Saturday, April 25News That Matters

Author: हाम्रो सर्लाही

निर्वाचन सम्पन्न नहुँदासम्म सर्लाही जिल्लामा मदिरा विक्रि,वितरण र सेवनमा राेक

निर्वाचन सम्पन्न नहुँदासम्म सर्लाही जिल्लामा मदिरा विक्रि,वितरण र सेवनमा राेक

Breaking news 1
सर्लाही ।  जिल्ला प्रशासन कार्यालय सर्लाहीले २७ गतेदेखि जिल्लाभर मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद अधिकारीले एक सूचना जारी गर्दै २७ गते आईतवारदेखि लागू हुनेगरी जिल्लाभर मदिरा बिक्री वितरण, सेवन तथा ओसारपसारमा रोक लगाउनु भएको हाे । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ,निष्पक्ष,सुरक्षित तथा भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका, २०७८ को दफा ६ (थ) मा भएको व्यवस्था, सर्वदलिय/सर्वपक्षिय,समन्वय बैठकबाट भएको निर्णय तथा जिल्ला सुरक्षा समितिको सिफारिस बमोजिम स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ अनुसार २७ गते आईतबारदेखि निर्वाचन सम्बन्धी कार्य सम्पन्न ननहुँदासम्म जिल्लाभर मादक पदार्थ ओसारपसार, विक्री वितरण र सेवन गर्न निषेधित गरिएको सहायक प्रमुख जिल्ला अधिकारी...
नेपाली काँग्रेस सर्लाहीका पुर्व सभापति नागेन्द्र कुमार रायले गरे लोकतान्त्रिक पक्षधरका साझा उमेदवार राजेन्द्र महतोको समर्थन

नेपाली काँग्रेस सर्लाहीका पुर्व सभापति नागेन्द्र कुमार रायले गरे लोकतान्त्रिक पक्षधरका साझा उमेदवार राजेन्द्र महतोको समर्थन

Breaking news 1, राजनीति
मनोज यादव / सर्लाही | नेपाली काँग्रेस जिल्ला कार्यसमिति समिति सर्लाहीका पुर्व सभापति एवं पुर्व मन्त्री तथा सर्लाही क्षेत्र न-४ का प्रतिनिधि सभा सदस्य उमेदवार नागेन्द्र कुमार रायले सर्लाही निर्वाचन क्षेत्र नं २ मा लोकतान्त्रिक पक्षधरका साझा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार राजेन्द्र महतो लगायत उहाँसँगै सर्लाही क्षेत्र नं २(क) र (ख) मा नेपाली काँग्रेस र लोसपाबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार द्वय जंगीलाल राय र मेथुर चौधरीलाई समर्थन गर्नुभएको छ। उहाँले नेपाली काँग्रेस पार्टी लगायत क्षेत्र नं २ का नेपाली काँग्रेसका नेताकार्यकर्ता लगायत आम जनसमुदायलाई सो निर्वाचन क्षेत्रबाट उमेदवार बनेका महतो, राय र चौधरीलाई इमानदारिताका साथ निष्ठापूर्वक पुर्ण रुपले मतदान गरि विजयी बनाउन समेत अपिल गर्नुभएको छ।...
निर्वाचन प्रचारप्रसारका लागि अब ४ दिन बाँकी

निर्वाचन प्रचारप्रसारका लागि अब ४ दिन बाँकी

Breaking news 2, समाचार
 आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार गर्न अब ४ दिन मात्र बाँकी रहेको छ । निर्वाचन आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृसंगठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्थाअन्तर्गत यही कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म प्रचारप्रसारका लागि निर्धारण गरिएको छ । मंसिर १ गते रातिदेखि प्रचारप्रसार निषेधको शान्त (मौन) अवधि भएकाले उक्त अवधिमा प्रचारप्रसार स्थिर हुने कानुनी व्यवस्था रहेको छ । आयोगले आचारसंहिताको परिपालना भइरहेको र उल्लंघनका घटनामा कारबाहीको क्रम जारी रहेको जनाएको छ । ...
पोखरीमा डुबेर तीन जना बालकको ज्यान गयो

पोखरीमा डुबेर तीन जना बालकको ज्यान गयो

समाचार
सिरहा | सिरहामा पोखरीमा डुबेर तीन जना भारतीय बालकको ज्यान गएको छ । मिर्चैया नगरपालिका वडा नम्बर १ मा रहेको जेके इँटा उद्योगमा कार्यरत भारत बिहार पुरनियाँ खरिन्चियाका खुर्सिद आलमका दुई छोरा १२ वर्षका अली हसन, १० वर्षका नवी हसन र जोगवनी निरगञ्जका नन्दलाल दासका १० वर्षका छोरा नितेशको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख एसपी अर्जुन प्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । हिजो बेलुका इँटा उद्योग नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेका अवस्थामा छोराहरूलाई देखेपछि खुर्सिदले तीनै जनालाई तत्काल निकाले पनि अली र नवीको घटनास्थलमै ज्यान गएको र अर्का बालक नितेशको उपचारका क्रममा अस्पतालमा ज्यान गएको उहाँले बताउनुभयो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
आज मिति २०७९ कार्तिक २८ गते सोमबारको , हेर्नुहोस् आजको राशिफल

आज मिति २०७९ कार्तिक २८ गते सोमबारको , हेर्नुहोस् आजको राशिफल

दैनिक राशिफल
मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अपुरुषार्थी काम गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्। अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ। आस मारेको नतिजा समेत सकारात्मक हुन सक्छ। वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बोपरिस्थितिवश आफ्नै वचनबद्धता पालना गर्न नसकिएला। बाेली–व्यवहारकाे कठोर शैलीले समस्या निम्त्याउन सक्छ। आलोचकहरूलाई व्यवहारले समेट्नुहोला। द्विविधाले निर्णय कमजोर बन्नेछ। अरूको भरपर्दा काम प्रभावकारी नहुन सक्छ। पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, ह पहिलेको सफलताले महत्त्वाकांक्षा बढाउनेछ।...
डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर (सूचिसहित)

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर (सूचिसहित)

Breaking news 3, अर्थ
नेपाल राष्ट्र बैँकले सोमबार(आज)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार  आज अमेरिकी डलर एकको खरिद दर १२८.९८ रुपैयाँ रहेको छ भने बिक्री दर १२९.५८ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १३३.५५ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.१७ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १५२.६७ रुपैयाँ रहेको छ भने बिक्री दर १५३.३८ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६.४६ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.८६ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३४.३१ रुपैयाँ रहेको छ भने बिक्री दर ३४.४७ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २७.८७ रुपैयाँ रहेको छ भने बिक्री दर २८.०० रुपैयाँ रहेको छ । कुन देशको मुद्राको दर कति ?...
सर्लाही क्षेत्र नं. २ का नागरिक भन्छन् ; यस अघि जितेकाले बिकाश गरेनन् अब महतो र रायलाई जिताउछाै

सर्लाही क्षेत्र नं. २ का नागरिक भन्छन् ; यस अघि जितेकाले बिकाश गरेनन् अब महतो र रायलाई जिताउछाै

राजनीति
सर्लाही | लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रतिनिधि सभा सदस्य पदका उमेदवार पुर्व उपप्रधानमन्त्री राजेन्द्र महतोको निर्वाचन क्षेत्र न-२(क)हरिपुर्वा नगरपालिका अन्तर्गतका विभिन्न वडाहरुमा सम्पन्न भएको नागरिक भेटघाट तथा घरदैलो कार्यक्रममा स्थानीयबासीहरुको ठुलो भिड लागेको छ। शुक्रवार र सनिवार नेपाली काँग्रेसका प्रदेश सभा सदस्य उमेदवार जंगिलाल राय सँग संयुक्तरूपमा नागरिक भेटघाट तथा घरदैलो कार्यक्रमको आयोजना गरिएको थियो।उहाँहरुले आयोजना गरेको घरदैलो कार्यक्रमको रिपोर्टिङ गर्न पुग्दा त्यस क्षेत्रका जनताहरु यसअघि आफुहरुले नै २ पटकसम्म चुनाव जिताएर पठाएका नेताले जनताहरु सँग बाचा गरे अनुसारको विकासको एउटा पनि काम नगरेको गुनासो गरेका थिए। उनको पालामा शिक्षा र स्वास्थ्यको सुधार,भौतिक पुर्वाधारहरुको निर्माण,हुलाकी सडकको निर्माण तथा कृषि र सिंचाइ लगायतका कामहरु मध्ये एउटा पनि काम नभएको स्थानीयहरु...
अजय गोले `अन्जान´का ३ मुक्तक

अजय गोले `अन्जान´का ३ मुक्तक

मनोरञ्जन
मुक्तक १सेतो नभएपनि कालो पक्कै आउँछ होलासफरमा उकालो ओरालो पक्कै आउँछ होलाआज म निर्धन छु भन्दैमा नहेप्नुस मित्रहरूभोलि मेरो पनि त पालो पक्कै आउँछ होला मुक्तक २मुटु मात्रै दुखाउछ हेर कुनै फाइदा छैननिष्ठुरीको तस्वीर राखेर कुनै फाइदा छैनजसले अर्कैको लागी तपाईंलाई बिर्सियोअब उसैलाई सम्झेर कुनै फाइदा छैन मुक्तक ३सकारात्मक विचारहरुको बलियो ताला बनाएरकडा मिहेनत अनि अनुशासनको माला बनाएरसपना जस्तै सुन्दर बनाउनुछ यो जिन्दगीलाईआफ्नै तितो अनुभवहरुको प्रयोगशाला बनाएर अजय गोले `अन्जान´सर्लाही लालबन्दी १६ परवानीपुरहाल = दक्षिण कोरिया...
आज मिति २०७९ कार्तिक २७ गते आइतबारको , हेर्नुहोस् आजको राशिफल

आज मिति २०७९ कार्तिक २७ गते आइतबारको , हेर्नुहोस् आजको राशिफल

दैनिक राशिफल
मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ पराक्रम वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । साथ दिनेहरू बढ्नेछन् । प्रतिष्ठा, मानसम्मान पाइनेछ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वत: हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । काममा सफलता प्राप्त हुनेछ । जीवनमा सुख वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो कार्यगति र धन बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्स्दिलो रहनेछ, साथै आशा उत्साह थपिनेछ । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तानसुख मिल्नेछ ।...
मोटरसाइकल दुर्घटना हुँदा ईश्वरपुरमा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा ईश्वरपुरमा एक जनाको मृत्यु

Breaking news 2, सर्लाही बिशेष
ईश्वरपुर | सर्लाहीको ईश्वरपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।  शुक्रबार राति ईश्वरपुर ९ खोरिया टोलस्थित बयलवास नाढिमन सडकखण्डमा नम्बर नखुलेको मोटरसाइकल दुर्घटना हुँदा सर्लाहीको चन्द्रनगर गाउँपालिका ६ घर भएका ३५ विजय मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका मुखियाको उपचारको क्रममामा शनिबार बिहान सिद्धिबिनायक अस्पताल बयलवासमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी विजय यादवले जानकारी दिए। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...