आज मिति २०७९ फागुन १३ गते शनिवारको , हेर्नुहोस् आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)सुन्दर पहिरन र आगन्तुकहरूकाे उपहारमा मन रमाउनेछ। स्वादिष्ट खानपानकाे आनन्द प्राप्त हुनेछ। सानाे प्रयासले ठूलाे काम बन्नेछ। पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। मेहनत गर्दा अवसर प्राप्त हुनेछ र मनग्य धन आर्जन गर्न सकिनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ र दैनिकीमा पनि परिवर्तन आउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। आफन्तबाट टाढिनुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुन सक्छ। अवसरका लागि कडा परिश्रम गर्नुपर्ला। देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। छर–छिमेकमा असमझदारी देखिनेछ भने बेसुरको काममा अलमलिनुपर्ला।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)नियमित काम चाँडै सम्पादन गर्न सकिनेछ। आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। पेसा–व्यवसायतर्फ मनग...







