Monday, April 20News That Matters

Author: हाम्रो सर्लाही

सरकारमा सहभागी हुने कांग्रेसको निर्णय, मन्त्री छान्न बनायो मापदण्ड

सरकारमा सहभागी हुने कांग्रेसको निर्णय, मन्त्री छान्न बनायो मापदण्ड

Breaking news 2, राजनीति
काठमाडौं । नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ । आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा पनि जाने निर्णय गरेको छ । प्रधानमन्त्री प्रचण्डले भोलि सोमबार संसदमा विश्वासको मत लिने तयारी गरेका छन् । सरकारले संविधानको रक्षा, विकास र समृद्धि, स्थिरतालाई केन्द्रमा राखेर काम गर्ने अपेक्षासहित समर्थन गर्ने निर्णय गरेको कांग्रेस प्रवक्ता डा. प्रकाशरण महतले जानकारी दिए । उनले अघि भने, ‘फेरि एउटा गठबन्धन बनेको छ, त्यसलाई मध्यनजर गरेर कांग्रेस सरकारमा पनि सहभागी हुने निर्णय गरेको छ ।’ यसँगै संसदको आइतबार बस्ने बैठकमा कांग्रेस प्रतिपक्षबाट सत्ता पक्षीय बेञ्चमा सर्नेछ ।डा. महतका अनुसार सरकारमा सहभागिता भने प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्र हुनेछ । आइतबारको बैठकले मन्त्...
सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला मूल्य एक लाख १० हजार ३३ रुपैयाँ

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला मूल्य एक लाख १० हजार ३३ रुपैयाँ

Breaking news 1
 काठमाडौं । आइतबार सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आइतबार छापावल सुनको मूल्य प्रतितोला एक लाख १० हजार ३३ रुपैयाँ पुगेको छ । सुनको मूल्यलले हालसम्मकै उच्च रेकर्ड कायम गरेको महासंघका महासचिव धर्म सुन्दर बज्राचार्यले बताए ।‘आज छापावल सुनको मूल्य प्रतितोला एक लाख १० हजार ३३ रुपैयाँ तोकिएको छ,’ महासचिव बज्राचार्यले भने,’यो हालसम्मकै उच्च मूल्य हो ।’ शुक्रबार प्रतितोला एक लाख ७ हजार १०० रुपैयाँमा सुनको खरिद बिक्री भएको थियो ।आइतबार दुई हजार ९३३ रुपैयाँले सुनको भाउ बढेको हो । यसअघि माघ १९ गते सुनको मूल्य हालसम्मकै उच्च मूल्य एक लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।महासंघकाअनुसार आज तेजावी सुनको मूल्य एक लाख ९ हजार ५ सय रुपैयाँ कामय भएको छ भने चाँदीको मूल्य पनि बढेर १३ सय ४५ रुपैयाँ कायम भएको छ ।...
राम्जी लामिछानेको कोरियोग्राफी तथा निर्देशन रहेको ‘ चाेलिका तुनामा ’ को म्युजिक भिडियो सार्वजनिक ( भिडियो सहित )

राम्जी लामिछानेको कोरियोग्राफी तथा निर्देशन रहेको ‘ चाेलिका तुनामा ’ को म्युजिक भिडियो सार्वजनिक ( भिडियो सहित )

Breaking news 3, मनोरञ्जन
निराज रानाभाट , काठमाडौं । चर्चित गायक बादल थापा र चर्चित गायिका अनु चौधरीको स्वर रहेको ‘ चाेलिका तुनामा ’ को म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरिएको छ। उक्त गीतमा लेखराज गिरीको शब्द तथा संगीत रहेको छ। भिडियोमा सागर खनाल र सरस्वती खत्रीकाे अभिनय रहेको छ। राम्जी लामिछानेको कोरियोग्राफी तथा निर्देशन रहेको म्युजिक भिडियो तारिफयोग्य बनेको छ। उक्त भिडियोमा निर्मला खत्री र दीप सि.के. सहायक निर्देशनकाे रूपमा रहेका छन् । यस म्युजिक भिडियोकाे छायांकन / फोटो निर्देशकमा मन कृष्ण महर्जन रहेका छन, भने बन्दी प्रसादको सम्पादन रहेको छ, भने राजेन्द्र मोक्तानको रंग संयोजन रहेको छ। यस्तै, गीतकाे । मारुनी डिजिटल रेकर्डिङग् स्टुडियो प्रा.लि. मा रेकर्ड भएको गीतमा सुमन राना र खुमन राना रेकडिष्ट रहेका छन् , भने मिक्स / मास्टरिङ्मामा कुमार राना रहेका छन । त्यसैगरी, उक्त गीतमा सन्दीप कार्कीले एरेञ्ज गरेका...
सविन कुमार तोलाङगीको ‘ बधाई मुरी मुरी २ ’ को म्युजिक भिडियो सार्वजनिक ( भिडियो सहित )

सविन कुमार तोलाङगीको ‘ बधाई मुरी मुरी २ ’ को म्युजिक भिडियो सार्वजनिक ( भिडियो सहित )

Breaking news 3, मनोरञ्जन
निराज रानाभाट, काठमाडौं : गायक राजन श्रेष्ठको आवाज रहेको नेपाली आधुनिक गीत ‘ बधाई मुरी मुरी २’ को म्युजिक भिडियाे सार्वजनिक भएको छ । सविन कुमार तोलाङगीको निर्देशन रहेको म्युजिक भिडियोमा नेपाली साङ्केतिक क्षेत्रमा चर्चित मोडेल आयुश्मा कार्की, योगराज पाण्डे, पार्वती गिरी र अन्जिल जंग कुवँर क्षेत्रीको अभिनय रहेको छ, साथै बाल कलाकार सक्षम सिंह ठकुरीकाे समेतको अभिनय देख्न सकिन्छ । म्युजिक भिडियोको निर्माण यस् बहादुर गुरुङ र कमल प्रसाद शर्माले गरेका छन् ।   अलाङ्कार रेकर्डिङग् स्टुडियोमा रेकर्ड भएको गीतमा चन्द्र जप्रेलको शब्द रहेको छ, भने ज्ञानेन्द्र गिरीको संगीत तथा एरेन्ज रहेको छ । जसमा रन्जन राई रेकडिष्ट / मिक्स रहेका छन, बिसाल निरौला मास्टरिङ्मा रहेका छन । मेकपमा सीता मगर र सन्तोषी आचार्य रहेका छन् । काठमाडौंको विभिन्न रमणिय स्थानहरुमा छायांकन रहेको म्युजिक भिडियोमा राजेश घिमिरे...
आज मिति २०७९ फागुन ३० गते मंगलवारको , हेर्नुहोस् आजको राशिफल

आज मिति २०७९ फागुन ३० गते मंगलवारको , हेर्नुहोस् आजको राशिफल

दैनिक राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता बढ्नेछ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन पाठनमा प्रगति हुनेछ । विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ । प्रतिष्ठित काम गर्ने मौका छ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । वैदेशिक यात्रामा पनि लाभ मिल्नेछ । द्वन्द्व प्रतिस्पर्धा वा मुद्दा मामिलामा विजयी भइनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) काममा मातापिताको सहयोग प्राप्त होला । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । दिन उत्सा...
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु अध्यक्षमा १२ जनाको उम्मेदवारी 

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु अध्यक्षमा १२ जनाको उम्मेदवारी 

Breaking news 2, राजनीति
काठमाडौं | त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा १२ जनाको उम्मेदवारी कायम भएको छ । निर्वाचन समितिले सोमबार सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावली अनुसार विभिन्न विद्यार्थी संगठनबाट ९ जना र स्वतन्त्र उम्मेदवार ३ गरी १२ जनाको उम्मेदवारी कायम भएको हो । अध्यक्ष पदमा उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार रुमकान्त केसी र क्रान्तिकारी विद्यार्थी आन्दोलनको तर्फबाट उम्मेदवारी दिएका विक्रम केसीले भने फिर्ता लिएका छन् । सोमबार बिहान ११ बजेदेखि १ बजेभित्र उम्मेदवारको नाम फिर्ताको समय तोकिएको थियो । उक्त समयभित्र दुई जनाले मात्रै उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत प्रा.रमेश श्रेष्ठले जानकारी दिए । चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि त्रिभुवन विश्वविद्यालय विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा विभिन्न पदको लागि प्रत्यक्षतर्फ ६२ जनाको उम्मेदवारी कायम भएको छ । अध...
आज मिति २०७९ फागुन २९ गते सोमवारको , हेर्नुहोस् आजको राशिफल

आज मिति २०७९ फागुन २९ गते सोमवारको , हेर्नुहोस् आजको राशिफल

दैनिक राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)खानपानको असावधानीले स्वास्थ्य प्रतिकूल रहला। आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन्। काम बिग्रने भयले पनि सताउनेछ। पहिलेका समस्या सच्याउने अवसर भने प्राप्त हुनेछ। केही काम दोहोर्याउनुपर्ने स्थिति आए पनि प्रयत्न गर्दा सहयोगीहरूको साथ प्राप्त हुनेछ। काम पूर्ण नभए पनि अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ। अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ। तर अवसरभित्र अधिकार खोज्ने प्रवृत्तिले समस्या निम्त्याउला। शुभचिन्तकहरूको सद्भाव कायम राख्न सजग रहनुपर्नेछ। सुझबुझका साथ काम लिएमा उपलब्धि प्राप्त हुनेछ। व्यापारमा सामान्य फाइदा भइरहनेछ। सेवाग्राहीहरूको मन जित्ने प्रयत्न गर्नुहोला। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)वैधानिक प्रावधानले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ। अधिकारका लागि अलि सजग रहन...
सर्लाहीको गोडैताका एक युवकको भारतमा कुटपीट गरी हत्या

सर्लाहीको गोडैताका एक युवकको भारतमा कुटपीट गरी हत्या

Breaking news 1, Breaking news 3, सर्लाही बिशेष
सर्लाही | युवकको भारतमा हत्या भएको छ। मजदुरीका लागि भारतको पञ्जाब पुगेका गोडैता नगरपालिका–१२ का ४० वर्षीय रोजा बैठाको चार दिनअघि हत्या भएको हो। भारतीय युवकले कुटपित गर्दा उनको मृत्यु भएको आफन्तले बताएका छन्। बैठा विगत चार महिनादेखि गाउँकै साथीहरुसँग मजदुरी गरेर पञ्जाबमा बस्दै आएका थिए।  आफन्तको भनाई उद्धृत गर्दै सर्लाही प्रहरीले जनाएअनुसार यहि फागुन २४ गते साँझ सामान्य विवादमा बैठामाथि ३५ वर्षीय भारतीय युवक महेश माझीले चिर्पट प्रहार गर्दा उनी गम्भीर घाइते भएका थिए। स्थानीय अस्पतालमा सामान्य उपचारपछि घर फर्किएका उनको फागुन २५ गते बिहान मृत्यु भएको हो।मृतक बैठाको शव शनिबार आफन्तले पञ्जाबबाट गोडैतास्थित घर ल्याइपुर्याएका छन्। घटनाबारे जानकारी लिन मृतकको घरमा पुगेका प्रहरीले शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलंगवा लगेका छन्। पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै युवकको मृत्युको कारण खुल...
आज मिति २०७९ फागुन २८ गते आइतवारको , हेर्नुहोस् आजको राशिफल

आज मिति २०७९ फागुन २८ गते आइतवारको , हेर्नुहोस् आजको राशिफल

दैनिक राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। हतारमा निर्णय लिने बानीले काम दोहोर्याउनुपर्ने हुन सक्छ। घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। भोग–विलास र सुख–सुविधाका लागि केही खर्च बढ्न सक्छ। केही विवादास्पद जिम्मेवारी समेत वहन गर्नुपर्ला। अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ। हातमा आएको रकम तत्काल खर्च हुनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)खर्च लागे पनि प्रयत्न गर्दा आंशिक काम बन्नेछ। थोरै लाभ भए पनि अभाव टर्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुन सक्छ। आफ्नाे हकभाेगमाथि अरूले दाबी गर्न सक्छन्। असंयम व्यवहारले शत्रुता बढाउन सक्छ। गलत चिन्तन प्रकट गर्दा स्वयं आलोचित भइनेछ। निर्णायक मोडमा दुविधा उत्पन्न हुनाले केही समस्या पर्नेछ। तापनि, नियमित काम सम्पादन हुनेछन्। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)परिस्थिति सोचेजस्तो नहुनाले फाइदा कम हुनेछ। अवसर प्राप्त भए पन...
‘केही दिनमा समाजवादी मोर्चा बन्छ, फेरि कम्युनिष्टहरुबीच एकता हुन्छ’

‘केही दिनमा समाजवादी मोर्चा बन्छ, फेरि कम्युनिष्टहरुबीच एकता हुन्छ’

Breaking news 2, राजनीति
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिनमा समाजवादी मोर्चा बन्ने दाबी गरेका छन्।  द्वन्द्वकालीन मुद्दा सर्वोच्च अदालतमा प्रवेश गरेपछि माओवादी धारका नेताहरु एकै ठाउँ आइपुगेका बेला उनले यस्तो बताएका हुन्। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले समाजवादी केन्द्रकै जगमा कम्युनिस्ट एकताको पहल गरिने पनि बताएका छन्।  शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मधेश प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधन गर्दै उनले पहिला समाजवादी मोर्चा बनाएर त्यसपछि कम्युनिस्टहरूको बृहत्तर एकताको बहस सुरू गरिने बताए। 'जनयुद्ध र जनआन्दोलनका मुद्धा सम्बोधन भइसकेका छैनन्, शान्ति प्रक्रिया टुंगोमा पुगिसकेको छैन', उनले भने, 'शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा राजनीतिक निकास दिने जिम्मेवारी हाम्रो काँधमा छ। यसका निम्ति समाजवादी श...