Saturday, April 25News That Matters

Author: हाम्रो सर्लाही

आज मिति २०७९ पुस ५ गते मंगलवारको , हेर्नुहोस् आजको राशिफल

आज मिति २०७९ पुस ५ गते मंगलवारको , हेर्नुहोस् आजको राशिफल

दैनिक राशिफल
मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अपरिस्थिति अनुकूल रहे पनि भौतिक असुविधाले दुःख पाइनेछ। निम्तो आए पनि आतिथ्य खर्चिलो बन्न सक्छ। व्यवसायको सन्दर्भमा यात्राको अवसर पनि जुट्नेछ। तर बलजफ्तीले समस्या निम्त्याउन सक्छ। गलत चिन्तन र विचारले स्वयं आलोचित भइनेछ। हातमा आएको रकम अरूका लागि खर्चनुपरे पनि समय मनोरञ्जनपूर्ण रहनेछ। वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बोद्वेष तथा ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। लगानीमा जोखिम बढ्न सक्छ। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ। ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् र कर्मयोगले भविष्यको बाटो समाउनेछ। समस्या पन्छाएर लाभ लिन सकिनेछ। मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, हव्याहारिक समस्याले याेजना स्थगन हुने देखिन्छ। मिहिनेतकाे नतिजा चित्तबुझ्दाे नआउन सक्छ। का...
किसानका मुद्दा सम्बाेधन गर्न प्रतिबद्धता जनाउनेलाई सरकार गठनमा सघाउँछाैँ : सीके राउत

किसानका मुद्दा सम्बाेधन गर्न प्रतिबद्धता जनाउनेलाई सरकार गठनमा सघाउँछाैँ : सीके राउत

Breaking news 3, राजनीति
काठमाण्डाै | जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले आफूहरूले उठाएको किसानका मुद्दालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाउनेलाई सरकार गठनका लागि सघाउने बताउनुभएको छ ।  हिजो साेमवार निर्वाचन आयोगले आयोजना गरेको जलपान कार्यक्रममा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष डा. राउतले आफूहरूले किसानका मुद्दा उठाएर आएकाले ती मुद्दा सम्बोधन हुनुपर्ने बताउनुभएको हो । उहाँले आफ्नो पार्टीले उठाएको किसानको मुद्दाका साथसाथै शिक्षा, स्वास्थ्य र रोजगारीको मुद्दामा सुधार गर्ने प्रतिबद्धता जनाउनेलाई सरकार गठनका लागि सघाउने बताउनुभएको हो ।  राउतले सरकार गठनका लागि कसैको पनि स्पष्ट बहुमत नआएको अवस्थामा सरकार गठनका लागि निकास दिनु आफूहरूको जिम्मेवारी भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले भर्खरै किसान आन्दोलन गरेर आएको हुनाले ती मुद्दा सम्बोधन हुनुपर्छ । त्यसका साथै शिक्षा, स्व...
सर्लाहीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा युवकको मृत्यु, ५ जना गम्भीर घाइते

सर्लाहीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा युवकको मृत्यु, ५ जना गम्भीर घाइते

Breaking news 1, सर्लाही बिशेष
हरिवन | सर्लाहीको हरिवन र बागमतीमा भएका दुई सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। घाइते सबैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। शनिबार साँझ हरिवन नगरपालिका १ भोक्टेनीमा ज १ च १७१९ नम्बरको बोलेरोले विपरीत दिशाबाट आउँदै गरेको ना ५३ प ९७९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ भने दुई किशोर गम्भीर घाइते भएका छन्।  दुर्घटनामा गम्भीर घाइते भएका हरिवन नगरपालिका ८ डाँडाटोल निवासी २२ वर्षीय नवीन राईको उपचारका क्रममा वीरगन्जमा मृत्यु भएको प्रहरीले जनाएको छ। राईको गएराति वीरगन्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी विजय यादवले जानकारी दिए।  दुर्घटनामा मोटरसाइकलको पछाडि बस्ने सोही ठाउँका गिरिराज रानाका छोरा १८ वर्षीय साहिल राना र एकराज घिमिरेका छोरा विज्ञान घिमिरे गम्भीर घाइते भएका छन्।&n...
घारेको टोकाइबाट एक जनाकाे ज्यान गयाे

घारेको टोकाइबाट एक जनाकाे ज्यान गयाे

Breaking news 3, समाचार
सिन्धुलीमा जङ्गली घारेको टोकाइबाट एक जनाकाे ज्यान गएकाे छ । घारेको टोकाइबाट सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नं ७ को कार्यालयमा कार्यरत वडा सचिव प्रेम बहादुर रायक्षेत्रीको ज्यान गएको हाे । सर्लाहीबाट हरिहरपुरगढी गाउँपालिका जाने क्रममा जङ्गली घारेको टोकाइबाट घाइते भएका उहाँको उपचारको क्रममा ज्यान गएको हो ।...
माओवादी केन्द्रले टुङ्गाे लगायाे १४ जना समानुपातिक सांसदको नाम

माओवादी केन्द्रले टुङ्गाे लगायाे १४ जना समानुपातिक सांसदको नाम

Breaking news 2, राजनीति
नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फ १४ सांसदको नाम टुङ्गाे लगाएकाे छ । माओवादीले विभिन्न क्लस्टरबाट १४ जनाको नाम  सिफारिस गरेको हो ।  माओवादी केन्द्रबाट समानुपातिक सांसद बन्नेहरु यसप्रकार छन् : खस/आर्य पुरुष हितराज पाण्डे खसआर्य महिलाविमला सुवेदी ज्ञानु बस्नेत सुवेदी र नारायणी शर्मा   आदिवासी जनजाति महिलादुर्गा राई मिना तामाङ उर्मिला माझी पौडेल र छिरिङ ल्यामु लामा तामाङ   मधेसी/महिला मिना यादव र उमरावती देवी यादव दलित पुरुष रणेन्द्र बराली  दलित महिला सुशीला श्रीपाली ठकुरी  थारु महिला रुपा सोसी चौधरी  मुस्लिम महिलाकल्पना मियाँ ...
प्रभु साह र घनश्याम भूसालसहितका नेताहरुलाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही

प्रभु साह र घनश्याम भूसालसहितका नेताहरुलाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही

Breaking news 1, राजनीति
नेकपा (एमाले)ले प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पार्टीविरोधी गतिविधिमा संलग्न भएको भन्दै घनश्याम भुसाल, प्रभु साहसहितका नेताहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ । पार्टी केन्द्रीय कार्यालय ललितपुरमा आज बसेको सचिवालय बैठकले चुनावमा पार्टीविरोधी गतिविधिमा लागेका नेता भुसाल र साहलाई पार्टी स्थायी कमिटी सदस्य नरहने गरी कारबाही गर्ने निर्णय गरेको हो । त्यसैगरी बैठकले केन्द्रीय कमिटीका सदस्यहरु उपेन्द्र साह, कुन्दन कुशवाह, रामप्रित राम, बद्री न्यौपाने, रिता साह, गंगा चौधरी र टेकबहादुर बलाम्पाकीलाई पनि केन्द्रीय सदस्य नरहने गरी कारबाही गरेको पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनु भयो । एमालेले चुनावमा पार्टी विरोधी गतिविधिमा संलग्न भएको भन्दै पार्टीको केन्द्रिय निकायमा रहेका वाङ्दे शेर्पा, खेम सुवेदी, भक्तबहादुर अधिकार...
<strong>भरतपुर विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने</strong>

भरतपुर विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने

Breaking news 1, समाचार
चितवन | भरतपुर विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ टर्मिनल भवन निर्माण गर्न लागेको हो । यात्रुको चाप हुने यो विमानस्थल विस्तारका लागिसमेत प्रक्रिया अघि बढाइएको छ । प्राधिकरणले टर्मिनल भवनका लागि बोलपत्र आह्वान गरी प्राविधिक मूल्याङ्कनको क्रममा छ । प्राधिकरणका इञ्जिनीयर नलविक्रम थापाका अनुसार ६ वटा कम्पनीको बोलपत्र पेस भएको छ । ती प्रस्तावको प्राविधिक मूल्याङ्कनपछि आर्थिक प्रस्तावबाट अन्तिम टुङ्गो लगाएर सम्झौता गरिने छ । उहाँको भनाइमा पुस महिनाका अन्तिम सातासम्ममा सम्झौता भइसक्छ । बोलपत्रको रकम रु दुई अर्बको हाराहारी रहेको भन्दै उहाँले एकिन रकम आर्थिक प्रस्तावपछि थाहा हुने बताउनुभयो । तीन वर्षभित्रमा सम्पन्न गर्ने गरी सम्झौता गरिने छ । अत्याधुनिक किसिमको ७ हजार सात सय ४९ वर्गमिटर क्षेत्रफलमा भवन निर्माण गरिने छ । यससँगै टावर हुनेछ । विमान...
आज मिति २०७९ मंसिर २२ गते विहिबारको , हेर्नुहोस् आजको राशिफल

आज मिति २०७९ मंसिर २२ गते विहिबारको , हेर्नुहोस् आजको राशिफल

दैनिक राशिफल
मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ नयाँ कार्य थालनिका निम्ति आटँ र साहशको कमि आउनेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । मध्यान पश्चात ब्यक्तिव बिकाशमा जुट्ने समय रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । बिश्वासिला ब्यक्तिहरुबाट धोका हुन सक्नेछ । वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो बिश्वासिलो ब्यक्ति हरुबाट धोका हुन सक्छ । शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा बिशेष सजग रहनु पर्ला । मध्यान पश्चात मान प्रतिष्ठामा बृद्धि हुनेयोग परेकोछ । दाम्पत्य शुखमा कमि आउनेछ । मान्यजन को साथ प्राप्त हुनेछ । नयाँकार्यको थालनिका निम्ती समय उत्तम रहनेछ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ, चिन्ता धेरै गर्नु पर्ने छैन । मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, ह साजेदारी ...
मधेस सरकारले ९ कक्षाका छात्राका लागि झन्डै ५ करोडको झोला किन्दै

मधेस सरकारले ९ कक्षाका छात्राका लागि झन्डै ५ करोडको झोला किन्दै

Breaking news 1, समाचार
सर्लाही | दुई वर्षअघि कक्षा ८ मा अध्ययनरत छात्रालाई साइकल बाँडेको मधेस प्रदेश सरकारले यस वर्ष ९ कक्षामा अध्ययनरत छात्रालाई झोला वितरण गर्ने भएको छ । अघिल्लो वर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साइकल खरिदमा अनियमितता भएको आशंका गर्दै त्यससम्बन्धी फाइलहरू मुख्यमन्त्रीको कार्यालयबाट लिएर गएको थियो। त्यसपछि आयोगले १० जना कर्मचारी र साइकल बिक्री गर्ने कम्पनीविरुद्ध मुद्दा नै दायर गरेको थियो ।  यसपटक पनि मधेस प्रदेशको सामाजिक विकास मन्त्रालयमातहतको शिक्षा विकास निर्देशनालयले एउटा कम्पनीलाई ठूलो धनराशी खर्चिएर झोला खरिदको ठेक्का दिएको छ । न्यु आनन्द ट्रेड हाउस प्रालीसँग चार करोड ९६ लाख ९३ हजार ६ सय ८२ रुपैयाँमा ज्योमेट्रिक बक्ससहितको ब्याग खरिद गर्न लागेको हो । सबैभन्दा कम कबोल गरेको भन्दै झोला किन्न लागेको निर्देशनालयले जानकारी दिएको छ ।  यी सबै कार्यक्रम प्रदेश सरकारले ‘मुख्यमन्त...
यस्तो छ आजको मौसम पूर्वानुमान

यस्तो छ आजको मौसम पूर्वानुमान

समाचार
काठमाण्डौ | हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान प्रदेश १ का साथै देशका पहाडी  भू-भागका थोरै स्थानहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहेको छ ।   आज दिउँसो प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा  गण्डकी प्रदेशका पहाडी  भू-भागका एक-दुई स्थानमा आंशिक बदली रहनेछ । राती प्रदेश १ का साथै गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतः सफा रहनेछ।  तराई  भू-भागमा कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।...