Saturday, April 25News That Matters

Author: हाम्रो सर्लाही

दार्चुलाको नेपाल–भारत सीमा क्षेत्रमा आवतजावत सुरु, दुवै देशका अधिकारीबीच छलफल

दार्चुलाको नेपाल–भारत सीमा क्षेत्रमा आवतजावत सुरु, दुवै देशका अधिकारीबीच छलफल

Breaking news 1, ट्रेन्डिङ, समाचार
भारतले महाकालीमा बनाउँदै गरेको तटबन्धबारे प्राविधिक अध्ययन गर्ने सहमति दार्चुलाको सदरमुकाम खलङ्गालाई जोखिममा पार्ने गरी भारतले महाकाली नदीमा तटबन्ध निर्माण गरेपछि दिउँसो नेपाल–भारत सीमा क्षेत्रमा भएको विवाद अहिले समाधान भएको छ ।   नेपाली नागरिकले तटबन्धको विरोध गर्दा भारतीय पक्षले ढुङ्गा हानेको भन्दै दिउँसो पुलमासमेत आवतजावत बन्द गरिएको थियो । दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय र भारतको धार्चुलाका एसडीएमबीच कुराकानी भएपछि पुलमा आवतजावत सुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयाे । दुवै देशका सरकारी कर्मचारीबीच भएको छलफलमा प्राविधिक टोलीले अध्ययन गरेपछि मात्रै भारतले तटबन्धन निर्माण गर्ने सहमति भएपछि सीमा नाका खुला गरिएको उहाँले बताउनुभयो । भारतले नेपालतर्फ महाकाली नदीको धार फर्काउने गरेर तटबन्ध ...
काठमाडौंको बसन्तपुरमा चर्चित कलाकारहरुको उपस्थितिमा सम्पन्न भयो ` खुल्ला रक्तदान कार्यक्रम ´ ( तस्बिर सहित )

काठमाडौंको बसन्तपुरमा चर्चित कलाकारहरुको उपस्थितिमा सम्पन्न भयो ` खुल्ला रक्तदान कार्यक्रम ´ ( तस्बिर सहित )

Breaking news 3
निराज रानाभाट , काठमाडौं : राजधानी काठमाडौंको बसन्तपुरमा चर्चित कलाकारहरुको उपस्थितिमा अभिनेता पल शाहको न्यायको लागि गरिएको ` खुल्ला रक्तदान कार्यक्रम ´ शनिबार ( अाज ) सम्पन्न भएको छ । नाबालिग करणीको आरोपमा जेलभित्र रहेका अभिनेता पल शाहको न्यायको लागि रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । पल शाह फ्यान क्लबले आयोजना गरेको ` खुल्ला रक्तदान कार्यक्रम ´ मा विभिन्न विधाका चर्चित कलाकारहरुकाे उपस्तिथि रहेको थियो । उक्त कार्यक्रममा नेपालकाे पहिलो महिला रेस्लर भगवती खड्का , चर्चित निर्माता तथा निर्देशक सन्तोष सेन , चर्चित कलाकार पुण्य गौतम , चर्चित माेडल विजय पुन , चर्चित गायक तथा संगीतकार चक्र बम , चर्चित कलाकार तथा निर्देशक एवम् कोरियोग्राफर काज़िश श्रेष्ठ , फाेटाेग्राफर अर्जुन तिवारी , कलाकार तथा निर्देशक / कोरियोग्राफर दिपेन्द्र तिमिल्सिना , निर्देशक / कोरियोग्राफर तथा कलाकार सुरेन्द्र बसे...
राम्जि रानाभाटकाे शब्द एवम् संगीत रहेको ` मान्छे बनौला ´ गीतकाे भिडियो सार्वजनिक ( भिडियोसहित )

राम्जि रानाभाटकाे शब्द एवम् संगीत रहेको ` मान्छे बनौला ´ गीतकाे भिडियो सार्वजनिक ( भिडियोसहित )

मनोरञ्जन
निराज रानाभाट , काठमाडौं : राम्जि रानाभाटकाे शब्द / संगीत रहेको ` मान्छे बनौला ´ गीत सार्वजनिक भएको छ । ` मान्छे बनौला ´ काे गीतमा चर्चित बाल गायक तथा कलाकार सुप्रिम मल्ल ठकुरीकाे आवाज रहेको छ । गीतमा राम्जि रानाभाटकाे शब्द तथा संगीत रहेको छ , भने विवेक रानाभाट , सिर्जना आचार्य , प्रकाश तिमिल्सिना , शाेभा थापा , विवेक रानाभाट २ , कल्पना ढुंगाना , अरुण पौडेल , मिरा तिमिल्सिना , राम्जि रानाभाट र प्रियान्सु आचार्यको अभिनय रहेको छ । उक्त गीतमा झलक संगीतम् काे एरेन्ज / मिक्सिङ्ग रहेको छ , भने मिरा तिमिल्सिना निर्मातामा रहेकी छिन् । गीत आलाप स्टुडियोमा रेकर्ड गरिएको हो , भने रेकर्डमा रेम सुनार रहेको छन । त्यस्तै , गीतको निर्देशन सबिन कुमार ताेलाङ्गीले गरेका हुन , भने सह - निर्देशनमा बिकल क्षेत्री रहेका थिए । गीतमा नृत्य निर्देशन रबि सुनार र यम गुरुङले गरेका हुन् । त्यसैगरी , गीतको छा...
१२ वटा ठेकेदार कम्पनी कालो सूचीमा

१२ वटा ठेकेदार कम्पनी कालो सूचीमा

Breaking news 1, ट्रेन्डिङ, समाचार
सार्वजनिक खरिद अनुगमन कार्यालयले विकास तथा पूर्वाधार निर्माणलाई अलपत्र पार्ने र समयमा निर्धारित काम सम्पन्न नगर्ने १२ वटा कम्पनीलाई कालो सूचीमा राखेको छ । कार्यालयले हिजो बुधवार एक सूचना प्रकाशित गर्दै ती कम्पनीहरूलाई निश्चित समयका लागि सार्वजनिक निकायको खरिदमा संलग्न हुन नपाउने गरी प्रतिबन्धसमेत लगाएको हो । कार्यालयका अनुसार होमनाथ गौतम मुख्य सञ्चालक रहेको भारत–सप्तकोसी जेभी काठमाण्डाैलाई साढे दुई वर्षका लागि कालो सूचीमा राखिएको छ । सडक डिभिजन कार्यालय बुटवलले यो ठेकेदार कम्पनीलाई कालो सूचीमा राख्नका लागि सिफारिस गरेको थियो । रानीजमरा–कुलरिया सिँचाइ आयोजनाको काममा ढिलाइ गर्ने हाइग्रिवा/सिद्धि साँई प्रकाश जेभीलाई पनि दुई वर्षका लागि कालो सूचीमा राखिएको छ । यो कम्पनीका सञ्चालक देपेन्द्रबहादुर शाही र नरेन्द्र प्रधान रहनुभएको छ । त्यस्तै हेटौँडा महानगरपालिकाको सिफारिसमा भरतपुर चित...
सिटिईभिटीमा तालाबन्दी गर्ने नेविसंघको चेतावनी ( प्रेश विज्ञप्ती सहित )

सिटिईभिटीमा तालाबन्दी गर्ने नेविसंघको चेतावनी ( प्रेश विज्ञप्ती सहित )

Breaking news 2, समाचार
निराज रानाभाट , जनकपुर | नेपाल विद्यार्थी संघले विभिन्न माग राख्दै पूरा नभए सिटिईभिटी मधेश प्रदेशको कार्यालयमा तालाबन्दीको चेतावनी दिएको छ । संघको सिटिईभिटी मधेश प्रदेश समन्वय समितिले एक प्रेश विज्ञप्ती जारी गर्दै विभिन्न ५ सुत्रिय माग गरेको छ । मेडिकल ईन्सिटीच्युट लाहानको नर्सिङ्ग कार्यक्रममा वर्गिकृत छात्रवृतीमा खाली भएको सिटमा भर्ना निर्देशिका अनुसार अर्को बैकल्पिक विद्यार्थीहरुलाई समेत सिफारिस गर्नुपर्ने , प्रवेश परिक्षा २०७९ बाट सिफारिस भई विभिन्न शिक्षालयमा नियम पुर्वक भर्ना भएको विद्यार्थीहरुको नाम सार्वजानिक गर्नुपर्ने सहितका ५ सुत्रिय माग उनीहरुले गरेको छ । माग पूरा नभए सिटिईभिटी मधेश प्रदेशको कार्यालयमा तालाबन्दीको चेतावनी समेत दिइएको संघको सिटिईभिटी मधेश प्रदेश समन्वय समितिका संयोजक ईन्द्रजित गोइतले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । ज्ञापन - पत्र सिटिईभिटी मधेश प्रदेशका प...
केपी ओलीलाई बालेनको जवाफः सुकुम्बासीलाई भोट बैंक मात्रै बनाउनुहुन्छ ?

केपी ओलीलाई बालेनको जवाफः सुकुम्बासीलाई भोट बैंक मात्रै बनाउनुहुन्छ ?

Breaking news 1, ट्रेन्डिङ
कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह बालेनले एमाले अध्यक्ष केपी शर्माको जवाफ फर्काउनुभएको छ । आज दिउँसो ओलीले सुकुम्वासी बस्तीमा डोजर लगाउन खोजेर तमासा गरेको भन्दै सुकुम्बासीले भोगेका ३२ वटा जाडो नदेखेको आरोप लगाएपछि मेयर शाहले आफ्नो सामाजिक सञ्जालमा त्यसको जवाफ फर्काउनुभएको हो । बालेनले फर्काउनुभएको जवाफः सम्माननीय पूर्वप्रधानमन्त्री केपी ओलीज्यू, अधिकार सम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा काठमाडौँ महानगरले आफ्नो जिम्मेवारी पुरा गर्दै गरेको कार्यप्रति तपाईँको धारणा थाहा पाएँ । तपाईँबाट नै यस्तो धारणा आउनु सामान्य विषय हो । किनभने, २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाण्डौको सुकुम्वासी समस्या समाधान गर्न सक्नु भएन । मन्त्री र पटक पटक त्यो पनि दुई तिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनु भयो तर सुकुम्...
चितवन : आजदेखि ` गीतानगर जेसीजको जेसीज सप्ताह – २०२२ ´ कार्यक्रम शुरु

चितवन : आजदेखि ` गीतानगर जेसीजको जेसीज सप्ताह – २०२२ ´ कार्यक्रम शुरु

Breaking news 2, ट्रेन्डिङ
निराज रानाभाट , भरतपुर , चितवन : गीतानगर जेसीजको जेसीज सप्ताह २०२२ कार्यक्रम मंसिर १३ गते , मंगलबार ( आज) देखि शुरु भएको छ । सप्ताहको पहिलो कार्यक्रम अन्तर्गत मंगलबार ( आज ) चितवन जिल्लाको भरतपुर महानगरपालिका - ०६ , देवनगरमा अवस्थित देवज्योति आधारभूत विद्यालय देवनगरका करिब ७० जना विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गरिएको छ । गीतानगर जेसीज वर्ष २०२२ का कोषाध्यक्ष जेसी युवराज अधिकारीको मुल संयोजकत्वमा भएको उक्त कार्यक्रममा सोही विद्यालयका प्रधानाध्यापक गोबिन्द न्यौपाने प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा गीतानगर जेसीज वर्ष २०२१ का अध्यक्ष जेसी अर्जुन पौडेल , प्रस्तावित देवघाट जेसीजका अध्यक्ष जेसी विकास सापकोटा लगायतको समेत उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यौपानेले गीतानगर जेसीजले हरेक वर्ष आफ्नो विद्यालयलाई सम्झेर आइ विद्यार्थीहरुको मनोबल वृद्धि हुन...
एनप्लस प्रोफेसनलको ब्राण्ड एम्बासडरमा पुन: बिना श्रेष्ठ   

एनप्लस प्रोफेसनलको ब्राण्ड एम्बासडरमा पुन: बिना श्रेष्ठ   

Breaking news 3, ट्रेन्डिङ
निराज रानाभाट , काठमाडौं : भारतको प्रख्यात ब्राण्ड नन्दिनी हर्वल केयर प्रा. लि. का लागि नेपालकी बिना श्रेष्ठ पुन: ब्राण्ड एम्बासडर बनेकी छिन् | श्रेष्ठ यस कम्पनीका लागि गत वर्षदेखि ब्राण्ड एम्बासडरको रूपमा आबद्ध छिन् । श्रेष्ठ ब्राण्ड एम्बासडर भएसँगै प्रचार - प्रसारको भूमिका निर्वाह गर्दै आएकी छिन् । प्रचारप्रसार राम्रो भएकै कारण " एनप्लस प्रोफेसनल " सौन्दर्य सामाग्रीले नेपाली बजारमा राम्रो बजार विस्तार भएको छ । श्रेष्ठले कुशलताका साथ कार्यभार सम्हालेकै कारण पुन: उनलाई एनप्लस प्रोफेसनलको ब्राण्ड एम्बासडरमा नियुक्त गरिएको नन्दिनी हर्वलका प्रबन्ध निर्देशक हितेस लिम्बानी बताए । त्यस्तै , टेलिभिजन कार्यक्रम , ब्यूटी प्याजेन्ट , टिकटक , फेसबुक लगायत प्राय सामाजिक सञ्जालहरुमा एनप्लस प्रोफेसनलका प्रचारप्रसारमा ब्राण्ड एम्बासडरको भूमिका महत्वपूर्ण रहेकाले पनि बजार विस्तारमा टेवा पुगेको एन...
आज मिति २०७९ मंसिर १२ गते सोमबारको , हेर्नुहोस् आजको राशिफल

आज मिति २०७९ मंसिर १२ गते सोमबारको , हेर्नुहोस् आजको राशिफल

दैनिक राशिफल
आज मिती २०७९ साल मंसिर महिनाकाे १२ गते  सोमबार । तद्नुसार नोभेम्बर महिनाको २८ तारिक २०२२ ।मार्गशुक्लपक्ष पञ्चमी, आजको दिनलाई विवाह पञ्चमी भनिन्छ । मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ: मेष राशिको जातकको लागि आजको दिन त्यति अनुकुल छैन । व्यापार ब्यबसायबाट सोचेभन्दा बढी लाभ मिल्नेछ । परिवार र दाम्पत्यजीवनमा साथ सहयोग र यात्रा गर्दा कष्ट हुनेछ । स्वास्थ्यमा केही समस्या हुनसक्छ ध्यान दिनु होला । सकारात्मक सोच राखेर काम गर्नुपर्ने छ । वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो : वृष राशिका व्यक्तिले विगतमा गरेको कामबाट अर्थलाभ हुनेछ । तर, मनमा निरासा  छाउने छ । पारिवारिक समस्याका कारण आय भन्दा ब्यय बढी हुने भएकाले सोचपूर्वक खर्च गर्नुहोला । आजको दिन तपाईहरुको लागि शुभ दिन मानिन्छ । आजको दिन कसैसँग विवाद नगर्नुहोला । मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, ह &nbs...
विवाह पञ्चमी पर्व : श्रीरामचन्द्र र सीताको पूजा आराधना गरि देशभर मनाइँदै

विवाह पञ्चमी पर्व : श्रीरामचन्द्र र सीताको पूजा आराधना गरि देशभर मनाइँदै

Breaking news 1, ट्रेन्डिङ
निराज रानाभाट , जनकपुरधाम , धनुषा : प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व मंसिर १२ गते , साेमबार ( आज ) श्रीरामचन्द्र र सीताको पूजा आराधना गरि देशभर मनाइँदै छ । त्रेता युगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा साेमबार ( आज ) देशभर राम सीताको पूजा आराधना गरि यो पर्व मनाउन लागिएको हो। मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदै छ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरे अनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारे । शिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीता...