Author: हाम्रो सर्लाही

नवनियुक्त मन्त्रीहरूले लिए शपथ

नवनियुक्त मन्त्रीहरूले लिए शपथ

Breaking news 2, राजनीति
काठमाडौँ l नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा उनीहरूले शपथ लिएका हुन्।  उपप्रधानमन्त्रीमा राजेन्द्र लिङ्देनसहित अन्य दलका मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाएकी हुन्। नेकपा एमालेबाट एक राज्यमन्त्रीसहित ८ जना मन्त्री बनेका छन्। त्यस्तै, माओवादी केन्द्रबाट एकजना राज्यमन्त्रीसहित र प्रधानमन्त्रीसहित ५ जना मन्त्री बनेका छन्।  त्यस्तै, राप्रपाबाट एक राज्यमन्त्रीसहित ३ मन्त्री बनेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपप्रधानसहित २ मन्त्री र एक राज्यमन्त्री बनेका छन्। शपथ लिएका मन्त्रीहरु एमालेबाट १. विमला राई पौडेल-परराष्ट्रमन्त्री २. पदम गिरी-स्वास्थ्य मन्त्रालय ३. भगवती चौधरी-महिला बालबालिका     ४. हरि उप्रेती-रक्षा मन्त्रालय माओवादीबाट १. रेखा...
देशभर नै नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध

देशभर नै नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध

Breaking news 1, समाचार
काठमाडौं | देशभर नै नेपाल टेलिकमको मोबाइल सेवा अबरुद्ध भएको छ । कम्पनीको मोबाइल सेवा अन्तर्गतका ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेडको फोन मंगलबार मध्यान्ह १२ बजेदेखि अबरुद्ध भएको हो । उपभोक्ताहरुले टिपाएको गुनासोअनुसार नेपाल टेलिकमका इन्टरनेट र एसएमस सेवासमेत अवरुद्ध भएको छ । सेवा अवरुद्ध भएपछि नेपाल टेलिकमका उपभोक्ताहरु समस्यामा परेका छन् । टेलिकमको आधिकारिक वेबसाइटसमेत अवरुद्ध छ । टेलिकमले अहिलेसम्म सेवा अवरूद्ध भएकोबारे कुनै जानकारी दिएको छैन । ...
नयाँ मन्त्रीहरूको शपथ आज दिउँसो १ बजे

नयाँ मन्त्रीहरूको शपथ आज दिउँसो १ बजे

Breaking news 3, राजनीति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । सत्ता गठबन्धनमा भागबन्डाको टुंगो लागे पछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो । नयाँ मन्त्रीहरुको शपथ दिउँसो १ बजे हुने तय गरिएको छ ।  सत्ता साझेदार दलको सोमबार राति सम्पन्न बैठकले मन्त्रालयको भागबण्डा टुंगो लगाएसँगै मन्त्रिपरिषद् विस्तारको बाटो खुला भएको हो ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मन्त्रालयको भागबण्डा टुंग्याएको गृहमन्त्री रवि लामिछानेले सञ्चारकर्मीलाई जानकारी दिए । उनले भागबण्डा टुंगिएसँगै मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको बताए । उनका अनुसार मन्त्रीहरुको शपथ दिउँसो १ बजेका लागि तय भएको छ ।  ‘कुन कुन पार्टीले कुन कुन मन्त्रालय लिने भनेर टुंगिएको छ । बाँडफाँट टुंग्याएका छौं । भोलि एक बजे अघि टुंग्याउँछौ । केही परिवर्तन भएछ भने सल्लाहम...
आज मिति २०७९ माघ ३ गते मंगलवारको , हेर्नुहोस् आजको राशिफल

आज मिति २०७९ माघ ३ गते मंगलवारको , हेर्नुहोस् आजको राशिफल

दैनिक राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले मन खिन्न बनाउला। अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। लगनशील भएर प्रयत्न गर्दा बिस्तारै अवरोध हट्न सक्छ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)छोटो समयमा मनग्य फाइदा हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ। दिन मनोरञ्जनपूर्ण रहनेछ। सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ। परिस्थिति अनुकूल रहे पनि केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)यात्रा अलि कष्टपूर्ण हुनेछ। गलत व्यक्तिको विश्वास गर्नाले धोका हुन सक...
जहाज दुर्घटनाका मृतकप्रती  सर्लाहीको लालबन्दीमा श्रद्धाञ्जली अर्पण

जहाज दुर्घटनाका मृतकप्रती सर्लाहीको लालबन्दीमा श्रद्धाञ्जली अर्पण

Breaking news 2, सर्लाही बिशेष
सर्लाही | कास्कीको पोखरामा आइतबार भएको जहाज दुर्घटनामा परि मृत्यु भएकाहरु प्रती लालबन्दीमा श्रद्धाञ्जली अर्पण गरिएको छ । सर्लाहीको लालबन्दी बजारका व्यवसायीहरु भेला भई मैन बत्ती बालेर जहाज दुर्घटनाका मृतकहरुप्रती श्रद्धाञ्जली अर्पण गरेका हुन । साँझ साँढे पाँच बजेतिर लालबन्दी ७ बजारस्थित ईलाका हुलाक कार्यालय नजिक पुर्वपट्टी उध्योग वाणिज्य संघ लालबन्दीका कर्मचारी बिमल तिमल्सिना र सर्लाही मुद्रण उध्योग संघका अध्यक्ष राजेश सिंहको नेतृत्वमा युवा व्यवसायीहरुले मैन बत्ती बालेर मृतकहरुप्रती श्रद्धाञ्जली ब्यक्त गरे । सो कार्यक्रममा लालबन्दी नगर वाङ्मय परिषदका अध्यक्ष अच्युत अधिकारी, ढुकढुकी एफ.एम. लालबन्दीका स्टेसन म्यानेजर क्षितिज विश्वकर्मा लगाएतको समेत सहभागिता रहेको थियो । ...
२३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु, ४६ जनाको शव काठमाण्डाै पठाइने

२३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु, ४६ जनाको शव काठमाण्डाै पठाइने

Breaking news 1, समाचार
काठमाण्डाै | पोखरामा हिजो आइतवार भएको यति एअरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका ६९ जनामध्ये २३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु गरिएकाे छ । पोखरामा शव बुझ्न चाहने आफन्तलाई पोस्टमार्टमपछि शव बुझाउन सुरु गरिएको हो । बाँकी सनाखत भइसकेका १८ जना र सनाखत हुन बाँकी २८ जना गरी ४६ जनाको शव नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौ ल्याउने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । शव लिनका लागि नेपाली सेनाको हेलिकप्टर पोखरा पुगिसकेको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले आज अबेर भएकोले भोलि मङ्गलवार बिहान ९ बजेपछि शव काठमाण्डाै पठाइने जानकारी दिनुभयो । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले सेती नदीकाे खोँचमा खोजी कार्य जारी राखेको छ । आज पानीभित्रबाट एक जनाको शव निकालिएको र बाँकी तीन जनाको शव खोज्नका लागि गोताखोर टोलीसहित नेपाल प्रहरीका दुई...
गायक पौडेलको `बरु म त रुँदै रुँदै जिउँला´ बजारमा

गायक पौडेलको `बरु म त रुँदै रुँदै जिउँला´ बजारमा

मनोरञ्जन
काठमाडौं । लोक तथा दोहोरी गायक पुरुशोत्तम पौडेलले आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन् । पौडेलले आफ्नो युटुव च्यानल पुरुशोत्तम पौडेल मार्फत माघ १ गते आइतवार (आज) बरु म त रुँदै रुँदै जिउँला बोलको गीत बजारमा ल्याएका हुन् । उमंग म्यूजिक प्रा.लि.को अडियो तथा भिडियो रहेको गीतमा गायक पौडेलको र गायिका सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ ।गीतमा सप्तऋषी म्यूजिकका सञ्चालक तथा संगीतकार ऋषी खड्काले संगीत भरेका छन् । शिव पौडेलको शब्द रहेको `बरु म त रुँदै रुँदै जिउँला´ बोलको गीतमा कमल सौरागको एरेन्ज रहेको छ । मारुनी डिजिटल रेकर्डिङ स्टूडियोमा रेकर्ड भएको गीतको रेकर्डिङ गीतको रेकर्डिङ सुमन राना र खुमन रानाले गरेकोे निर्माता टोलीले जनाएको छ ।गीतको अडियो सम्पादन भने कुमार रानाले गरेको उत्पादक कम्पनी उमंग म्यूजिकले जनाएको छ । यस्तै, भिडियो तर्फ कपिल लामाद्वारा निर्देशित गीत गीतमा पुरुशोत्तम पौडेल, ...
आज माघे संक्रान्ति

आज माघे संक्रान्ति

Breaking news 2, समाचार
सर्लाही  | सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) संक्रान्ति भनिन्छ।  माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्। उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ। यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ। यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ। तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन्। वर्षभर नुहाउने वातावरण नमिल्ने तराईवासीले पनि आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन्।  बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ। धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशय...
आज मिति २०७९ माघ १ गते आइतवारको , हेर्नुहोस् आजको राशिफल

आज मिति २०७९ माघ १ गते आइतवारको , हेर्नुहोस् आजको राशिफल

दैनिक राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)परिवेश उल्लासमय रहे पनि बाध्यतासामु निरीह बन्नुपर्ला। प्रतिष्ठा एवं लोकाचारका लागि फजुल खर्च बढ्नेछ। अरूको करकापमा काम गर्नुपर्ला। हल्लाको पछि लाग्दा व्यर्थैमा दु:ख पाइनेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। उधारोमा व्यापार हुनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने देखिन्छ। व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। वादविवादबाट जाेगिने प्रयत्न गर्नुहोला। सहयोगीहरूले हात झिक्नाले परिस्थिति आफ्नो पक्षमा नरहन सक्छ। सञ्चित रकम खर्च गर्नुपर्ने आवश्यकता पर्न सक्छ। व्यवसायमा अपेक्षित फाइदा उठाउन नसकिएला। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ। अरूको भरपर्दा धोक...
अझै खुलेनन् सर्लाहीका छोटी भन्सार कार्यालय

अझै खुलेनन् सर्लाहीका छोटी भन्सार कार्यालय

Breaking news 3, समाचार, सर्लाही बिशेष
सर्लाही |  द्वन्द्वको कारण देखाउँदै बन्द गरिएका सर्लाहीका छोटी भन्सार कार्यालय अझै सञ्चालनमा आउन सकेका छैनन् । सञ्चालनमा आउन नसक्दा सिमानाकाबाट भन्सार छली तथा चोरी तस्करी बढेको छ । छिमेकी देश भारतसँग ५१ किलोमिटर खुला सिमानामा जोडिएको जिल्लामा सातवटा छोटी भन्सार कार्यालय छन् । एउटा मुख्य भन्सार कार्यालय रहेको छ । सबै छोटी भन्सार कार्यालय बन्द छन् । गोरखकाली नाकामा रहेको मुख्य भन्सार कार्यालय मात्र अहिले सञ्चालनमा छ । छोटी भन्सार कार्यालय बन्द हुँदा जिल्लाका साना व्यापारी मारमा परेका छन् । छिमेकी देश भारतसँग खुला सिमाना हुनु र नजिकै नेपाली बजार नहुँदा दैनिक उपभोग्य सामग्रीका लागि  भारतीय बजारमाथि भर पर्नुपर्ने हुँदा सीमा क्षेत्रका साना व्यापारी तथा स्थानीयवासी मारमा परेका स्थानीय जानकार उमाशङ्कर साहले बताउनुभयो । जिल्लाका साना व्यापारीले छोटी भन्सारको बाटो भएर सामा...