Saturday, April 25News That Matters

Author: हाम्रो सर्लाही

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

अर्थ
नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   आज डलरको खरिद दर १३१ रूपैयाँ ६६ पैसा र बिक्री दर १३२ रूपैयाँ ३६ पैसा रहेको छ। युरो एकको खरिद दर १३८ रूपैयाँ ०२ पैसा र बिक्री दर १३८ रूपैयाँ ६५ पैसा रहेको छ।   बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ८७ पैसा र बिक्री दर १६० रूपैयाँ ६० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०३ पैसा र बिक्री दर ३६ रूपैयाँ २० पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।  ...
देशका ७७ जिल्लामध्ये माओवादीले सर्लाहीबाट सबैभन्दा धेरै समानुपातिक मत पायो

देशका ७७ जिल्लामध्ये माओवादीले सर्लाहीबाट सबैभन्दा धेरै समानुपातिक मत पायो

Breaking news 3, राजनीति
सर्लाही | प्रतिनिधिसभा समानुपातिकतर्फ अहिलेसम्म कूल ११ लाख ६२ हजार १ सय २४ मत पाएको नेकपा माओवादी केन्द्रले जिल्लागत रूपमा सबैभन्दा धेरै मत सर्लाहीबाट प्राप्त गरेको छ।  देशका ७७ जिल्लामध्ये सबैभन्दा धेरै मत सर्लाहीबाट पाएको माओवादी केन्द्रले सबैभन्दा कम मत मनाङमा पाएको छ। मनाङबाट माओवादी केन्द्रले १ सय ३३ मत मात्रै प्राप्त गरेको छ।  सर्लाहीमा समानुपातिकतर्फ माओवादी केन्द्रले एमालेले भन्दा धेरै मत प्राप्त गरेको हो।  पहिलो स्थानमा रहेको कांग्रेसले सर्लाहीमा ४८ हजार ३ सय ३७ समानुपातिक मत पाउँदा दोस्रो स्थानमा रहेको माओवादी केन्द्रले ४५ हजार ६ सय २६ मत पाएको छ। एमालेले सर्लाहीमा माओवादीको भन्दा ७ हजार कम मत पाएको छ। एमालले सर्लाहीबाट ३८ हजार ३ सय १३ मत मात्रै प्राप्त गरेको हो।  गोरखा, रुकुम पश्चिम, कालिकोट र रोल्पा जिल्लामा समानुपातिकतर्फ माओवादी केन्द्रले पहिलो मत प...
तारा एअरकाे जहाजमा चिल ठाेक्कियाे

तारा एअरकाे जहाजमा चिल ठाेक्कियाे

Breaking news 1, ट्रेन्डिङ, समाचार
हुम्लामा तारा एअरको ट्विनअटर जहाजमा चिल ठोक्किएको छ । नेपालगञ्जबाट हुम्लाको सिमकोटका लागि उडेको जहाज मने लेक नजिकै पुग्दा चिल ठोक्किएको हो । अवतरण हुन दुई मिनेट बाँकी छँदा चिल ठोक्किए पनि जहाज सुरक्षितरूपमा सिमकोटमा अवतरण भएको छ । चामल बोकेर उडेको जहाजमा चालक दलका तीन जना सदस्य थिए । चिल ठोक्किएपछि जहाजको अगाडिको टुप्पो अर्थात् नोजमा क्षति पुगेको छ, चिल नोजभित्रै अड्किएको छ । जहाज मर्मतका लागि तारा एअरले काठमाण्डौबाट प्राविधिक पठाउने तयारी गरेको छ ।...
कृष्ण रानाभाटकाे संगीत / लय रहेको ` चाेखाे माया ´ गीत सार्वजनिक ( भिडियो सहित )

कृष्ण रानाभाटकाे संगीत / लय रहेको ` चाेखाे माया ´ गीत सार्वजनिक ( भिडियो सहित )

मनोरञ्जन
निराज रानाभाट , काठमाडौं : चर्चित लाेक तथा दोहोरी गायक कृष्ण रानाभाटकाे संगीत / लय रहेको ` चाेखाे माया ´ गीत सार्वजनिक भएको छ । ` चाेखाे माया ´ काे गीतमा चर्चित लाेक तथा दोहोरी गायक कृष्ण रानाभाट , चर्चित गायिका देवी घर्ती मगर र गायक घनश्याम पहरीकाे आवाज रहेको छ । गीतमा सहदेव खड्काकाे शब्द रहेको छ , भने चर्चित माेडल तथा कलाकार आशा खड्का र अमृतको अभिनय रहेको छ । उक्त गीतको निर्देशन शिवन पोख्रेलले गरेका हुन , भने छायांकन सागर गौतमले गरेका छन । गीतको सम्पादन अधिनायक मान शेरचनले गरेका हुन । गीतको उत्पादक तथा वितरकमा सहयात्रा डिजिटल प्रा.लि. रहेको छ , भने दृश्य निर्माणमा साहारा फिल्मस् एण्ड इन्टरटेनमेन्ट रहेको छ । उक्त गीत मंसिर २० गते , मंगलबार ` कल्पना पोख्रेल अफिसियल ´ युटयुब च्यानलबाट सार्वजनिक गरिएको छ । https://youtu.be/R4EPqXmqbHU...
आज मिति २०७९ मंसिर २१ गते बुधवारको , हेर्नुहोस् आजको राशिफल

आज मिति २०७९ मंसिर २१ गते बुधवारको , हेर्नुहोस् आजको राशिफल

दैनिक राशिफल
मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ नयाँ कार्य थालनिका निम्ति आटँ र साहशको कमि आउनेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । मध्यान पश्चात ब्यक्तिव बिकाशमा जुट्ने समय रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । बिश्वासिला ब्यक्तिहरुबाट धोका हुन सक्नेछ । वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो बिश्वासिलो ब्यक्ति हरुबाट धोका हुन सक्छ । शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा बिशेष सजग रहनु पर्ला । मध्यान पश्चात मान प्रतिष्ठामा बृद्धि हुनेयोग परेकोछ । दाम्पत्य शुखमा कमि आउनेछ । मान्यजन को साथ प्राप्त हुनेछ । नयाँकार्यको थालनिका निम्ती समय उत्तम रहनेछ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ, चिन्ता धेरै गर्नु पर्ने छैन । मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, ह मित्र जनक...
सुर्खेतमा श्रीमतीको हत्या गरी टाउको लिएर प्रहरी कार्यालय पुगे श्रीमान्

सुर्खेतमा श्रीमतीको हत्या गरी टाउको लिएर प्रहरी कार्यालय पुगे श्रीमान्

Breaking news 2, समाचार
सुर्खेत | सुर्खेतमा श्रीमतीको हत्या गरी टाउको लिएर श्रीमान् प्रहरी कार्यालय पुगेका छन्।मंगलबार दिउँसो पन्चपुरी ३ तोक्माका अमरबहादुर आले मगरले श्रीमती मिना आले मगरको हत्या गरी टाउको लिएर प्रहरी कार्यालय जाँदै गर्दा पक्राउ परेका हुन्। प्लास्टिकमा श्रीमतीको टाउको बोकेर इलाका प्रहरी कार्यालय बाबियाचौर जाँदै गर्दा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।उनलाई प्रहरी कार्यालय जाँदै गर्दा पन्चपुरी २ पलैंटेबाट पक्राउ गरेको इप्रका इन्चार्ज प्रहरी निरीक्षक टेकबहादुर देउवाले जानकारी दिए। अमरबहादुर एक वर्ष पहिले वैदेशिक रोजगारीबाट फर्किएका हुन्। आफूले विदेशमा कमाएको पैसा श्रीमतीले हिनामिना गरेका कारण हत्या गरेको अमरबहादुरले प्रहरीलाई बताएका छन्। उनले घरमै श्रीमतीको घाँटीमा धारिलो हतियार प्रहार गरी छिनाएका थिए।प्रहरीले टाउको बाहेकको शव घरमै फेला पारेको जनाएको छ। नेपालखबर...
स्पेनलाई पेनाल्टी शुट आउटमा हराउँदै मोरक्को विश्व कप फुटबलको क्वाटर फाइनलमा

स्पेनलाई पेनाल्टी शुट आउटमा हराउँदै मोरक्को विश्व कप फुटबलको क्वाटर फाइनलमा

खेलकुद
काठमाण्डौ | उपाधि दाबेदार स्पेनलाई पेनाल्टी शुट आउटमा हराउँदै मोरक्को विश्व कप फुटबलको क्वाटर फाइनलमा पुगेको छ। कतारको एजुकेशन सिटी स्टेडियममा भएको खेलमा मोरक्कोले स्पेनलाई पेनाल्टी शुट आउटमा तीन-शून्यले हरायो । निर्धारित ९० मिनेट र थप समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल पेनाल्टी शुट आउटमा पुगेको हो । पेनाल्टी शुट आउटमा स्पेनका कुनै पनि खेलाडीले गोल गर्न सकेनन् । सन् २०१० को विजेता स्पेनलाई हराउँदै मोरक्को पहिलो पटक क्वाटर फाइनलमा पुगेको हो । अब मोरक्कोले क्वाटर फाइनलमा पोर्चुगलसँग खेल्नेछ। ...
पोर्चुगल विश्व कप फुटबलको क्वाटर फाइनलमा, स्विट्जरल्यान्ड ६-१ ले पराजित

पोर्चुगल विश्व कप फुटबलको क्वाटर फाइनलमा, स्विट्जरल्यान्ड ६-१ ले पराजित

Breaking news 3, खेलकुद
काठमाण्डौ | पोर्चुगल विश्व कप फुटबलको क्वाटर फाइनलमा पुगेको छ । लुसेल स्टेडियममा भएको खेलमा पोर्चुगलले स्विट्जरल्यान्डलाई ६-१ को फराकिलो अन्तरले हरायो । पोर्चुगलका लागि गोन्कालो रामोसले ह्याट्रिक गरे । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको स्थान लिएका उनले पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गरे । जारी विश्व कपमा यो पहिलो ह्याट्रिक हो । यस्तै राफाएल गुरेरो, राफाएल लिआअ‍ो र पेपेले एक-एल गोल थपे । स्विट्जरल्यान्डका लागि म्यानुल अकान्जीले एक गोल गरे । अब पोर्चुगलले क्वाटर फाइनलमा मोरक्कोसँग खेल्नेछ।...
जनार्जन खत्री नगद पुरस्कारसहित सम्मानीत

जनार्जन खत्री नगद पुरस्कारसहित सम्मानीत

Breaking news 1
लालबन्दी । सर्लाही जिल्लामा सक्रिय रुपमा पत्रकारीता गर्दै आएका जनार्जन खत्री नगदसहित सम्मानीत भएका छन । स्व. गजेन्द्र नारायण सिंह स्मृति पत्रकारिता पुरस्कारबाट खत्री सम्मानीत भएका हुन । मंगलवार पत्थरकोटमा सम्पन्न नेपाल पत्रकार महासंघ शाखा सर्लाहीको साधारणसभाको अवशरमा खत्रीलाई नगद १५ हजार ५५५ नगद पुरस्कार राशिसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । खत्री गोरखापत्र राष्ट्रिय दैनिकको सर्लाही संवाददाता हुन भने रेडियो एकता लालबन्दीका समाचार प्रमुख हुन । महासंघको ११ औँ साधारणसभा लालबन्दी नगरपालिका वडा नम्बर १३ पत्थरकोटको छेँडास्थित होलिडे फ्यामिली रिसोर्टमा सम्पन्न भएको छ ।...
मलंगवामा इंगेज परियोजनाको समीक्षा तथा हस्तान्तरण कार्यक्रम सम्पन्न

मलंगवामा इंगेज परियोजनाको समीक्षा तथा हस्तान्तरण कार्यक्रम सम्पन्न

Breaking news 2, सर्लाही बिशेष
मनोज यादव,सर्लाही | विगत ४ वर्षदेखि प्रेरणा,भि.एस.ओ र एच.आइ को साझेदारीमा मलंगवा नगरपालिकामा संचालित किशोरी सशक्तीकरणको लागि शिक्षा कार्यक्रम (INGAGE project)को आइतवार समीक्षा गरि उक्त कार्यक्रम मलंगवा नगरपालिकालाई हस्तान्तरण गरिएको छ। सन् २०१८ को अगस्ट देखि सुरु भई सन् २०२२ को डिसेम्बर महिनामा फेजआउट हुन लागेको उक्त प्रोजेक्ट सोमबार सदरमुकाम मलंगवा स्थित महेन्द्र होटलमा एक कार्यक्रमको आयोजना गरि १२ प्रमुख प्रशासकीय अधिकृत तथा १२ वटै वडाका वडाप्रमुखहरुको रोहवरमा नगर प्रमुख नागेन्द्र प्रसाद रायलाई हस्तान्तरण गरिएको हो। दिगोपनाको लागि संचालन भइरहेको कार्यक्रमहरु विद्यालय जाने बालबालिकालाई निरन्तरता दिन ,विभिन्न सीपहरु सिकेका बालबालिकाहरुलाई निरन्तरता दिन,सामुदायिक सिकाई केन्द्रलाई निरन्तरता दिन,बालिका तथा सामाजिक शिक्षा संजाललाई निरन्तरता दिन,अपाङ्गता भएका बालबालिकाहरुलाई दिइने सरसहयोग...