Monday, April 20News That Matters

समाचार

समानुपातिक बन्द सूचीका ४३९ ले जरिवाना बुझाउनुपर्ने, कात्तिक ५ को समय सीमा

समानुपातिक बन्द सूचीका ४३९ ले जरिवाना बुझाउनुपर्ने, कात्तिक ५ को समय सीमा

समाचार
काठमाडौं । समानुपातिक बन्द सूचीमा रहेका ४३९ ले कात्तिक ५ भित्र जरिवाना बुझाउनुपर्ने भएको छ । स्थानीय तह निर्वाचनमा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउने उम्मेदवारलाई निर्वाचन आयोगले ५ कात्तिकसम्मको समय दिएको हो । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेश गरेको बन्दसूचीमा समावेश भएका त्यस्ता ४३९ उम्मेदवारले जरिवाना बुझाउनुपर्ने भएको हो । जरिवाना नबुझाए उम्मेदवारको नाम बन्दसूचीबाट हट्ने आयोगले जनाएको छ ।...
पर्सा क्षेत्र नं. १ मा जसपा-एमाले गठबन्धनले थाल्यो प्रचारप्रसार

पर्सा क्षेत्र नं. १ मा जसपा-एमाले गठबन्धनले थाल्यो प्रचारप्रसार

Breaking news 2, ट्रेन्डिङ, समाचार
वीरगञ्ज - पर्सा क्षेत्र नम्बर १ (क) मा जसपा–एमाले गठबन्धनले चुनावी प्रचार प्रसारलाई तिब्रता दिएको छ । मतदाताको घरघरै पुगेर दुवै दलका उम्मेदवारले जसपा–एमाले गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गरिरहेका छन् । पर्सा क्षेत्र नम्बर १ मा प्रतिनिधीसभा सदस्यमा जसपाका उम्मेदवार पूर्वमन्त्री प्रदीप यादव र १ को (क) मा प्रदेशसभा सदस्यको उम्मेदवार एमालेका विचारी यादव छन् । सोमबार जसपा–एमाले गठबन्धनले पर्सा १ को (क) मा पर्ने वीरगञ्ज महानगरको ग्रामणि भेगका विभिन्न वडामा चुनावी रोड शो गरेको छ । प्रतिनिधीसभा सदस्यका उम्मेदवार प्रदीप यादवको नेतृत्वमा वीरगन्ज महानगरपालिका वडा नम्बर १८, २०, २२ र २३ मा रोड शो गरिएको हो । वडा नम्बर १८ भवानीपुरबाट शुरु भएको रोड शो सौराहा, इनरवा, वडा नम्बर २० को हरपतगञ्ज, अपौनी, वडा नम्बर २२ को मनियारी, जगरनाथपुर , वडा नम्बर २३ को सबैठवा हुदै प्रसौनीमा पुगेर समापन भएको थिय...
जनताको सेवक भएर काम गर्नेछु:महेश बर्तौला

जनताको सेवक भएर काम गर्नेछु:महेश बर्तौला

Breaking news 1, ट्रेन्डिङ, समाचार
थाहानगर/३१ असोजआशन्न प्रतिनिधि सभा निर्वाचनका उमेदवार तथा नेकपा एमाले बागमती प्रदेश कमिटीका उपसचिव महेश बर्तौलाले आफू निर्वाचित भएपछि सदनमा मतदाताहरुको सम्मान हुने ढंगले प्रस्तुत हुने बताउनु भएको छ । एमाले थाहा नगर वडा नं. २ ले सोमबार विहान आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उमेदवार बर्तौलाले मतदाताहरुले हाम्रो प्रतिनिधि हो भनेर गर्व गर्ने गरेर काम गर्ने बताउनु भयो । बर्तौलाले भन्नुभयो, ‘म स्थानीय बासिन्दा नै हुँ, मेरो भूगोलप्रति मेरो अगाढ प्रेम छ, म अझै २५ वर्ष राजनीतिक जीवनमा सक्रिय रहनेछु, यो बीचमा सधैंव तपाईहरुसँगै रहेर काम गर्नेछु ।’थाहा नगरलाई काठमाडौंको भगिनी सहरको रुपमा विकास गर्न आवश्यक भूमिका आफूले निर्वाह गर्ने बताउँदै जबसम्म शिक्षा, स्वास्थ्य र सडक पूर्वाधारको उचित विकास हुन सक्दैन त्यतिबेलासम्म सबै हिसावले पछाडि पर्ने बताउँदै बर्तौलाले आफू यी सबै विषयहरुम...
साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहरीको  २४ औँ साधारण सभा सम्पन्न

साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहरीको २४ औँ साधारण सभा सम्पन्न

Breaking news 2, कृषि समाचार, ट्रेन्डिङ, समाचार
निराज रानाभाट , मकवानपुर : साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहरीको ` २४ औँ साधारण सभा ´ सम्पन्न भएको छ । साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहरीको मिति २०७९ साल असाेज २७ गतेदेखि शुरू भएको ` २४ औं वार्षिक साधारण सभा ´ कार्यक्रम अाइतबार सम्पन्न भएको छ । उक्त साधारण सभामा संस्थाको अध्यक्ष बिमला कार्कीको अध्यक्षतामा सम्पन्न सभामा मकवानपुरको मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती प्रमुख अतिथिमा रहेको थिए । त्यसैगरी , विशेष अतिथिहरुमा एकराज उप्रेती , ब्रह्मकुमार विजयराज सिग्देल , मनहरी गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष नारायण उप्रेतीलगायतको उपस्थिति रहेको थियो । त्यस्तै , सभामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना हेटौंडाका कृषि अधिकृत अनिल तिवारी , साना किसान कृषि सहकारी संस्था लिमिटेड हांडिखोला , हर्नामाडी , वसामाडीका अध्यक्ष र प्रबन्धकहरु तथा मनहरी गाउँपालिका वडा नम्बर ८ ...
विकासमा पछि परेको पर्सालाई माथि उठाउन थुप्रै विकास निर्माणको काम गरेको छु : प्रदीप यादव

विकासमा पछि परेको पर्सालाई माथि उठाउन थुप्रै विकास निर्माणको काम गरेको छु : प्रदीप यादव

Breaking news 3, ट्रेन्डिङ, समाचार
वीरगञ्ज, ३० असोज । पूर्वमन्त्री एवम् पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार प्रदीप यादवले मङ्सिर ४ गतेको निर्वाचनमा कामको मूल्यांकन गरेर मतदान गर्न आग्रह गरेका छन् । वीरगञ्जमा शिक्षकहरुले आयोजना गरेको अन्तकृया कार्यक्रमलाई सम्बोधन गर्दै उनले मतदान गरेर पछुताउनुभन्दा पहिले नै विचार गरेर सही व्यक्तिलाई मतदान गर्नु पर्नेमा जोड दिए । आफूले इमान्दारी पूर्वक आफ्नो क्षेत्र र पर्सेली जनाताका लागि काम गरेको भन्दै उनले विकासमा पछि परेको पर्सा जिल्लालाई माथि उठाउन थुप्रै योजना भित्र्याएको पनि उल्लेख गरे । संसदको पहिलो कार्यकालमा थुप्रै काम गरेको उदाहरण दिँदै उनले कहिल्यै पनि टाउको झुकाउने गरी गलत काम नगरेको बताए । बरु अहिलेसम्म कसैले पनि गर्न नसकेका योजनाहरु आफूले पर्सावासीका लागि भित्र्याएको उनले बताए । जिल्लाका ग्रामिण क्षेत्रलाई जोड्न सडक सञ्जालदेखि देशकै ठूलो...
निर्वाचन आचारसंहिता बिपरित मनहरीका अध्यक्ष कांग्रेसको चुनावी प्रचारमा

निर्वाचन आचारसंहिता बिपरित मनहरीका अध्यक्ष कांग्रेसको चुनावी प्रचारमा

Breaking news 2, ट्रेन्डिङ, राजनीति, समाचार
हेटौंडा । निर्वाचन आचारसंहिता उल्लंघन गर्दै मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती सत्ता गठबन्धनको चुनावी प्रचारमा हिँडेका छन् । निर्वाचन आयोगको आचारसंहिता उल्लंघन गर्दै अध्यक्ष कालाखेती मकवानपुर क्षेत्र नम्बर–२ को (ख) मा नेपाली कांग्रेसका उम्मेदवार इन्द्रबहादुर बानियाँको चुनावी प्रचारमा हिँडेका हुन् । अध्यक्ष कालाखेती आचारसंहिता विपरित बिहान देखि बेलुकासम्म बानियाँको चुनावी प्रचारमा हिँडेका हुन् । कालाखेती विशेषगरी गाउँपालिकाको हाँडीखोला र मनहरी क्षेत्रको चुनावी प्रचार प्रसार हिँडेको स्थानीयले जानकारी दिएका छन् । निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिले आफू निर्वाचित स्थानीय तहमा कुनै पनि दलको उम्मेदवारको पक्षमा प्रचारप्रसार गर्न नपाउने जनाएको छ । निर्वाचन आचारसंहिता उल्लंघन गर्दै चुनाव प्रचार प्रसारमा स्थानीय तहका पदाधिकारी लागेको पाइएमा कारबाही हुने आयोगले...
सिक्का र टिकटमा सजिएका सत्यमोहन जोशी

सिक्का र टिकटमा सजिएका सत्यमोहन जोशी

Breaking news 1, ट्रेन्डिङ, रोचक, समाचार
काठमाडौं : नेपाली एक हजारको नोटमा किन हात्तीको चित्र ? कसले किन, हात्ती नै छान्यो होला ? धेरैको मनमा यो प्रश्न हुन सक्छ। हात्तीको चित्र राख्ने प्रस्तावक थिए, संस्कृतिविद् सत्यमोहन जोशी। उनी कागजी नोटमा राखिने चित्र लगायतको डिजाइनको सुझावकर्ता थिए। हजारको नोटमा हात्तीको चित्र राख्दा बढी महत्व हुन्छ भन्ने तर्क संस्कृतिविद् जोशीको भनाइ थियो। नेपाली मुद्राको सबैभन्दा ठूलो नोट हजारको भएकाले हात्तीलाई बढी ‘वेट’ दिनुपर्छ भन्ने उहाँको भनाइ थियो– राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले भने। पछि कतिपय हजारको नोटमा हात्तीको चित्र फरक पर्‍यो। जोशीले नै ‘अफ्रिकन हात्ती’ को चित्र छापिएको भनेर सच्याउन सुझाव दिएको पूर्वगभर्नर डा. युवराज खतिवडाले बताए। ‘जोशीको भनाइ पछि हात्तीको चित्र सच्याइएको थियो,’ डा. खतिवडाले भने, ‘यस्ता कतिपय घटनामा पुराना गल्तीहरू पनि सच्याउनुभएक...
साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहरीको २४ औँ साधारण सभाको समापन आज हुँदै

साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहरीको २४ औँ साधारण सभाको समापन आज हुँदै

Breaking news 1, अर्थ, समाचार
निराज रानाभाट , मकवानपुर : साना किसान कृषि सहकारी लिमिटेड मनहरीको ` २४ औँ साधारण सभा ´ को समापन असाेज ३० गते , आइतबार ( अाज ) हुँदै छ । २५ सय शेयर सदस्यहरु रहेको सहकारीले वडागतरुपमा साधारण सभा राख्दै आएको थियो । सोही अनुरुप असाेज २७ गते , अन्तर समुह नम्बर १ , २ र ५ ( लाेथर , सुनाचुरी र प्रतापुर ) काे मनहरी गाउँपालिका - ०६ , गुम्बा भवन ( चौकी टाेल ) , सुनाचुरीमा भएको थियो । त्यसैगरी , अन्तर समुह नम्बर ३.१ , ३.२ र ६ ( रमौली , विजौना र मनहरी बजार ) काे मनहरी गाउँपालिका - ०७ , मनकामना मन्दिर , मनहरीमा भएको थियो । त्यस्तै , अन्तर समुह नम्बर ७.१ , ७.२ , ७.३ र ८ ( ज्यामिरे र रजैया ) काे मनहरी गाउँपालिका - ०९ , ऋाषेश्वर प्राथमिक विद्यालय , ज्यामिरेमा भएको थियो । शेयर सदस्यहरुको संख्या धेरै भएको कारण पनि वडागतरुपमा साधारण सभा राखिएको संस्थाका प्रबन्धक ज्योति सुवेदीले बताए । एकै ठाउँमा एकैप...
सत्यमोहन जोशीको स्वास्थ्य स्थिर

सत्यमोहन जोशीको स्वास्थ्य स्थिर

Breaking news 3, ट्रेन्डिङ, समाचार
२९ असोज, काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा खासै सुधार नभएको र स्थिर रहेको अस्पतालले जनाएको छ । १०३ वर्षका उनको २३ दिनदेखि ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उमेर धेरै भएका उनमा एकै पटकमा धेरै प्रकारका स्वास्थ्य समस्या देखिएको छ । निमोनिया र पिसाबको संक्रमण, मुटुरोगसँगै पछिल्लो समय उनमा डेंगु संक्रमण देखिएको थियो । जोशीलाई प्रतिमिनेट ४ लिटर अक्सिजन दिनुपरेको अस्पतालले जनाएको छ । जोशीको स्वास्थ्यमा छिन–छिनमै उतार चढाव आउन थालेपछि अस्पतालले विशेषज्ञ चिकित्सकको विशेष निगरानीमा निरन्तर स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । किस्ट मेडिकल कलेजले जोशीको सम्पूर्ण उपचार निःशुल्क सेवा गर्दै आएको छ ।...
घनश्याम भूषालले त्यागे एमाले

घनश्याम भूषालले त्यागे एमाले

Breaking news 1, ट्रेन्डिङ, समाचार, स्थानीय
हेटौँडा । नेकपा एमालेका स्थायी कमिटि सदस्य घनश्याम भुसालले एमाले परित्याग गरेका छन् । पार्टीले टिकट नदिएपछी भुसालले सामजिक सञ्जाल फेसबुक मार्फत एमाले त्यागेको जानकारी गराएका हुन् ।हेर्नुहोस् , उनको स्टाटस देशभक्ति, जनजीविका र लोकतन्त्रका लागि लाखौँ सदस्य र जनसमुदायलाई गोलबन्द गर्दै र आन्तरिक लोकतन्त्रको भव्य अभ्यास गर्दै हामीले नेकपा एमालेजस्तो गौरवपूर्ण पार्टीको निर्माण गरेका हौँ । यसै सन्दर्भमा पार्टीको पाँचौँ महाधिवेशनले नेपालको कम्युनिष्ट आन्दोलनलाई विचारको एउटा नयाँ मोडमा पुर्‍यायो । नवौँ महाधिवेशनले नेकपा एमाले र समग्र कम्युनिष्ट आन्दोलनका अनुभवलाई समेट्दै हाम्रो आन्दोलनलाई कार्यदिशा र सिद्धान्तको ऐतिहासिक उँचाइमा लग्यो । तर, दुर्भाग्यवश त्यस महाधिवेशनले आफ्नै कार्यदिशा र सिद्धान्त विपरीत चरित्रको पार्टी नेतृत्वको चयन गरेर ठूलो गल्ती गर्‍यो । त्यसपछि पार्टी संस्थागतरुपले गुटबन्दीक...