Friday, April 24News That Matters

Author: हाम्रो सर्लाही

नेपाल र बंगलादेशबीचको मौत्रिपूर्ण खेल आज हुँदै

नेपाल र बंगलादेशबीचको मौत्रिपूर्ण खेल आज हुँदै

सर्लाही बिशेष
काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलमा नेपाल र बंगलादेशबीच आज प्रतिष्पर्धा हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल बेलुका साढे ५ बजे सुरु हुनेछ । नेपाल र बंगलादेशबीच विभिन्न प्रतियोगिता र मैत्रीपूर्ण खेलमा गरी २४ पटक प्रतिष्पर्धा भएको छ । जसमा बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ७ खेल मात्रै जितेको छ । ५ खेल बराबरीमा सकिएको छ । यस खेलमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले भीआईपीका लागि ५ हजार रुपैयाँमा टिकट बेच्ने भएको छ । एन्फाका महासचिव किरण राईका अनुसार बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि ८० वटा टिकटको मूल्य ५ हजार रुपैयाँ तोकिएको हो ।...
सिट बाँडफाँटको छलफललाई आज पनि निरन्तरता

सिट बाँडफाँटको छलफललाई आज पनि निरन्तरता

थप समाचार
काठमाडौं । प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सिट बाँडफाँटमा सहमतिको नजिक पुगेको दाबी गर्दै आएका सत्ता गठबन्धनका दलहरुले आज पनि छलफललाई निरन्तरता दिएका छन् । कार्यदलका कार्यालय सचिव केशवराज जोशीले आज बिहान ८ बजेदेखि पुनः बैठक बसेर सिट बाँडफाँटको टुंगो लगाउन प्रयास भइरहेको बताए । यही असोज १६ गतेभित्र सिट बाँडफाँट टुंगो लगाइसक्ने दाबी सत्ता गठबन्धनका नेताहरुले गरेका छन् । १९ गते दशैंको टीका र असोज २३ गते कोजाग्रत पूर्णिमाको दिन मनोनयन दर्ता हुने भएकाले त्यसअघि नै सिट बाँडफाँट टुंगो लगाउने एक नेताले बताए । गत साउन २० गते बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदललाई कुन दलले कुन-कुन क्षेत्रको कति सिट लिने भनेर साउन अन्तिम सातासम्म सिफारिस...
आज नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको उपासना गरिँदै

आज नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको उपासना गरिँदै

थप समाचार
काठमाडौं । बडादसैँको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको आराधना गरिँदैछ । बह्म अर्थात् तपस्याको आचारण गर्ने भएकीले देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीलाई देवी दुर्गाको दोस्रो स्वरूपका रुपमा लिइछ । सेतो कपडा लगाएकी, दायाँ हातमा माला, बायाँ हातमा कमण्डलु लिएकी ब्रह्मचारिणीलाई ज्ञान, तपस्या र वैराग्यको देवी पनि मानिन्छ । ब्रह्मचारिणी देवीको आराधना गर्नाले ज्ञान सिद्ध हुनुको साथै विजय प्राप्त हुने विश्वास रहिआएको छ । यस दिन कुमारी कन्याहरूको पूजा गर्ने प्रचलन पनि छ । कन्यालाई घरमा बोलाएर पूजा गरी भोजन गराएपछि मात्र आफूले भोजन गर्ने गरिन्छ । शास्त्रीय प्रमाणहरूको आधारमा हरेक शुभकार्यमा गरिने कन्यापुजाका लागि दुई वर्षसम्मका बालिकाहरू योग्य रहेको मानिन्छ । यद्यपि, रजस्वला हुनु पूर्वका बालिका पनि कन्या पूजाका लागि योग्य भएको मान्यता रहेकाे छ । नवरात्रभर पहिलो दिन शैलपुत्री, दोस्रो दि...
आज मिति २०७९ असोज १० गते सोमबारको, हेर्नुहोस् आजको राशिफल

आज मिति २०७९ असोज १० गते सोमबारको, हेर्नुहोस् आजको राशिफल

सर्लाही बिशेष
मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा मनमुटाव सिर्जना हुनेछ । व्यापारमा प्रशस्त समय खर्चिए मात्र भनेजस्तो आम्दानी हुनेछ । नराम्रा तथा अप्रिर्य समाचारमा मन खिन्न हुनेछ भने समाजसेवामा जनताको मन जित्न सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ । बोल्दा वा कुनै निर्णय गर्दा ध्यान दिनुहोला आफ्नो बोलीले आफैलाई घाटा लाग्न सक्छ । वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बोराम्रा तथा सामाजिक काम गरी अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । सानो प्रयत्‍नले ठुलो काम बन्ने हुँदा आर्थिक रुपमा सबल होइनेछ । थोरै स्रोत साधन प्रयोग गरी असिमित आवश्यकताहरुलाई पूरा गर्न सकिनेछ । प्रेम प्रशङमा रमाउन चाहानेहरुका लागी दिनले साथ दिने हुँदा मीठा मीठा कुरा गरी समय व्यातित गर्न सकिनेछ । पढाइमा प्रगती हुने तथा नतिजा तपाइँ आफ्नै पो...
व्यवस्था बदलियो, जनताको अवस्था बदलिएन : प्रचण्ड

व्यवस्था बदलियो, जनताको अवस्था बदलिएन : प्रचण्ड

थप समाचार
चितवन | नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्यवस्था बदलिए पनि जनताको अवस्था बदलिन नसकेको बताउनुभएको छ ।  माओवादी केन्द्र चितवनले आइतवार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले सामाजिक न्याय र समानतालाई नयाँ उचाइमा पुर्‍याउन आवश्यक रहेको बताउनुभयो । ‘निकै ठूलो त्याग र तपस्यापछि देशमा लोकतान्त्रिक गणतन्त्र आयो, व्यवस्था बदलियो तर जनताको अवस्था बदलिएन’, उहाँले भन्नुभयो, ‘घर आँगन बदल्ने, उज्यालो ल्याउने, समृद्धि ल्याउने, विकासलाई गति दिने, सामाजिक न्याय र समानताको नयाँ उचाइ छुने हाम्रो प्रतिबद्धता छ ।’ देश सङ्घीय गणतन्त्रमा आइसकेको भन्दै उहाँले देशलाई अब विकास निर्माण र समृद्धिको आवश्यकता रहेको बताउनुभयो ।  चितवनमा अहिले नमुना विकासको प्रयास गरिरहेको भन्दै अध्यक्ष प्रचण्डले आउने दिनमा निकै ठूलो फड्कोका साथ विकास र समृद्धिको नयाँ मोडल चि...
छिमेकी देश र विश्वको तुलनामा अझै धेरै काम गर्नुछ, ‘थिङ्क ट्याङ्क’ आवश्यक छ : भट्टराई

छिमेकी देश र विश्वको तुलनामा अझै धेरै काम गर्नुछ, ‘थिङ्क ट्याङ्क’ आवश्यक छ : भट्टराई

थप समाचार
काठमाण्डौ | नेपाल समाजवादी पार्टी नेसपा का अध्यक्ष डा. बाबुराम भट्टराईले ज्ञानको निर्माण एकाङ्की हुन नहुने बताउँदै सरोकारवालासँगको छलफल र सुझावका आधार तयार गरिने ज्ञानले मात्र नागरिकका समस्या समाधान गर्नसक्ने उल्लेख गर्नुभएको छ । नीति अनुसन्धान प्रतिष्ठानको चौथो वार्षिकोत्सवका अवसरमा आइतवार आयोजित समारोहमा उहाँले सूचना सङ्कलनले मात्र ज्ञान निर्माण नहुने भएकाले सिद्धान्तका विषयलाई व्यवहारमा समेत जोड्नुपर्ने धारणा व्यक्त गर्नुभयो । देशको द्रुततर विकास र समृद्धिका लागि थिङ्क ट्याङ्क संस्थाको आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, ‘केही दशकयता हामीले आर्थिक, सामाजिक, राजनीतिकलगायत क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरे पनि छिमेकी देश र विश्वको तुलनामा अझै धेरै काम गर्नुछ । गरिबी, बेरोजगारी, अशिक्षा र असमानता अन्त्य गर्न थुप्रै काम गर्न बाँकी छ, तसर्थ नवप्रवर्तनका लागि थिङ्क ट्याङ्कको आवश्यकत...
बडा दशैं शुरु, आज घटस्थापना

बडा दशैं शुरु, आज घटस्थापना

थप समाचार
सर्लाही । बडा दशैँको पहिलो दिन आज घटस्थापना। असोज शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ।  देवीलाई जौको जमरा मनपर्ने भएकाले घटस्थापनाका दिन विधिपूर्वक जौलाई चोखो बालुवासहितको पञ्चमाटोमा छर्ने र टीकाको साइतमा त्यही जमरा प्रसादका रुपमा प्रयोग गर्ने परम्परा छ।  ​ नवरात्रको पहिलो दिन बिहानै नित्य कर्म समाप्त गरी नजीकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैंघरमा विधिपूर्पक राखेर त्यसमाथि यव (जौ) रोपिन्छ।  यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ। जमरा राख्ने कार्यमा जौबाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको नेपाल ...
लामो दुरीका १५० सवारीका चालकको स्वास्थ्य परिक्षण शिविर बागमतीमा सम्पन्न

लामो दुरीका १५० सवारीका चालकको स्वास्थ्य परिक्षण शिविर बागमतीमा सम्पन्न

सर्लाही बिशेष
बागमती । पूर्व–पश्चिम राजमार्गमा चल्ने लामो दुरीका यात्रु तथा मालवाहक सवारीका चालकहरुको स्वास्थ्य जाँच शिविर सर्लाहीको कर्मैयामा सम्पन्न भएको छ । रात्री वस व्यवासयी यातायात प्रालि मधेश प्रदेशको संयोजन तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीको आयोजनामा पूर्व–पश्चिम राजमार्गमा गुड्ने १५० लामो दुरीका यात्रु तथा मालबाहक सवारीका चालकहरुको स्वास्थ्य जाँच गरिएको हो । दुर्घटना न्यूनीकरणमा टेवा पु¥याउने उद्देश्यले सवारी चालक र परिचालकको आँखा र ब्लड प्रेसर, सुगर लगायतका रोगको जाँच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले बताउनुभयो । उहाँका अनुसार चालकहरुको आँखाको जाँच आँखा रोग विशेषज्ञ रमेश प्रसाद भट्टराईले गर्नुभएको थियो भने सुगर, प्रेसर लगायत अन्य रोगको जाँच जनरल फिजिसियन हर्ष नारायण झाले गर्नुभएको थियो । स्वास्थ्य परिक्षण शिविरको संयोजन गरे...
प्रथम मधेश प्रदेश पुरुष भलिबल प्रतियोगिता सर्लाहीको कालिन्जोरमा हुने

प्रथम मधेश प्रदेश पुरुष भलिबल प्रतियोगिता सर्लाहीको कालिन्जोरमा हुने

सर्लाही बिशेष
कालिन्जोर | सर्लाहीको कालिन्जोरमा प्रथम मधेश प्रदेश पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। जिल्लाको उत्तर–पूर्वी चुरेभेगस्थित ईश्वरपुर नगरपालिका १२ मा पर्ने कालिन्जोरमा यही असोज १३ गतेदेखि १६ गतेसम्म प्रथम मधेश प्रदेश पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको हो। आयोजक कालिन्जोर युवा समूहले आज पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको छ। प्रतियोगितामा आयोजकसहित मधेश प्रदेशका आठै जिल्लाका टिम सहभागी हुने आयोजक कालिन्जोर युवा समूहले जनाएको छ। वडा कार्यालयकै मैदानमा आयोजना हुने प्रतियोगिताको विजेताले १ लाख १ हजार, उप विजेताले ७५ हजार र तेस्रो हुने टिमले २५ हजार रुपैयाँ नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने प्रतियोगिता मूल आयोजक समितिका अध्यक्ष सुवास खड्काले बताए। गाउँमा रहेको मधेश प्रदेशकै अग्लो स्थानमा पर्ने पर्यटकीय स्थल राजारानी थुम्को, तुरतुरे ...
आज मिति २०७९ असोज ९ गते आइतबारको, हेर्नुहोस् आजको राशिफल

आज मिति २०७९ असोज ९ गते आइतबारको, हेर्नुहोस् आजको राशिफल

सर्लाही बिशेष
मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ  साथीभाई तथा आफन्तसँगै रहेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा पहिले गरेका लगानीबाट मनग्गे भन लाभ हुने योग रहेकोछ । दमदार बोलिको प्रभावले नसोचेको कामहरु हुने तथा सबैले तपार्ईँको तारिफ गर्नेछन् । न्यून श्रमबाट मनग्गे आम्दानी गर्न सकिने समय रहेकोछ । पढाइ लेखाइमा राम्रो प्रगती गर्न सकिने समय रहेकोछ । प्रेममा सफलता प्राप्त हुने तथा नयाँ योजनाका साथ अगाडी बढ्न सकिनेछ। वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो शुभचिन्तकको सहयोगले चिताएको कामहरु सम्पादन हुनेछन् । पढाइ लेखाइमा मनजाने हुनाले चाहेजस्तो नतिजा ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले जनताको पक्षमा काम गर्न सक्दा मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक स्थिती सुदृड हुनेछ । माया प्...