Sunday, April 19News That Matters

Author: हाम्रो सर्लाही

कस्तो रहनेछ आजको मौसम ?

कस्तो रहनेछ आजको मौसम ?

Breaking news 3, विज्ञान प्रविधि, समाचार
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ। साथै हाल बङ्गलादेशको उत्तरी भू-भागमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको समेत सम्भावना रहेको छ। गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। त्यस्तै सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।...
सामाजिक सद्भाव खल्बल्याउनेलाई सामाजिक सञ्जालबाटै बहिष्कार गरौं : रवि लामिछाने

सामाजिक सद्भाव खल्बल्याउनेलाई सामाजिक सञ्जालबाटै बहिष्कार गरौं : रवि लामिछाने

Breaking news 1
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समाजको सद्भाव खल्बल्याएर अहिले भइरहेका अनियमितता लुकाउने प्रयास भइरहेको बताउनुभएको छ। पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहनु भएका सभापति लामिछानेले आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशमा सामाजिक द्वन्द्व भड्काएर अनियमितता ढाकछोप गर्ने काम भइरहेको भन्दै सचेत हुनुपर्ने बताउनुभयो । उहाँले समाजको सद्भाव खल्बल्याउने मान्छेलाई आ आफ्नो सामाजिक सञ्जालबाटै बहिष्कार गर्न पनि आग्रह गर्नुभयो। सभापति लामिछानेले जाति जातिबीचको द्वन्द्व अहिले नरहेको भन्दै अहिले सबै एकजुट भइ गरिबी, बेरोजगारी र अशिक्षारुपी शत्रुलाई हटाउनुपर्ने बेला रहेको उल्लेख गर्नुभयो। उहाँले कानूनी रुपमा वर्जित काम गर्न नमिल्ने भन्दै एक अर्काको आस्था र विश्वासमा आँच आउने नगर्न आग्रह गर्नुभयो।सभापति लामिछानेले सामाजिक सद्भाव खल्बल्याएर राजनीति...
झापामा ड्युटीमा रहेका प्रहरी निरीक्षकमाथि बञ्चरो प्रहार

झापामा ड्युटीमा रहेका प्रहरी निरीक्षकमाथि बञ्चरो प्रहार

Breaking news 1, ट्रेन्डिङ, समाचार
झापा । सवारी जाँचमा खटिएका इलाका प्रहरी कार्यालय झिलझिले झापाका इञ्चार्ज एवं प्रहरी निरीक्षक युवराज कटुवालमाथि बञ्चरो प्रहार भएको छ। कटुवाललाई बिहीबार साँझ ७ बजेतिर एक युवाले धारिलो हतियार प्रहार गरेर घाइते बनाएका हुन्। झापाको पूर्वपश्चिम राजमार्गस्थित झरना खोला नजिक नियमित सवारी जाँचमा प्रहरी निरीक्षक कटुवाल र अर्का एक जना प्रहरी खटिएका थिए। तीन जना युवा सवार एउटा मोटरसाइकललाई रोकेर नियन्त्रणमा लिने क्रममा एक युवाले बञ्चरोले कटुवाललाई अचानक प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए। घाइते प्रहरी निरीक्षक कटुवालको टाउको र हातमा गम्भीर चोट लागेको छ। बिर्तामोडको बिएण्डसी अस्पतालमा उनको उपचार भइरहेको छ। प्रहरीले आक्रमणमा संलग्नसहित तीनै जना युवालाई नियन्त्रणमा लिएको छ। आक्रमणमा संलग्न युवा मादकपदार्थ सेवन गरेर लठ्ठ भई मोटरसाइकलमा ...
कस्तो रहला आज देशभरको मौसम ?

कस्तो रहला आज देशभरको मौसम ?

Breaking news 3, समाचार
सर्लाही । देशका अधिकांश स्थानमा लगातार वर्षा भएको छ । उपत्यकासहित देशभर बिगत तीन दिनदेखि पानी परिरहेको छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी  र लुम्बिनी  प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।  कोशी, बागमती, र गण्डकी  प्रदेशका थोरै स्थान  तथा मधेश र लुम्बिनी प्रदेशको  एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। राति कोशी, मधेश, बागमती र गण्डकी  प्रदेशका  केही  र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।  यस्तै कोशी, मधेश,  बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्...
आज मिति २०८० भदाै ८ गते,शुक्रबारको हेर्नुहोस् आजको राशिफल

आज मिति २०८० भदाै ८ गते,शुक्रबारको हेर्नुहोस् आजको राशिफल

दैनिक राशिफल
मेष : (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सामान्य समस्या सुल्झाउन अलमल हुनेछ। शरीरमा पनि कमजोरी महसुस हुनेछ। अरूका विषयमा चासो लिँदा आफ्नो काम बिग्रन सक्छ। अरूका नजरमा व्यस्तता बढे पनि कम महत्त्वका काममा समय बित्नेछ। कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। समय लागे पनि केही काम बनाउन सकिनेछ। शुभचिन्तकहरूकाे सहयाेगले आंशिक लाभ मिल्नेछ। बृष : (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) महत्त्वाकांक्षी योजनाले आकस्मिक यात्रा गराउन सक्छ। जुझारु कार्यशैलीले लक्ष्यमा पुर्याउनेछ। वादविवादमा अघि नसर्नुहोला। मिहिनेतले छोटो समयमा फाइदा दिलाउनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। मनग्य आम्दानी हुनेछ र सुविधाका वस्तु प्राप्त हुनेछन्। मिथुन : (का,की,कू,घ,ङ,छ,के,को,हा) कामकाे चाप बढ्ने समय छ। केही दौडधुप गर्नु परे पनि फाइदा हुनेछ। भ...
आज मिति २०८० भदाै ७ गते, बिहीबारको हेर्नुहोस् आजको राशिफल

आज मिति २०८० भदाै ७ गते, बिहीबारको हेर्नुहोस् आजको राशिफल

दैनिक राशिफल
मेष आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्। मेहनत गर्दा अवसर भने पाइनेछ । वृष नयाँ व्यवसाय सुरु गर्ने मौका छ । महत्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ । मिथुन प्रयत्न गर्दा भाग्यले साथ दिनेछ । परिवारको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । कर्कट रमाइलो यात्राको अवसर जुट्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ । अप्ठ्यारा कामको बोझ थपिने सम्भावना छ । सिंह सुरुमा केही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । असन्तुलित खानपानले पेटको समस्या आउने समय छ । कन्या प्रशंसकहरू बढ्नेछन् र मानसम्मान समेत पाइनेछ । प्रतिस्पर्धीहरूलाई सजिलै वशमा ल्याउन सकिनेछ। सहयोग...
जातिय भेदभाव तथा छुवाछुत नियन्त्रण अनुगमन अन्तरक्रिया कार्यक्रम सम्पन्न

जातिय भेदभाव तथा छुवाछुत नियन्त्रण अनुगमन अन्तरक्रिया कार्यक्रम सम्पन्न

Breaking news 1, ट्रेन्डिङ, सर्लाही बिशेष
प्रेमनाथ पौडेल , हरिवन । जातिय भेदभाव तथा छुवाछुत अन्त्य गरौ ,समता मुलक समाज को निर्माण गरौ  भन्ने मुल नाराका साथ सर्लाही को हरिवन मा एकदिने जातिय छुवाछुत नियन्त्रण तथा अनुगमन तथा समिति गठन बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सामरी उत्थान सेवा समाज संस्था लालबन्दी २ र स्टोरि युवा  क्लब हरिवन को आयोजना मा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम का बक्ता हरुले मानिश हरु चन्द्रमा पुगि सकेका अबस्था मा अझै पनि हिन्दुधर्म बिच जातिय बिभेद को कुरा ले गर्दा दलित हरु पछाडि पारेको आरोप लगाएका छन । समाजमा र राष्ट्र ले जति सुकै नितिगत रुपमा जातिय छुवाछुतको अन्त भएको घोषणा गरे पनि  समाजमा छुवाछुत र दलित प्रति गरिने बिभेद र  त्यसको अन्तको लागि ब्यबहारीक रुपमा कार्यान्वयन नभएसम्म छुवाछुतको जगरहि रहने धारणा ब्यक्त गरेका थिए ।समाजबाट  जातिय छुवाछुतको अन्त...
मर्निङ वाक’ गर्नेको गन्तव्य बन्दै कैलाशपुरी

मर्निङ वाक’ गर्नेको गन्तव्य बन्दै कैलाशपुरी

सर्लाही बिशेष
भक्ती रिजाल , हरिवन । सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर १ मा अबस्थित प्रसिद्ध धार्मिक स्थल कैलाशपुरी क्षेत्र पछिल्लो समय ‘मर्निङ वाक’ गर्नेहरुको रोजाइमा पर्न थालेको छ। हरिवनस्थित पूर्वपश्चिम राजमार्गबाट झण्डै पाँच किमी उत्तर चुरे क्षेत्रमा अवस्थित कैलाशपुरी र बन बाटिका छेत्रमा आजभोलि हरेक दिन ‘मर्निङ वाक’ मा जानेहरुको भिड देख्न सकिन्छ। विशेषगरी हरेक सोमबार कैलाशपुरीमा पूजाआजाको लागि भक्तजनहरु पुग्ने गरेका छन्। अझ साउनको सोमबार त यहाँ हजारौँ भक्तजनको भिड लाग्ने गरेको छ, ‘सोमबार र विशेष चाडपर्वको बेला मात्र होइन, आजभोली हरेक दिन यहाँ ‘मर्निङ वाक’ गर्ने र घुमफिरको लागि आउनेको लर्को लाग्छ,’ स्थानीय हरि निरौलाले भने, ‘पछिल्लो समय कैलाशपुरी क्षेत्र पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको देख्दा मन आनन्दित हुन्छ।’ कैलाशपुरीमा हरेक दिन बिहान चार बजे देखि नै मानिसहरु ‘मर्निङ वाक’ गर...
एकीकृत समाजवादीको बैठक सुरु

एकीकृत समाजवादीको बैठक सुरु

Breaking news 1, ट्रेन्डिङ
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक सुरु भएको छ । मङ्गलबारदेखि बालकुमारीमा प्रारम्भ भएको उक्त बैठक बाँकी छलफलका लागि आज दोस्रो दिन पुनः बसेको हो । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बैठकमा आजदेखि केन्द्रीय सदस्यले आ-आफ्नो धारणा राख्नुहुने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकमा अध्यक्ष नेपालले आफ्नो प्रतिवेदन पेस गर्दै एमालेसँग विद्रोह गर्नुको औचित्य, अन्तर्राष्ट्रिय परिस्थिति, भू-राजनीतिक परिस्थिति, आजको राजनीतिक परिस्थिति, नेपाली समाजको विशिष्ट अवस्थालगायतबारे चर्चा गरेका छन् । उक्त प्रतिवेदनमा पार्टीको सैद्धान्तिक, वैचारिक दृष्टिकोण, समाजवादी कार्यक्रम र कार्यदिशाबारे उल्लेख गर्दै अध्यक्ष नेपालले विभिन्न कारणले आफ्नो पार्टी एमालेभन्दा फरक रहेको उल्लेख गरेका छन् । मुलुकमा पुँजीवादी क्रान्तिको अन्त्य गर्न जनताक...
प्रधानमन्त्रीले अस्पतालमै पुगेर दिए मन्त्री किराँतीका बुवालाई श्रद्धाञ्जली

प्रधानमन्त्रीले अस्पतालमै पुगेर दिए मन्त्री किराँतीका बुवालाई श्रद्धाञ्जली

Breaking news 2, ट्रेन्डिङ
काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीका बुवालाई अस्पतालमै पुगेर श्रद्धाञ्जली दिएका छन्।   मन्त्री किराँतीका बुवा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा आज बिहान वीर अस्पतालमा निधन भएको थियो। प्रधानमन्त्री प्रचण्ड, रक्षामन्त्री पूर्णबहादुर खड्का, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत,  कानुनमन्त्री धनराज गुरुङ, सञ्चारमन्त्री रेखा शर्मा लगायतले वीर अस्पतालमै पुगेर राईलाई श्रद्धाञ्जली अर्पण गरेका हुन्। राईको अन्त्येष्टि भोजपुरस्थित उनकै गाउँमा गरिने भएको छ। राईको इच्छाअनुसार दाहसंस्कारका लागि उनको पार्थिव शरीर उनकै घर रहेको भोजपुरको ओख्रे लान लागिएको हो। ...