Monday, April 20News That Matters

समाचार

आज सार्वजनिक बिदा

आज सार्वजनिक बिदा

Breaking news 1, ट्रेन्डिङ, समाचार
सरकारले आज सार्वजनिक बिदा दिएको छ। आइतबार निधन भएका शताब्दी पुरूष सत्यमोहन जोशीको निधनमा शोक मनाउन मंगलबार देशभरि सार्वजनिक बिदा दिएको हो।  गृह मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै जोशीको निधनको शोकमा नेपाल राज्यभरिका सबै  सरकारी कार्यालय, सार्वजनिक संघ-संस्थाहरू विदेशस्थित कूटनीतिक नियोगहरूमा मंगलबार बिदा दिने निर्णय भएको जानकारी दिएको छ।  आज नेपालको राष्ट्रिय झन्डा झुकाउने पनि निर्णय भएको गृहको विज्ञप्तिमा उल्लेख गरिएको छ। १०३ वर्षीय जोशी आइतबार बिहान उपचारको क्रममा किस्ट अस्पतालमा निधन भएको थियो।...
चुनाव प्रचारका लागि टाँगिएका ब्यानर तत्काल हटाउन निर्वाचन आयोगको निर्देशन

चुनाव प्रचारका लागि टाँगिएका ब्यानर तत्काल हटाउन निर्वाचन आयोगको निर्देशन

समाचार, सर्लाही बिशेष
काठमाण्डाै | निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका लागि टाँगिएका ब्यानरहरू तत्काल हटाउने निर्देशन दिन प्रमुख जिल्ला अधिकारीहरूलाई आग्रह गरेको छ ।  आज सोमवार देशभरका प्रमुख जिल्ला अधिकारीहरूसँग गृह मन्त्रालयबाट भएको भर्चुअल बैठकमार्फत निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले यस्तो निर्देशन दिनुभएको हो । उहाँले उम्मेदवारहरूले विभिन्न ठाउँमा ब्यानर टाँगेर प्रचारप्रसार गरिरहेको जानकारी आएको भन्दै त्यस्तो काम नगर्न अनुरोध गर्नुभयो । उहाँले ब्यानरको दुरुपयोग भइरहेकाले सम्बन्धित उम्मेदवारहरूलाई ब्यानर हटाउन निर्देशन दिन प्रमुख जिल्ला अधिकारीहरूलाई आग्रह गर्नुभयो ।  सम्बन्धित उम्मेदवारले ब्यानर आफूले टाँगेको हो भनि स्वीकार नगरेको खण्डमा जुन चुनाव चिह्नकाे प्रयोग भएको छ त्यही उम्मेदवारले टाँगेको मानेर कारबाही गराउने आचारसंहितामा उल्लेख भएकाले त्यहीअनुसार काम गर्न पनि आयोगका सचिव दुवाडीले आ...
२४ घण्टामा ४६ जनामा काेराेना पुष्टि

२४ घण्टामा ४६ जनामा काेराेना पुष्टि

समाचार
काठमाण्डाै | पछिल्लो २४ घण्टामा ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ । पीसीआर र एन्टिजेन गरी दुई हजार दुई सय ८७ जनाको नमुना परीक्षण गर्दा ४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा १७ जना काेराेना संक्रमित निको भएका छन् । नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या सात सय ११ जना पुगेको छ । यस्तै थप २३ हजार नौ सय ७२ जनाले कोरोनाविरुद्धको खोप लगाएको विवरण प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ...
सत्यमाेहन जाेशीकाे निधनकाे शाेकमा भाेलि सार्वजनिक बिदा

सत्यमाेहन जाेशीकाे निधनकाे शाेकमा भाेलि सार्वजनिक बिदा

समाचार
काठमाण्डाै l सरकारले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा भाेलि मङ्गलवार सार्वजनिक बिदा दिएको  छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आज साेमवार एक विज्ञप्ति निकालेर भाेलि मङ्गलवार कात्तिक १ गते जाेशीकाे निधनकाे शाेकमा देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभयो । शताबी पुरुष जोशीको एक सय तीन वर्षको उमेरमा हिजो आइतवार बिहान निधन भएको थियो । उहाँको निधनको शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक सङ्घ–संस्था र विदेशमा रहेका कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको पोखरेलले बताउनुभयो । ...
एमालेसङ्ग सद्भाव र आत्मीयता छ: कमल थापा

एमालेसङ्ग सद्भाव र आत्मीयता छ: कमल थापा

Breaking news 3, ट्रेन्डिङ, राजनीति, समाचार
हेटौंडा,३१ असोज | मकवानपुर क्षेत्र नम्बर १ का उम्मेद्बार कमल थापाले एमालेसङ्ग सद्भाव र आत्मियता निरन्तर रहेको बताउनुभएको छ । नेकपा एमालेको तर्फबाट सुर्य चिन्ह लिएर चुनावी मैदानमा उत्रन पाउनु आफ्नो लागि सौभाग्य रहेको थापाको भनाई थियो ।आज हेटौंडा ५ र ६ को भिन्न भिन्नै समयमा नेकपा एमालेको प्रचार प्रसार कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै एमाले सङ्गको सहकार्य चुनाव जित्ने मात्र नभई देशको आवश्यकताका कारण भएको भनाई राख्नुभयो ।बाह्य शक्तिको चलखेल व्यापक रुपमा बढेकोले यसलाई रोक्न राष्ट्रवादी शक्तिहरुको एकता खाचो रहेको उहाले औल्याउनुभयो । देश भित्र पनि कतिपय राजनीतिक दलहरुले स्वभिमान कायम राख्न नसकेको, राष्ट्रबादी शक्ति कमजोर बनाउने प्रयास गरेको आरोप लगाउनुभयो । नेपालको चुच्चे नक्सा जारी भए सङ्गै एमालेलगायतका राष्ट्रबादी शक्ति माथी प्रहार हुन थालेको उहाँको कथन थियो । उहाँले गठबन्धन राष्ट्रबादी शक...
सत्यमोहनको निधनमा शोक मनाउन भोलि सार्वजनिक बिदा

सत्यमोहनको निधनमा शोक मनाउन भोलि सार्वजनिक बिदा

Breaking news 2, ट्रेन्डिङ, समाचार
सरकारले आइतबार निधन भएका शताब्दी पुरूष सत्यमोहन जोशीको निधनमा शोक मनाउन मंगलबार देशभरि सार्वजनिक बिदा दिएको छ।  गृह मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै जोशीको निधनको शोकमा नेपाल राज्यभरिका सबै  सरकारी कार्यालय, सार्वजनिक संघ-संस्थाहरू विदेशस्थित कूटनीतिक नियोगहरूमा मंगलबार बिदा दिने निर्णय भएको जानकारी दिएको छ।  भोलि नेपालको राष्ट्रिय झन्डा झुकाउने पनि निर्णय भएको गृहको विज्ञप्तिमा उल्लेख गरिएको छ।  १०३ वर्षीय जोशी आइतबार बिहान उपचारको क्रममा किस्ट अस्पतालमा निधन भएको थियो।  ...
जनताको पार्टी एमाले हो: एकालाल श्रेष्ठ

जनताको पार्टी एमाले हो: एकालाल श्रेष्ठ

Breaking news 1, ट्रेन्डिङ, समाचार
हेटौंडा,३१ असोजनेपाल कम्युनिष्ट पार्टी (एमाले) का मकवानपुर क्षेत्र नम्बर १ (ख) का उम्मेद्बार एकालाल श्रेष्ठले जनताको पार्टी नेकपा एमाले भएको बताउनुभएको छ ।बिगतमा गरेका एमाले गरेका कामका कारण पनि एमालेको बिजय कसैले रोक्न नसक्ने धारणा राख्नुभयो ।आज हेटौंडा ५ र ६ को भिन्न भिन्नै समयमा नेकपा एमालेको निर्वाचन प्रचार प्रसार कार्यालयको उद्घाटन गर्दै उम्मेद्बार श्रेष्ठले प्रदेशकोराजधानीलाई अझ बिकास गर्न जरुरी रहेको बताउनुभयो ।नेकपा एमाले विरुद्ध बनेको गठबन्धन जनतालाई सुख हैन दुख दिने नियतले आएको उहाँको थियो । नेकपा एमालेले अघि सारेको सुखी नेपाली समृद्ध नेपालको नारा सार्थक गराउन एमालेले जित्न आवश्यक रहेकोमा उम्मेद्बार श्रेष्ठको जोड थियो । मुलुकमा भैरहेको राजनीतिक षड्यन्त्र रोक्न एमाले नेतृत्वलाई सबै मिलेर स्थापित गराउनु पर्ने भनाई राख्नुभयो। अहिले अर्थतन्त्रको अवस्था कहालीलाग्दो हुँदै गैरहेको भन्दै...
साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहरीको २४ औँ साधारण सभा सम्पन्न

साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहरीको २४ औँ साधारण सभा सम्पन्न

Breaking news 1, कृषि समाचार, ट्रेन्डिङ, समाचार
निराज रानाभाट , मकवानपुर : साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहरीको ` २४ औँ साधारण सभा ´ सम्पन्न भएको छ । साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहरीको मिति २०७९ साल असाेज २७ गतेदेखि शुरू भएको ` २४ औं वार्षिक साधारण सभा ´ कार्यक्रम अाइतबार सम्पन्न भएको छ । उक्त साधारण सभामा संस्थाको अध्यक्ष बिमला कार्कीको अध्यक्षतामा सम्पन्न सभामा मकवानपुरको मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती प्रमुख अतिथिमा रहेको थिए । त्यसैगरी , विशेष अतिथिहरुमा एकराज उप्रेती , ब्रह्मकुमार विजयराज सिग्देल , मनहरी गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष नारायण उप्रेतीलगायतको उपस्थिति रहेको थियो । त्यस्तै , सभामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना हेटौंडाका कृषि अधिकृत अनिल तिवारी , साना किसान कृषि सहकारी संस्था लिमिटेड हांडिखोला , हर्नामाडी , वसामाडीका अध्यक्ष र प्रबन्धकहरु तथा मनहरी गाउँपालिका वडा नम्बर ८ क...
मतदाता परिचयपत्र नभए पनि यी कागजातका आधारमा भोट हाल्न पाइने

मतदाता परिचयपत्र नभए पनि यी कागजातका आधारमा भोट हाल्न पाइने

समाचार
काठमाडौ । मतदाता नामावलीमा नाम भएका मतदाताले परिचय खुल्ने कागजातको आधारमा मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार मतदाता नामावलीमा नाम भएका व्यक्तिले आफ्नो स्पष्ट पहिचान खुल्ने नागरिकता वा सवारी चालक अनुमतिपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था गरेको जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा लालपुर्जा वा कुनै पनि सरकारी कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा समेत मतदान गर्न पाउने जनाइएको छ । आगामी मंसिर ४ गते देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका लागि निर्वाचन हुँदैछ । कतिपयको मतदाता परिचय पत्र हराएको अथवा नभएको अवस्थामा उनिहरुको मताधिकार प्रयोग गर्न दिन आयोगले यस्तो व्यवस्था गरेको हो । त्यसरी मतदान गर्नको लागि मतदाता नामावलीमा नाम भने हुनुपर्नेछ ।...
बाढी पहिरोले पश्चिम नेपालका धेरै विद्यालयमा क्षति

बाढी पहिरोले पश्चिम नेपालका धेरै विद्यालयमा क्षति

Breaking news 1, ट्रेन्डिङ, समाचार
३१ असोज, काठमाडौं । असोज तेस्रो साता परेको वर्षाका कारण पश्चिम नेपालका धेरै विद्यालयमा क्षति पुगेको छ । वर्षा पछिको बाढी र पहिरोका कारण धेरै विद्यालय भवन भत्किनुका साथै बाढी पसेर विद्यालयको कागजात नष्ट भएको स्थानीय तहहरुले जानकारी दिएका छन् । बाढी, पहिरोका कारण क्षति पुगेका विद्यालयहरुको यकिन विवरण संकलन भइनसकेको उनीहरुको भनाइ छ । दाङको गढवा गाउँपालिकाका मात्रै ७ वटा विद्यालयमा क्षति पुगेको छ । २८ वटा विद्यालय रहेको गाउँपालिकाका धेरै विद्यालयमा पानी पसे पनि ७ वटामा भने बढी क्षति पुर्याएको गाउँपालिकाका शिक्षा शाखा अधिकृत श्यामबहादुर वि.क.ले बताए । उनका अनुसार वडा नम्बर २ महदेवामा रहेको नमुना आधारभूत विद्यालयको दुई वटा कोठा भत्किनुका साथै सबै कक्षामा लेदो जमेको छ । खौराहा खहरे खोला पसेर कक्षा कोठामा बस्नै नमिल्ने गरी क्षति पुर्याएको छ । त्यस्तै गढवाकै राप्ती आधारभूत विद्यालय पचहियाम...