका सर्लाहीका छोटी भन्सार कार्यालय अझै सञ्चालनमा आउन सकेका छैनन् । सञ्चालनमा आउन नसक्दा सिमानाकाबाट भन्सार छली तथा चोरी तस्करी बढेको छ । छिमेकी देश भारतसँग ५१ किलोमिटर खुला सिमानामा जोडिएको जिल्लामा सातवटा छोटी भन्सार कार्यालय छन् । एउटा मुख्य भन्सार कार्यालय रहेको छ । सबै छोटी भन्सार कार्यालय बन्द छन् । गोरखकाली नाकामा रहेको मुख्य भन्सार कार्यालय मात्र अहिले सञ्चालनमा छ । छोटी भन्सार कार्यालय बन्द हुँदा जिल्लाका साना व्यापारी मारमा परेका छन् । छिमेकी देश भारतसँग खुला सिमाना हुनु र नजिकै नेपाली बजार नहुँदा दैनिक उपभोग्य सामग्रीका लागि  भारतीय बजारमाथि भर पर्नुपर्ने हुँदा सीमा क्षेत्रका साना व्यापारी तथा स्थानीयवासी मारमा परेका स्थानीय जानकार उमाशङ्कर साहले बताउनुभयो । जिल्लाका साना व्यापारीले छोटी भन्सारको बाटो भएर सामान...
घनश्याम भुसाल नेकपा एसको सचिवालय सदस्य मनोनीत

घनश्याम भुसाल नेकपा एसको सचिवालय सदस्य मनोनीत

राजनीति
काठमाडौं | हिजो मात्र नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका घनश्याम भुसाललाई पार्टीले केन्द्रीय सचिवालय सदस्य मनोनीत गरेको छ। शनिबार बिहान बसेको एकीकृत समाजवादीको बैठकले नेता भुसाललाई केन्द्रीय सचिवालय सदस्यमा मनोनीत गरेको हो। भुसाल गत मंसिर ४ को निर्वाचनमा रुपन्देही १ बाट उम्मेदवार बनेका थिए। नेकपा एमालेले टिकट नदिएपछि पार्टी छाडेर उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए। पछि उनलाई नेकपा माओवादी केन्द्रसहित तत्कालीन सत्ता गठबन्धनले समर्थन गरेको थियो।  तर, उनी एमालेकै उम्मेदवार छविलाल विश्वकर्मासँग पराजित भएका थिए।...
प्रचण्ड र ओलीबीच मन्त्रिपरिषद विस्तारबारे छलफल

प्रचण्ड र ओलीबीच मन्त्रिपरिषद विस्तारबारे छलफल

राजनीति
काठमाडौं |  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शनिबार विहान प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको भेटमा मन्त्रिपरिषद विस्तार लगायतका विषयमा कुराकानी भएको उनीहरु निकटका नेताहरुले बताएका छन् । सत्ता साझेदार दलहरुबीच भागवण्डामा कुराकानी नमिल्दा संघीय सरकार र प्रदेश सरकार विस्तार हुन सकेको छैन । प्रचण्ड नेतृत्वको संघीय सरकारका केही मन्त्रीहरु विना विभागीय हैसियतमा छन् भने प्रदेशमा पनि धेरै मन्त्रीको मन्त्रालय तोकिएको छैन ।...
मधेस प्रदेशको सभामुख पदको लागि आज उमेदवारी दर्ता

मधेस प्रदेशको सभामुख पदको लागि आज उमेदवारी दर्ता

Breaking news 2, प्रदेश
सर्लाही | मधेस प्रदेशको सभामुख पदको लागि आज उमेदवारी दर्ता हुने भएको छ । प्रदेशसभामा बिहान ११ बजेदेखि ३ बजेसम्म उमेदवारी दर्ताको लागि समय तोकिएको छ । दलहरुले प्रस्ताव गरेको उमेदवारको नामावली आज नै दिउँसो साढे ३ बजे प्रशकाशन हुने निर्वाचन तालिकामा उल्लेख छ । प्रस्ताव भएको नामहरु माघ २ गते बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत हुनेछन् । नेकपा एमालेले सभामुख पदको लागि रामचन्द्र मण्डलको नाम प्रस्तुत गर्ने तयारी गरेको छ । सत्ता साझेदार दलहरुले सभामुख, उपसभामुख र मुख्यमन्त्री पदको बाँडफाँड टुङ्गो केन्द्रबाटै लगाएका छन् । सोही सहमती अनुसार जसपाले मुख्यमन्त्री पाएको छ । नेकपा एमालेले सभामुख र जनमत पार्टीले उपसभामुख पाउने छ । यसअघी हिजो मधेस प्रदेशका मुख्यमन्त्रीसहित तीन मन्त्रीले शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री सरोजकुमार यादवले माघ २ गते बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तयारी ग...
हतियारसहित मधेश प्रदेशबाट ५७ जना पक्राउ

हतियारसहित मधेश प्रदेशबाट ५७ जना पक्राउ

Breaking news 3, ट्रेन्डिङ, समाचार
सर्लाही | मधेश प्रदेशको विभिन्न जिल्लाबाट प्रहरीले दुई वर्षको अवधिमा करिब पाँच दर्जन व्यक्तिलाई हतियारसहित नियन्त्रणमा लिएको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरधामले दिएको जानकारी अनुसार चालु आर्थिक वर्ष २०७९।०८० को पुस महिनासम्ममा ८ वटा हतियार नियन्त्रणमा लिएको छ । भने,गत आर्थिक वर्ष २०७८।०७९मा ४९ वटा हतियारसहित व्यक्तिलाई समेत प्रकाउ गरेको थियो । नियन्त्रणमा लिइएको ५७ वटा हतियारमध्ये ४४ वटा कटुवा,पेस्तल लगायतका साना हतियार रहेको छ भने १३ वटा ठूलो हतियार नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी सुमन तिमल्सिनाले बताए । सूरक्षाको दृष्टिकोणले प्रदेशको अत्ति संवेदनशील मानिएको जिल्ला बाराबाट सबभन्दा बढी सानो ठूलो गरी १६ वटा हतियार प्रहरीले नियन्त्रणमा लिएको छ भने सोही अवधिमा सबभन्दा कम महोत्तरी र सप्तरी जिल्लाबाट दुई÷दुई जनालाई हतियारसहित नियन्त्रणमा लिएको प्रवक्ता तिमल्स...
कस्तो रहला आज देशभरको मौसम ?

कस्तो रहला आज देशभरको मौसम ?

Breaking news 2, समाचार
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ। तराईका थोरै भू-भागहरूमा  हुस्सु/कुहिरो लागेको अवस्था छ। शनिबार कर्णाली, गण्डकी प्रदेश र प्रदेश १का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। आइतबार पनि कर्णाली  प्रदेश र प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।  सोमवार भने प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली पहाडी भू-भागहरूका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।...