एकीकृत समाजवादीमा गयाे पहिराे, आधा दर्जन जिल्ला सदस्यसहित पुरानाे घर फर्किन् मनिला
मनहरी गाउँपालिकाकी निर्वाचित पूर्व उपाध्यक्ष तथा एकीकृत समाजवादीकी जिल्ला सचिवालय सदस्य मनिला विष्ट नेकपा एमाले मै फर्किएकी छिन् । साेमबार मनहरीमा अायाेजित कार्यक्रममा मनिलासहित पार्टी जिल्ला सदस्य र गाउँपालिका कमिटीका सदस्यहरू, अनेरास्ववियु र अनेमसंघका नेता कार्यकर्तासहित २ दर्जन नेकपा एमालेमा प्रवेश गरेका हुन् । प्रवेश कार्यक्रममा बाेल्दै भईरहेकाे छदाकाे पार्टी फुटाएर नयाँ मान्छेलाई ल्याएर पार्टी बनाउनु फलामकाे च्यूरा हुने र विभाजनले कम्युनिष्ट पार्टीलाई कमजाेर बनाएकाेले पुरानै घर फर्किएर बलियाे बनाउनु उपयुक्त हुने भएकाेले नेकपा एमालेमा फर्किएकाे बिष्टले बताईन् । पार्टीले दिएकाे जिम्मेवारी साझा सवाल र विषय भएकाे अन्य पार्टी भन्दा सृजनात्मक र क्रियाशिल हुने प्रतिबद्वता व्यक्त गर्दै जनताकाे नयाँ साेच र नयाँ खाेजप्रति चासाे भएकाेले समयानुकुल पार्टी सञ्चालन गर्नुपर्नेमा जाेड दिईन् ।
...







