देशका ७७ जिल्लामध्ये माओवादीले सर्लाहीबाट सबैभन्दा धेरै समानुपातिक मत पायो
सर्लाही | प्रतिनिधिसभा समानुपातिकतर्फ अहिलेसम्म कूल ११ लाख ६२ हजार १ सय २४ मत पाएको नेकपा माओवादी केन्द्रले जिल्लागत रूपमा सबैभन्दा धेरै मत सर्लाहीबाट प्राप्त गरेको छ।
देशका ७७ जिल्लामध्ये सबैभन्दा धेरै मत सर्लाहीबाट पाएको माओवादी केन्द्रले सबैभन्दा कम मत मनाङमा पाएको छ। मनाङबाट माओवादी केन्द्रले १ सय ३३ मत मात्रै प्राप्त गरेको छ।
सर्लाहीमा समानुपातिकतर्फ माओवादी केन्द्रले एमालेले भन्दा धेरै मत प्राप्त गरेको हो।
पहिलो स्थानमा रहेको कांग्रेसले सर्लाहीमा ४८ हजार ३ सय ३७ समानुपातिक मत पाउँदा दोस्रो स्थानमा रहेको माओवादी केन्द्रले ४५ हजार ६ सय २६ मत पाएको छ। एमालेले सर्लाहीमा माओवादीको भन्दा ७ हजार कम मत पाएको छ। एमालले सर्लाहीबाट ३८ हजार ३ सय १३ मत मात्रै प्राप्त गरेको हो।
गोरखा, रुकुम पश्चिम, कालिकोट र रोल्पा जिल्लामा समानुपातिकतर्फ माओवादी केन्द्रले पहिलो मत प...








