Monday, April 20News That Matters

ट्रेन्डिङ

नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध  

नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध  

Breaking news 2, ट्रेन्डिङ
चितवन  ।  नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सोही स्थनामा बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो । पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको सडकमा पुनः पहिरो खसी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । अठ्ठाइस घण्टा लगाएर पहिरो पन्छाएसँगै रोकिएर राखिएका सवारी साधनलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको समयमा पुनः पहिरो खसेसँगै यस सडक भएर यात्रा गर्ने यात्रु अलपत्र परेका छन् । पहिरो पन्छाउने काम सुरु गरिएको छ । सो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी आवतजावत गर्ने गर्दछन् ।...
देशभर वर्षाको सम्भावना, यी चार प्रदेशमा हावाहुरी समेत चल्ने

देशभर वर्षाको सम्भावना, यी चार प्रदेशमा हावाहुरी समेत चल्ने

Breaking news 2, ट्रेन्डिङ
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली  रही कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी,  बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका तराईका एक-दुई स्थानमा हावा हुरीको समेत सम्भावना रहेको छ। राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी,  बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा...
शिव शिखर सहकारीका अध्यक्ष केदारनाथ शर्मा भारतबाट पक्राउ

शिव शिखर सहकारीका अध्यक्ष केदारनाथ शर्मा भारतबाट पक्राउ

Breaking news 1, ट्रेन्डिङ
काठमाडौं । १४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप हिनामिना गरेको आरोप लागेका शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको सीआईबीको टोलीले भारतको मुम्बईबाट पक्राउ गरेको हो । मुम्बईस्थित एक विधायकको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेर उनलाई सोमबार नेपाल ल्याइएको सीआईबी स्रोतले जनायो । २०७७ सालमा भक्तपुरको शिव शिखर कृषि सहकारी र शिखर दीप बहुउद्देश्यीय सहकारी मर्ज भएर शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था बनेको थियो । उनैले मोरङमा तुलसी सहकारी संस्था पनि खोलेका थिए । तर संस्था संकटमा परेपछि अध्यक्ष शर्मा बेपत्ता भएका थिए । शर्मा भारतका कानपुर, बहराइच, लखनउ, मुम्बई लगायतका स्थानमा लुकिछिपी बस्दै आएका थिए । संस्थामा निरन्तर धाइरहे पनि रकम फिर्ता नपाएपछि बचतकर्ताहरुले सीआईबी र सहकारी विभागमा उजुरी दिएका थिए । बचत तथा मुद्दती खाता खोल...
मौसम पूर्वानुमान : यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान : यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

Breaking news 2, ट्रेन्डिङ
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी,  बागमती , गण्डकी र कर्णाली  प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती  प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको  पनि सम्भावना रहेको छ। कोशी प्रदेश र मधेस प्रदेशका धेरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना  रहेको छ। आज राति भने कोशी,  गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-द...
विद्यालय आउजाउ गर्न अब चार घण्टा हिँड्नु पर्दैन

विद्यालय आउजाउ गर्न अब चार घण्टा हिँड्नु पर्दैन

Breaking news 1, ट्रेन्डिङ, शिक्षा
सिन्धुली । सिन्धुलीको मरिणको देउजोरबाट कपिलाकोट माध्यमिक विद्यालय पुग्न पैदल दुई घण्टा लाग्छ। रीतुमाया स्याङ्तानलाई विद्यालय आउजाउ गर्न चार घण्टाको बाटो हिँड्नुपर्छ। विद्यालय जानुअघि एक भारी घाँस काट्नु उनको दैनिकी हो। यसैगरी उनले कक्षा १० सम्मको पढाइ सकाइन्। कक्षा ११ पछि माथिल्लो कक्षा पढ्न मरिण गाउँपालिकाले निःशुल्क साइकल उपलब्ध गराएको छ। विद्यालय आउजाउ गर्न सहजताका लागि स्याङ्तानसँगै स्थानीय खयरसाल मावि र कपिलाकोट माविका कक्षा ११ मा अध्ययनरत एक सय ६० छात्रालाई साइकल वितरण गरिएको छ। “साइकल चलाउनुका फाइदैफाइदा छन्। स्कुल आउजाउ गर्न छिटो हुन्छ, शारीरिक कसरत पनि हुने भयो। यो वातावरणमैत्री पनि छ”, साइकल चलाउन सिक्दै गरेकी स्याङ्तानले भनिन्। रीतुमायालाई विद्यालय आउजाउ गर्न साइकल पाउँदा खुसी लागेको छ। दुःख साइकल चलाउने बाटोे कच्ची भएकामा छ। तल्लो देउजोरबाट माथिल्लो देउजोरसम्म (एक घण्...
महिला हिंसा महिलाको मात्र समस्या होइन : मन्त्री यादव

महिला हिंसा महिलाको मात्र समस्या होइन : मन्त्री यादव

Breaking news 3, ट्रेन्डिङ
एसपी यादव/काठमाडौं : नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री महिन्द्र राय यादवले, महिला हिंसा महिलाको मात्र समस्या नभई समाज, राजनीतिक दल र सिंगो राष्ट्रको समस्या भएको बताए । घर, राजनीतिक दल र राज्यसत्ता सबैतिर महिला हिंसा हुने गरेको बताउदै उनले, महिला हिंसाको समस्या समाधानका लागि सबैले सामूहिक प्रयास गर्नुपर्नेमा जोड दिए । महिला हिंसा विरुद्धको कार्यक्रमहरु बन्द कोठाभित्र गर्दा प्रभावकारी हुन नसकेको भन्दै मन्त्री यादवले ती अभियानहरू अब सडकबाटै सुरु गर्नुपर्ने पनि बताए । महिला हिंसा गाउँघरमा मात्रै नभई सहरी क्षेत्रमा पनि उत्तिकै भएको बताउँदै मन्त्री यादवले समाजलाई सचेत नगराई महिला हिंसाको अन्त्य नहुने बताए । उनले राजनीतिक दलहरूले पनि महिला हिंसाको विरुद्धमा अभियान नै सञ्चालन गर्नुपर्ने उल्लेख गरे । राजनीतिक दलहरूले घोषणापत्रमा लेखेर र भाषण गरेर मात्रै नपुग्ने बताउँदै उनल...
सर्लाहीमा घोडगधाको आतंक, किसान हैरान

सर्लाहीमा घोडगधाको आतंक, किसान हैरान

Breaking news 1, ट्रेन्डिङ
सर्लाही | पछिल्लो समय सर्लाहीका किसानलाई घोडगधाले दुःख दिन थालेका छन्। निलगाई पनि भनिने घोडगधाले बालिनाली खाइदिँदा किसान हैरान छन्।  विशेषगरी जंगल आसपासका खेतबारीमा आएर घोडगधाले बालिनाली खाने गरेको किसानहरुले बताएका छन्। बर्खामा धान, मकै, उखु, कोदो, परवललगायत बालिनाली खाएर हैरान बनाएको घोडगधाले अहिले गहुँ, मसुरो, चना, लहरी, टमाटरजस्ता बालि खाएर दुःख दिने गरेको किसानहरु बताउँछन्।  सर्लाहीमा मात्र नभएर घोडगधाको आतंक महोत्तरी, रौतहटलगायत तराई-मधेशका अरु जिल्लामा पनि छ। गाईगोरुजस्तै ठूलो प्रजातिको र तीव्र गतिमा दौडिन सक्ने पशु भएकाले घोडगधाले एकैपटकमा धेरै बालिनालीमा क्षति पुर्‍याउने गरेको छ।सर्लाहीका ईश्वरपुर, लालबन्दी, हरिवन, बागमती, बरहथवा, हरिपुर, महोत्तरीका बर्दिबास, गौशाला, रौतहटको चन्द्रपुरलगायतका जंगलमा बाक्लो संख्यामा घोडगधा बस्ने गरेका छन्।&nb...
‘चौथो जिनियस म्युजिक अवार्ड’को आवेदन खुला

‘चौथो जिनियस म्युजिक अवार्ड’को आवेदन खुला

ट्रेन्डिङ, मनोरञ्जन, समाचार
आवेदन अनलाइनबाट दिन सकिने काठमाडौं |  पछिल्लोपटक गीतसंगीत तथा कला/साहित्यको क्षेत्रमा बिभिन्न अवार्ड हुदै आइरहेका छन् । यसै सन्धर्भमा विगत लामो समयदेखि हुदै आएको  जिनियस म्युजिक अवार्डको चौथो संस्करणका लागि पनि आयोजकले आवेदन खुला गरीसकेको छ । ‘नेपाली कला, संस्कृति हाम्रो पहिचान, संरक्षण प्रबद्र्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नेपाली कला, भाषा, सांगीतिक क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि क्रियाशील हुँदै कलाकर्मीलाई प्रोत्साहन एवं सम्मान गर्दै उनीहरूको योगदानको कदर गर्नु जिनियस म्युजिक अवार्डको मूल उद्देश्य रहेको जनाइएको छ । जिनियस म्युजिक प्रा.लि.ले आफ्नो आफ्नो स्थापनाको दशौं वर्ष पूरा गरेको सु-अवसर पारेर ‘जिनियस म्युजिक अवार्ड’ स्थापना गरी २०७६ जेठ ११ गते प्रथम ‘जिनियस म्युजिक अवार्ड-२०७५’ सम्पन्न गरेको थियो । यस संस्थाले आफ्नो हरेक वार्षिकोत्स...
क्षयरोगबाट कसैले ज्यान गुमाउन नपरोस् : प्रधानमन्त्री पुष्पकमल दाहाल

क्षयरोगबाट कसैले ज्यान गुमाउन नपरोस् : प्रधानमन्त्री पुष्पकमल दाहाल

Breaking news 1, ट्रेन्डिङ
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्षयरोगबाट कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भनेर कामना गरेका छन् । विश्व क्षयरोग दिवसको अवसरमा आज शुभकामना सन्देश दिंदै उनले उपचाररत क्षयरोगीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् र भनेका छन्, ‘भविष्यमा यस रोगबाट कसैको पनि कालमा मृत्यु नहोस् भन्ने कामना गर्दछु ।’ उनले विगतमा क्षयरोगबाट ज्यान गुमाएकाका परिवारमा समवेदना पनि प्रकट गरेका छन् । प्रधानमन्त्री प्रचण्डले विश्व क्षयरोग दिवसको अवसरमा नेपाल सरकारको तर्फबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा क्षयरोग अन्त्यका लागि गरिएका प्रतिबद्धतालाई पूरा गर्ने प्रतिबद्धता पनि जनाएका छन् । प्रधानमन्त्री प्रचण्डले शुभकामना सन्देशमार्फत् क्षयरोगमुक्त नेपालको निर्माण गर्न संघ, प्रदेश तथा स्थानीय तीनै तहमा उच्चस्तरीय संयन्त्रको व्यवस्था गरी आवश्यक स्रोत र साधनको परिचालन तथा बहुक्षेत्रीय...
<strong>लालबन्दीमा चौथो नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगीता सुरु</strong>

लालबन्दीमा चौथो नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगीता सुरु

खेलकुद, ट्रेन्डिङ, सर्लाही बिशेष
सर्लाही । सर्लाहीको लालबन्दीमा चौथो नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगीता सुरु भएको छ । सोमबार दिउँसो एक औपचारिक कार्यक्रममार्फत प्रतियोगीताको उद्घाटन गरिएको छ । लालबन्दी नगरपालिका वडा नम्बर १ नवलपुरस्थित फुटबल मैदानमा संचालन हुने कार्यक्रमको नगरप्रमुख बासुदेव अधिकारीको अध्यक्षतामा प्रतिनिधिसभा सांसद रामप्रकाश चौधरीले उद्घाटन गर्नुभयो । कार्यक्रममा वडाध्यक्ष हरि बहादुर भट्टराईसहित नगर उपप्रमुख कल्पनामाया पाख्रिन, शिक्षा शाखा प्रमुख लक्ष्मी सिवाकोटि, अन्य वडाका वडाध्यक्षहरु, स्थानिय, शिक्षक, बिद्यार्थी लगाएतको उल्लेख्य उपस्थिती रहेको थियो । नवलपुरको श्री जनता माबिको ब्यवस्थापनमा प्रतियोगीता सम्पन्न हुने शिक्षक बिनोद पौडेलले बताउनुभयो ।...