Monday, April 20News That Matters

ट्रेन्डिङ

बुद्धनगरमा भैंसी आतंक

बुद्धनगरमा भैंसी आतंक

Breaking news 3, ट्रेन्डिङ, समाचार
काठमाडौं । काठमाडौंको बुद्धनगरमा एउटा भैंसीले आतंक मच्चाएको छ । भैंसी नियन्त्रणमा लिन प्रहरी टोली परिचालन गरिएको छ । भैंसीले हान्न सक्ने भन्दै प्रहरीको टोलीले स्थानीयलाई सजग गराइरहेका छन् । पसल सन्चालकहरु पनि आधा सटर बन्द गरेर सतर्क अवस्थामा बसेका देखिन्छन् । नयाँबानेश्वरका डिएसपी निशान्त श्रीवास्तवले यो भैंसी कहाँबाट आयो भन्ने यकिन नभइसकेको र कसैलाई आक्रमण गर्न सक्ने भएकाले निगरानीमा राखिरहेको जानकारी दिए । ‘घाँटीमा दाम्लो झुण्डिएको छ । भैंसी आतंकित जस्तो देखिन्छ, यताउता दौडिरहेको छ,’ डीएसपी श्रीवास्तवले भने, ‘नाक पनि छेडेको रहेनछ । नाक छेडेको भए पकड्न सजिलो हुन्थ्यो । हामीले अहिले यसलाई वाच मात्र गरिरहेका छौं ।’ अहिले उक्त भैंसी बुद्धनगरस्थित ज्ञान निकेतन स्कुलको कम्पाउण्डभित्र छिरेको छ । भैंसीलाई त्यहीँबाट नियन्त्रणमा लिन प्राविधिक टोली बोलाइएको प्रहरीले जनाएको छ । आज बिहानै...
आज मिति २०८० भदाै ४ गते, साेमवारको हेर्नुहोस् आजको राशिफल

आज मिति २०८० भदाै ४ गते, साेमवारको हेर्नुहोस् आजको राशिफल

Breaking news 2, ट्रेन्डिङ, दैनिक राशिफल
मेष विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ । दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ । वृष आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन् । मेहनत गर्दा अवसर भने पाइनेछ । मिथुन नयाँ व्यवसाय सुरु गर्ने मौका छ । महत्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ । कर्कट प्रयत्न गर्दा भाग्यले साथ दिनेछ । परिवारको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । सिंह रमाइलो यात्राको अवसर जुट्न सक्छ । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ । अप्ठ्यारा कामको बोझ थपिने सम्भावना छ । कन्या सुरुमा केही खर्च लागे पनि सोचेको काम बन्नेछ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । असन्तुलित खानपानले पेटको सम...
नागको पूजा, आराधना गरी आज नागपञ्चमी पर्व मनाइँदै

नागको पूजा, आराधना गरी आज नागपञ्चमी पर्व मनाइँदै

Breaking news 3, ट्रेन्डिङ
काठमाडौँ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यसवर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो । नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । बराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिनमा ...
बाढीले बगाउँदा एक बालक बेपत्ता

बाढीले बगाउँदा एक बालक बेपत्ता

Breaking news 1, ट्रेन्डिङ, समाचार
काठमाडौं । काठमाडौंको सामाखुशीमा बाढीले बगाउँदा एक बालक बेपत्ता भएका छन् । सामाखुशी बस्ने र पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्ने १३ वर्षका साजन मगर बेपत्ता भएका जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी अनिल अधिकारीले जानकारी दिए । विद्यालयबाट फर्किएपछि खेल्न निस्केका उनलाई स्थानीय सानो खोल्सीले बगाएको हो ।उनलाई बगाएको खबर पाएसँगै नेपाल प्रहरीको गोंगबुस्थित प्रभाग, महाराजगञ्ज बृत्त, नेपाल प्रहरी र सशस्त्र प्रहरीको विपद व्यवस्थापनमा खटिने टोलीले खोजी गरिरहेको छ । तर आइतबार साँझसम्म पत्ता नलागेको डीएसपी अधिकारीले जानकारी दिए ।...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर (सूचिसहित)

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर (सूचिसहित)

Breaking news 2, ट्रेन्डिङ, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज साउन ८ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार आज भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०.१५ नेपाली रुपैयाँ रहेको छ । अमेरिकी डलर १ को खरिद दर १३० रुपैयाँ ८२ पैसा र बिक्री दर १३१ रुपैयाँ ४२ पैसा रहेको छ ।  युरो १ को खरिद दर १४५ रुपैयाँ ५४ पैसा र बिक्री दर १४६ रुपैयाँ २० पैसा रहेको छ । पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ २० पैसा र बिक्री दर १६८ रुपैयाँ ९७ पैसा रहेको छ । अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ०२ पैसा र बिक्री दर ८८ रुपैयाँ ४२ पैसा रहेको छ । कतारी रियाल १ को खरिद दर ३५ रुपैयाँ ९१ पैसा र बिक्री दर ३६ रुपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।...
आज देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

आज देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

Breaking news 2, ट्रेन्डिङ, समाचार
काठमाडौँ । आज देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेस र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा/हुरीको पनि सम्भावना रहेको छ। राती भने देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित भारी देखि अति भारी वर्षाको समेत सम्भावना रहेको छ।...
सर्लाहीमा तटबन्ध कस्न खनिएको खाल्डोमा डुबेर दाजुभाईको मृत्यु

सर्लाहीमा तटबन्ध कस्न खनिएको खाल्डोमा डुबेर दाजुभाईको मृत्यु

Breaking news 2, ट्रेन्डिङ, समाचार
पर्सा । सर्लाहीको पर्सा गाउँपालिका–४, जिङ्गडामा नदी नियन्त्रणका लागि खनिएको खाल्डोमा डुबेर दाजुभाईको ज्यान गएको छ । बाँके खोलाको कटान नियन्त्रण गर्न खनिएको खाल्डोमा जमेको पानीमा डुबेर स्थानीय नागेन्द्र महतोका १२ वर्षीय छोरा प्रिन्स र १० वर्षीय दीपुको मृत्यु भएको हो । शनिबार दिउँसोदेखि बेपत्ता भएका दुई बालकलाई स्थानीय भएर खोजी गर्नेक्रममा राति अबेर घरदेखि करिव पाँच सय मिटरको दूरीमा रहेको खाल्डोमा अचेत भइ डुबिरहेको अवस्थामा फेला पारेका थिए । उनीहरुलाई गाउँलेले नै तत्कालै उद्धार गरी प्रादेशिक अस्पताल मलङ्गवा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनायो । दुवै बालकको शव पोष्टमार्टमका लागि मलङ्गवा अस्पतालमै राखिएको सर्लाही प्रहरीका निमित्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए । उनले मृतक बालकको परिवारबाट जाहेरी लिएर घटनाको थप अनुसन्धान प्...
सर्लाहीको हरिवनमा खुकुरीले श्रीमतीको हत्या गरि प्रहरीमा आत्म समर्पण

सर्लाहीको हरिवनमा खुकुरीले श्रीमतीको हत्या गरि प्रहरीमा आत्म समर्पण

Breaking news 1, ट्रेन्डिङ, समाचार
हरिवन । सर्लाहीको हरिवन नगरपालिका–५, घुर्कौलीमा शुक्रबार एक युवकले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । स्थानीय ३५ वर्षीय रामभरोस महतोले श्रीमती ३० वर्षीया नैनकुमारी महतोलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेका हुन् । महतोले घरायसी विवाद हुँदा आवेशमा आइ श्रीमतीमाथि खुकुरी प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । छिमेकीका अनुसार महतो दम्पतिबीच यसअघि देखि नै घरायसी झगडा हुँदै आएको थियो । श्रीमतीको हत्या गरी रामभरोस आफै इलाका प्रहरी कार्यालय हरिवनमा आएर आत्मसमर्पण गरेका छन् । उनलाई हिरासतमा राखी कानूनी कारवाही प्रक्रिया अघि बढाइएको हरिवनका प्रहरी निरीक्षक (इन्स्पेक्टर) शिवराम थापाले बताए । अभियुक्तले कार्यालयमा आएर आत्मसमर्पण गरेपछि प्रहरीले घटनास्थलमा पुगेर मृतक महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको छ ।...
बजेट पास होला कि नहोला भन्ने तरंग थियो, त्यसको अन्त्य भयो : प्रचण्ड

बजेट पास होला कि नहोला भन्ने तरंग थियो, त्यसको अन्त्य भयो : प्रचण्ड

Breaking news 1, ट्रेन्डिङ, राजनीति
गण्डकी ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको सरकार पाँच वर्ष नै चल्ने बताएका छन् । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशद्वारा आज कास्कीको पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘गठबन्धनको सरकार पाँच वर्ष चल्छ । यो कसैले हिलाएर हिल्दैन । हामी समझदारीका साथ अगाडि बढ्छौँ ।’ भ्रष्टाचारविरूद्ध अनुसन्धानको कार्यले थप तीव्रता पाउने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार देशको विकराल समस्या भएको उल्लेख गरे । नक्कली भुटानी शरणार्थी प्रकरण होस् वा ललिता निवास प्रकरण होस्, यसमा सरकार दृढताका साथ सरकार अगाडि बढेको जिकिर गर्दै उनले थप तीव्रताका साथ अघि बढ्ने बताए । ‘बजेट पास होला कि नहोला भन्ने तरङ्ग थियो । विनियोजन विधेयक पारित भइसकेपछि यो तरङ्ग अन्त्य भएको छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘यसपटक हामीले भिन्न ढङ्गले नै काम सुरू गरेका छौँ । यो सामान्य मात्र नभएर विशिष्...
कस्तो रहला आज दिनभरको मौसम ?

कस्तो रहला आज दिनभरको मौसम ?

Breaking news 2, ट्रेन्डिङ
काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज शनिबार देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ। आइतबार पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू९भागका केही स्थानहरू तथा बाँकी भू–भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। ...