आज २०८० असार १२ गते मंगलवारको राशिफल संगै चमेलि माईको दर्शन गरौँ !
मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
काम गर्न केही समय लागे पनि पहिलेको सफलताले हौसला जगाउनेछ। रमाइलो भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। तर आशा देखाउनेहरूको भरपर्दा धोका पाइएला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। नाम र दामका लागि गरिएको प्रयास व्यर्थ हुन सक्छ। आलोचकहरूले कमजोरी औंल्याउने हुँदा सम्भावित संकट भने टार्न सकिनेछ।
वृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला। थैलीको मुख बलियो नहुँदा धनमाल हराउन सक्छ। काम बिग्रनाले क्षति वा घाटा हुन सक्छ। भैपरी आउने समस्याले खर्च गराउनेछ। उठ्नुपर्ने रकम तत्काल उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ। पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ। आफन्तबाट टाढिनुपरे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ।
मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
आम्दानी मनग्गे हुनेछ तर फजुल खर्च बढ्नाले ...