Monday, April 20News That Matters

समाचार

उत्कृष्ट टिकटक बनाउनेलाई ५० हजार पुरस्कार दिने निर्वाचन आयोगको घोषणा

उत्कृष्ट टिकटक बनाउनेलाई ५० हजार पुरस्कार दिने निर्वाचन आयोगको घोषणा

ट्रेन्डिङ, समाचार
काठमाण्डौ | आउँदो चुनावका लागि उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई निर्वाचन आयोगले पुरस्कृत गर्ने घोषणा गरेको छ । निर्वाचन प्रचारप्रसार, निर्वाचन आचारसंहिता तथा निर्वाचन शिक्षाजस्ता विषयमा आधारित उत्कृष्ट टिकटक भिडियो बनाउन आह्वान गर्दै आयोगले प्राप्त उत्कृष्ट भिडियोलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।  टिकटक भिडियो प्रतियोगितामा सहभागी हुनेले २० सेकेण्डदेखि एक मिनेटसम्मको भिडियो बनाएर आउँदो १५ गतेभित्र पठाइसक्नुपर्ने छ ।  आयोगले प्राप्त भएकामध्ये उत्कृष्ट पाँच भिडियोलाई जनही ५० हजार रुपैयाँका दरले पुरस्कृत गर्ने जनाएको छ । उनीहरुलाई प्रशंसापत्रसमेत प्रदान गरिने बताइएको छ ।...
बिरोध खतिवडाको बदमासिमा महेश बर्तौलाले मागे माफी

बिरोध खतिवडाको बदमासिमा महेश बर्तौलाले मागे माफी

Breaking news 1, ट्रेन्डिङ, समाचार
हेटौंडा । नेकपा एमालेका बागमती प्रदेशका उपसचिब तथा एमालेका तर्फबाट मकवानपुर क्षेत्र नम्बर–२ का उम्मेदवार महेश कुमार बर्तौलाले २०७४ सालको निर्वाचन जितेर जनतासंग बेखबर हुने, पार्टी माथी धोका दिएर पार्टी फोर्ने कार्य गरेको भन्दै बिरोध खतिवडाको बदमासिको आज मनहरिमा माफि मागेका छन् । एमाले मनहरी गाउँपालिका कमिटीको अयोजनामा भएको कार्यक्रलममा बोल्दै बर्तौलाले मनहरीका मतदाताहरुसंग खतिवडाले गरेको गल्तिका विषयमा माफी समेत माग्नुभयो । कार्यक्रममा बोल्दै बर्तौलाले आफू स्कुले जीवन देखि बिद्यार्थी राजनीति गरेको र पहिलो पटक जनताको बिचमा मत माग्न आएको बताउनुभयो । युवा उम्मेदवार बर्तौलाले आफुलाई जनताले बिश्वासको मत दिएर जिताएको खण्डमा असाधारण काम गरेर देखाउने र युवाले जित्दा कस्तो काम गर्छ भन्ने सबैले महसुस गर्नेगरि काम गर्ने बताउनु भयो । आफ्नो निर्वाचन क्षेत्रको राक्सिाराङ र कैलासमा एक टुक्रा पनि काल...
चन्द्रनगरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

चन्द्रनगरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

समाचार, स्थानीय
चन्द्रनगर । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा शुभ दिपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष राजकुमार महतोले पहिलोपटक चन्द्रनगर गाउँवासी सँग दिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम गरे पछि स्थानीयहरु खुसि भएको छ । शनिवार चनद्रनगर गाउँपालिकाको आयोजना तथा गाउँपालिका अध्यक्ष राजकुमार महतोको अध्यक्षतामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको कार्यक्रमको उदघोषक पच्चुलाल माझीले जानकारी दिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै अध्यक्ष महतोले चन्द्रनगर गाउँपालिकामा धेरै परिवर्तन गर्नु छ, त्यो क्रमबद्ध रुपमा सुरु गरको छु बताउनुभयो । अहिले मरिचमान माविमा प्लस टु संचालित गरेको छु,शिक्षा क्षेत्रमा क्रमिक रुपमा नयाँ तरिकाले परिवर्तनको काम भैरहेको गाउँपालिका अध्यक्ष महतोले बताउनु भयो । यसैगरी नेपाल सरकारले स्था...
कमेडियन अपूर्व क्षितिज सिंहलाई धरौटीमा छाड्न आदेश

कमेडियन अपूर्व क्षितिज सिंहलाई धरौटीमा छाड्न आदेश

समाचार
काठमाडौं । काठमाडौं जिल्ला अदालतले कमेडियन अपूर्व क्षितिज सिंहलाई छाड्न आदेश दिएको छ । बिहीबार न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले थुनछेक बहसपछि उनलाई २ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिनुभयो। युट्युबमा स्ट्याण्ड अप कमेडी शो ‘कमेडी सर्कल’ सञ्चालन गर्दै आएका उनले नेवाः समुदायलाई होच्याउने गरी विषयवस्तु प्रशारण गरेको भन्दै उजुरी परेपछि उनी पक्राउ परेका थिए । उनीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले सार्वजनिक शान्तिविरुद्धको कसूर, जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी र सामाजिक रीतिस्थितिमा खललसम्बन्धी कसूरमा अभियोगपत्र दायर गरेको थियो ।...
राक्सिराङमा गठबन्धनकाे कार्यकर्ता भेला: मन र मत मिलाए फेरि प्रतिगमन भाेग्न पर्दैन’

राक्सिराङमा गठबन्धनकाे कार्यकर्ता भेला: मन र मत मिलाए फेरि प्रतिगमन भाेग्न पर्दैन’

Breaking news 2, ट्रेन्डिङ, समाचार
हेटाैंडा- कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितकाे लाेकतान्त्रिक बाम गठबन्धनले मकवानपुरकाे राक्सिराङ गाउँपालिकामा निर्वाचन केन्द्रित कार्यकर्ता भेलाकाे आयाेजना गरेकाे छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउने अभियानका साथ बिहीबार राक्सिराङ ३ स्थित सरिखेतमा भेला गरिएकाे हाे । भेलामा सहभागी उम्मेदवार तथा दलका नेताहरुले आगामी निर्वाचनमा गठबन्धन दलबाट उम्मेदवार बनेकाहरुलाई प्रतिवद्ध बनी मतदान गर्न आग्रह गरेका थिए । मन र मत मिलाएर गठबन्धनका उम्मेदवार बिजयी गराएमा आगामी दिनका प्रतिगमनकाे खतरा नहुने धारणा नेताहरुले राखेका थिए ।कार्यक्रममा बाेल्दै मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार विराेध खतिवडाले मुलुकमा लामाे संघर्षपछि प्राप्त संविधान, गणतन्त्र र संघीयताकाे रक्षाकाे लागि आगामी निर्वाचनमा गठबन्धनलाई विजयी गराउनु...
नेपाली चलचित्र ‘ के घर के डेरा ’ आजदेखि देशभर प्रदर्शन हुँदै

नेपाली चलचित्र ‘ के घर के डेरा ’ आजदेखि देशभर प्रदर्शन हुँदै

Breaking news 3, ट्रेन्डिङ, मनोरञ्जन, समाचार
निराज रानाभाट , काठमाडौं : दीपेन्द्र के खनाल निर्देशित नेपाली चलचित्र ‘ के घर के डेरा ’ कार्तिक ०४ गते , शुक्रबार ( अाज ) देखि देशभर प्रदर्शन हुँदै छ । चलचित्रका लागि बुधबारबाट मल्टिप्लेक्सले बुकिङ खुला गरेका छन् । फिल्मले मल्टिप्लेक्स हलमा उच्च शो पाएको छ । नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले मात्रै देशभरका आफ्ना आउटलेटमा ३८ शोज दिएको छ । यस्तै , वान सिनेमाजले ६ , रञ्जना सिनेप्लेक्सले ४ , बिग मुभिजले ३ , आईएनआई सिनेमाजले ६ , बिएसआर मुभिजले ३ , एफक्युबले ३ शो दिएको छ । चलचित्रको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् । चलचित्रमा दयाहाङ राई , सुरक्षा पन्त , विपीन कार्की , वर्षा राउत , रवीन्द्र झा , लक्ष्मी गिरी , कोसिस क्षेत्री , अशान्त शर्मा , प्रभाकर न्यौपाने , सरोज अर्याल , भोलाराज सापकोटा , घनश्याम जोशी , आयुषा ढकाल लगायतको अभिनय छ । सिंगे लामाको कथा रहेको फिल...
सर्लाहीमा सहकारी प्रमुखमाथि गोली प्रहार गरेको आरोपमा ४ जना पक्राउ

सर्लाहीमा सहकारी प्रमुखमाथि गोली प्रहार गरेको आरोपमा ४ जना पक्राउ

ट्रेन्डिङ, समाचार
बागमती । सर्लाहीको बागमती नगरपालिका–१ मिलनचोकस्थित सगुन बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्र प्रमुखमाथि गोली प्रहार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीनजना भारतीय छन् भने एक जना नेपाली रहेका छन् । रकम लुटपाट गर्ने उद्देश्यका साथ सहकारी प्रमुखमाथि गोली प्रहार गरी भारतीय नम्बरको मोटरसाइकलमा भागेका तीन जनालाई प्रहरीले नेपाल–भारत सीमाबाट बुधबार राति नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा भारतको बिहार राज्यका १९ वर्षीय आलोक सिंह, १९ वर्षीय सौरभकुमार यादव र १९ वर्षीय गुलसन कुमार सिंह रहेका छन् । घटनाको मुख्य योजनाकार एवं सहयोगी सर्लाहीको धनकौल गाउँपालिका–१ का ३२ वर्षीय डिजे भन्ने धीरेन्द्र सहनीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार बिहान घटना पश्चात प्रदेश प्रहरी कार्यालय जनकपुरबाट प्रहरी निरीक्षक उमाशंकर साहको नेतृत्वमा खटिएको टोलीले बलरा नगरपाल...
उपमेयर घलान र वडा अध्यक्ष रेजाले गरे रेडियो सर्लाहीको निरीक्षण

उपमेयर घलान र वडा अध्यक्ष रेजाले गरे रेडियो सर्लाहीको निरीक्षण

समाचार, स्थानीय
हरिवन । हरिवन नगरपालिकाकी उपमेयर हरिमाया घलान र वडा नम्बर ११ का वडा अध्यक्ष शेख मेहबुब रेजाले रेडियो सर्लाहीको अनुगमन तथा निरीक्षण गर्नुभएको छ । हरिवन नगरपालिका ११ स्थित बजारमा रहेको जिल्लाकै पहिलो रेडियोको पहिचान बनाएको सामुदायिक रेडियो सर्लाहीको अनुगमन तथा निरीक्षण गर्नुहुँदै उपमेयर घलान र वडा अध्यक्ष रेजाले रेडियोको भौतिक संरचना निर्माण र गुणस्तर सुधारमा आवश्यक सम्पूर्ण सहयोग नगरपालिकाले गर्ने प्रतिवद्धता जनाउनुभएको छ । तिहार, छठ तथा अन्य पर्वको शुभकामना आदान प्रदानसहित उहाँहरुलाई स्वागत तथा सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपमेयर घलानले सामुदायिक रेडियो सर्लाही हरिवनको मात्र नभई जिल्लाकै सम्पति भएकोले यसको संरक्षण गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले स्थानीय सरकारका गतिविधि तथा देशविदेशका सूचना नगर तथा जिल्लावासीलाई सुसुचित गराउन विगत देखि नै रेडियोले खेलेको भू...
माधव नेपाललाई आयोगको स्पष्टीकरण, कारबाही गर्न प्रहरीलाई पनि पत्र

माधव नेपाललाई आयोगको स्पष्टीकरण, कारबाही गर्न प्रहरीलाई पनि पत्र

Breaking news 3, ट्रेन्डिङ, समाचार
काठमाण्डाै – निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग २४ घण्टे स्पष्टीकरण सोधेको छ । रौतहटमा चुनाव प्रचारका क्रममा मतदातालाई प्रभावित पार्ने गरी 'फ्री भिसा, फ्री टिकट' को बारेमा दिएको अभिव्यक्ति निर्वाचन आचारसंहिता विपरीत भएकाले स्पष्टीकरण सोधेको निर्वाचन आयोगले जनाएको छ ।  स्पष्टीकरणसँगै आयोगले जिल्ला प्रहरी कार्यालय रौतहटलाई कारबाही प्रक्रिया अगाडि बढाउनसमेत पत्र लेखिसकेको छ । आयोगले नेपाललाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न भने पनि रौतहट जिल्ला प्रहरी कार्यालयलाई आजै पत्र लेखेर कारबाही प्रक्रिया अगाडि बढाउन पनि भनेको छ । आफूहरूले चुनाव जितेमा विदेश जाने युवालाई 'फ्री भिसा फ्री टिकट' को व्यवस्था गर्ने अभिव्यक्ति दिएका कारण नेपाललाई आयोगले स्पष्टीकरण सोधेको हो । सामाजिक सञ्जालमा सार्वजनिक भएको वक्तव्य माधव नेपालकै भएको उल्लेख गर्दै आयोगले नेपालवि...
आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

ट्रेन्डिङ, समाचार
सर्लाही । हाल देशका पश्चिमी भू–भागमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको महाशाखाले जानकारी दियो । आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा र बाँकी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। राती देशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। भोलि पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।...