विद्यालयहरुलाई नमूना बनाउने गापा अध्यक्ष यादवको घोषणा
सर्लाही । पर्सा गाउँपालिकाका अध्यक्ष धिरेन्द्र राय यादवले गाउँपालिकाको शिक्षा सुधारका लागि आफूले काम गरिरहेको बताउनु भएको छ ।
बिहीबार स्थानीय तहमा बालबालिका र सरोकारवालाहरुबीच समावेशी शिक्षा सम्बन्धी बहस कार्यक्रमका क्रममा बालबालिकाले सोधेको प्रश्नको जवाफ दिनुहुँदै गाउँपालिका अध्यक्ष यादवले यस्तो बताउनुभएको हो ।
बालबालिकाले गाउँपालिका अन्तर्गतका विद्यालयहरुमा भएको शिक्षकहरुको अभाव, कक्षा कोठाको अभाव, अपाङ्गमैत्री भवनहरुको अभाव, गुणस्तरीय शौचालयको अभाव, ल्याप तथा प्रयोगशालाहरुको अभावलगायतका अभावहरु कहिले सम्बोधन हुन्छ ? भनेर गरेको प्रश्नको जवाफ दिनुहुँदै गाउँपालिका अध्यष यादवले आफूले पदधार सम्हाले यता पालिकाका विद्यालयहरुको अवस्था पहिलेभन्दा सुधारोन्मुख भएको दाबी गर्नुहुँदै पालिका भित्रका सबै विद्यालयहरुलाई प्रदेशकै नमूना विद्यालय बनाउने गरी आफूले योजनावद्ध ढंगले काम गरिरहेको बताउनु...






