Monday, April 20News That Matters

समाचार

पूर्वविद्यार्थीद्वारा विद्यालयलाई ‘शिक्षकको भाषा’ उपहार

पूर्वविद्यार्थीद्वारा विद्यालयलाई ‘शिक्षकको भाषा’ उपहार

Breaking news 2, ट्रेन्डिङ, शिक्षा, समाचार
वंशगोपाल माध्यमिक विद्यालय, चौघडाका शिक्षकहरूलाई पूर्व विद्यार्थी दम्पतीले पुस्तक उपहार दिएका छन् ।हेटौंडा - ६, हात्तीलेट निबासी अरुण सापकोटा र मालती फयलले लेखक छवि अनित्यको पुस्तक 'शिक्षकको भाषा' २५ थान उपहारस्वरुप प्रदान गरेका हुन् । आज विद्यालयमा एक अनौपचारिक समारोहका बीच फयलले सो उपहार विद्यालयका प्रधानाध्यापक रमेशप्रसाद लामिछानेलाई हस्तान्तरण गरकी छिन् ।पुस्तक ग्रहण गर्दै प्रधानाध्यापक लामिछानेले शिक्षकहरूका लागि उपयोगी पुस्तक प्रदान गरेकोमा पूर्व विद्यार्थीहरूलाई धन्यवाद दिए । शिक्षकहरुको पठन संस्कृति विकासमा यस किसिमका कार्यले योगदान गर्ने भन्दै प्रधानाध्यापक लामिछानेले प्रत्येक शिक्षकले पुस्तकको अध्ययन गर्ने विश्वास व्यक्त गरेका छन् ।लामो समय शिक्षण पेसामा सक्रिय लेखक अनित्यको पुस्तक 'शिक्षकको भाषा' शनिबार हेटौंडामा विमोचन भएको थियो ।...
मैनालिले बाँडे मामाघरका बालबालिकालाई स्टेसनरी

मैनालिले बाँडे मामाघरका बालबालिकालाई स्टेसनरी

Breaking news 1, समाचार, स्थानीय
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन-अनेरास्ववियुको मकवानपुर जिल्ला अध्यक्ष भुवन मैनालिले मामा घर, नेपालमा रहेका बालबालिकालाई स्टेसनरी बितरण गर्नु भएको छ । अध्यक्ष मैनालिले आज मामा घरमा २१ जना बालबालिकालाई आफ्नो जन्म दिनको अवसरमा कपि र कलम बितरण गर्नुभएको हो । मैनाली सामाजिक र राजनीतिक क्षेत्रमा सकृय हुनुहुन्छ । उहाले आफु जन्म दिनमा अनावश्यक खर्च नगरी सामाजिक कान गरेका हुन् ।...
जितियाको अवसरमा हेटौंडामा तीन दिन विविध कार्यक्रम सम्पन्न

जितियाको अवसरमा हेटौंडामा तीन दिन विविध कार्यक्रम सम्पन्न

Breaking news 1, ट्रेन्डिङ, समाचार
थारू महिलाको महान् पर्व जितियाको अवसरमा हेटौंडामा तीन दिन विविध कार्यक्रम गरि मनाईएको छ । थारु कल्याणकारीणी सभा, थारु महिला सभा, थारु युवा सभा र थारु विद्यार्थी सभा मकवानपुरले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेको हो ।शनिवार सामुहिक स्नान, पुजापाठ र भोजन, आईतबार जीतवहान भगवानको ब्रत तथा जितिया कथा बाचन र सोमबार साँस्कृतिक सहित विशेष कार्यक्रम आयोजना गरिएको थारु कल्याणकारीणी सभा मकवानपुरका सचिव चन्द्रकान्त चौधरीले बताए । कार्यक्रम थारु कल्याणकारीणी सभाकी केन्द्रीय सदस्य जानकी चौधरीको प्रमुख आतिथ्य तथा थारु महिला सभा मकवानपुरकी सभापती द्रौपती चौधरीको अध्यक्षतामा भएको थियो ।कार्यक्रममा थारु भेषभुषा लगाएर भेला भएका थारु युवक-युवतीहरुले थारु, नेपाली, हिन्दी गीतमा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ मकवानपुरका अध्यक्ष जंगबहादुर गुरुङ, नेपाल आदिवासी जनजाती पत्रकार मह...
दाङमा २७ कैदी-बन्दिको कैद मिनाहा

दाङमा २७ कैदी-बन्दिको कैद मिनाहा

Breaking news 3, ट्रेन्डिङ, समाचार
दाङ, ३ असोज ।दाङमा २७ जना कैदीबन्दीको कैद मिनाह भएको छ । संविधान दिवसको अवसरमा सोमबार तुलसीपुर कारागारबाट १७ जना र घोराही कारागारबाट १० जना गरी २७ जना कैदीबन्दीको कैद मिनाह भएको हो । कैद मिना हुनेमा दुई महिला र २५ पुरुष रहेको रहेका छन् । घोराही कारागारका जेलर बासुदेव खनालका अनुसार १० जना ४० प्रतिशत कैद भुक्तान गरेका, १६ जना ५० प्रतिशत कैद मिनाह गरेका र एक जनालाई आम माफी दिइएको हो ।कैद मिनाह हुनेमा सबैभन्दा बढी कर्तव्य ज्यान मुद्धाका छन् । आम माफीसहित १५ जना कर्तव्य ज्यान मुद्धाका कैदीको बाँकी कैद मिनाह भएको जेलर खनालले जानकारी दिए । सवारी ज्यान अंगभंग, सवारी ज्यान, सवारी ज्यान तथा हातहतियार खरखजना, नकवजनी चोरी, सरकारी कागज किर्ते, ज्यान मार्ने उद्योग र बहुविवाह लगायतका मुद्धाका कैदीबन्दीको कैद मिनाह भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले देशभरबाट ६ सय ८१ जना कैदी–बन्दीको कैद कट्टा गरेकी...
लोसपाले असोज ३ लाई कालो दिन भन्दै विरगञ्जमा गरे प्रदर्शन

लोसपाले असोज ३ लाई कालो दिन भन्दै विरगञ्जमा गरे प्रदर्शन

Breaking news 2, ट्रेन्डिङ, समाचार, स्थानीय
वीरगंज - लाेकतान्त्रिक समाजवादी पार्टी (लमेसपा) ले संविधान जारी भएकाे असोज ३ गतेलाई कालाे दिन भन्दै वीरगंजमा साेमबार प्रदर्शन गरेकाे छ । सरकारले साेमबार असाेज ३ गते संविधान दिवस मनाई रहँदा लाेसपाले भने कालाे दिन भन्दै वीरगन्जमा प्रदर्शन गरेकाे हाे ।लाेसपा पार्टी कार्यालयबाट नेता कार्यकर्ताहरुकाे सहभागितामा निकालिएकाे विराेध जुलुश नगरकाे परिक्रमा पछि घणटघर चाेकमा पुगेर विराेधसभामा परिणत भएकाे थियाे । विराेधसभालाई सम्बोधन गर्दै लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) का नेता शशीकपुर मियाँले मधेसी जनताकाे छातीमा गाेली हानेर बनाईएकाे संविधान अधुराे र अपुराे रहेकाे बताए । उनले मधेस विद्राेहका एजेन्डा र मधेसीका सबै अधिकार संविधानमा नसमेटिए सम्म असाेज ३ लाई लाेसपाले कालाे दिनका रुपमा मनाइरहने बताए । मधेसी जनताकाे अधिकार बञ्चित गरिएको संविधान आफूहरुलाई मान्य नहुने पनि उनले बताए । उनले भने, ...
प्रमुख निर्वाचन आयुक्तको व्यङ्ग्य : भोलि पनि आजै भइरहने हो कि भन्ने भयो !

प्रमुख निर्वाचन आयुक्तको व्यङ्ग्य : भोलि पनि आजै भइरहने हो कि भन्ने भयो !

Breaking news 2, समाचार
निर्वाचन आयोगले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउन दिएको दुई दिनको समयसीमाको दोस्रो दिनको दुई बज्दा समेत प्रमुख ठुला राजनीतिक दलहरु आयोग पुगेका छैनन् । केही साना दलहरु भने सूची बुझाएर फर्केका छन् ।  यसैबीच प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले प्रमुख दलहरु समयमै आयोगमा सूची लिएर नपुगेपछि सम्भवत भोलि बिहान पनि आजै भइरहने हो कि भन्ने अवस्था महशुस गरिरहेको बताएका छन् ।  ‘विगतको समेत अनुभवलाई हेर्दा सम्भवत भोलि बिहान पनि आजै भइरहने हो कि भन्ने अवस्थाको महशुस भइरहेको छ’, थपलियाले सञ्चारकर्मीसँग भने । उनले आयोगले आफ्नो सम्पुर्ण स्रोत साधन परिचालन गरेर कुनै कमजोरी हुन नदिने भन्दै आज बेलुकासम्म आयोग परिसरभित्र पस्ने सवै राजनीतिक दलको सूची बुझने बताए । ‘आयोग परिसरमा आएका सवै राजनीतिक दलहरूको काम नसक्दासम्म हामी जाँदैनौं । तरपनि उहाँहरु ५ बजेभित्र आइदिएर आज हुँदै सकिद...
बकैया जेसीजको सप्ताहाब्यापी कार्यक्रम सुरु

बकैया जेसीजको सप्ताहाब्यापी कार्यक्रम सुरु

Breaking news 1, खेलकुद, ट्रेन्डिङ, समाचार, स्थानीय
हेटौँडा । पूर्वि मकवानपुरको बकैया गाउँपालिकामा स्थापना भएको प्रस्तावित बकैया जेसीजको आयोजनामा सप्ताहब्यापी कार्यक्रम सुरु भएको छ । जेसीजले सप्ताहाब्यापी कार्यक्रम अन्र्तगत बकैया–४ जुरेलीमा रहेको शक्तेश्वर महादेब मन्दिर सरसफाई तथा अन्तर जेसीज बक्तृत्वकला कार्यक्रम सम्पन्न गरेको छ । विक्रम खत्रीको संयोजकत्वमा भएको सरसफाई कार्यक्रममा जेसीजका सदस्य तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।आजै जेसीजको आयोजनामा ‘प्रभावको लागि कार्य’ विषयक अन्तर जेसीज बक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ । जितेन्द्र दाहालको संयोजकत्वमा भएको कार्यक्रममा सरोज ढुंगेलले प्रथम स्थान हाँसिल गर्न सफल भएका छन् । वक्तृत्वकलामा सुशिल घिमिरे द्वितिय तथा शौभाग्य दुतराज तृतिय भए । प्रस्तावित बकैया जेसीजका अध्यक्ष रमेश फुँयालको अध्यक्षतामा भएको कार्यक्रममा जेसीजका कार्यकारी उपाध्यक्ष अमोद बस्नेतले स्वागत मन्तब्य ब्यक्त गरेको सेजी...
बागमती प्रदेश वाईसिएल नेपाल सहसंयोजकमा मोक्तान

बागमती प्रदेश वाईसिएल नेपाल सहसंयोजकमा मोक्तान

Breaking news 3, ट्रेन्डिङ, समाचार
नेकपा (माओवादी केन्द्र)को सहायक सङ्गठन योङ कम्युनिस्ट लिग नेपालले दोस्रो राष्ट्रिय भेला सम्पन्न गरेको छ । भेला राजधानी काठमाडौंको राष्ट्रिय सभागृहमा सुरु भएको थियो । YCL नेपालको दोस्रो राष्ट्रिय भेला २०७९ भाद्र ३ गते बाट भएको बैठक बागमती प्रदेश YCL नेपालको दोस्रो राष्ट्रिय भेला ५ गते सम्पन्न भएको थियो । ‘आत्मनिर्भताका लागि नीति निर्माणमा युवा सहभागिता सुनिश्चित गरौँ, सुदृढ सङ्गठन विस्तारका लागि दोस्रो राष्ट्रिय भेला सफल पारौँ’ भन्ने मूल नाराका साथ सम्पन्न गरेको छ । बैठकले योङ कम्युनिस्ट लिग (YCL) नेपाल वागमती प्रदेश मकवानपुर जिल्ला का युवा नेता स-संयाेजकको रुपमा राजकुमार मोक्तान चयन हुनुभएको छ। युवा नेता राजकुमार मोक्तान लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।...
रहबर केयरमा रक्तदान कार्यक्रम

रहबर केयरमा रक्तदान कार्यक्रम

Breaking news 3, ट्रेन्डिङ, समाचार, स्वास्थ्य
असोज १ गते शनिबारका दिन रहबर केयरमा तेरापन्थ युवक परिषद द्वारा मेघा ब्लड डोनर्स ड्रारइभ २०२२ अन्तर्गत भएको कार्यक्रममा संस्थाको तर्फबाट नरेश भन्साली सचिव र पारस जैन तथा रहबर केयरका फाउन्डर तथा नेकपा माओवदी केन्द्र का केन्द्रीय सदस्य रहबर अन्सारीको प्रमुख अतिथिमा भएको रक्तदान कार्यक्रमा रक्तदान जीवन दान भने सलोग्नलाई उदगृत गर्दै हाम्रो समाजमा भएको रक्तदान् गर्न एकदमै अफ्ठयारो मान्नेलाई सहज तरिकाले रक्तदान गरी जीवन बचाउन अनुरोध गर्नु भएको छ। जसमा गाउँ तथा वरी परीका समाज सेवीहरु रहबर अन्सारी, अनुरुद यादव,ओमप्रकाश पटेल, अरविन्द साह, गुडिया पटेल, तमन्ना खातुन, सुनिता पासवान, महम्मद हसन, जुबैर आलम,मुनिलाल यादव, इजराइल अन्सारी, समसेद अन्सारी गरि तीन जना महिला तथा ५७ जना पुरुष जम्मा ६०जना बिहान ८ बजे देखि सुरु भयेको र दिउसो १ बजे सम्म रक्तदान गरेर रह्बर केयर बहुवरी बिरगंज सेन्टर मा समापन गरियो...
श्रृजनशिल जागृत युवा क्लबको विजय सुरुवात

श्रृजनशिल जागृत युवा क्लबको विजय सुरुवात

Breaking news 2, खेलकुद, ट्रेन्डिङ, समाचार, स्थानीय
पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर-०६, मा वडा स्तरिय खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । श्रृजनशिल जागृत युवा क्लब नयाबस्तीले आयोजना गरेको प्रतियोगिताको आज मनहरी-०६ का वडा अध्यक्ष युबराज थपलियाको प्रमुख आतिथ्यतामा बिधिवत रुपमा उद्घाटन भएको हो ।आज भएको उद्घाटन खेलमा आयोजक टिम श्रृजनशिल जागृत युवा क्लब ( बी ) ले बिजय सुरुवात गरेको छ । निकटतम प्रतिद्वन्द्वी जोगिताल युवा क्लब २-० को गोल अन्तरले पराजित हुन पुग्यो । टिमलाई बिजय गराउनआयोजक श्रृजनशिल जागृत युवा क्लबका छेवाङ्ग लामाले खेलको पहिलो हाफको नबौ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएको थियो । अग्रतालाई बराबरीमा परिणत गर्ने हर प्रयासका बाबजुत जोगिताल युबा क्लब पहिलो हाफमा १-० ले पछि पर्यो । खेलको दौरान दोश्रो हाफमा पुन: श्रृजनशिल जागृत युवा क्लब गोल अन्तरलाई दोब्बर पार्न सफल भयो । उक्त टिमबाट राजकुमार रुम्बाले डिबक्स...