काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले भक्तपुर भ्रमण गरेका छन् ।आज (बुधबार) बिहान भक्तपुर दरबार स्क्वायर पुगेका उनले अवलोकनमा एक घण्टा बिताए ।
उनले भक्तपुरका ऐतिहासिक सम्पदाका बारेमा जानकारी लिँदै अवलोकन गरेका थिए ।
उनले भक्तपुरमा मनाइने जात्राको तस्वीर अभिरुची पूर्वक हेर्दै त्यसबारे चासो राखेका थिए ।...
२९ भाद्र २०७९, बुधबार ०६:०९२९ भाद्र २०७९, बुधबार ०६:०९२९ भाद्र २०७९, बुधबार ०६:०९ by adminNo Comments
काठमाडौँ । राष्ट्रपति विद्यादेराष्ट्रपति विद्यादेवी भण्डारीसँग जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शले शिष्टाचार भेटवार्ता गर्नुहुने भएका छन् । राष्ट्रपति भण्डारीसँग उनले अपराह्न ४ बजे राष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्न कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैगरी आज बिहान ९ः३० बजे चिनियाँ नेता ली नेतृत्वको प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा भूकम्पपछिको पुनःनिर्माण परियोजनाहरूको अवलोकन र निरीक्षण गर्नेछ । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष ली सोमबार विशेष विमानबाट काठमाडौँ आइपुगेका थिएँ ।
भ्रमणको पहिलो दिन सभामुख सापकोटा र अध्यक्ष लीले संसद् भवन नयाँ बानेश्वरमा संसदीय प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी छ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरेका थिएँ । अध्यक्ष ली भ्रमणको दोस्...
२९ भाद्र २०७९, बुधबार ०४:२१२९ भाद्र २०७९, बुधबार ०४:२१२९ भाद्र २०७९, बुधबार ०४:२१ by adminNo Comments
चितवन | चितवन जिल्लाको भरतपुर महानगरपालिका - ०३ , नारायणगढ कमलनगरस्थित एक जुत्ता पसलमा मंगलबार राती करिब साढे ११ बजे विजुलीको तार सर्ट भई आगलागी भएको छ ।
स्थानीय तेज नारायण चापागाईको ट्रस र ब्लकले बनेको एकतले भवनको सटरमा अर्जुन कार्कीले भाडामा लिइ संचालन गर्दै आएको ओम ब्याकेन सुज हाउसमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
आगलागीबाट पसलमा रहेका सबै जुत्ता चप्पल चलेर नष्ट भएको प्रहरी कार्यालयका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । क्षतिको विवरण आउन बाँकी रहेको उनले बताए । आगलागीबाट मानविय क्षति भनेको भएको छैन । स्थानीय , प्रहरी र दमकलको सहायताले राती १२ बजे आगो नियन्त्रणमा लिइएको हो ।...
२९ भाद्र २०७९, बुधबार ०४:१७२९ भाद्र २०७९, बुधबार ०४:१७२९ भाद्र २०७९, बुधबार ०४:१७ by adminNo Comments
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले आज भदौ २९ गते बुधबार मनाइदै गरिएको राष्ट्रिय बाल दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।प्रमुख शर्माले शुभकामना सन्देश जारी गर्नुहुँदै नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्दता गरेको दिनका अवसरमा हामी हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आइरहेको उल्लेख गर्नुभएको हो ।‘‘बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार’’ भन्ने नारासहित आज मनाइदै गरिएको ५८ औं राष्ट्रिय बाल दिवसका सन्दर्भमा प्रमुख शर्माले आफ्नो सन्देशमा नेपालको संविधानले बालबालिकाको सर्वाङ्गीण विकासका लागि बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता जस्ता अधिकार व्यवस्था गरेको उल्लेख गर्नुभएको छ । ‘बालबालि...
२९ भाद्र २०७९, बुधबार ०४:१२२९ भाद्र २०७९, बुधबार ०४:१२२९ भाद्र २०७९, बुधबार ०४:१२ by adminNo Comments
आर्यन सिग्देलको मुख्य भूमिका रहने फिल्म 'सायरा'को निर्माण घोषणा गरिएको छ। मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो।
नेपाली र भारतीय फिल्मकर्मीको संयुक्त लगानीमा बन्ने फिल्मलाई बलिउड निर्देशक विशाल देसाईले निर्देशन गर्नेछन्।फिल्ममा बलिउड निर्माता तथा निर्देशक पुस्कर झाको निर्माण रहनेछ। पुस्करसँग नेपाली ब्यानर डीबीआर मिडिया एण्ड मुभिज प्राली र आइविल प्रोडक्सन अस्ट्रेलियाको संयुक्त लगानी रहनेछ।
निर्देशक विशाल देसाईले नेप-इन्डो प्रोजेक्टमा जोडिन पाउँदा उत्साहित रहेको बताए। मलाई निर्देशकको रुपमा छनोट गर्न भएकोमा उत्साहित छु। यस प्रोजेक्टमार्फत हाम्रो दुई छिमेकी मुलुकको मित्रता अझ बढ्छ भन्ने आशा छ,' उनले भने। निर्माता तथा निर्देशक पुस्करले नेपाली फिल्म बनाउन पाउँदा खुशी रहेको बताए।
'नेपाली फिल्म बनाउने इच्छा थियो। अहिले यो सहका...
२८ भाद्र २०७९, मंगलवार १५:४९२८ भाद्र २०७९, मंगलवार १५:४९२८ भाद्र २०७९, मंगलवार १५:४९ by adminNo Comments
हेटौंडा । मकवानपुर क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका दिपेन्द्र चन्द ठकुरीले स्वतन्त्र रुपमा लौरो चुनाव चिन्हबाट चुनाव लड्ने भएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेद्वार ठकुरीले लौरो चुनाव चिन्ह लिएर चुनाव लड्न लागेका हुन् ।
बा आमालाई टेकाउने, भ्रष्टहरुलाई सेकाउने मुल उद्देश्यका साथ ठकुरी जनताको सेवा गर्न चुनावी मैदानमा होमिन थालेका हुन् । स्वतन्त्र तथा बैकल्पिक शक्तिको लौरो अभियानमा जोडिएर अगाडि आएका उनले जनताको सेवक भएर सेवा गर्ने इच्छा भएको बताए । स्वतन्त्र सरकार निर्माण गरौ, भ्रंष्टहरुलाई बिदाई गरौं भन्ने मुल नाराका साथ देशैभरबाट अहिले स्वतन्त्र अभियानमा युवाहरुको लहड नै लागेको छ । स्थानीय तहको निर्वाचनमा काठमाडौंमा वालेन्द्र साह र धरानमा हर्क साम्पाङले स्वतन्त्र रुपमा चुनाव जितेपछि राजनीतिक दलबाट दिक्क र आजित भएका जनताले स्वतन्त्र ...
२८ भाद्र २०७९, मंगलवार १४:२०२८ भाद्र २०७९, मंगलवार १४:२०२८ भाद्र २०७९, मंगलवार १४:२० by adminNo Comments
मकवानपुर | राप्रपा नेपालको राष्ट्रिय प्रजातान्त्रिक युबक संगठन नेपाल मकवानपुरको अध्यक्षमा भृगु कार्की चयन भएका छन् । आज कार्किको अध्यक्षतामा ४१ सदस्यीय समिति चयन भएको छ ।
त्यसैगरी समितिका उपाध्यक्षहरुमा रोम प्रसाद सापकोटा , तुल्सी नेपाल , आरती पाठक कार्की , भगवान बर्तौला, प्रदिप बिष्ट , सचिब राजकुमार पौडेल , कोषाध्यक्ष साकार बर्तौला, सह(सचिब महेश्वर न्यौपाने सदस्यहरुमा बलबिर लामा, सुशील तिमल्सिना ,अरुण कुमार दुलाल, इन्जिनियर पुजा श्रेष्ठ , रुपेश सिंह ठकुरी , दिपक अधिकारी , रबिन गौतम , राजन सन्जेल, केशब बिष्ट , प्रभा राई, बिबेक न्यौपाने, कमल घले, विशाल गौतम, सुगन्ध लामा, जीवन खड्का, कुमार लामा, काशिराम सुवाल, राजकुमार दुलाल, धुर्ब गौतम, कुमार लामा, गुणराज सापकोटा , गोपाल राना मगर, सागर घलान, सुमित श्रेष्ठ , अभिषेक लामा, सबिन सापकोटा लगायत रहेका छन् ।
राप्रपा नेपालका नेता गणेश थापा र र...
२८ भाद्र २०७९, मंगलवार ०६:०५२८ भाद्र २०७९, मंगलवार ०६:०५२८ भाद्र २०७९, मंगलवार ०६:०५ by adminNo Comments
हेटौंडा । योल्मो रेमिट्यान्सका प्रोपाईटर सोनाम लामा द्वारा खेलाडीहरुको लागी खेल जर्सि सौजन्य गर्नुभएको छ ।आज भएको एक कार्यक्रम बीच खेल जर्सी हस्तान्तरण गरिएको हो ।सयपत्री युवा क्लब सुनाचुरीका अध्यक्ष सुरज श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा मनहरी-६ का वडा अध्यक्ष युबराज थपलियाको प्रमुख आतिथ्यता रहेको थियो ।
खेल जर्सी हस्तान्तरण पश्चात् वडा अध्यक्ष युबराज थपलियाले खेल क्षेत्रको बिकासमा सहयोग गरिरहने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले वडामा मिनि रंगशालाकाे रुपमा जोगिताल खेलमैदानलाई स्तरउन्नती गर्नुपर्ने बताउनुभएको छ । खेल क्षेत्रलाई क्रमिक सुधार गर्दै लानुपर्ने आवस्यक रहेको उहाको भनाई छ । कार्यक्रममा बोल्नुहुदै सयपत्री युवा क्लबका अध्यक्ष सुरज श्रेष्ठले क्लब लाई पुन: नवीकरण गर्नुपर्ने आवस्यक रहेको बताउनुभयो । अध्यक्ष श्रेष्ठका अनुसार क्लब नवीकरण नभएको कारणले खेलाडी र क्लबलाई समेत ...
२८ भाद्र २०७९, मंगलवार ०३:५२२८ भाद्र २०७९, मंगलवार ०३:५२२८ भाद्र २०७९, मंगलवार ०३:५२ by adminNo Comments
काठमाडौं । नेपालद्वारा पाकिस्तानलाई रु दुई करोड मूल्य बराबरको राहत सामग्री सहयोगस्वरुप उपलब्ध गराइने भएको छ ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी पाकिस्तानमा आएको बाढीबाट धनजनको क्षति भएको जनाउँदै राहतस्वरुप सहयोग उपलब्ध गराइने बताए ।
यही भदौ २१ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयानुसार सहयोग गर्न लागिएको मन्त्रालयले जनाएको छ । पाकिस्तानमा विपद्मा परी मृत्यु हुनेप्रति नेपाल सरकारले श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।...
२७ भाद्र २०७९, सोमबार १५:२८२७ भाद्र २०७९, सोमबार १५:२८२७ भाद्र २०७९, सोमबार १५:२८ by adminNo Comments
नेपाल र चीनबीच ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ । सोमबार अपरान्ह नेपाल आइपुगेका चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु र नेपालको प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाबीच ६ बुँदे सम्झौता भएको हो । सोमबार संघीय संसद भवन नयाँ बानेश्वरको तिलिचो हलमा भएको उनीहरुबीचको शिष्टाचार भेटमा सम्झौता भएको हो । ली चार दिने नेपाल भ्रमणका लागि सोमबार ६७ सदस्यीय टोलीको नेतृत्व गर्दै आइपुगेका हुन् ।...