Saturday, April 25News That Matters

Author: हाम्रो सर्लाही

रौतहट नगएको भए मलाई नै उछिट्याउने रहेछन् : माधव नेपाल

रौतहट नगएको भए मलाई नै उछिट्याउने रहेछन् : माधव नेपाल

Breaking news 1, राजनीति
रौतहट | रौतहटबाट चुनाव जितेर काठमाडौं फर्किएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आइतबार कार्यकर्ताबाट बधाई थापे । सुविधानगरस्थित पार्टी केन्द्रीय कार्यालयमा भेला भएका नेता–कार्यकर्ताले उनलाई बधाई दिए । रौतहट–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका नेपालले नेकपा एमालेका अजयकुमार गुप्तालाई ६ हजार ६ सय मतान्तरले हराएका थिए । नेपालले चुनावी अनुभव आदान प्रदानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको सफलताको पनि चर्चा गरे । ‘रौतहट नगएको भए मलाई नै उछिट्याइदिने रहेछन्,’ कार्यकर्तामाझ नेपालले भने, ‘प्रचण्डजी गोरखा नजानुभएको भए उहाँलाई पनि गाह्रो पर्ने रहेछ ।’ २०७४ मा काठमाडौं–२ बाट भारी मतान्तरले निर्वाचित भएका नेपाल यसपटक भने चुनाव लड्न रौतहट गएका थिए । स्थानीय तह निर्वाचनमा उनको पार्टीले राम्रो मत पाएकाले नेता नेपालले काठमाडौं छाडेर रौतहट रोजेका थिए । सत्तारुढ गठबन्धनमा सि...
एमालेका अध्यक्ष ओली र कांग्रेस नेता सिंहबीच भेटवार्ता

एमालेका अध्यक्ष ओली र कांग्रेस नेता सिंहबीच भेटवार्ता

Breaking news 2, राजनीति
काठमाडौं | काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कांग्रेस नेता प्रकाशमान सिंहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । आइतबार बालकोटमा भएको भेटवार्तामा दुई नेताबीच आपसमा चुनाव जितेकोमा बधाई साटासाट भएको छ । सो क्रममा समसामायिक राजनीतिक तथा चुनावी नतिजाबारे पनि छलफल भएको सिंहक सचिवालयले जनाएको छ । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मत परिणाम आइरहेको र सरकार गठनको चासो बढिरहँदा ओली र सिंहबीचको भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।...
वडाध्यक्ष ढुङ्‌गेलद्वारा विन्दवासिनी मन्दिरको उद्‌घाटन

वडाध्यक्ष ढुङ्‌गेलद्वारा विन्दवासिनी मन्दिरको उद्‌घाटन

Breaking news 3
लालबन्दी । लालबन्दी नगरपालिका वडा नं. ५, मेजरगञ्ज, सर्लाहीमा नवनिर्मित विन्दवासिनी मन्दिरको उद्‌घाटन गरिएको छ। लालबन्दी नगरपालिका वडा नं.५ का वडाध्यक्ष मिनप्रसाद ढुङ्‌गेलको प्रमुख आतिथ्यमा सम्पन्‍न उक्त कार्यक्रममा सोही वडाका निवर्तमान वडाध्यक्ष मोहनहरि भण्डारी विशेष आतिथि हुनुहुन्थ्यो । शम्भुप्रसाद घिमिरेको सभापतित्वमा भएको उक्त कार्यक्रममा लालबन्दी नगरपालिका वडा नं. ५ का वर्तमान र निवर्तमान दुवै वडाध्यक्षद्वारा मन्दिरको संयुक्त रूपमा उद्‌घाटन गरिएको थियो। उक्त कार्यक्रमलाई सम्बोधन गर्दै धार्मिक मठ, मन्दिर, पाटी, पौवा संरक्षणका लागि वडाले विशेष कार्यक्रमहरू ल्याउने वडाध्यक्ष ढुङ्‌गेलले बताउनुभयो। मन्दिर निर्माणका लागि आफू वडाध्यक्ष हुँदा सक्दो सहयोग गरेको र उक्त मन्दिर संरक्षणको लागि वडाले विशेष कार्यक्रम ल्याउनुपर्ने धारणा निवर्तमान वडाध्यक्ष मोहनहरि भण्डारीले राख्नुभयो। कार्यक्...
हरिपुरमा आठौ राष्ट्रिय उधोग दिवस मनाइयो

हरिपुरमा आठौ राष्ट्रिय उधोग दिवस मनाइयो

Breaking news 2, सर्लाही बिशेष
सर्लाही । सर्लाहीमा आठौ राष्ट्रिय उधोग दिवस मनाइएको छ ।शुक्रवार घरेलु तथा साना उधोग कार्यलयको आयोजना तथा घरेलु तथा साना उधोग कार्यलय प्रमुख जितेन्द्र किशोर गुप्ताको अध्यक्षतामा अौधोगिक लगानी र पूर्वाधार समृद्धिको बलियो अधार मुल नाराका साथ हरिपुर नगरपालिकामा आठौ राष्ट्रिय उधोग दिवस मनाइएको छ । नेपाल रेडक्रस सोसाइटी हरिपुरको सभाहलमा गरिएको कार्यक्रममा उधोग दर्ता गर्न आवश्यक पर्ने कागजातहरु,निजि फर्म दर्ता गर्न लाग्ने राजस्व, वाणिज्य फर्म दर्ता गर्न आवश्यक पर्ने कागजातहरु,उधोगको प्रकार, कार्यलय बाट प्रवाह हुने सेवाहरु लगायतका विभिन्न विषयमा चर्चा गरिएको थियो । त्यस्तै सर्लाहीमा १४ हजार १ सय ८१ उधोग फर्म दर्ता र १२हजार ६सय ९ वाणिज्य फर्म दर्ता रहेको घरेलु तथा साना उधोग कार्यलय मलंगवाले जनाएको छ । प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारीले नेपालमा उधोग धन्दा गर्न ग्राहो छ, कानुनी समस्या नभए...
सर्लाही १ (ख) की सांसद लुंगेलीले आश्रममा मिष्ठान्न भोजन गराईन

सर्लाही १ (ख) की सांसद लुंगेलीले आश्रममा मिष्ठान्न भोजन गराईन

Breaking news 1
लालबन्दी । प्रदेश सांसदमा पुनः निर्वाचित भएपछि बेची लुंगेलीले बृद्धाश्रममा मिष्ठान्न भोजन गराउँदै बृद्ध बृद्धाको आशिर्वाद ग्रहण गर्नुभएको छ । सर्लाही निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट मधेश प्रदेशसभा सांसदमा दोश्रो पटक निर्वाचित भएपछि लुंगेलीले पुण्यको काम गर्दै आफ्नो जितको खुसि आश्रममा आश्रीत बृद्धबृद्धासँग साटासाट गर्नुभएको हो । लालबन्दी नगरपालिका २ जुटपानीमा रहेको पद्म भुवनेश्वरी नमुना बृद्धाश्रममा आश्रीतहरुलाई शुक्रवार मिष्ठान्न भोजन ग्रहण गराउनुभएको हो । बाम लोकतान्त्रीक गठबन्धनको तर्फबाट साझा उम्मेदवार बन्नुभएकी नेकपा (एकिकृत समाजवादी) नेत्री एवं प्रदेशसभा (ख) कि लोकप्रिय सांसद लुंगेलीले आफ्ना समर्थक, सहयोगी र नेताहरुको साथमा आश्रममा पुगेर बृद्धबृद्धालाई भोजन गराउनुभएको आश्रमकी संचालक भवानी कोईरालाले जानकारी दिनुभयो । सांसद लुंगेलीले आश्रमलाई आगामि दिनहरुमा पनि सहयोग गर्...
सर्लाहीमा हिरासतमुक्त पार्टी नेता–कार्यकर्ताको सम्मान

सर्लाहीमा हिरासतमुक्त पार्टी नेता–कार्यकर्ताको सम्मान

Breaking news 2, राजनीति
हिरासत र जेल पनि क्रान्तिका मोर्चा हुन् यसलाई पनि जित्नु पर्छ : आले लालबन्दी । निर्वाचन अवज्ञाका क्रममा गठबन्धन सरकारले सर्लाहीको हरिवनबाट गैरन्यायिक गिरफ्तार गरेका नेपाल कम्युनिस्ट पार्टी (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज विचारमान थिङ ‘निर्माण’, युवा जनस्वयम्सेवक नेपालका केन्द्रीय उपाध्यक्ष अविनाश कुँवर, अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य तथा मधेस ब्युरो इन्चार्ज उपेन्द्र परियार, युवा जनस्वयम्सेवक नेपालका केन्द्रीय सचिवालय सदस्य भरत पुलामीलगायत पार्टी नेता–कार्यकर्तालाई सोमबार रिहा हुनासाथ स्वागत गरिएको छ । प्रहरीले नेता–कार्यकर्तालाई गिरफ्तार गरेर सर्लाही जिल्ला प्रशासन कार्यालय मलङ्गवा पु¥याएको थियो ।रिहाइपछि पार्टीका केन्द्रीय सल्लाहकार समितिका सचिव चित्रबहादुर आले ‘पवन’, पार्टी केन्द्रीय सचिवालय सदस्य तथा मधेस ब्युरो इन्चार्ज नय...
प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९ : राजेन्द्र श्रेष्ठको नेतृत्वमा प्राथमिक उपचार टोलि परिचालन

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९ : राजेन्द्र श्रेष्ठको नेतृत्वमा प्राथमिक उपचार टोलि परिचालन

Breaking news 3, ट्रेन्डिङ
पदमकुमार श्रेष्ठ , काठमाडौं : प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९ मा नेपाल रेडक्रस सोसाइटी , काठमाडौं जिल्ला शाखा अन्तर्गत स्वयम्भु उप - शाखाले प्राथमिक उपचार सेवाको लागि उप - शाखाको तर्फबाट दिन भर २० जना स्वयंसेवक परिचालन गरेको छ । यस क्रममा काठमाडौं जिल्ला अन्तर्गत पर्ने आफ्नो कार्य क्षेत्र वडा १५ , १८ र २४ संगै बसन्तपुर , संकटा , क्षेत्रपाटी , वटु , सबलबहाल , हनुमान ढोका लगायतका क्षेत्रहरू श्रेष्ठको नेतृत्वमा परिचालन गरिएको थियो , भने सो क्रममा विभिन्न ठाउँमा गरि जम्मा ४ जनालाई सामान्य प्राथमिक उपचार सेवा समेत गरिएको थियो । कार्यक्रममा खटिनु भएककी जयन्ती श्रेष्ठ भन्नुहुन्छ - रेडक्रसबाट हुने यस्तो मानवीय सेवालाई निरन्तरता दिन पाएकोमा खुशी तथा आभारी छु । त्यस्तै , अर्का सक्रिय स्वयंसेवक मनोज नेपाल थप्छन् - यसरी प्राथमिक उपचार गर्न नेपाल रेडक्रस सोसाइटी स्वयम्भु उप - शाखाबाट परिचा...
काठमाडौं : सृजना युवा क्लबद्वारा आयोजित ` १२ औं रक्तदान कार्यक्रम २०७९ ´ मंसिर १० गते हुँदै

काठमाडौं : सृजना युवा क्लबद्वारा आयोजित ` १२ औं रक्तदान कार्यक्रम २०७९ ´ मंसिर १० गते हुँदै

राजनीति
निराज रानाभाट , काठमाडौं : सृजना युवा क्लबद्वारा आयोजित ` १२ औं रक्तदान कार्यक्रम - २०७९ ´ मंसिर १० गते , शनिबार हुँदै छ । सृजना युवा क्लबद्वारा स्वस्थ व्यक्ति सबैले गरौँ रक्तदान , मरणाशन्न व्यक्तिलाई हुन्छ जीवनदान ´ नारा सहितको १२ औं रक्तदान कार्यक्रम - २०७९ ´ भब्य रूपमा आयोजना हुने भएको छ । उक्त कार्यक्रम यहीँ मंसिर १० गते , शनिबार , बिहान १०:०० बजेदेखि राजधानी काठमाडौंको नागार्जुन नगरपालिका - ०५ , सीतापाईलास्थित सीतापाईला मन्दिर परिसरमा हुँदै छ ।...
नविन र अस्मिताको स्वरमा ` पानी पर्यो ´ गीत सार्वजनिक ( भिडियो सहित )

नविन र अस्मिताको स्वरमा ` पानी पर्यो ´ गीत सार्वजनिक ( भिडियो सहित )

मनोरञ्जन
निराज रानाभाट / काठमाडौं | चर्चित गायक नविन पौडेल र चर्चित गायिका अस्मिता अधिकारीको स्वरमा समावेश ` पानी पर्यो ´ बोलको गीतको भिडियो मंसिर आज   सार्वजनिक भएको छ । उक्त गीतमा मोडलद्धय सरोज प्रजा र स्मारिका ढकालको अभिनय रहेको छ । गीतमा प्रकाश लामाको शब्द तथा संगीत रहेको छ । त्यसैगरी , दिनेश पराजुलीको छायांकन रहेको भिडियोमा नविन निरौलाको सम्पादन रहेको छ । गीतमा फणिन्द्र  राईको एरेन्ज रहेको छ भने मिक्सङ तथा मास्टरिङ्ग किशोर थापाको रहेको छ । रेकर्डिष्ट राजेश श्रेष्ठ रहेका छन ।  उक्त गीतमा सुरेन्द्र बसेलको कोरियोग्राफी तथा निर्देशन रहेको छ । सुरेन्द्रले भिडियोमा सरोज र स्मारिकालाई छमछमी नचाएका छन । भिडियोको सम्पादन / कलर नवीन निरौलाले गरेका छन , भने असिस्टेन्ट कोरियोग्राफारमा विकास नेपाली रहेका छन । मेकप सराेज पाण्डेकाे रहेको छ , भने सिनेमेट्रोग्राफर दिनेश पराजुलीक...
छोरीलाई स्वतन्त्र उम्मेदवार उठाएका शिवपुजन माओवादीबाट निष्काशित

छोरीलाई स्वतन्त्र उम्मेदवार उठाएका शिवपुजन माओवादीबाट निष्काशित

Breaking news 1, ट्रेन्डिङ, राजनीति
सर्लाही | नेकपा माओवादी केन्द्रले सर्लाहीका नेता तथा पूर्वसांसद शिव पुजन यादवलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गरेको छ । माओवादी मधेश प्रदेश ईन्चार्ज गणेश साहले पार्टीका प्रदेश सदस्य यादवलाई कारबाही गरेको विज्ञप्ति जारी गरेका हुन् । प्रतिनिधिसभामा छोरी र प्रदेशसभामा भतिजा सहित अन्य सदस्यलाई बागी उम्मेदवार बनाएकाले उनलाई पार्टीको साधारण सदस्य समेतबाट निष्कासित गरेको साहले बताए । पार्टीसंग गरेका बाचालाई समेत ख्याल नगरी मनोपोली ढंगले पार्टीको निर्णय विपरीत कार्यहरु गरी प्रचार प्रसारमा संलग्न भएको, पार्टीले सार्वजनिक रुपमा उम्मेदवारी फिर्ता लिन अनुरोध गरिसकेको र २४ घण्टे स्पष्टिकरणको कुनै जवाफ हालसम्म नदिनु भएकोले नेता यादवलाई कारबाही गरिएको माओवादी मधेश ईन्चार्ज साहले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । नेता यादवले छोरी मधुमाला कुमारीलाई सर्लाही क्षेत्र नम्बर ४ बाट स्वत...