शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीले परीक्षा मर्यादित बनाउन जारी ४६ बुंदे आचारसंहिता
मलंगवा | शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीले माध्यमिक शिक्षा परीक्षालाई स्वच्छ, निष्पक्ष, मर्यादित, व्यवस्थित, अनुशासित, विश्वसनिय तथा भय रहित वातावरणमा सम्पन्न गर्न ४६ बुंदे आचारसंहिता जारी गरेको छ ।
सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यलय, सर्लाहीको सभा हलमा आयोजित माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ संचालन तथा व्यवस्थापन सम्बन्धी केन्द्राध्यक्षहरुको एक दिने अन्तरक्रिया कार्यक्रम मार्फत उक्त आचार संहिता सार्वजनिक गरेको शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीका प्राविधिक सहायक सुनिल कुशवाहाले जानकारी दिए ।
चैत्र १७ गते शुक्रवारबाट सुरु भई चैत्र २९ गते बुधवारसम्म संचालन हुने परीक्षामा ३७ वटा परीक्षा केन्द्र मार्फत जिल्लाभर ५५०१ छात्र र ५४१५ छात्रा गरी कुल १० हजार ९१६ जना विद्यार्थीले सहभागी हुने भएका छन ।
साधारणतर्फ १० हजार ६२४ र प्राविधिकतर्फ २९२ गरी जम्मा १० हजार ९१६ जना वि...








