नेपाल शिक्षक संघको चुनावमा संस्थापन पक्षको प्रविण पासवान सहित प्यानल विजयी
सर्लाही ।।नेपाल शिक्षक संघ सर्लाहीको नवौं जिल्ला अधिवेशनमा काँग्रेस संस्थापन पक्ष विजयी भएको छ ।हरिपुर नगरपालिकाको महावीर जनता बहुमुखी क्याम्पस भएको निर्वाचनमा शिक्षक संघको अध्यक्षमा संस्थापन पक्षको प्रविण कुमार पासवान विजयी भएको हो ।
बिहीबार दिउँसो सकिएको मतगणना अनुसार शिक्षक संघ सर्लाहीको अध्यक्षमा संस्थापन पक्षका पासवान ७८१ मत प्राप्त गर्दै अध्यक्षमा विजयी भएका छन भने उनका प्रतिस्पर्धी कांग्रेस संस्थापन इतर पक्ष अर्थात् गणेशप्रसाद उप्रेतीले ५४६ मत मात्रै प्राप्त गरेका छन् ।
उप्रेती पासवानसँग २३५ मतले पराजित भएका छन् । शिक्षक संघको जिल्ला कार्य समितिमा संस्थापन पक्षका पासवान नेतृत्वको प्यानल नै विजयी भएको छ।
एक जना प्रदेश प्रतितिधिमा मात्रै संस्थापन इतरका उम्मेदवार विजयी भएका छन् । शिक्षक संघको उपाध्यक्षमा ७१५ मतसहित अवधेशकुमार राय विजयी भएका छन् । उनका प्रतिस्पर्धी रामबाबु रायल...





