Monday, April 20News That Matters

ट्रेन्डिङ

हतियारसहित मधेश प्रदेशबाट ५७ जना पक्राउ

हतियारसहित मधेश प्रदेशबाट ५७ जना पक्राउ

Breaking news 3, ट्रेन्डिङ, समाचार
सर्लाही | मधेश प्रदेशको विभिन्न जिल्लाबाट प्रहरीले दुई वर्षको अवधिमा करिब पाँच दर्जन व्यक्तिलाई हतियारसहित नियन्त्रणमा लिएको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरधामले दिएको जानकारी अनुसार चालु आर्थिक वर्ष २०७९।०८० को पुस महिनासम्ममा ८ वटा हतियार नियन्त्रणमा लिएको छ । भने,गत आर्थिक वर्ष २०७८।०७९मा ४९ वटा हतियारसहित व्यक्तिलाई समेत प्रकाउ गरेको थियो । नियन्त्रणमा लिइएको ५७ वटा हतियारमध्ये ४४ वटा कटुवा,पेस्तल लगायतका साना हतियार रहेको छ भने १३ वटा ठूलो हतियार नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी सुमन तिमल्सिनाले बताए । सूरक्षाको दृष्टिकोणले प्रदेशको अत्ति संवेदनशील मानिएको जिल्ला बाराबाट सबभन्दा बढी सानो ठूलो गरी १६ वटा हतियार प्रहरीले नियन्त्रणमा लिएको छ भने सोही अवधिमा सबभन्दा कम महोत्तरी र सप्तरी जिल्लाबाट दुई÷दुई जनालाई हतियारसहित नियन्त्रणमा लिएको प्रवक्ता तिमल्स...
बागमती सेवा समाजका अध्यक्ष कार्कीलाई उत्कृष्ट समाजसेवीको सम्मान

बागमती सेवा समाजका अध्यक्ष कार्कीलाई उत्कृष्ट समाजसेवीको सम्मान

Breaking news 1, ट्रेन्डिङ, समाचार, सर्लाही बिशेष
हरिवन,। हरिवनस्थित बागमती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्की उत्कृष्ट समाजसेवीको रुपमा सम्मानित हुनुभएको छ ।  कार्कीले समाजसेवाको क्षेत्रमा पु¥याउनुभएको योगदानको उच्च मूल्यांकन गर्दै मैनाली सेवा समाज सर्लाहीले आफ्नो नवौं वार्षिक साधारणसभाका अवसरमा कार्कीलाई उत्कृष्ट समाजसेवीको रुपमा सम्मान गरेको हो ।  हरिवन स्थित सम्राट पार्टी प्यालेसमा समाजका जिल्ला अध्यक्ष केदारनाथ मैनालीको अध्यक्षता तथा केन्द्रीय वरिष्ठ उपाध्यक्ष कपिलमुनि मैनालीको प्रमुख आतिथ्यतामा भएको साधारणसभाका अवसरमा समाजसेवी कार्कीलाई सभाध्यक्ष, प्रमुख अतिथीसहित विशिष्ट अतिथी हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकीले नगदसहित दोसल्ला ओढाई सम्मान पत्रबाट सम्मान गर्नुभएको मैनाली सेवा समाज सर्लाहीले जनाएको छ ।  मैनाली सेवा समाजले बागमती सेवा समाजको अध्यक्ष हुनुभन्दा अगाडिकै समयदेखि सम्मानित व्यक्तित्व भरत कुमार ...
निर्मला हत्या प्रकरणको अनुसन्धान ब्यूँतियो, डीआईजीको नेतृत्वमा नयाँ समिति गठन

निर्मला हत्या प्रकरणको अनुसन्धान ब्यूँतियो, डीआईजीको नेतृत्वमा नयाँ समिति गठन

Breaking news 3, ट्रेन्डिङ, समाचार
काठमाडौं । निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटना अनुसन्धान गर्न पुनः समिति गठन गरिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत डिआइजी दुर्गा सिंहको नेतृत्वमा अनुसन्धान समिति गठन गरिएको प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतले बताए । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेपछि निर्मला पन्तको हत्याबारे न्यायिक छानबिन गर्ने पहिलो निर्णय गरेका थिए । मन्त्रीको निर्देशनमा शुक्रवार समिति गठन गरिएको प्रहरी प्रधान कार्यालयका अधिकारीहरू बताउँछन् । समितिमा सिआईबीमा कार्यरत एसपी कमल थापा र मनोचिकित्सक डा। राजेश दत्त सदस्य छन् । २०७५ साउन १० मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्टाखाम घर भएकी निर्मलाको हत्या भएको थियो । १३ वर्षीया पन्तको बलात्कार र हत्या आरोपमा पक्राउ गरिएका विष्ट डिएनए नमिलेपछि रिहा भएका थिए । निर्मलाको हत्या भएको २५ दिनपछि प्रहरीले दिलिपसिंह विष्टलाई समातेर स...
सन्तोष पन्तकोको ` चिसो सिरानी ´ सार्वजनिक ( भिडियो सहित )

सन्तोष पन्तकोको ` चिसो सिरानी ´ सार्वजनिक ( भिडियो सहित )

ट्रेन्डिङ, मनोरञ्जन
निराज रानाभाट , चितवन : सन्तोष पन्तको शब्द रहेको ` चिसो सिरानी ´ पुस १५ गते , शुक्रबार ( अाज ) सार्वजनिक भएको छ । उक्त गीतमा चर्चित गायक विक्रम परियार र चर्चित गायिका सुनिता बुढा क्षेत्रीकाे स्वर रहेको छ । उक्त गीतमा सन्तोष पन्त र शंकर पन्तको शब्द रहेको छ भने , शंकर पन्तकाे संगीत रहेको छ । त्यस्तै , उक्त गीतमा सन्तोष पन्त र खुसी थापाको अभिनय रहेको छ । गीतको कथा तथा निर्देशन जेरी भण्डारीले गरेको छन् , भने करण Chaisir काे सिनेमाटोग्राफर रहेको छ । त्यसैगरी , उक्त गीतकाे एरेन्ज सुनिल परियारले गरेका छन । गीतमा मिक्स तथा मास्टर खडक बाजुलारी रहेका छन् । गीतको सम्पादन सुजन कोइरालाले गरेका छन् । गीत शुक्रबार ( अाज ) सन्तोष पन्त युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । उक्त गीतमा मिडिया पार्टनरकाे रूपमा हाम्रो सर्लाही लगायत अन्य विभिन्न अनलाइन मिडिया रहेका छन । https://youtu.be/...
एमडिएमएस लागू, भन्सार घोषणा नभएका मोबाइल आजदेखि नचल्ने

एमडिएमएस लागू, भन्सार घोषणा नभएका मोबाइल आजदेखि नचल्ने

Breaking news 3, ट्रेन्डिङ, समाचार
 काठमाडौं । भन्सार घोषणा नभएका मोबाइल सेटहरु आजदेखि नचल्ने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले आज १५ पुसदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) पूर्णरूपमा कार्यान्वयनमा ल्याएकाले भन्सारबाट जाँचपास विना लुकिछिपी भित्राइएका मोबाइल सेटहरु नचल्ने भएका हुन् । मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न तथा चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ र ब्लकिङ गर्न प्राधिकरणले एमडिएमएस लागू गरिएको जनाएको छ । विदेशबाट आउने नेपालीले निजी प्रयोगका लागि आफ्नो साथमा ल्याएका तर एमडिएमएस प्रणालीमा दर्ता नभएका वा गएको भदौ महिनाभन्दा अघि प्रयोगमा नरहेका मोबाइल सेटहरू अब नचल्ने प्राधिकरणले जनाएको छ । नियमानुसार भन्सारमा घोषणा नभएको मोबाइल फोन सेट यही पुस १५ गतेभित्र दर्ता गर्न प्राधिकरणले यसअघि सूचना जारी गरेर आह्वान गरेको थियो । ...
क्यासनेप हब एप र वेबसाईट केही दिन अगाडिदेखि सर्वसाधारणको लागि अनौपचारिक रुपमा लन्च

क्यासनेप हब एप र वेबसाईट केही दिन अगाडिदेखि सर्वसाधारणको लागि अनौपचारिक रुपमा लन्च

Breaking news 2, ट्रेन्डिङ, समाचार
निराज रानाभाट , काठमाडौं : क्यासनेप हब एप र वेबसाईट केही दिन अगाडिदेखि सर्वसाधारणको लागि अनौपचारिक रुपमा लन्च गरिएको थियो । उक्त एप र वेबसाईटमा अहिले करिब २३ हजार प्रयोगकर्ताहरुले रजिस्ट्रर गरेका छन भने २१ हजार भन्दा बढिले एप डाउनलोड गरेका छन् । गुगल प्लेस्टोरमा ४.५ मूल्याङ्कन रहेको अधिकाशहरुको कमेन्ट सकारात्मक साथै शुभ - कामना सन्देश समेत दिएका छन । केही प्रतिशत प्रयोगकर्ताहरुले ढिलो चलेको गुनासो राखेका छन् । ७८ लाख भन्दा बढी लाईक , ८ लाख भन्दा बढी कमेन्ट र ५ लाख पोष्टहरु अप्लोड गरेका छन् । एप र वेबसाईट अहिले परिक्षणकालको लागि लन्च गरिएको थियो , तर धेरै प्रयोगकर्ताहरुले जोडिएको कारणले अहिले ढिलो चलेको जस्तो महसुस भैरहेको क्यासनेपले बताएको छ। अझै गुणस्तरीय प्लार्टफर्म बनाउने तिर क्यासनेप गृहकार्य गर्दैछ । क्यासनेप अनलाईन अर्निङ प्लाटफर्म अन्तर्गत दैनिक कमाई साथै मनोरन्जन समेत हुने क्यास...
ईश्वरपुर र हरिपुरका विपन्न नागरिकहरुलाई न्यायाे कपडा वितरण

ईश्वरपुर र हरिपुरका विपन्न नागरिकहरुलाई न्यायाे कपडा वितरण

Breaking news 1, ट्रेन्डिङ, सर्लाही बिशेष
ईश्वरपुर | कठ्यांग्रीदो चिसोमा ईश्वरपुर नगरपालिकाका बिपन्न परिवारलाई न्यानो कपडा विरतण गरिएको छ । शनिवार वडा नम्बर १, ३ र ९ का बिपन्न परिवारलाई नगरप्रमुख मनोज कुमार आचार्यको बिशेष पहलमा बागमति सेवा समाजले न्यानो कपडा बितरण गरेको हो । विपद्को क्षेत्रमा सक्रिय संस्था बागमती सेवा समाज नेपाल हरिवनले इस्लामिक रिलिफ नेपाल काठमाडौँसँग सहकार्य गरी बिपन्न परिवारलाई न्यानो कपडासहित अन्य सामाग्री बितरण गरेको बागमति सेवा समाजले जनाएको छ । चिसोका कारण केहिको मृत्यु समेत भईसकेको हरिपुर नगरपालिकाका बिभिन्न वडामा पनि बागमति सेवा समाजले न्यानो कपडा बितरण गर्दै छ । बिपन्नलाई प्रति परिवार करिव साँढे आठ हजार बराबरको न्यानो कपडा वितरण भईरहेको वागमती सेवा समाज नेपालका कार्यक्रम निर्देशक निरज भण्डारीले जानकारी दिए । उनिहरुलाई कम्बल, सिरक, झुल, मोजा, टोपी लगायत चिसोमा लगाउने न्यानो कपडा वितरण गरिँदै छ । ...
सर्लाहीमा आगो ताप्ने क्रममा जलेर महिलाको मृत्यु

सर्लाहीमा आगो ताप्ने क्रममा जलेर महिलाको मृत्यु

Breaking news 2, ट्रेन्डिङ, सर्लाही बिशेष
हरिव | सर्लाहीको हरिवमा आगो ताप्नेक्रममा जलेर एकजनाको मृत्यु भएको छ। हरिवन नगरपालिका–३ स्थित तुलसी हुमागाईले संचालन गरेको चिरान मिलमा आगो ताप्ने क्रममा जलेर सोही ठाउँकी ५५ वर्षीया गोरीमाया रखालको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। गोरीमायाका पति टिकाराम रखाल सोही चिरान मिलमा कामदार छन्। उनी पतिले काम गरेको ठाउँमा गएर आगो ताप्ने क्रममा घटना भएको हो। बिहीबार बिहान मिलभित्र आगो तापिरहेको अबस्थामा अचानक शरीरको कपडामा आगो सल्किँदा उनी गम्भीर घाइते भएकी थिइन्। तत्कालै उनलाई उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। उपचारको क्रममा दिउँसो उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी विजय यादवले जानकारी दिए। गोरीमायाको शव अहिले अस्पतालमै छ। बिहीबार बिहानदेखि तराईका जिल्लामा बाक्लो हुस्सु लाग्दा चिसो अत्यधिक बढेको छ। नेपालखबर...
तारा एअरकाे जहाजमा चिल ठाेक्कियाे

तारा एअरकाे जहाजमा चिल ठाेक्कियाे

Breaking news 1, ट्रेन्डिङ, समाचार
हुम्लामा तारा एअरको ट्विनअटर जहाजमा चिल ठोक्किएको छ । नेपालगञ्जबाट हुम्लाको सिमकोटका लागि उडेको जहाज मने लेक नजिकै पुग्दा चिल ठोक्किएको हो । अवतरण हुन दुई मिनेट बाँकी छँदा चिल ठोक्किए पनि जहाज सुरक्षितरूपमा सिमकोटमा अवतरण भएको छ । चामल बोकेर उडेको जहाजमा चालक दलका तीन जना सदस्य थिए । चिल ठोक्किएपछि जहाजको अगाडिको टुप्पो अर्थात् नोजमा क्षति पुगेको छ, चिल नोजभित्रै अड्किएको छ । जहाज मर्मतका लागि तारा एअरले काठमाण्डौबाट प्राविधिक पठाउने तयारी गरेको छ ।...
दार्चुलाको नेपाल–भारत सीमा क्षेत्रमा आवतजावत सुरु, दुवै देशका अधिकारीबीच छलफल

दार्चुलाको नेपाल–भारत सीमा क्षेत्रमा आवतजावत सुरु, दुवै देशका अधिकारीबीच छलफल

Breaking news 1, ट्रेन्डिङ, समाचार
भारतले महाकालीमा बनाउँदै गरेको तटबन्धबारे प्राविधिक अध्ययन गर्ने सहमति दार्चुलाको सदरमुकाम खलङ्गालाई जोखिममा पार्ने गरी भारतले महाकाली नदीमा तटबन्ध निर्माण गरेपछि दिउँसो नेपाल–भारत सीमा क्षेत्रमा भएको विवाद अहिले समाधान भएको छ ।   नेपाली नागरिकले तटबन्धको विरोध गर्दा भारतीय पक्षले ढुङ्गा हानेको भन्दै दिउँसो पुलमासमेत आवतजावत बन्द गरिएको थियो । दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय र भारतको धार्चुलाका एसडीएमबीच कुराकानी भएपछि पुलमा आवतजावत सुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयाे । दुवै देशका सरकारी कर्मचारीबीच भएको छलफलमा प्राविधिक टोलीले अध्ययन गरेपछि मात्रै भारतले तटबन्धन निर्माण गर्ने सहमति भएपछि सीमा नाका खुला गरिएको उहाँले बताउनुभयो । भारतले नेपालतर्फ महाकाली नदीको धार फर्काउने गरेर तटबन्ध ...