Monday, April 20News That Matters

समाचार

राप्रपा आबद्ध युबा अध्यक्ष राप्रपा नेपालमा प्रवेश

राप्रपा आबद्ध युबा अध्यक्ष राप्रपा नेपालमा प्रवेश

Breaking news 2, ट्रेन्डिङ, राजनीति, समाचार, स्थानीय
हेटौंडा । राप्रपा आबद्ध भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युबा संगठन बकैया गाउँ कमिटीका अध्यक्ष राजन राई राप्रपा नेपालमा प्रवेश गरेका छन् । राईले आज एक बिज्ञप्ति प्रकाशित गर्दै बिकासप्रेमी नेता कमल थापालाई सहयोग गर्नु आफ्नो राजनैतिक धर्म भन्दै कमल थापा जिताउ अभियानमा कृयाशिल हुने प्रतिबद्धता ब्यक्त गरेका छन्। उनले कमल थापाले बिचारको प्रतिपादन गरेको , पार्टी र संगठन निर्माण गरेको भनेर प्रशंसा समेत गरेका छन् । राईले अन्य सबै युबाहरुलाई कमल थापालाई जिताउन सहयोग गर्न पनि आग्रह गरेका छन् । राईलाई राप्रपा नेपालका नेताहरु गणेश थापा राजाराम बर्तौला लगायतले पार्टीमा स्वागत गरेका थिए ।...
कसैप्रती प्रतिशाेधकाे भाबना छैन ,सबैकाे सहयोग पाउँछु : कमल थापा

कसैप्रती प्रतिशाेधकाे भाबना छैन ,सबैकाे सहयोग पाउँछु : कमल थापा

Breaking news 1, समाचार, स्थानीय
हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी निर्बाचनमा मकवानपुरको समग्र बिकासको निमित्त मकवानपुरे जनताले साझा उम्मेदवारको रुपमा आफुलाई लिने बताउदै कुनै दल ब्यक्तीसङ्ग आफ्नो नराम्रो नभएको र प्रतिशोधी भावना नभएकोले सबैको सहयोग पाउनेमा ढुक्क भएको बताएका छन् । आज पार्टीको हेटौंडा -८ कमानेमा आयोजित कार्यकर्ता भेलामा बोल्दै थापाले मकवानपुरको अधुरो बिकासको सपना पूरा गर्न आफू चुनाबी मैदानमा आएको समेत बताए । एउटा राष्ट्रबादी प्रजातान्त्रिक शक्ति मुलुकले खोजिरहेको भन्दै थापाले स्वाभिमानी देशभक्तहरु एक ठाँउमा उभिनुपर्ने समय आएको बिचार ब्यक्त गरे । प्रदेश राजधानी बनाउन आफुले महत्त्वपूर्ण भुमिका निर्बाह गरेको चर्चा गर्दै थापाले यहाँको युबाहरुलाई रोजगारीको अबसर श्रीजना गर्न, रिङ्ग रोड निर्माण गर्न, बिश्वबिद्धालय स्थापना गर्न, हेटौंडा -काठमाडौं सुरुङ्ग मार्ग निर्माण गर्न, शिक्षा ,स्वास्थ ,खानेपानी...
बकैयाका युवाहरु काङ्ग्रेस परित्याग गरि राप्रपा नेपालमा प्रवेश

बकैयाका युवाहरु काङ्ग्रेस परित्याग गरि राप्रपा नेपालमा प्रवेश

Breaking news 1, समाचार, स्थानीय
हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापा मकवानपुर -१ बाट आगामी चुनाबमा उठ्ने भएपछी पार्टीले आक्रामक संगठन सुदृढीकरण अभियान शुरु गरेको छ । यस क्रममा आज बकैया गाउँ पालिकाबाट एक युबाहरुको समूह राप्रपा नेपाल प्रवेश गरेका छन् । विशाल कठायत र सिसम माझिको नेतृत्वमा रहेका युबाहरु १५ जना आज राप्रपा नेपाल प्रवेश गरेका हुन् । उनिहरुलाई पार्टीका नेताहरु गणेश थापा, राजाराम बर्तौला, गुरु सापकोटा, प्रेमलाल श्रेष्ठ ,राजाराम अर्याल ,दामोदर वाग्ने, अर्जुन ढुंगाना ,भृगु कार्की लगायतले स्वागत गरेका थिए । विशाल कठायत, सिसम माझी, निसा माझी, मुकेश साह,दिनेश लामा, जीवन माझी, बिकास वाईवा, जयराम माझी, सम्राट माझी, रोसन बानियाँ लगायत प्रवेश गरेको राप्रपा नेपालका हेटौंडा नगर अध्यक्ष प्रेमलाल श्रेष्ठले जानकारी दिए । कार्यक्रममा बोल्दै गणेश थापा र राजाराम बर्तौलाले राप्रपा नेपाल सुस्ताएको हो, हराएको होइन भन्दै अब त्...
मनहरी-५ मा हाजिरिजवाफ प्रतियोगिता सम्पन्न

मनहरी-५ मा हाजिरिजवाफ प्रतियोगिता सम्पन्न

Breaking news 3, खेलकुद, मनोरञ्जन, शिक्षा, समाचार, स्थानीय
५८ औ राष्ट्रिय बाल दिवसको अवसरमा मनहरी-५ न. वडा कार्यलय र CWIN Nepal को सहकार्य तथा वडा बाल सन्जालको आयोजनामा वडा स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।मनहरी-५ स्थित भोजशिद्द माध्यामिक बिधालयमा प्रतियोगिता भएको थियो ।वडा बाल सन्जालका अध्यक्ष अन्जन सापकोटाको सभाअध्यक्ष भएको कार्यक्रममा प्रमुख अतिथी ५ नम्बर वडाका अध्यक्ष दिपेन्द्र अधिकारी बिशिस्ट अतिथी बिधालयका प्रधानाध्यापक महेस कुमार रिजाल रहनुभएको थियो । कार्यक्रममा मनहरी बाल सन्जालका अध्यक्ष आशिष् बुढाथोकी लगायतका ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।कार्यक्रममा बोल्नुहुदै प्रमुख अतिथी ५ नम्वर वडा अध्यक्ष दिपेन्द्र अधिकारीले मनहरी गाउँपालिकामा बालबालिकाको क्षेत्रमा लगानी हुनु अत्यावश्यक र गाउँ बाल संजाललाई बिगतका दिनदेखी नै साथ दिएर बाल अधिकारको पक्षमा आवाज उठाउदै आएको बताउनुभयो। " बालमैत्री सहकर्ता आवस्यकताको कुरा पनि मैले उठाएको ...
मकवानपुरगढीको वंशगोपाल माविले असोज १ गते स्थापना दिवस र वार्षिकोत्सव मनाउने

मकवानपुरगढीको वंशगोपाल माविले असोज १ गते स्थापना दिवस र वार्षिकोत्सव मनाउने

Breaking news 2, ट्रेन्डिङ, शिक्षा, समाचार, स्थानीय
मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नंम्बर २ कुर्लेमा रहेको वंशगोपाल मा. वि. (प्राविधिक शिक्षालय) ले आफ्नो ४७ औँ स्थापना दिवस तथा प्रथम वार्षिकोत्सव मनाउने भएको छ । आउँदो असोज १ गते विद्यालय परिसरमा ४७ औँ स्थापना दिवस तथा प्रथम वार्षिकोत्सव मनाउने भएको हो । सोही अवसरमा विद्यालयलाई सहयोग गर्ने व्यक्तिहरुलाई शैक्षिक सम्मान गर्ने तथा गत वर्षको शैक्षिक सत्रमा प्रथम , द्धितिय र तृतिय हुने कक्षा ईसीईडी देखि कक्षा १२ सम्मका विद्यार्थीलाई पुरस्कार वितरण गर्ने विद्यालयका प्रधानाध्यापक सन्देश तुम्सिङ मगरले जनाएका छन् ।विद्यालयले यस वर्षदेखि आफ्नो वार्षिक उत्सव पनि मनाउँन लागिएको प्रधानाध्यापक मगरले बताए । प्र.अ. मगरका अनुसार बिहिबार र शुक्रबार विद्यालयमा विविध खेलकुद कार्यक्रम गर्ने र उक्त खेलकुद कार्यक्रमको पुरस्कार पनि सोही कार्यक्रममा वितरण गरिने बताएका छन् । गत वर्षदेखि विद्यालयमा प्राव...
राष्ट्रिय बाल दिवसको अवसरमा नेपाल फाउन्डेसनद्धारा शैक्षिक सामाग्री वितरण

राष्ट्रिय बाल दिवसको अवसरमा नेपाल फाउन्डेसनद्धारा शैक्षिक सामाग्री वितरण

Breaking news 2, समाचार
वीरगञ्ज । ५८औँ राष्ट्रिय बाल दिवसको अवसरमा परिवर्तन नेपाल फाउण्डेशनद्वारा शैक्षिक समाग्री वितरण गरेको छ ।वीरगञ्ज महानगपालिकाको वडा नं. २६ अठराहामा रहेको श्री नेपाल राष्ट्रिय आधरभुत विद्यालयमा अध्यनरत रहेका बालबालिकालाई परिवर्तन नेपाल फाउण्डेशनले शैक्षिक समाग्री वितरण गरिएको फाउण्डेशनका कोषाध्यक्ष शुशिल पटेलले जनाएका छन् । परिवर्तन नेपाल फाउण्डेशनको अध्यक्ष रणधीर वर्णवालको सभापतित्वमा आयोजना भएको कार्यक्रममा प्रमुख अतिथि पोखरिया नगरपालिकाको पुर्व उप प्रमुख एंव समाज सेवि शल्मा खातुन, अतिथि विद्यालयका प्रधानाध्यापक मोहनलाल प्रसाद कुर्मी, वडा सदस्य प्रदिप कुर्मी ,संस्थाका संचालन प्रमुख अतुल राउत, सदस्य बालेश्वर साह, राजन साह र कुसुम चौहान लगायतको उपस्थित रहेको थियो ।कार्यक्रममा पुर्व उप प्रमुख खातुनले वीरगञ्ज महानगरमा यो विद्यालय हुदा हुदै पनि यहाँको अवस्था अस्त व्यस्त छ । यस्मा स्थानीय सरकार ...
राप्रपा नेपाल बिद्यार्थी संगठन मकवानपुरकाे अध्यक्षमा कबिराम पाेखरेल चयन

राप्रपा नेपाल बिद्यार्थी संगठन मकवानपुरकाे अध्यक्षमा कबिराम पाेखरेल चयन

Breaking news 1, समाचार, स्थानीय
हेटौंडा । राप्रपा नेपाल राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपाल मकवानपुरको अध्यक्षमा कबिराम पोखरेल चयन भएका छन् । पोखरेलको अध्यक्षतामा २७ सदस्यीय जिल्ला समिति चयन भएको छ । समितिका उपाध्यक्षहरुमा सन्जिब चौलागाईं , सरिता चौलागाईं , सचिबमा नबराज अधिकारी , कोषाध्यक्ष आर्जन खतिवडा , सदस्यहरुमा शड्ढर पाण्डे , राम बिश्वकर्मा, सुजन ढकाल, बुद्ध लामा , बिज्ञान भुजेल, रोशन दङ्गाल, अमिर चौलागाईं , आयुष दुलाल, शुभाष राई, सन्तोष बिक, पुरुषोत्तम सापकोटा ,सन्जिता फुयाँल,अन्मिता लुईटेल लगायत रहेका छन् । बधाई शुभकामना दिदै राप्रपा नेपालका नेता गणेश थापाले विद्यार्थी संगठनमा आबद्ध बिपन्न र जेहन्दार विद्यार्थीहरुलाई संगठन मार्फत बार्षिक रुपमा एक लाख बीस हजार रकम छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेका थिए । पार्टीका महामन्त्री राजाराम बर्तौलाले आगामी निर्बाचनमा राप्रपा नेपाललाई स्थापित गर्न युबा ...
एलाइड युथ सोसाइटीद्वारा गौतम मा. वि.मा विपद् व्यवस्थापन तालिम आयोजना

एलाइड युथ सोसाइटीद्वारा गौतम मा. वि.मा विपद् व्यवस्थापन तालिम आयोजना

Breaking news 3, ट्रेन्डिङ, शिक्षा, समाचार, स्थानीय
मिति २०७९/०५/२८ गते संस्था एलाइड युथ सोसाइटीले गौतम माध्यमिक विधालयमा विपद् व्यवस्थापन तालिम को आयोजना गरेको थियो | नेपाल सस्त्र प्रहरी बल 13 नं म गण पर्सा बाट प्रहरी निरीक्षक तिर्थ राज न्योपाने को नेतृत्वमा गौतम माध्यमिक विधालयमका छात्रछात्रा हारुमा विपद् व्यवस्थापन को जनचेतनामूलक कार्यक्रम सु-सम्पन्न गराइएको हो । कार्यक्रमको सभापती यस संस्था का उपध्यक्ष रिशु वर्मा , प्रमुख अतिथि गौतम माध्यमिक विधालयका प्रधानाध्यापक सोनम लामा,पिक्स लेनस बाट अतिथिको रुपमा पाल्नु भएका सौरव अग्रवाल ज्यु, गौतम माध्यमिक विधालयका गुरु एल्विन रेण्जर , संस्थाका तर्फबाट सचिव पियुष अग्रवाल,निवर्तमान अध्यक्ष ओम कुमार झा अवम संस्थाका सदस्य ओमी अग्रवाल, सेजल कर्ण, आचाल यादव,सीजल श्रेष्ठ को उपस्थितमा यो कार्यक्रम सुसम्पन्न भएको विधालय को तर्फ़ बाट कार्यक्रम उद्घोषक सौरज प्रधान ज्यु ले जनाउनु भएको छ ।...
वीरगञ्ज महानगरपालिका- ६    मिनाबजार स्थित  अवैधरुपमा बनेको संरचना भत्कियो

वीरगञ्ज महानगरपालिका- ६ मिनाबजार स्थित अवैधरुपमा बनेको संरचना भत्कियो

Breaking news 2, ट्रेन्डिङ, समाचार, स्थानीय
वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ६ स्थित मिनाबजारको नाला र सडकमाथिको अवैधरुपमा निर्माण भत्काएको छ । बुधबार विहान वडाध्यक्ष जयप्रकाश साह (अग्रवाल)को सक्रियतामा मिनाबजारको नालामाथिको अतिक्रमण भत्काउने अभियान थालिएको हो । वडाभरिनै सार्वजनिक जगा माथि गरिएको अतिक्रमण हटाइने वडाध्यक्ष साहले जनाएका छन् । वडाध्यक्षका अनुसार पछिल्लो समय निर्माण भएका केही घरहरुको नालामाथिनै पिलर बनाइका छन् । ‘सडकको उचाईभन्दा केही इन्च बढाएर नालामाथि प्लेट/स्लेब राखिएका छन् । जसले गर्दा सडकको चौडाई झन साँघुरिएको छ,’ उनले भने, ‘सडककै उचाईमा नालामाथि स्लेब हाल्ने योजना छ । यसको लागि बजेट समेत विनियोजन गरिएको छ ।’ नालाको पर्खालमाथि नै घर निर्माण गरेका छन् । ‘केही व्यक्तिले बढीनै अतिक्रमण गरेका छन् । जसले गर्दा मिनाबजारको सडक झन साँघुरो भएको छ,’ वडाध्यक्ष साहले भने, ‘यसका लागि महानगरपालिकाको नक्सा शाखासँग समन...
पर्साको जिराभवानी गाउँपालिकामा भूमि सम्बन्धी अभिमुखीकरण सम्पन्न

पर्साको जिराभवानी गाउँपालिकामा भूमि सम्बन्धी अभिमुखीकरण सम्पन्न

Breaking news 1, ट्रेन्डिङ, समाचार
वीरगंज - पर्साको जिराभवानी गाउँपालिकामा भूमि सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ । राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष तबरेज अहमदको अध्यक्षतामा गाउँपालिकाका जनप्रतिनिधीहरुलाई अभिमुखीकरण दिइएको हो । ‘हाम्रो अभियान भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान हाम्रै पालामा’ भन्ने नारालाई साकार पार्न राष्ट्रिय भूमि आयोग पर्साले अभिमुखीकरणको आयोजना गरेको आयोगका अध्यक्ष अहमदले बताए । भूमिहिन, सुकुम्बासी, दलित एवम् अव्यवस्थित बसोबासीहरुको पहिचान कसरी गर्ने, कसलाई भूमि उपलब्ध गराउने, सूचना कसरी संकलन गर्ने लगायतका बारेमा राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष तबरेज अहमद र आयोगका बिज्ञ सदस्य हिमाल चन्द गौतम सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । सोही अवसरमा भूमि सम्बन्धी कामको सहजताका लागि पालिकास्तरीय र वडास्तरीय सहजीकरण समिती गठन गर्ने निर्णय पनि गरिएको छ । आयोगका अध्यक...