Monday, April 20News That Matters

समाचार

चिनियाँ सभामुख ली नेपाल आउँदै

चिनियाँ सभामुख ली नेपाल आउँदै

Breaking news 2, समाचार
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चीनका सभामुख तथा राष्ट्रिय जनकङ्ग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु औपचारिक नेपाल भ्रमणका लागि सोमबार नेपाल आउँदै छन् । लीसहितको चिनियाँ प्रतिनिधिमण्डल तीनदिने भ्रमण आउन लागेको र उनीहरु भदौ २९ गतेसम्म नेपालमा रहने परराष्ट्र मन्त्रालयको भनाइ छ । सोमबार नै सभामुख सापकोटा र चिनियाँ नेता लीबीच भेटवार्ता गर्नुहुने कार्यसूची रहेको छ । सभामुख सापकोटाले लीको सम्मानमा साँझ रात्रिभोजको आयोजना गर्नेछन् । मङ्गलबार चिनियाँ नेता लीले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग छुट्टाछुट्टै भेट गर्नेछन् । बुधबार उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवास पुगेर शिष्टाचार भेट गर्ने कार्यसूची रहेको छ । नेपाल भ्रमणका क्रममा अध्यक्ष लीले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली,...
श्रीलंकाले जित्यो टी-२० एसिया कपकाे उपाधि

श्रीलंकाले जित्यो टी-२० एसिया कपकाे उपाधि

Breaking news 1, अन्तर्राष्ट्रिय, समाचार
काठमाडौं । टी-२० एसिया कप २०२२ को उपाधि श्रीलंकाले जितेको छ । बलरहरू चम्किंदा पाकिस्तानलाई २३ रनले पराजित गर्दै श्रीलंकाले उपाधि हात पारेको हो । पहिले ब्याटिङ गरेको श्रीलंकाले पाकिस्तानलाई जितका लागि १७१ रनको लक्ष्य दिएको थियो । तर, पाकिस्तानले उक्त लक्ष्य निर्धारित २० ओभरमा अलआउट हुँदै १४७ रन मात्रै बनायो । पाकिस्तानका मोहम्मद रिजवानले ५५ रनमा बनाए पनि कप्तान बाबर आजम ५ रनमै आउट भए । इफित्खार अहमदले ३२ रन र हरिस रौफले १३ रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । श्रीलंकाका प्रमोद मदुशनले ४ ओभरमा ३४ रन खर्चेर ४ विकेट लिए, स्पिनर वानिन्दु हसरंगाले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । यस्तै, चामिका करुणारच्ने दुई र महेथ थिक्सेनाले एक विकेट लिए । दुबई इन्टरनेशल स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७० रन बनाएको थियो । ...
थाहा-६ का अध्यक्ष श्रेष्ठको पहलमा डेढ महिनामै चौकी स्थापना

थाहा-६ का अध्यक्ष श्रेष्ठको पहलमा डेढ महिनामै चौकी स्थापना

Breaking news 3, ट्रेन्डिङ, राजनीति, समाचार, स्थानीय
सानोबाबु मुक्तान | थाहा नगर थाहा नगरपालिका ६ बज्रबाराहिमा अस्थायी प्रहरी चौकी आज उद्घाटण गरिएको छ । दशकौ अगिदेखी स्थानियको माग लाई मध्यनजर गर्दै चौकी स्थापना गरिएको हो । आज प्रहरी चौकिकै प्राङ्गणमा एक कार्यक्रमको बिच मकवानपुर जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक बामदेब गाैतमले चौकिको उद्घाटन गर्नुभएको हो । गौतमले चौकिको ब्यानरलाइ अनावरण गरि उध्घाटन गर्नुभएको थियो । थाहा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष राजेन्द्रभक्त श्रेस्ठको सभाध्यक्षता तथा एस्पि गौतमको प्रमुख आतिथ्यतामा भएको उदघाटन कार्यक्रममा नेकपा एमालेला नेता बिष्णु ढकाल, कल्पना बलामी, नेपाली काङ्रेसकी नेतृ इश्वरी शाही ठकुरी, नगर सभापती प्रमोद कृष्ण जोशी, नेकपा समाजबादीका इश्वरलाल रुम्बाले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै नेपाली काङ्रेस थाहा नगरका सभापती प्रमोद कृष्ण जोशीले दशकौ देखिको उदेश्य...
निलम्बित प्रधानन्याधीस जबराकाे बाँकी बयान मंगलबार हुने

निलम्बित प्रधानन्याधीस जबराकाे बाँकी बयान मंगलबार हुने

Breaking news 1, समाचार
काठमाडौं। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बाँकी बयान मंगलबार हुने भएको छ । आइतबार चौथो दिन उनले महाभियोग सिफारिस समितिको बैठकमा बयान दिएका छन् । बयान नसकिएकाले मंगलबार थप बयान हुने तय भएको छ । सिंहदरबारमा बसेको समितिको बैठकमा बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले न्यायपालिकालाई आँच आउने गरी आफूले कुनै पनि काम नगरेको र आफूलाई महाअभियोग लगाउनुपर्ने कुनै पनि कारण नभएको बताएका छन् ।...
श्री कृष्ण मा.बि.मा अनेरास्ववियुको कमिटी गठन

श्री कृष्ण मा.बि.मा अनेरास्ववियुको कमिटी गठन

Breaking news 1, ट्रेन्डिङ, राजनीति, समाचार, स्थानीय
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन–अनेरास्ववियु, मकवानपुरले भीमफेदी गाउँपालिका स्थीत श्री कृष्ण माध्यमीक विद्यालय, भैंसेमा कमिटी गठन गरेको हो । आज आईतवार अखिल मकवानपुर जिल्ला कमिटीको “एक कमिटी पाँच काम” अभियान अन्तर्गत पहिलो काम कमिटी गठन भीमफेदी गाउँपालिकाले कामको सुरुवात गरेको हो । आज जिल्ला कमिटी सदस्य भुपेन्द्र राना मगरको प्रमुख आतिथ्यतामा भएको कमिटी निर्माण कार्यक्रममा +२ मा सृजना सुनारको अध्यक्षतामा १३ सदस्यीय कमिटी निर्माण गरेको हो । उक्त +२ कमिटीको उपाध्यक्षमा सविना थापा मगर, सचिवमा पलक लामा, सह–सचिवमा सुरेन्द्र मुक्तान र निशा पुलामी मगर तथा कोषाध्यक्षमा विनीता बल चयन हुनु भएको हो । आज नै सोहि विद्यालयको ९–१० को कमिटी पनि युगन्ती परियारको अध्यक्षतामा निर्माण भएको छ । कमिटीको उपाध्यक्षतामा सानिया गुरुङ, सचिवमा रुचक पुडासैनी, सह–सचिवहरुमा विनीता लो, आशिका पुडासैन...
चोलेन्द्रले भने : छाउनीको १५ रोपनी जग्गा नेपाल ट्रष्टको होइन, प्रेरणाकै हो

चोलेन्द्रले भने : छाउनीको १५ रोपनी जग्गा नेपाल ट्रष्टको होइन, प्रेरणाकै हो

Breaking news 2, ट्रेन्डिङ, राजनीति, समाचार
२६ भदौ, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले नेपाल ट्रष्ट र पूर्वअधिराजकुमारी प्रेरणा शाह जोडिएको  छाउनीको १५ रोपन जग्गा प्रेरणाकै भएको दावी गरेका छन् । महाभियोग सिफारिस समितिमा बयानका क्रममा जबराले त्यो जग्गा राजा विरेन्द्रले अपुताली स्वरुप पाएकाले निजी सरह हुने बताए । ‘प्रेरणा राणासँगको सम्बन्धित जग्गा तत्कालीन श्री ५ को होइन । तत्कालीन श्री ५ विरेन्द्रलाई अपुतालीलाई प्राप्त भएको जग्गा हो । राज्यको त्यसमा लगानी होइन’, जबराले बयानमा भनेका छन्, ‘सरकारले यसलाई खरिद गरिदिएर राखिदिएको राजाको राजदरवारजस्तो होइन । यो नितान्त अपुताली र व्यक्तिगत सम्पत्ति हो । राजा विरेन्द्रको स्वर्गारोहण पछाछि सम्पत्ति राजा ज्ञानेन्द्रकोमा आयो । राजा ज्ञानेन्द्रले प्रेरणालाई दाइजोस्वरुप दिए ।’ मालपोत कार्यालयमा पास गर्ने अन्तिम चरणमा रोकिएको र विवाद भएको भन्दै जबराले त्यसलाई ‘...
अनेरास्ववियु मकवानपुरले सुरु गर्यो सदस्यता वितरण अभियान

अनेरास्ववियु मकवानपुरले सुरु गर्यो सदस्यता वितरण अभियान

Breaking news 1, ट्रेन्डिङ, राजनीति, समाचार
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, मकवानपुर जिल्ला कमिटीले आजबाट सदस्यता वितरण सुरु गरेको हो । आज मकवानपुर बहुमुखी क्याम्पस कमिटीको सचिवालय बैठक गर्दै अखिल मकवानपुर अध्यक्ष भुवन मैनालीले १०० जना सदस्यलाई सदस्यता वितरण गर्नुभएको हो । मकवानपुर बहुमुखी क्याम्पसमा जिल्ला कमिटीको “एक कमिटी पाँच काम” अभियान अन्तर्गत सदस्यता वितरण सुरु गरेको जिल्ला अध्यक्ष भुवन मैनालीले थाहा पानालाई बताए । यसै अभियानलाई निरन्तरता दिंदै मकवानपुर गढी गाउँपालिका कमिटी र हेटौंटा क्याम्पस कमिटीको पनि बैठक बसालेको छ । क्याम्पस र उक्त पालिका कमिटीले “एक कमिटी पाँच काम” अन्तर्गत प्रशिक्षण कार्यक्रम गर्ने, नयाँ सदस्यता वितरणलाई तिव्रता दिने, संगठन गठन र पुनः गठन गर्ने, मंसिर ४ को प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनलाई मध्यनजर गरि नयाँ मतदाताको पहिचान र मतदाता शिक्षा संचालन गर्ने तथा सोहि मंसिर ४ को...
मगर विद्यार्थीको मकवानपुर अध्यक्ष पुलामी

मगर विद्यार्थीको मकवानपुर अध्यक्ष पुलामी

Breaking news 1, Breaking news 2, ट्रेन्डिङ, प्रदेश, समाचार
आज सनिवार हेटौंडामा अएको ९ औं अधिवेशन बाट नेपाल मगर विद्यार्थी संघ जिल्ला समन्वय समिति मकवानपुरको अध्यक्षमा पुनः शिव पुलामी चयन भएका छन् । पुलामी यस अघि पनि अध्यक्ष नै थिए र आज भएको अधिवेशन बाट पुनः अध्यक्षमा सर्वसम्मत दोहोरिएका हुन् । संघको उपाध्यक्षमा विवश राना मगर, सचिव अनिल पुलामी, सहसचिव मनिषा सारु, कोषाध्यक्ष पुष्पराज पिठाकोटे मगर निर्वाचित भएका छन् । नेपाल मगर संघका केन्द्रीय अनुशासन विभाग संयोजक अशोक सारु मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मगर संघ केन्द्रीय सदस्य अमृता थापा मगर, बागमती प्रदेश सदस्य खेम जर्गा, मगर विद्यार्थी संघ प्रदेश उपाध्यक्ष अस्मिता पुलामी मगर लगायतले मन्तव्य व्यक्त गरेका थिए । उक्त कार्यक्रममा नेपाल मगर संघ मकवानपुर उपाध्यक्ष उमीृला राना मगर सचिव महेन्द्र राना मगर, सहसचिव भुपेन्द्र राना मगर तथा निवर्तमान सहसचिव आशिष अस्लामीको अतिथ्यता रहेको थियो । ...
मकवानपुरमा अनेरास्ववियुले लियो गति

मकवानपुरमा अनेरास्ववियुले लियो गति

Breaking news 1, ट्रेन्डिङ, राजनीति, समाचार
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन–अनेरास्ववियु जिल्ल कमिटी मकवानपुरको कामले थति लिएको छ । अनेरास्ववियुको गत साउन १८ र १९ गते हेटौंडामा भएको २७ औं जिल्ल सम्मेलन पछि पहिलो बैठक बसेको छ । पार्टि कार्यालयमा बसेको बैठकले गरेको निर्णयहरु बमोजि कामको सुरु गरेको छ । आज सनिवार मात्रै अनेरास्ववियुले ४ वटा पालिका कमिटीहरुको एकै दिन बैठक बसालेको छ । अनेरास्ववियुको जिल्ला अध्यक्ष भुवन मैनालीका अनुसार “एक कमिटी पाँच काम” अभियान संचालन गरेको छ र यी चारै वटा कमिटीले पाँच कामको योजना बनाएर निर्णय गरेको बताए । अध्यक्ष मैनालीका अनुसार पाँच काममा पहिलो काममा मातहतका सवै कमिटीको प्रशिक्षण आयोजन गर्ने, दोश्रो काममा संगठन गठन र पुनः गठन गर्ने, तेश्रो काम विद्यार्थीहरुका विच गएर सदस्यता वितरण गर्ने र चौंथो काम मंसिर ४ को निर्वाचन केन्द्रित भई नयाँ मतदाताको पहिचान गर्ने र मतदाता शिक्षा संचाल...
यु -१७ साफ च्याम्पियनसिप फुटबल : नेपाल र भारत भिड्दै, दुबै टिम समूह बिजेता बन्ने दाउमा

यु -१७ साफ च्याम्पियनसिप फुटबल : नेपाल र भारत भिड्दै, दुबै टिम समूह बिजेता बन्ने दाउमा

Breaking news 1, खेलकुद, ट्रेन्डिङ, समाचार
काठमाडौं : श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलमा नेपालले आज समुहकाे अन्तिम खेलमा भारतसँग प्रतिस्पर्धा गर्दैछ । कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपालले भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । सेमिफाईनल पुगिसकेकाे नेपाल आज भारतलाई हराउँदै समूह विजेता बन्ने योजनामा रहेको छ भने भारतपनि नेपाललाई हराउदै समूह बिजेता बन्न चाहान्छ तर भारतलाई हराउन नेपाललाई सहज भने छैन । भारत पनि नेपालसंगै सेमिफाईनल भने पुगिसकेकाे छ ।...