Monday, April 20News That Matters

Author: हाम्रो सर्लाही

सर्लाहीको हरिवनमा निर्मित चार्जिङ स्टेशनबाट एकै पटकमा ६ ओटा गाडि चार्ज गर्न मिल्ने

सर्लाहीको हरिवनमा निर्मित चार्जिङ स्टेशनबाट एकै पटकमा ६ ओटा गाडि चार्ज गर्न मिल्ने

Breaking news 1, सर्लाही बिशेष
 सर्लाही l पूर्व-पश्चिम लोकमार्गअन्तर्गत सर्लाहीको हरिवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको छ । विद्युतीय सवारीसाधनको सङ्ख्या बढेसँगै पहिलो चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो । ऊर्जा मन्त्रालयको स्वीकृतिमा विद्युत् प्राधिकरणले ए१ सय ४२ किलोवाट क्षमताको२ प्रकारका चार्जिङ उपकरण जडान गरिएको हो । दिगो कम्पनीका इञ्जिनियर सुजित पौडेलले चार्जिङ स्टेशनमा जिबीटी र सिसीएम चार्जिङ उपकरण जडान गरिएको भन्दै पहिलो मेसिनबाट ठूला र व्यावसायिक गाडी र दोस्रो उपकरणबाट जीप, कारजस्ता साना सवारी चार्ज गर्न मिल्ने जानकारी दिए । नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रअन्तर्गत हरिवन केन्द्रका प्रमुख जागेश्वर रामले दुई वटा उपकरणबाट एकैपटक ६ वटा सवारी साधन चार्ज गर्न मिल्ने जानकारी दिए । उपकरणमा राखिएको क्यूआर कोडमा ग्राहकले एनइए मोबाइल एपमार्फत स्क्यान गरेपछि उपकरणले चार्ज...
द्वन्द्वकालका मुद्दा अदालतमा दर्ता हुनु शान्ति सम्झौताविपरीत : उपाध्यक्ष सापकोटा

द्वन्द्वकालका मुद्दा अदालतमा दर्ता हुनु शान्ति सम्झौताविपरीत : उपाध्यक्ष सापकोटा

Breaking news 1, राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले द्वन्द्वकालका घटनाहरुको मुद्दा सर्वोच्च अदालतमा दर्ता हुनु विस्तृत शान्ति सम्झौताको विपरीत भएको बताए । शनिबार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपाध्यक्ष सापकोटाले नेपाल सरकार र तत्कालीन माओवादी पार्टीका बीचमा २०६३ साल मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताका अनुसार संक्रमणकालीन न्यायको विषय अगाडि बढ्नुपर्ने बताएका हुन् । उनले विस्तृत शान्ति सम्झौतामा सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेर शान्ति प्रक्रियाका काम टुंग्याउने भनिएको उल्लेख गर्दै सोही अनुरुप हुनुपर्ने बताए । ‘यो मुद्दाको कुरा २०६३ साल मंसिर ५ गते नेपाल सरकार र माओवादीका बीचमा भएको विस्तृत शान्ति सम्झौताको विपरीत छ,’ उनले भने, ‘त्यहाँ स्पष्ट भनिएको छ, यी विषयहरु सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्ने भनिएको छ । गठन भएको छ । त्यसले काम पनि...
कस्तो रहला आज देशभरको मौसम ?

कस्तो रहला आज देशभरको मौसम ?

Breaking news 3
काठमाडौँ । (शनिबार बिहान) देशका पहाडी भेगमा आंशिक बदली (आकाशमा थोरै बादल) रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  महाशाखाका अनुसार दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) तथा बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी र  गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक दुई स्थानमा भने मेघगर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना छ। यस्तै आज राति देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ।...
उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता आज

उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता आज

Breaking news 2, राजनीति
काठमाडौँ । आगामी चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयमा शनिबार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गरिने जानकारी दिएको छ ।  उपराष्ट्रपति  पदमा  उम्मेदवारी  दिने  व्यक्ति  वंशजका  आधारमा  नेपाली  नागरिक  भएको,  कम्तीमा ४५ वर्ष उमेर पूरा भएको, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम  समावेश  भएको,  कुनै  सङ्घीय  कानुनले  अयोग्य नभएको तथा कुनै लाभको पदमा बहाल नरहेको हुनुपर्छ ।  उम्मेदवारी दिनेले पाँच जना समर्थक र  पाँच  जना  प्रस्तावक  जुटाउनुपर्नेछ  ।  राष्ट्रपति  र ...
आज मिति २०७९ फागुन २७ गते शनिवारको , हेर्नुहोस् आजको राशिफल

आज मिति २०७९ फागुन २७ गते शनिवारको , हेर्नुहोस् आजको राशिफल

दैनिक राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारले अलमल्याउन सक्छ। तापनि प्रबल इच्छाशक्तिले लक्ष्यमा पुर्याउनेछ। लगनशीलताले नयाँनयाँ काम गर्ने अवसरसमेत दिलाउनेछ। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउला। विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्दा धन लाभ भए पनि आत्मसम्मानमा बाधा पर्न सक्छ। मनोरञ्जनमा खर्च बढ्नेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)अवसरले पछ्याए पनि चुनौतीहरूसँग जुध्नुपर्नेछ। प्रगतिमा ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। व्याहारिक समस्याले याेजना रोकिन सक्छ। कामकाे चाप बढ्नेछ भने स्वास्थ्यले त्यति साथ नदिन सक्छ। मिहिनेतकाे नतिजा चित्तबुझ्दाे नआउन सक्छ। तापनि चुनौती पन्छाएर काम बनाउन सकिनेछ। प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले अग्रता दिलाउन सक्छ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)अवसर तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। दिगो फाइदा हु...
आज मिति २०७९ फागुन २६ गते, शुक्रवारको , हेर्नुहोस् आजको राशिफल

आज मिति २०७९ फागुन २६ गते, शुक्रवारको , हेर्नुहोस् आजको राशिफल

दैनिक राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)परिस्थितिवश विवादास्पद काममा अलमलिनुपर्ला। द्वन्द्वले फजुल खर्च निम्त्याउन सक्छ। अवसरवादीहरूले झुक्याउन सक्छन। पछिका लागि उपलब्धिको स्रोत पनि पहिल्याउन सकिनेछ। यसका लागि गोपनीयतामा भने ध्यान पुर्याउनुहोला। सोखले खर्च बढाउन सक्छ। काम पूरा नभए पनि साँझमा मनग्य फाइदा उठाउन सकिनेछ। मिहिनेतले लाभ दिलाउनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)लगनशीलताले अध्ययनमा प्रगति हुनेछ र अनुभवलाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन। साँझदेखि प्रतिस्पर्धीहरूबाट अलि सावधान रहनुपर्ला। आफ्नो क्षेत्रमा अरूले अधिकार जमाउन सक्छन्, सजग रहनुहोला। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ। अप्ठ्यारो परिस्थिति अँगाल्दै अघि बढ्न...
एकिकृत अखिल नेपाल शिक्षक संगठन हरिवनको अध्यक्षमा महतो चयन

एकिकृत अखिल नेपाल शिक्षक संगठन हरिवनको अध्यक्षमा महतो चयन

Breaking news 1, राजनीति
प्रेमनाथ पाैडेल , हरिवन । सर्लाहीको हरिवन मा सम्पन्न एकीकृत अखिल नेपाल शिक्षक संगठन को हरिवन नगर कमिटि अध्यक्षमा राम बिश्वाश महतो सर्ब सम्मत चयन भएका छन ।नेपाल कम्युनिस्ट पार्टि माओबादि केन्द्र निकट शिक्षकहरु को छाता संगठन एकिकृत अखिल नेपाल शिक्षक संगठनको हरिवन नगरकमिटि को अध्यक्ष मा महतो सर्ब सम्मत चयन भएका हुन । संगठन का नगर संयोजक श्री प्रसाद स्याङ्गतान को अध्यक्षता एवम हरिवन नगरपालिका का प्रमुख रमेश बुढाथोकि( कमल )को प्रमुख आतिथ्यता मा हरिवन १ पटौना स्थित प्राथमिक बिधायल को प्राङ्गण मा भएको नगर शिक्षकहरु को भेला ले महतो को अध्यक्षता मा ११सदस्य नगर कमिटि सर्ब सम्मत चयन गरेको हो ।नव गठित कमिटि को उपाध्यक्षमा मुना बुढाथोकि सचिब टिका भण्डारी सहसचिब रामकुमारी श्रेष्ठ सदस्यहरुमा हरिप्रसाद सापकोटा  बिप्रहरि दाहल ,तिर्थराज पौडेल ,सुन्देश्वर ठाकुर ,नानिमैया पराजुलि ,शिब कुमारी दाहल ,र र...
राष्ट्रपतिमा कांग्रेसका पौडेललाई आम जनता पार्टीले सघाउने

राष्ट्रपतिमा कांग्रेसका पौडेललाई आम जनता पार्टीले सघाउने

Breaking news 2, राजनीति
सर्लाही | फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनमा आम जनता पार्टीले नेपाली कांग्रेसबाट उम्मेदवार बनेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन गर्ने भएको छ । पौडेलले आज राष्ट्रपति पदमा मनोनयन दर्ता गराएपछि आम जनता पार्टीले उनलाई समर्थन रहने विषयको जानकारी दिएको थियो । पार्टीले एक विज्ञप्ति जारी गर्दै ञसंघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको चौंथो राष्ट्रपति पदका लागि कांग्रेसबाट रामचन्द्र पौडेलज्यू र नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्ले मनोनयन दर्ता गराएकोमा आम जनता पार्टीले पौडेललाई सघाउने जानकारी दिएको छ । साथै, पौडेल राष्ट्रिय एकताको साझा प्रतीक बन्दै देश र जनताको सर्वोपरि हित बमोजिम आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नेछन् भन्नेमा आम जनता पार्टी विश्वस्त रहेको पार्टीका प्रचार प्रसार विभाग प्रमुख चन्द्र भुषण साहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस्तो...
मैले २ महिनामै तितो अनुभव गरेँ : प्रधानमन्त्री प्रचण्ड

मैले २ महिनामै तितो अनुभव गरेँ : प्रधानमन्त्री प्रचण्ड

Breaking news 1, राजनीति
काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो २ महिनामा आफूले तितो अनुभव गरेको बताएका छन्। महेन्द्रनारायण निधिको १०१ औं जन्मजयन्तीका सन्दर्भमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्। ‘सबैभन्दा सहज कोर्श र प्राकृतिक कोर्श के हुनसक्छ भन्दा १२ बुँदे समझदारीहरू, शान्ति सम्झौताका हस्ताक्षरकर्ताहरु, संविधान घोषणा गर्दा समावेशी लोकतन्त्रका मान्यताहरुमा जो सहमत भएका छौं,’ प्रचण्डले भने, ‘ती शक्तिहरु मिलेर अघि बढेर मात्र देशलाई विकास र समृद्धि दिनसक्छ।’ संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार गर्न सक्ने शक्तिहरुसँगको सहकार्यले मात्र देशको विकास हुने प्रचण्डको भनाई छ। ‘मैले २ महिनाभित्रै त्यो तितो अनुभव गरेँ। हिजो ऐतिहासिक रुपमा भूमिका खेलेका शान्ति सम्झौताका हस्ताक्षरकर्ताहरू एक हुनुपर्छ,’ प्रचण्डले सम्बोधनको क्रममा भने, ‘गिरिजाप्...
आज मिति २०७९ फागुन १४ गते आइतवारको , हेर्नुहोस् आजको राशिफल

आज मिति २०७९ फागुन १४ गते आइतवारको , हेर्नुहोस् आजको राशिफल

दैनिक राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। काममा शुभचिन्तकहरूले साथ दिनेछन्। दिउँसोदेखि बौद्धिक कलाको प्रभाव बढ्नेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। आम्दानीका स्रोत बढ्नेछन्। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। व्यवसायमा फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ। दिउँसाेदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम गर्न सफल भइनेछ। तारिफयोग्य कामले प्रशंसक बढ्नेछन्। मिहिनेतले ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)प्रयत्न गर्दा बिहानै व्यापार, साझेदारी र सट्टापट्टामा ल...