Monday, April 20News That Matters

समाचार

बाह्र घुुम्तिमा सुख्खा पहिरो: यातायात अबरुद्ध

बाह्र घुुम्तिमा सुख्खा पहिरो: यातायात अबरुद्ध

Breaking news 1, ट्रेन्डिङ, समाचार, स्थानीय
भिमफेदी - त्रिभुवन राजपथको भिमफेदी गाउपालिकाको बाह्र घुम्तीमा सुख्खा पहिरो गएपछि सडक अबरुद्ध भएको छ । भिमफेदी गाउँपालिका वडा नं. २ स्थित बाह्रघुम्ती भन्दा केही माथी रहेको तेर्सो सडकमा सल्लाको रुख ढलेको र सुख्खा पहिरो गएपछी सडक पुर्ण रुपमा अबरुद्ध भएको छ । हेटौंडा हुँदै दामन, पालुङ, काठमाडौ र नामटार तर्फको सवारी साधन पुर्ण रुपमा बन्द भएको छ |...
सत्तागठबन्धनले प्रदेश र प्रतिनिधिसभाको टुंग्यायो  सिट बाँडफाँट

सत्तागठबन्धनले प्रदेश र प्रतिनिधिसभाको टुंग्यायो सिट बाँडफाँट

Breaking news 3, ट्रेन्डिङ, प्रदेश, राजनीति, समाचार
२०७९ असोज २१ । सत्ता गठबन्धनले प्रदेश र प्रतिनिधिसभाको सिट बाँडफाँटलाई लगभग टुंगो लगाएका छन् । नेताहरुका अनुसार जनता समाजवादी पार्टी ९जसपा० बाहिरिएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रवेश पाएको छ । र गठबन्धका एक नेताका अनुसार सत्ता गठबन्धनका दलहरु ८ सिट दिन सहमत भएका छन् । ४ सिटमा छलफल चलिरहेको छ । हालसम्म कांग्रेसले प्रतिनिधिसभाको ८४ सिट, माओवादीले ४७, एकीकृत समाजवादीले २० र राष्ट्रिय जनमोर्चाले २ सिट पाउने भएको छ । हेर्नुहोस् कुन क्षेत्र क–कस्को भागमा ? (सूचिसहित)...
महेश वर्तौलाले टिकट पाएपछि सुवासचन्द्र ठकुरीले यस्तो दिए प्रतिक्रिया

महेश वर्तौलाले टिकट पाएपछि सुवासचन्द्र ठकुरीले यस्तो दिए प्रतिक्रिया

Breaking news 2, ट्रेन्डिङ, समाचार
हेटौँडा । नेकपा एमाले मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर २ बाट महेश बर्तौलाले टिकट पाएछि एमाले बागमती प्रदेश कमिटि सदस्य तथा  प्रतिनिधिसभामा उम्मेद्वार सिफारिस भएका सुवासचन्द्र ठकुरीले सामजिक सञ्जाल मार्फत आफ्नो प्रतिक्रिया दिएका छन् । संविधानसभा सदस्य समेत रहेका ठकुरीले सामजिक सञ्जाल फेसबुक मार्फत प्रतिक्रिया दिएका हुन् ।...
एमाले मकवानपुरको उम्मेदवार टुङ्गियो

एमाले मकवानपुरको उम्मेदवार टुङ्गियो

Breaking news 1, ट्रेन्डिङ, समाचार
मकवानपुर । यही मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको लागि नेकपा एमाले मकवानपुरको उम्मेद्वार आज टुंगीएको छ । मकवानपुरबाट प्रतिनिधिसभा क्षेत्र नंबर १ मा रामेश्वर राना र क्षेत्र नंबर २ मा महेश बर्तौलाले टिकट पाएका छन् ।प्रतिनिधिसभा क्षेत्र नंबर १ अन्तर्गत प्रदेश ‘क’ मा कमल विष्ट तथा ‘ख’ मा एकालाल श्रेष्ठले टिकट पाउँदा क्षेत्र नंबर २ को ‘क’ मा विष्णु ढकाल तथा ‘ख’मा लालबहादुर थापाले टिकट पाएका छन् । मकवानपुरमा एमालेको उम्मेदवार टुङ्गिएको एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले बताए ।...
हेटौंडावाट बिरगञ्ज जाँदै गरेको बस दुर्घटना : १४ जनाको मृत्यु

हेटौंडावाट बिरगञ्ज जाँदै गरेको बस दुर्घटना : १४ जनाको मृत्यु

Breaking news 1, ट्रेन्डिङ, समाचार
हेटौँडाबाट विरगञ्ज जाँदै गरेको यात्रुबाहक बस पुर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुर सिमरा उ.म.न.पा. वडा नं. २२ तीन नम्बर पुल नजिक दुर्घटना भएको छ ।दुर्घटनामा  मृत्यु हुनेको संख्या १४ जना पुगेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार मृत्यु हुनेहरु ९ जना पुरुष तथा ५ जना महिला रहेका छन् । दुर्घटनामा घाईते भएका मध्ये उपचारको लागि हेटौँडा अस्पताल लगिएका १२ जना, चुरेहिर अस्पताल र सहकारी अस्पताल लगिएको १ – १ जना गरि १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक बलराम श्रेष्ठले बताए ।...
आज नवरात्रिको अन्तिम दिन, देवी दुर्गाको नवौं शक्तिको पूजा

आज नवरात्रिको अन्तिम दिन, देवी दुर्गाको नवौं शक्तिको पूजा

Breaking news 1, दैनिक राशिफल, समाचार
आज बडादसैंको नवौं तथा अन्तिम दिन दुर्गा भवानीको पूजा आराधना गरी महानवमी पर्व मनाइन्छ। घटस्थापनाका दिन आ-आफ्नो घरमा विधिपूर्वक राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपीठमा चढाइन्छ। महानवमीका अवसरमा आज दसैंघर र कोतलगायत विभिन्न देवीका मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा, भेडा र राँगाको बलिसहित विशेष पूजाअर्चना र दुर्गा सप्तशती पाठ गरिन्छ। शाकाहारीहरूले भने कुभिन्डो, घिरौंला र मूला लगायतको बलि दिने र नरिवल चढाउँछन्। पुराणअनुसार महानवमीका दिन चामुण्डादेवीले रक्तबीज असुरको संहार गरेकाले यो पर्वलाई विशेष महत्वका साथ लिइन्छ।  आज कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशान पूजा पनि गरिन्छ। महानवमीका अवसरमा बिहान हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक तथा गुल्महरूमा बाजागाजासहित बलि दिएर जंगी निशानपूजा तथा कोतपूजा गर्ने चलन छ। हनुमानढोकास्थित ऐतिहासिक तलेजु भवा...
विश्व युवा सम्मेलनमा भाग लिन विद्यार्थी नेता पौडेल मलेसियामा

विश्व युवा सम्मेलनमा भाग लिन विद्यार्थी नेता पौडेल मलेसियामा

Breaking news 1, ट्रेन्डिङ, शिक्षा, समाचार
अनेरास्ववियु, स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेशका सह-ईन्चार्ज सन्तोष पौडेल विश्व युवा शान्ति सम्मेलन -२०२२ मा सहभागी हुन मलेसिया प्रस्थान गर्नुभएको छ ।अनेरास्ववियुको प्रतिनिधित्व गर्दै संगठनको अध्यक्ष सुनिता बरालको नेतृत्वमा मकवानपुरका लोकप्रिय विद्यार्थी नेता पौडेल मलेसिया प्रस्थान गर्नुभएको हो । टोलिमा अनेरास्ववियुका उपमहासचिवद्वय सुदर्शन शिवाकोटी ( बिदेश बिभाग प्रमुख ) र गोबिन्द गिरि, स्थायी कमिटी सदस्य एवम् बिदेश बिभाग उपप्रमुख सुन्दर घिमिरे, स्थायी कमिटी सदस्य एवम् बिदेश बिभाग सचिव राजेश नेपाली, स्थायी कमिटी सदस्य सुजन कार्कि, सचिवालय सदस्य सागरहरी अधिकारी लगाएत हुनुहुन्छ । युभसत्ता तथा मलेसिया सरकारबाट स्थापित अन्तरास्ट्रिय युवा केन्द्र, क्वालाम्पुरद्वारा आयोजित १५ औं विश्व युवा शान्ती महोत्सव- २०२२ मा सहभागी हुन बिद्यार्थी नेताहरु मलेसिया प्रस्थान गरेका हुन । कार्यक्रममा कोभिड प...
साउदी राजाले छोरालाई बनाए प्रधानमन्त्री

साउदी राजाले छोरालाई बनाए प्रधानमन्त्री

Breaking news 1, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, समाचार
१२ असोज, । सामान्यतया राजा राष्ट्र प्रमुख हुने भएकाले उनीहरु आलंकारिक भूमिकामा बस्छन् र जनप्रतिनिधिले कार्यकारी भूमिकामा काम गर्छन् । तर, यो मामिलामा साउदी अरेयिबा अलग छ । त्यहाँको राजपरिवारका सदस्य नै सरकार सञ्चालनमा समेत सहभागी हुने गरेका छन् । यही सिलसिलामा साउदी अरबका राजा सलमानले युवराज मोहमद बिन सलमानलाई प्रधानमन्त्री बनाएका छन् । साउदी प्रेस एजेन्सीमा प्रकाशित आदेश अनुसार राजाले मन्त्रिपरिषद पुनर्गठन गर्दै छोरा मोहमद विन सलमानलाई प्रधानमन्त्री बनाएका हुन् । युवराज मोहमद यसअघि नै साउदीको ‘डिफ्याक्टो शासक’ जस्तै थिए । उनको प्रधानमन्त्रीमा नियुक्तिसँगै यसले औपचारिकता समेत पाएको छ । छोटकरीमा एमबीएसका नामले समेत चिनिने मोहमदले यसअघि नै उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको जिम्मेवारी पाइसकेका छन् । अब यो जिम्मेवारीमा उनका कान्छा भाइ खालिद सलमान हुने छन् जो यसअघि रक्षामन्त्री थिए ।...
मृगौला रोगी थापालाई मगर संघ मकवानपुरद्वारा आर्थिक सहयोग

मृगौला रोगी थापालाई मगर संघ मकवानपुरद्वारा आर्थिक सहयोग

Breaking news 1, ट्रेन्डिङ, समाचार
हेटौंडा | गोरखा जिल्ला स्थित गोरखा नगरपालीका स्थित मृगौला रोगी बिना थापा मगरलाई नेपाल मगर संघ र निकटका भातृ संगठनहरु द्वारा रू.१०,००० ( दशहजार मात्र) आर्थिक सहयोग गरेका छन् । संघको कोषाध्यक्ष डेमिज थापा मगरको विशेष पहलमा कमिटिका पदाधिकारी तथा भातृ संस्थाहरु  संघको आज एक आपतकालिन बैठक बसी संघका पुर्ब पदाधिकारीहरु, बर्तमान कमिटिका पदाधिकारीहरु तथा भातृ संगठनको सहयोगमा पिडित थापालाई सहयोग गरेको संघको सहसचिव भूपेन्द्र रानाले बताए ।आपतकालिन अवस्थामा सकेको सहयोग गरेको र पुन पिडितलाई सहयोग गर्ने संघका अध्यक्ष सन्देश तुम्सिङ मगरले बताए ।...
बुटवल उपमहानगरपालिका उपप्रमुख अर्यालले जिल्ला प्रशासन रुपन्देहीको नियमको उल्लंघन सार्वजनिक बिदाको दिन सरकारी गाडी दुरुपयोग

बुटवल उपमहानगरपालिका उपप्रमुख अर्यालले जिल्ला प्रशासन रुपन्देहीको नियमको उल्लंघन सार्वजनिक बिदाको दिन सरकारी गाडी दुरुपयोग

Breaking news 2, ट्रेन्डिङ, समाचार
सार्वजनिक बिदाका दिन सरकारी गाडी प्रयोगमा कानुनले रोक लगाएको छ । कार्यालय प्रयोजनमा चलाउनै पर्दा सम्बन्धित निकायबाट पास लिएर मात्र कुदाउन पाइन्छ । तर रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका नगर उप प्रमुख ले भने यो नियमको पालना भएको पाइँदैन ।बुटवल उपमहानगरपालिका उपप्रमुख साबित्रा देबि अर्याल ले २०७९/०६/१० गते घटस्थापनादिनको सार्वजनिक बिदाका दिन पनि सरकारी गाडी सम्पत्तिको दुरुपयोग गरिएको पाइएको छ । उनको गाडी न लु १ झ ३५७ न को गाडी आज बिहान देखि गुडिरहेको र बुटवल उपमहानगरपालिका वार्ड न ११ न्यू होराइजन स्कूल को पारी करिब २ घन्टा रोकेको पाइएको छ भने कहिले छोरी लाई अस्पताल र कहिले कहाँ पुराएको पनि पाइएको छ । हाल जिल्ला प्रशासन रूपन्देहीले बिदाको समयमा सरकारी गाडी चलाउन पाँईदैन यदि अति आवश्यक परेमा वा चलाए पनि पास लिनु पर्ने जिल्ला प्रमुख भरतमणि पाण्डेले बताएका थिए र हाल कुनै गाडी लाई पनि पास नद...