Friday, April 24News That Matters

Author: हाम्रो सर्लाही

सरकारसँगको १० बुँदे सहमतिपछि डा.केसीको अनशन तोडियो

सरकारसँगको १० बुँदे सहमतिपछि डा.केसीको अनशन तोडियो

थप समाचार
काठमाण्डौ | सरकारसँगको १० बुँदे सहमतिपछि डाक्टर गोविन्द केसीले अनशन तोड्नुभएको छ ।  विभिन्न मागसहित अनशनमा बसेका डा. केसीसँग सरकारको वार्ता टोलीका सदस्यहरूले आज बेलुका त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगेर सहमतिपत्रमा हस्ताक्षर गरेपछि उहाँले अनशन तोड्नुभएको डा. केसीका सहयोगी तथा वार्ता टोलीका सदस्य प्रितम सुवेदीले जानकारी दिनुभयो  ।  केसीले बिरामी अमनलाल चौधरीको हातबाट जुस पिएर अनशन तोड्नुभएको हो । पछिल्लो पटक कैलालीबाट अनशन सुरु गरेका डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उहाँलाई असोज ५ गते थप उपचारका लागि काठमाण्डौ ल्याइएको थियो ।  केसीका माग सम्बोधन गर्न सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सचिव रामप्रसाद घिमिरेको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो ।  देशभरका सरकारी अस्पतालमा बेडअनुसार दरबन्दी व्यवस्था गर्नुपर्ने...
आज यी प्रदेशमा वर्षाको सम्भावना

आज यी प्रदेशमा वर्षाको सम्भावना

थप समाचार
काठमाडौं । हाल नेपालको मौसम आंशिकदेखि पूर्ण बदली रहेको छ । जसको प्रभावले लुम्बिनी, गण्डकी, र सुदूरपश्चिम प्रदेशका केहि स्थानहरुमा चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती ,गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ। राती बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । भारी वर्षाको सम्भावना रहेका पहाडी क्षेत्रहरूमा पहिरो तथा गेग्रान बहावको जोखिमका साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।...
पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

थप समाचार
काठमाडौं । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । गएराति १२ बजे भरतपुर महानगरपालिका–२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । अहिले दुवैतर्फ सडक अवरुद्ध भएपछि बाटो जेसिभी प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेकोे छ । गन्तव्यमा हिँडेका सयौँ सवारी साधन र यात्रु बाटैमा रोकिएका छन् । यो वर्ष मात्रै सो सडकखण्डमा दर्जनौँ पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।...
आज मिति २०७९ असोज ८ गते शनिवारको , हेर्नुहोस् आजको राशिफल

आज मिति २०७९ असोज ८ गते शनिवारको , हेर्नुहोस् आजको राशिफल

सर्लाही बिशेष
मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ  मेष राशिका जातकका लागि आजको दिन व्यापार ब्यवसायबाट लाभ हुनेछ । परिवारको साथ सहयोगले मात्र तपाईको योजना सफल हुनेछ । यात्राको लागि सूर्योदय पछि मात्र निस्कनु उत्तम हुनेछ । यात्राबाट तपाईलाई फाइदा हुनसक्छ । यात्रा अघि घरका जेष्ठ र श्रेष्ठ सदस्यबाट आशीर्वाद लिएर मात्र हिडनु होला । शनिको जप गर्नुहोला । वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो वृष राशिका जातकका लागि आजको दिन व्यापार ब्यबसायमा सोचेअनुसार फाइदा हुन्छ । तपाईको सकारात्मक हुन जरुरी छ । आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट गर्दा नयाँ कार्ययोजना बन्न सक्छ । कुनै देवालयको दर्शन गर्नुहोला । अर्थलाभ हुनेसक्ने छ त्यसैले सर्तक अप्नाउनुहोला । आजको दिन मौन रहनु उत्तम हुनेछ । चन्द्रमाको साथ रहेको छ । विहानको सूर्योदयको दर्शन गर्नुहोला । मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, ह परिवार र आफन्तजनह...
पौडी खेल्दा बेपत्ता भएका तीनजना बालकको शव भेटियो

पौडी खेल्दा बेपत्ता भएका तीनजना बालकको शव भेटियो

थप समाचार
हेटौडा । हेटौंडाको कर्रा खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीनजना बालकको शव भेटिएको छ । शुक्रबार साँझदेखि बेपत्ता भएकाहरुको खोजी गर्नेक्रममा तीन जना बालक बेपत्ताको शव कर्रा खोला किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले बताए । मकवानपुरका प्रहरी निरीक्षक घिमिरेका अनुसार १७ वर्षीय साहिल लामा, १२ वर्षीय कासाङ जिम्बा र १३ वर्षीय सञ्जीव मोक्तानको शव भेटिएको छ । हेटौंडा उपमहानगरपालिक-५ मा पर्ने कर्रा खोलामा पौडी खेल्न आएका ४ जना बालकमध्‍ये ३ जना बालक खोलामा प्रवेश गरेका थिए । उनीहरु हेटौंडा १५ फायरलाइनबाट पौडी खेल्न आएको प्रहरीले जनाएको छ ।...
असोज २० गतेभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसक्न आयोगको निर्देशन

असोज २० गतेभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसक्न आयोगको निर्देशन

थप समाचार
काठमाडौं । निर्वाचन आयोगले यही असोज १५ देखि २० गतेभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसक्न निर्देशन दिएको छ । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सो अवधिमा कार्यालय स्थापना गर्ने गरी बिहीबार आयोगले निर्णय गरेको हो । आयोगको निर्णयानुसार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपछि उक्त कार्यालय स्थापना भएको जानकारी आयोगलाई गराउनुपर्ने छ । निर्वाचन अधिकृतले कार्यालय स्थापना गरेपछि आयोगको पूर्व सहमतिबिना तोकिएको निर्वाचन क्षेत्र नछाड्न सबै निर्वाचन अधिकृतलाई जानकारी गराउने निर्णय गरेको छ ।...
संविधानको संरक्षकले नै संविधान मिच्ने काम गरे : अध्यक्ष प्रचण्ड

संविधानको संरक्षकले नै संविधान मिच्ने काम गरे : अध्यक्ष प्रचण्ड

थप समाचार
काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले संविधानको संरक्षकबाट संविधान मिचिएको बताउनुभएको छ ।  शुक्रवार काठमाण्डौमा आयोजित अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधानको पालक र संरक्षकले नै खुलेआम संविधान मिच्ने काम गरेको बताउनुभएको हो ।  उहाँले संरक्षकबाट नै जानिबुझि संविधान मिच्नु सामान्य कुरा नभएको भन्दै प्राप्त भएका उपलब्धिहरु खोस्ने षड्यन्त्रको रुपमा रहेको टिप्पणी गर्नुभयो । उहाँले देशमा प्रतिगमनको षड्यन्त्र गएकाे वर्षदेखि सुरु भएको उल्लेख गर्दै अहिलेसम्म नरोकिएको बताउनु भयो । आफूहरुले सतर्कता गुमाएमा तथा एकतालाई कमजोर पारेमा कुनै पनि दिन प्रतिगमन हुनसक्ने खतरा रहेको उहाँले बताउनु भयो ।  उहाँले भन्नुभयो, ‘म भन्न चाहन्छु कुरा...
राष्ट्रपति विरुद्धका रिटमाथिको सुनुवाइ आइतवारलाई सर्यो

राष्ट्रपति विरुद्धका रिटमाथिको सुनुवाइ आइतवारलाई सर्यो

थप समाचार
काठमाण्डौ | राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सर्वोच्च अदालतमा दायर रिटमाथिको सुनुवाइ आइतवारका लागि सरेको छ ।  अदालतमा दर्ता भएको नागरिकता विधेयक प्रमाणीकरण सम्बन्धी पाँच वटै रिट आज न्यायाधीश मनोजकुमार शर्माको इजलासमा परेको थियो । तर, सुनुवाइ आउँदो आइतवारलाई सरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो ।  अधिवक्ताहरु सुनिल रञ्जन सिंह, सागर बराललगायतका पाँच जनाले दायर गरेका छुट्टाछुट्टै रिटमा नागरिकता विधेयक प्रमाणीकरण गर्न परमादेश माग गरिएको छ ।  विधेयकलाई प्रमाणीकरण गर्ने समय सीमाभित्र नेपालको संविधानको धारा ११३ को उपधारा ४ अनुसार प्रमाणीकरण नगरी नेपालको संविधानको उल्लंघन गरेको रिटमा उल्लेख छ ।  राष्ट्रपति भण्डारीले संघीय संसदका दुवै सदनबाट पारित भएर दोस्रो पटक शितल निवास पुगेको नागरिकता ऐनलाई संशोधन गर्न बने...
मधेस प्रदेशकै उत्कृष्ट सगुन सहकारीको मुनाफा पौने ५ करोड

मधेस प्रदेशकै उत्कृष्ट सगुन सहकारीको मुनाफा पौने ५ करोड

सर्लाही बिशेष
हरिवन । मधेस प्रदेशकै उत्कृष्ट सहकारीका रूपमा स्थापित सर्लाहीको हरिवनमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाले आज भव्य कार्यक्रमका बीच आफ्नो २३औँ वार्षिकोत्सव मनाएको छ। सगुनका अध्यक्ष केशव ढकालको अध्यक्षता र राष्ट्रिय सहकारी महासंघका केन्द्रीय अध्यक्ष मीनराज कँडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताले सगुन प्रदेशकै नमुना सहकारीका रूपमा स्थापित हुँदै गएको बताए। कार्यक्रमका प्रमुख अथिति कँडेलले सगुनले आफ्ना सेयर सदस्य र समुदायमा आधारित उत्कृष्ट सेवा प्रदान गरिरहेको भन्दै प्रशंसा गरे। कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक ध्रुवनारायण यादव, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारीका प्रकाशप्रसाद पोखरेल, जिल्ला बचत तथा ऋण सहकारी संघ सर्लाहीका अध्यक्ष बाबुराम घिमिरे, निवर्तमान प्रदेश सांसद डिल्ली उप्रेती, हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकी, बागमती नगरपालकाका मेयर भरत थापा, बा...
राष्ट्रपतिविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै

राष्ट्रपतिविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै

थप समाचार
काठमाडौं | राष्ट्रपति विद्यादेवी भण्डारीविरूझ सर्वोच्च अदालतमा परेका रिटमाथि आज सुनुवाइ हुँदै छ । राष्ट्रपति भणडारीले दोस्रोपटक संसद्को दुवै सदनबाट बहुमतले पास भएको नेपाल नागरिकता ऐन, २०६३ को संसोधन गर्न ल्याएको विधेयक प्रमाणीकरण नगरेपछि राष्ट्रपति भण्डारी र राष्ट्रपतिको कार्यालय, शीतलनिवासविरुद्ध कानुन व्यवसायीहरु बुधबार रिट निवेदन दिएकोमा बिहीबार दर्ता भएको थियो । राष्ट्रपतिविरुद्ध पाँचवटा रिट परेको छ । सो रिटमा राष्ट्रपतिको कदम संवैधानिक नैतिकता, वस्तुनिष्ठता, सुशासन र संवैधानिक संस्कारको वरखिलाफ भएको उल्लेख गरिएको छ । साथै, रिटमार्फत राष्ट्रपतिलाई संविधानको धारा ११३ को उपधारा ४ बमोजिम विधेयक प्रमाणीकरण गर्नु भनी परमादेशलगायत उपयुक्त आदेश माग गरिएको छ । अधिवक्ता सागर बराल तथा सौगातराज बराल, अविनेश अधिकारी र सम्पूर्ण बस्नेतले राष्ट्रपति भण्डारीविरुद्ध बुधबार नै रिट दर्ता गराएका हुन...