Friday, April 24News That Matters

Author: हाम्रो सर्लाही

आज दशैँको छैटौँ दिन, कात्यायनी देवीको पूजा आराधना गरिँदै

आज दशैँको छैटौँ दिन, कात्यायनी देवीको पूजा आराधना गरिँदै

थप समाचार
सर्लाही | आज दशैँको छैठौँ दिन, असोज शुक्ल षष्ठि । शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा आज कात्यायनीमाताको पूजा आराधना गरिँदैछ । कात्यायनी माताका भवानीको उपासना एवम् आराधना गर्नाले सबै प्रकारको इच्छा पूरा हुने शास्त्रीय मान्यता छ । यसै अवसरमा सर्लाहीमा विभिन्न स्थानमा रहेका दुर्गा देवीका मठ मन्दिरहरुमा भक्तजनहरुको बाक्लो भिडलाग्ने गरेको छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गापक्ष पनि भनिन्छ । यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ । गाउँ घरमा आजभोली विभिन्न स्थानबाट दशैमनाउन घर फर्कनेहरुको समेत चहलपहल बाक्लीदै गएको छ ।...
आज मिति २०७९ असोज १५ गते शनिबारको , हेर्नुहोस् आजको राशिफल

आज मिति २०७९ असोज १५ गते शनिबारको , हेर्नुहोस् आजको राशिफल

सर्लाही बिशेष
मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ  मेष राशिको लागि आजको दिन आकस्मिक अर्थलाभ हुनेछ । दाम्पत्य जीवनमा खुसियाली र सुखद यात्रा हुने छ । स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ । घर परिवारबाट सहयोग मिल्नेछ । विगतमा रोकिएका कामहरु सम्पन्न हुनेछ । नयाँ कामको थालनी समेत हुनेछ । वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो आजको दिन मानसम्मान मिल्नेछ । शत्रुमाथि विजय प्राप्ति हुनेछ । आर्थिक लाभ हुनसक्ने छ । त्यसैले आजको दिन खर्च हुने काममा सोच पुर्याउनु होला । आजको दिन चन्द्रमाको साथ रहेको छ । त्यसैले सूर्यनारायणको दर्शन गरेर मात्र दिनको काम शुरुवात गर्नुहोला । आज शुरुवात गरेको काम समयमा सकिनेछ । मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, ह आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने अलि कष्ट हुनसक्छ । मनमा चिन्ता छाउने छ । अध्ययन अध्यापनको काममा लाग्नु वेश हुनेछ । नयाँ पुस्तक पढ्ने गर्दा तपाईमा उर्ज...
आज दशैँको पाँचौँ दिन : स्कन्दमाताको पूजा गरिँदै

आज दशैँको पाँचौँ दिन : स्कन्दमाताको पूजा गरिँदै

थप समाचार
काठमाडौं । नवरात्रीको आज पाँचौ दिन । आज नवदुर्गा मध्येकी पाँचौ स्कन्दमाताको पूजा आराधना गरिन्छ । देशभरका विभिन्न शक्तिपीठमा आज दुर्गाको स्कन्दमाता स्वरूपको पूजा गरिन्छ । स्कन्द अर्थात कुमारको आमा भएका कारण देवीको नाम स्कन्दमाता रहन भएको हो । स्कन्दमाताको चार हात रहेको छ । देवीको दुई हातमा कमलको फुल, काखमा बालक स्वरूपको भगवान कुमार र एउटा हात आशीर्वाद मुद्रामा रहेको छ । स्कन्दमाताको वहान सिंह रहेको छ । कमलको फुलमा बस्ने भएकीले देवीलाई पद्मासना पनि भनिन्छ । यस स्वरूपकी देवीलाई विशेष गरेर फलमा केरा चढाइन्छ । स्कन्दमाताको पूजा आराधना तथा ध्यान गर्नाले सांसारिक पाप तथा कष्टबाट छुट्करा मिल्ने विश्वास छ । नवरात्र अवधिभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौ...
आज मिति २०७९ असोज १४ गते शुक्रवारको , हेर्नुहोस् आजको राशिफल

आज मिति २०७९ असोज १४ गते शुक्रवारको , हेर्नुहोस् आजको राशिफल

सर्लाही बिशेष
मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ पारिवारिक सुख मिल्नुका साथै आत्माबल बढ्ने छ । ब्यापारमा सोचे अनुरुपको फाइदा होला । लाभदायक समय छ । आर्थिक लाभ मिल्ल्नुका साथै व्यापार व्यवसायमा फाइदा हुनेछ । शत्रु र रोग पन्छाउने उचित समय छ, प्रयास गर्नु होला । पढाइमा भने आज खासै प्रगति नहोला । वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बोबाहान चौपाय आदी प्राप्त होला । साथै, नयाँ सामानको खरिद गर्ने योग देखिन्छ । आकस्मिक रुपले सफल्ता वा असफलता मिल्ने समय छ । रुपैया पैसाको कारोबार हुने दिन छ । गरेका कामहरु सफल हुनेछन् भने अधुरा कामहरु पनि बन्ने छन् । पैसा भने अनायसै खर्च होला । मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, हअनावश्यक डर, वादविवाद हुन सक्नाले समय खासै राम्रो छैन, होस पुर्याउनु होला । गरेका कामहरु अधुरा रहने छन् भने स्वास्थ्यले पनि साथ नदिन सक्छ । कोहिसँग सामान्य वादबिवाद पनि होला । झै झगडाको सम...
बेलायत बस्ने कवयत्रीको कृति  गृह जिल्लामा समिक्षा : समिक्षक भन्छन सरल सिर्जनाले संसार पुगिन ढकाल

बेलायत बस्ने कवयत्रीको कृति गृह जिल्लामा समिक्षा : समिक्षक भन्छन सरल सिर्जनाले संसार पुगिन ढकाल

थप समाचार
सर्लाही । बडादशैं ,शुभ दिपावली र छठको अवसरमा कवि दुर्गा ढकालको पहिलो कविता कृति "अक्षरको परकम्पन "माथिको समीक्षा सम्पन्न भएको छ । सर्लाही साहित्य समाज लालबन्दीको आयोजनामा मंगलबार सम्पन्न कार्यक्रम मार्फत भाषा साहित्यमा दख्कल राख्ने घनश्याम पन्त, उत्तमराज दाहाल र सुमित्रा आचार्य र कवि सुमन घिमिरेले कृतिको व्याख्यात्मक समिक्षा गरेका हुन् । समाजकी अध्यक्ष मिना देवकोटाको अध्यक्षतामा सम्पन्न कृति समीक्षा तथा बडादशैं , शुभ दिपावली र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा लालबन्दी लालबन्दी नगरप्रमुख वासुदेव अधिकारीको प्रमुख आतिथ्यता रहेको आयोजकले जनाएको छ । बरिष्ठ साहित्यकार गिरिराज डल्लाकोटी , नेपाल गीतकार संघकि निवर्तमान सचिव समेत रहेकी उपन्यासकार मुक्तक मनुसी शुसिला पौडेल लगायत अतिथि रहेका थिए । समिक्षा कार्यक्रममा बेलायतमा रहेर साहित्य सिर्जना गर्नुहुने दुर्गा ढकालको पहिलो ...
नवरात्रको आज तेस्रो दिन : चन्द्रघण्टा देवीको उपासना गरिँदै

नवरात्रको आज तेस्रो दिन : चन्द्रघण्टा देवीको उपासना गरिँदै

थप समाचार
सर्लाही । नवरात्रको तेस्रो दिन दसैंघर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाराधना गरिन्छ । देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार पनि मानिन्छ । पिण्डजप्रवरारुढा चण्डकोपास्त्रकैर्युता ।प्रसादां तनुते मह्यं चन्द्रघण्टेति विश्रुता ।। चन्द्रघण्टा देवीको शीरमा घण्टा आकारको अर्धचन्द्र हुने भएकाले देवीलाई चन्द्रघण्टा भनिएको हो । बाघलाई वाहन बनाई १० हातमा खड्ग, बाण, त्रिशूल आदि अस्त्रशस्त्रले सुसज्जित देवी चन्द्रघण्टाको स्वरुप शान्तिदायक र काल्याणकारी रहेको छ । असत्यको नाश र सत्यको रक्षाको लागि देवीले चन्द्रघण्टाको रुप धारण गरेको श्रीमद् देवीभागवत पुराणमा उल्लेख छ । शारीरिक तथा मानसिक कष्टबाट छुट्कारा पाउन चन्द्रघण्टा देवीलाई पूजिन्छ । चन्द्रघण्टा देवीलाई दुध अथवा दुधबाट बनेको परिकारहरू चढाउने चलन छ । दुधका परिकारहरू चढाउँदा देवी प्रशन्न हुन...
आज मिति २०७९ असोज १२ गते बुधवारको , हेर्नुहोस् आजको राशिफल

आज मिति २०७९ असोज १२ गते बुधवारको , हेर्नुहोस् आजको राशिफल

सर्लाही बिशेष
मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई समेत पछि पार्न सकिनेछ। वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बोछिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि काम बन्नेछ। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। बौद्धिक व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ। मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, हप्रक्रिया नमिल्नाले काम दोहो...
थप ५४ जनामा कोरोना संक्रमण, ७६ जना निको

थप ५४ जनामा कोरोना संक्रमण, ७६ जना निको

थप समाचार
काठमाडौं । देशभर थप ५४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ८२९ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ४२ तथा एन्टिजेन विधिबाट १२ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा थप ७६ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको सङ्ख्या १ हजार १४४ पुगेको छ । नेपालमा कोरोना महामारीमा १२ हजार १७ जनाले ज्यान गुमाएका छन् ।...
भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने

भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने

थप समाचार
काठमाण्डाै | आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि निर्वाचन आयोगले भोलि बुधवारदेखि निर्वाचन अचारसंहिता लागू गर्ने भएको छ ।  आज मङ्गलवार बसेको बैठकले भोलिदेखि निर्वाचन अचारसंहिता २०७९ लागू गर्ने निर्णय गरेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो । आयोगले आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबैलाई अनुरोधसमेत गरेको छ ।  यस्तै आयोगले चुनावसम्बन्धी कानुन तथा आचारसंहिता बमोजिम आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा उम्मेदवार र दलहरूले खर्च गर्न पाउने अधिकतम सीमा तोक्ने गृहकार्य भइरहेको बताएको छ । खर्चको सीमा तोक्ने सम्बन्धमा आज आयोगले राजनीतिक दलसँग परामर्श लिएको छ । ...
आज यी प्रदेशमा वर्षाको सम्भावना

आज यी प्रदेशमा वर्षाको सम्भावना

थप समाचार
काठमाडौं । हाल देशभरको मनसुनमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश १, मधेस र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती प्रदेश १, मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक/दुई चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । मध्यम वर्षाको सम्भावना रहेका पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ...