Saturday, April 25News That Matters

Author: हाम्रो सर्लाही

सत्ता गठबन्धन लामो समयसम्म रहिरहन्छ : देउवा

सत्ता गठबन्धन लामो समयसम्म रहिरहन्छ : देउवा

राजनीति
प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको लोकतान्त्रिक–वाम गठबन्धन चुनावसम्मका लागि मात्रै नभएको बताएका छन्।  लोकतान्त्रिक वाम गठबन्धनद्वारा बिहीबार अछामको मङ्गलसेनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन्।  'यो गठबन्धन निर्वाचनको अवधिसम्मका लागि मात्र होइन, मुलुकमा लामो समयसम्म यो गठबन्धन रहिरहने छ', उनले भने।   प्रधानमन्त्री देउवाले लोकतन्त्र र संविधानको रक्षाका लागि लोकतान्त्रिक–वाम गठबन्धनको आवश्यकता भएको पनि बताए। उनले मुलुकमा संविधान र लोकतन्त्रको रक्षाका लागि लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूलाई मत दिएर विजयी गराउन पनि आग्रह गरेका छन्।  लामो सङ्घर्षबाट ल्याइएको संविधानमाथि यसअघि नेकपाको सरकारका प्रधानमन्त्री केपी ओलीले पटक–पटक हमला गरी संसद् विघटन गरेकाले संविधान र लोकतन्त्रको रक्षा गर्नका लागि गठबन्धन बनेको पनि उनले स्पष्ट पा...
जति नै ठूलो गठबन्धन बनाएर आए पनि एमालेसँग कसैको तागत लाग्दैन : ओली

जति नै ठूलो गठबन्धन बनाएर आए पनि एमालेसँग कसैको तागत लाग्दैन : ओली

Breaking news 2, राजनीति
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर ४ गते हुने चुनाव राष्ट्रियता चाहने कि देशघाती, विकास चाहने कि विनाश अनि स्थिरता कि अस्थिरता चाहनेका बीचमा हुने जिकिर गर्नुभएकाे छ । यसअघिका चुनावभन्दा आउँदाे चुनाव निकै महत्त्वपूर्ण भएकाे भन्दै मतदाताले एमालेका उम्मेदवारलाई विजयी गराउनुपर्ने उहाँकाे भनाइ थियाे ।  नेकपा एमाले १ नम्बर क्षेत्रीय कमिटीले  हिजो बिहीवार झापाको मेचीनगर नगरपालिका ७ इँटाभट्टामा आयोजना गरेको चुनावी सभालाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले यस क्षेत्रका मतदाताले एमालेका उम्मेदवारलाई विजयी गराउनुपर्ने दाबी गर्नुभयाे । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गठबन्धनमा जान नचाहेको र एमालेसँग मिलेर चुनावमा तालमेल गरेका कारण राप्रपाका उम्मेदवारलाई पनि जिताउन उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा बाेल्दै अध्यक्ष ओलीले मङ्सिर ४ गतेकाे चुनावले देश र नागरिककाे भाग्य र भविष्...
मङ्सिर ७ गतेभित्र प्रत्यक्षतर्फकाे नतिजा सार्वजनिक गर्ने आयाेगकाे याेजना

मङ्सिर ७ गतेभित्र प्रत्यक्षतर्फकाे नतिजा सार्वजनिक गर्ने आयाेगकाे याेजना

Breaking news 3, समाचार
काठमाण्डौ | आउँदो प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावमा प्रत्यक्षतर्फको नतिजा तीन दिनभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगको योजना रहेको छ ।  चुनावको तयारीबारे जानकारी दिन हिजो बिहीवार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनाव भएको तीन दिन अर्थात् मङ्सिर ७ गते बेलुकासम्ममा प्रत्यक्षतर्फका सबै नतिजा सार्वजनिक गरिसकिने कार्ययोजना रहेको बताउनुभयो ।  ंसबै मतपेटिका सङ्कलन भएको लगत्तैदेखि मतगणना सुरु हुनेछ’, उहाँले भन्नुभयो, ‘तीन दिनभित्र प्रत्यक्षतर्फ र त्यसको पाँच दिनभित्र समानुपातिकका सबै मतगणना सक्ने गरी योजना बनाएका छौँ ।’  मङ्सिर २२ गतेभित्र चुनावको सबै नतिजाको प्रतिवेदन आयोगले राष्ट्रपतिसमक्ष बुझाउन चाहेको जनाउँदै उहाँले भन्नुभयो, ‘निर्वाचन प्रक्रियामा सबैको प्रतिबद्धता र सहयोग भएको खण्डमा त्यो सम्भव हुन्छ भन्नेमा आयोग ढुक्क छ ।’ अस्वाभाविकरूपले मत...
आज मिति २०७९ मंसिर १ गते विहिवारको , हेर्नुहोस् आजको राशिफल

आज मिति २०७९ मंसिर १ गते विहिवारको , हेर्नुहोस् आजको राशिफल

दैनिक राशिफल
मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ सिनियर कर्मचारीको आदेशलाई बेवास्ता गर्नु हुँदैन । थकानको अनुभूति हुने अथवा घरायसी विषय वा प्रेमसम्बन्धको तनावले कार्यक्षेत्रमा प्रभाव पर्नसक्ने दिन हो । इच्छानुसार आत्मीयजनसँग कुराकानी हुनसक्छ, तर घरायसी परिबन्दले भेटघाटको अनुकूलता नमिल्नाले मन एकतमासको हुने र भावुक बन्ने दिन हो । बुद्धिको सही प्रयोग गरी प्रतिष्ठा आर्जन गर्न सकिने राम्रो दिन छ, तर कल्पना र भावनामा मन रुमल्लिन सक्छ । सचेतताका साथमा काममा लागी पर्नु ठीक हुन्छ । आज २० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ४, शुभ रङ सिम्रिक रातो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ नमःभद्रकाल्यै यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ । वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो कार्ययोजना र व्यवस्थापन पक्ष...
टालटुले गठबन्धनलाई चुनावमा जनताले जवाफ दिनेछन् : ओली

टालटुले गठबन्धनलाई चुनावमा जनताले जवाफ दिनेछन् : ओली

Breaking news 2
सुनसरी | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टालटुल गरी दल बटुलेर बनाइएको गटबन्धन देशका लागि घातक भएको बताउनुभएको छ ।   सुनसरीको निर्वाचन क्षेत्र नम्बर ४ को चुनावी सभालाई सम्बोधन गर्दै हिजो बुधवार अध्यक्ष ओलीले तत्कालीन गठबन्धनले देशलाई विकास र समृद्ध बनाउन नसक्ने दाबी गर्नुभयो । उहाँले तत्कालीन गठबन्धन देश बनाउनका लागि नभइ सरकार कब्जा गर्ने र देश लुटेर खाने गठबन्धन भएको आरोप लगाउनुभयो ।  उहाँले भन्नुभयो, ‘टुटेफुटेका हाँडीजस्तै भेला पारेर बनेको गठबन्धनले देश विकास गर्न सक्दैन । यो गठबन्धन सरकार कब्जा गरेर लुटेर खानका लागि हो । त्यस्तो गठबन्धनले अनि देश बनाउँछ । मङ्सिर ४ मा जनताले देखाइ दिनेछन् । बिना ढेउवा के भन्नेहरूलाई ।’ अध्यक्ष ओलीले देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउन आउँदो चुनावमा एमालेलाई जिताउन आवश्यक भएको जिकिर गर्नुभयो । उहाँले गठबन्धन १५÷२० वर्षसम्म रहन्छ भनेर ...
दल र उम्मेदवार आज अन्तिम प्रचारप्रसारमा, राति १२ बजेदेखि के– के गर्न पाईंदैन ?

दल र उम्मेदवार आज अन्तिम प्रचारप्रसारमा, राति १२ बजेदेखि के– के गर्न पाईंदैन ?

Breaking news 1, ट्रेन्डिङ, समाचार
राजनीतिक दल तथा उम्मेदवारहरु आज अन्तिम प्रचारप्रसारमा छन् । राति १२ बजेदेखि चुनाव प्रसारप्रसार गर्न  पाइँदैन । निर्वाचन आयोगले आउँदो आइतवार अर्थात् मंसिर ४ गते हुने चुनावका लागि आज राति १२ बजेदेखि आचारसंहिताले निषेध गरेका कुनै पनि गतिविधि नगर्न/नगराउन राजनीतिक दल, उम्मेदवार र नागरिकलाई सचेत गराएको छ । आज राति १२ बजेदेखि स्थिर समय सुरु हुने र ४८ घण्टा अघिदेखि चुनाव प्रचारप्रसारलगायत गतिविधि सञ्चालनमा निर्वाचन आचारसंहिता ०७९ ले निषेध गरेकाले त्यस्तो कार्यमा संलग्न नहुन आयोगले सचेत गराएको हो । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान केन्द्रबाट ३ सय मिटर वरिपरि कुनै पनि दल वा उम्मेदवारको प्रचारप्रसार सामग्री भए तत्काल हटाउनुपर्ने, चुनावको वातावरण बिथोलिने कुनै पनि किसिमको सभा, सम्मेलन, भोजभतेरलगायत कार्यलाई पूर्ण रूपमा निषेध गरिएको बताउनुभयो । यस्तै, सामाजिक सञ्जाल, अनलाइन व...
मतदान केन्द्रमा क्यामेरा, माेबाइल लैजान नपाइने

मतदान केन्द्रमा क्यामेरा, माेबाइल लैजान नपाइने

Breaking news 2, समाचार
काठमाण्डाै | आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका सन्दर्भमा निर्वाचन आयाेगले चार बुँदे निर्देशन दिने निर्णय गरेकाे छ । आयाेगले मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने सम्बन्धमा चार बुँदे निर्देशन दिने निर्णय गरेको छ । निर्णयहरू यस प्रकार छन् : (क) मतदानका दिन मतदान केन्द्रमा प्रवेश गर्ने मतदाता तथा अन्य व्यक्तिलाई सलाई, लाइटर, फोटो खिच्ने क्यामरा, मोबाइल तथा अन्य निषेधित वस्तु नलिई मतदान केन्द्रमा आउनको निम्ति प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा २१ ब्मोजिम सर्वपक्षीय बैठकमा समेत छलफल गराई सार्वजनिक आह्वान र अनुरोध गर्ने । (ख) मतदाता वा अन्य व्यक्तिले मतदान केन्द्रमा आउँदा निषेधित वस्तु लिई आएको पाइएमा प्रचलित कानून बमोजिम तत्काल कारबाही गर्ने र सलाई, लाइटर, क्यामरा, मोबाइलजस्ता वस्तु लिई आएमा मत...
रवि लामिछानेको उम्मेदवारी खारेज गर्न माग गर्दै आयोगमा उजुरी

रवि लामिछानेको उम्मेदवारी खारेज गर्न माग गर्दै आयोगमा उजुरी

Breaking news 1, समाचार
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन निर्वाचन–२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको छ । उम्मेदवार लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेको भन्दै उम्मेदवारी खारेज गर्नुपर्ने माग गर्दै राजकुमार पाण्डेले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएको निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए । मंगलबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा निर्वाचन आयोगका उपन्यायाधिवक्ता वाग्लेले कानूनी व्यवस्था अनुसार चितवन–२ को निर्वाचन अधिकृतको कार्यालयमा उक्त उजुरीबारे जानकारी गराएको बताए । निर्वाचन अधिकृतले सम्बन्धित व्यक्तिबाट स्पष्टीकरण प्राप्त गरेर आयोगमा पठाइसकेपछि थप प्रक्रिया अघि बढ्ने उनको भनाइ छ । लामिछानेविरुद्धको उजुरीबारे आयोगका उपन्यायाधिवक्ता वाग्लेले भनेका छन् :...
सर्लाहीको चारवटै निर्वाचन क्षेत्रमा लोसपा र काँग्रेसको उमेदवारले चुनाव जित्छ:पुर्व उपप्रधानमन्त्री एवं प्रतिनिधि सभा सदस्य उम्मेदवार राजेन्द्र महतो

सर्लाहीको चारवटै निर्वाचन क्षेत्रमा लोसपा र काँग्रेसको उमेदवारले चुनाव जित्छ:पुर्व उपप्रधानमन्त्री एवं प्रतिनिधि सभा सदस्य उम्मेदवार राजेन्द्र महतो

राजनीति
मनोज यादव /सर्लाही | लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र कांग्रेस नै सर्लाहीमा बलियो पार्टी भएकाले लाेसपा,कांग्रेस र गठबन्धनका सवै उम्मेदवार जित्दै लाेसपाका बरिस्ठ नेता राजेन्द्र महताेले दाबी गरेका छन् । सदरमुकाम मलंगवामा पत्रकारहरूसँग सर्लाह क्षेत्र नं.२ प्रतिनिधिसभाका उम्मेदवार राजेन्द्र महतोले आफुसहित गठबन्धनका सवै उम्मेदवारकाे जित सुनिश्चित् रहेको दाबी गरे ।उनले सर्लाहीमा अब जातीय नारा लगाए कसैले पनि चुनाव जित्न नसक्ने दाबी गरे । आफ्नो मुख्यतः दुईवटा एजेन्डा अधिकार पहिचान जाेगाउने र बिकास गर्ने रहेको उनले बताए । आफुसँगै चुनावी मैदानमा रहेका महेन्द्र जि ले अधिकार पहिचान एजेन्डा छाडेर माओवादी संग लागेको आराेप लगाउदै,यादव पटकपटक निर्वाचित हुदा पनि यस क्षेत्रको बिकास हुन नसकेकाले जनता बिश्वास नगर्ने तर्क गरे ।उनले आफू स्वास्थ मन्त्री हुदा गाेठ जस्तो रहेको मलंगवा स्थित जिल्ला अस...
स्वतन्त्र उमेदवार बैकुण्ठ सापकोटा भन्छन् ,मेराे एजेन्डा जनतासँग मिल्छ;त्यसकारण चुनाव जित्छु

स्वतन्त्र उमेदवार बैकुण्ठ सापकोटा भन्छन् ,मेराे एजेन्डा जनतासँग मिल्छ;त्यसकारण चुनाव जित्छु

राजनीति
कार्तिक -२८,सर्लाही क्षेत्र नं.१ का स्वतन्त्र उमेदवार बैकुण्ठ सापकोटाले अफुले चुनाव जित्ने दाबी गरेका छन् ।उनको एजेन्डा  प्रदेश संरचना खारेज गर्ने र हिन्दु राष्ट्र कायम गराउनेसहितको छ ।सर्लाही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदको लागि स्वतन्त्र उमेदवार बनेका सापकोटाले दलहरुले जिते देशलाई हित नगर्ने दाबी गर्दै जनताले आफूलाई विजयी बनाउने दाबी गरेका छन् ।उनी सूर्यमुखि फुलको बोट चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका छन् ।आफू क्षेत्र वासीकाे घरदैलोमा पुग्दै गर्दा जनताका भावना आफुले उठाएको एजेन्डासंग मेल खाएकाले पनि जनता आफैंलाई अनुमाेदन गर्नेमा उनी बिस्वस्त छन् ।´क्षेत्र नं.१ का जनताले भ्रष्टाचार, लुटतन्त्रको अन्त्य गर्न र देश बेचिनबाट जोगाउन पनि मलाई नै भोट दिन्छन् भन्छन् भन्नेमा म बिस्वस्त छुसापकोटाले चियाेचर्चाे खबरसँग भने । दलहरुको पटक पटकको परिक्षा भइसकेको छ,´उनीहरूले हिजोको...