Monday, April 20News That Matters

Author: हाम्रो सर्लाही

क्षयरोगबाट कसैले ज्यान गुमाउन नपरोस् : प्रधानमन्त्री पुष्पकमल दाहाल

क्षयरोगबाट कसैले ज्यान गुमाउन नपरोस् : प्रधानमन्त्री पुष्पकमल दाहाल

Breaking news 1, ट्रेन्डिङ
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्षयरोगबाट कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भनेर कामना गरेका छन् । विश्व क्षयरोग दिवसको अवसरमा आज शुभकामना सन्देश दिंदै उनले उपचाररत क्षयरोगीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् र भनेका छन्, ‘भविष्यमा यस रोगबाट कसैको पनि कालमा मृत्यु नहोस् भन्ने कामना गर्दछु ।’ उनले विगतमा क्षयरोगबाट ज्यान गुमाएकाका परिवारमा समवेदना पनि प्रकट गरेका छन् । प्रधानमन्त्री प्रचण्डले विश्व क्षयरोग दिवसको अवसरमा नेपाल सरकारको तर्फबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा क्षयरोग अन्त्यका लागि गरिएका प्रतिबद्धतालाई पूरा गर्ने प्रतिबद्धता पनि जनाएका छन् । प्रधानमन्त्री प्रचण्डले शुभकामना सन्देशमार्फत् क्षयरोगमुक्त नेपालको निर्माण गर्न संघ, प्रदेश तथा स्थानीय तीनै तहमा उच्चस्तरीय संयन्त्रको व्यवस्था गरी आवश्यक स्रोत र साधनको परिचालन तथा बहुक्षेत्रीय...
<strong>आज मिति २०७९ चैत्र ८ गते बुधवारको, हेर्नुहोस् आजको राशिफल</strong>

आज मिति २०७९ चैत्र ८ गते बुधवारको, हेर्नुहोस् आजको राशिफल

दैनिक राशिफल
मेष घरायसी समस्या बढ्नेछ। अरूको विश्वास घट्नेछ। पढाई लेखाइमा प्रगति हुनेछ । ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ । वैदेशिक यात्रा हुनसक्छ। वृष व्यावसायिक अल्झन देखा पर्ला । कार्यमा उत्साह बढ्नेछ। प्राविधिक क्षेत्र सबल बन्नेछ । कला क्षेत्रमा सुधार आउनेछ। मिथुन रोकिएका अधुरा कामहरु पूरा हुनेछन् । साहित्यिक क्षेत्रमा प्रगति हुनेछ । अनावश्यक चिन्ता बढ्नेछ। मनग्य आम्दानी हुनेछ । कर्कट सुखदुखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। रोकिएको काम बन्नाले उत्साह जाग्नेछ। लगनशीलताले अप्ठ्यारा समस्या सुल्झाउँदै सामाजिक प्रतिष्ठा दिलाउनेछ। सिंह आँटेका काम बन्नाले जोश जाँगर बढ्नेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष अवसर हात पार्न सकिनेछ। कन्या प्रतिभा प्रदर्शन गरेरै धेरैलाई अचम्मित पार्न सकिनेछ। ब्यापार ब्यबसायबाट प्रसस्त लाभ म...
अजय गोले `अन्जान´का ४ मुक्तक

अजय गोले `अन्जान´का ४ मुक्तक

मनोरञ्जन
मुक्तक -१भेला गरेर गाउँले दाजुभाइ देखाउन मन छएकएक   गरी   सबैलाई  देखाउन  मन  छमलाई सुक्को धरी नपत्याउनेहरुको अगाडिम  पनि  टन्नै पैसा  कमाइ  देखाउन  मन छ मुक्तक -२झुठो बोली  कुरा  छल्न मलाईनी सिकाइदेउजता  फाईदा  उतै चल्न मलाईनी सिकाइदेउबरु तिम्रै नाममा मेरो घर नामसारी गरिदिउलाछेपारो  झैँ  रङ्ग  बदल्न  मलाईनी  सिकाइदेउ मुक्तक -३बाहिर  नदेखिने  भित्री  दुखाई  कसरी सुनाऊमेरो यो निर्दोष मन रुवाईरुवाई कसरी सुनाऊम आफ्नो पीडा आफैंलाई त सुनाउन सक्दिनभन्नुस न महोदय म तपाईंलाई  कसरी सुनाऊ मुक्तक -४दुब्लाइ होलि फलफुल मासु उपहार दिन मन छमेरि  आमा  उनलाई  सासू  उपहार दिन मन छअरु त खै  के  दिनु   र  मेरो  प्यारो&...
आज हावाहुरीसहित पानी पर्ने सम्भावना

आज हावाहुरीसहित पानी पर्ने सम्भावना

Breaking news 2
काठमाडौं । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको पनि प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने देशको पहाडी भू–भागका केही स्थानहरूमा तथा तराई भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग र हावाहुरी र असिनासहित क्षणिक र हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती भने देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग र हावाहुरी र असिना सहित क्षणिक र हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको पहाडी भू–भागका केही स्थानहरूमा तथा तराई भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग र हावाहुरी र असिनासहित क्षणिक र हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघ गर्जन र चट्याङ्ग तथा  हावाहुरीबाट क्षति हुन नदिन आवश्...
चतुर्भूजेश्वर क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका दाहाल १ मतले विजयी

चतुर्भूजेश्वर क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका दाहाल १ मतले विजयी

Breaking news 1
सर्लाही ।  सर्लाहीको हरिवनस्थित चतुर्भूजेश्वर बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका प्रेमराज दाहाल विजयी भएका छन्।  एमाले निकट अनेरास्ववियुका सन्दिप थापालाई १ मतले पराजित गर्दै सभापतिमा गठबन्धनका साझा उम्मेदवार दाहाल विजयी भएका हुन्। दाहालले ३५० मत प्राप्त गर्दा थापाले ३४९ मत प्राप्त गरेका छन्। आइतबार राति मतगणना गर्दा अध्यक्षका दुवै उम्मेदवारले समान ३५० मत ल्याएपछि सोमबार दिउँसो पुनः दोहोर्‍याएर मतगणना गर्दा दाहालले १ मत बढी पाएको देखिएको निर्वाचन समितिका संयोजक हरिलाल मैनालीले जानकारी दिए। क्रान्तिकारीका दाहाललाई नेविसंघ र नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूको समर्थन थियो। सचिवमा भने अनेरास्ववियुका हिमाल घिमिरे विजयी भएका छन्।  घिमिरेले ३५६ मत प्राप्त गर्दा संयुक्त प्यानलबाट उम्मेदवारी दिएका नेविसंघका दिलिपबहादुर बस्नेतले ३४४ मत मात्रै प्राप्त गरेका छन...
आज मिति २०७९ चैत्र ७ गते मंगलवारको, हेर्नुहोस् आजको राशिफल

आज मिति २०७९ चैत्र ७ गते मंगलवारको, हेर्नुहोस् आजको राशिफल

दैनिक राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट मनग्य फाइदा उठाउन सकिनेछ। मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)साथ दिनेहरू नहुँदा दुःख पाइनेछ। बाध्यताले अप्ठ्यारो पार्न सक्छ।...
प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधि सभामा विश्वासको मत लिंदै

प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधि सभामा विश्वासको मत लिंदै

Breaking news 1
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभामा विश्वासको मत लिंदैछन् ।दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । यसअघि गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते विश्वासको मत लिएका थिए । त्यतिबेला संसद बैठकमा उपस्थित २७० सांसदहरुमध्ये प्रचण्डले २६८ मत पाएका थिए । तत्कालीन सत्ता गठबन्धनमा रहेका नेकपा एमाले, राप्रपासहित प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले समेत प्रचण्डलाई विश्वासको मत दिएका थिए । सत्ता समीकरण फेरिएसँगै एमाले र राप्रपाले सरकारको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएकाले प्रचण्डले पुनः विश्वासको मत लिन लागेका हुन् । समर्थन गरेको दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।विश्वासको मतका लागि प्रचण्डले कम्तिमा १३८ मत पाउनुपर्छ । नेकपा एमाले, राप्रपा,...
आज मिति २०७९ चैत ६ गते सोमवारको, हेर्नुहोस् आजको राशिफल

आज मिति २०७९ चैत ६ गते सोमवारको, हेर्नुहोस् आजको राशिफल

दैनिक राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि राम्रै फाइदा हुनेछ। मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने पछि फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। छोटो समयमा पुरुषार्थी काम सम्पादन हुनेछ। नाम, दाम र इनाम कमाउने बेला छ। पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। समुदायको हितमा लोकप्रिय काम गर्न सकिनेछ। नोकरी र व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ। प्रयत्न गर्दा दिगो कामको जग बसाउन पनि सफल भइनेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)परिस्थितिवश चिताएको काम रोकिन सक...
अञ्जु पन्त र रमेश पाठकको ‘सातै शुरमा’ सार्वजनिक( भिडियोसहित )

अञ्जु पन्त र रमेश पाठकको ‘सातै शुरमा’ सार्वजनिक( भिडियोसहित )

मनोरञ्जन
काठमाडौं । चर्चित  गायिका अञ्जु पन्त र गायक रमेश पाठकको स्वरमा रहेको आधुनिक युगल गीत ‘सातै शुरमा’ को भिडिओ सार्वजनिक भएको छ ।  अनामनगरस्थित वेभ स्टुडियोमा गायक पाठककै अफिसियल युट्युब च्यानल Ramesh Pathak Official मार्फत सार्वजनिक गरिएको हो । लोक राईको शब्दरचना, हरि लम्सालको सङ्गीत, गोपाल रसाईलीको सङ्गीत संयोजन र श्यामश्वेत रसाईलीको मिक्सिङ र माष्टरिङ रहेको गीत प्रेमी जोडीको एक अर्काप्रतिको प्रेम समर्पण भावमा रहेको छ । कुलेखानी र वरपरका रमणीय स्थानमा छायाङ्कन गरिएको यो भिडिओमा गायक रमेश पाठककै निर्देशन र कृष्ण रसालको कोरियोग्राफी रहेको छ ,जसमा साजन नेपाल र एलिना गुरुङले प्रेमी जोडीका रुपमा अभिनय गरेका छन् भने योगेश दाहालको सिनेम्याटोग्राफी र दिन्शन शाहको दृश्य तथा कलर सम्पादन रहेको छ । भिडिओ सार्वजनिक कार्यक्रममा गीत तथा भिडिओसँग सम्बन्धित सर्जक र कलाकार र केही सञ्चारकर्मीहरुको उप...
प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने रास्वपाको निर्णय

प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने रास्वपाको निर्णय

Breaking news 3, राजनीति
काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ।आइतवार पार्टी केन्द्रीय कार्यालय वसुन्धरामा पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो। एक नेताका अनुसार सभापति लामिछानेले पछिल्लो राजनीतिक अवस्थाको विश्लेषण गर्दै अहिलेलाई प्रचण्डलाई विश्वासको मत दिएर जान उचित हुने बैठकमा बताएका थिए। सभापति रवि लामिछानेविरुद्धको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा अघि नबढाउने चर्चाबीच रास्वपाको यस्तो निर्णय आएको हो। यसअघि सांसददेखि मन्त्री पदसमेत गुमाएका सभापति लामिछाने वैशाख १० मा हुने उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट उठ्न तयार छन्।यसअघि फागुन २५ मा नेपाली कांग्रेसका वरिष्ठ नेत रामचन्द्र पौडेलाई राष्ट्रपतिका लागि भोट दिएको रास्वपा प्रचण्डलाई पनि विश्वासको मत दिए...