आज मिति २०८० वैशाख ८ गते शुक्रवारको , हेर्नुहोस् आजको राशिफल
मेषरमाइलो दिन छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्ने छ। बिछोडिएका परिवारजनसँग भेटघाट हुने छ। मिहिनेतले काममा सफलता दिलाउने छ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिने छ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।
बृषआकस्मिक खर्च बढ्ने छ भने आम्दानी कम हुने छ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। टाढाको यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ। छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। भविष्यका लागि केही वस्तु त्याग्नुपर्ला। सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ।
मिथुनदैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुने छ। आम्दानी बढ्नाले उत्साह जाग्ने छ। श्रमको उचित मूल्य पाइने छ। दिगो फाइदा हुने काम प्रारम्भ होला। साझेदारीबाट पनि फाइदा ...

