दोस्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७९ को ग्रान्ड फिनाले हुँदै
निराज रानाभाट , काठमाडौं : गत असोजको पहिलो साता हुने भनिएको ‘ दोश्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७९ ’ अब यहीँ कार्तिक २१ गते , साेमबार , राजधानी काठमाडौंको जमलस्थित राष्ट्रिय नाच घरमा हुने भनिएको छ ।
यस अघि यो अवार्ड रशियन कल्चरल सेन्टरमा हुने भनिएकोमा अब यसको ग्रान्ड फिनाले काठमाडौंको जमलस्थित राष्ट्रिय नाच घरमा आयोजन हुने आयोजक संस्थाले जनाएको छ ।
यो अवार्डको गत भदौमा मनोनयन सार्वजनिक गरिएको थियो । सोही कार्यक्रममा यो अवार्ड असोजको पहिलो साता आयोजना गरिने घोषणा गरिएको थियो , तर त्यतिबेला काठमाडौंमा डेंगोको महामारी फैलियो । आयोजक टिम समेत डेंगोबाट प्रभावित भएपछि यो अवार्ड त्यतिबेला स्थगित गरिएको थियो । अब भने कार्तिक २१ गते अवार्ड प्रदान समारोह गर्न लागिएको आयोजक संस्था क्वालिटी फिल्मस्का अध्यक्ष उमेश गुरुङले बताएका छन । उनका अनुसार यसपटक विभिन्न ४० विधामा यो अवार्ड प्रदान गरिने...



