Saturday, April 18News That Matters

सर्लाही बिशेष

बालिका सम्मेलन गर्नुपर्ने माग गर्दै चन्द्रनगरमा प्रदर्शन

बालिका सम्मेलन गर्नुपर्ने माग गर्दै चन्द्रनगरमा प्रदर्शन

Breaking news 3, समाचार, सर्लाही बिशेष, स्थानीय
सर्लाही । सर्लाहीको चन्द्रनगरमा जनप्रतिनिधिको बिरोध पछी स्थगित गरिएको बालिका सम्मेलन गर्नुपर्ने माग राख्दै प्रदर्शन गरिएको छ । बाल विवाह सन २०३० सम्म अन्त्य र बालिकालाई सक्षम बनाउने उदेश्यका साथ आज(शनिवार) नाढीमन तालमा हुने बालिका सम्मेलन गाउँपालिका उपाध्यक्ष गितादेवी महतो, वडा नं. ७ का वडा अध्यक्ष रामस्वरुप कुर्मी, वडा नं. ६ का वडा अध्यक्ष दिपेन्द्र चौधरी, वडा नं. ५ का वडा अध्यक्ष , वडा नं. ४ का वडा अध्यक्ष राजिव सिंह , वडा नं. ३ का वडा अध्यक्ष सिताराम महतो लगायतका विरोद्ध टोलीले शुक्रवार गाउँपालिकाको कार्यालय अगाडी बालिका सम्मेलन स्थगित गर्न माग गरेपछी बालिका सम्मलेन स्थगित गरिएको थियो । बालिका सम्मेलन स्थगित भएपछि बालबालिका, महिला अधिकारकर्मी तथा महिलाहरु लगायत अन्य व्यक्तिहरुको उपस्थितिमा सम्मेलन गर्नुपर्ने भन्दै प्रदर्शन गरिएको छ । बालबालिकाहरुले बालिका सम्मेलन चाडै गर, बालिका ...

कृषि क्याम्पस स्थापनाका लागि लालबन्दी १६ परवानिपुर प्रस्ताव

सर्लाही बिशेष
सर्लाहीको लालबन्दी नगरपालिकाभित्र कृषि क्याम्पस स्थापनाका लागि मंगलबार छलफल गरिएको थियो । काठमाडौँ विश्व विद्यालय धुलिखेलसँग समन्वय गरी लालबन्दी नगरपालिकाले नगरभित्र कृषि क्याम्पस खोल्ने तयारी गरिरहेको छ । त्यसक्रममा मंगलबार नगरभित्र क्रियाशील प्रमुख राजनीतिक दलका प्रतिनिधिसहित जनप्रतिनिधि, अन्य सरोकारवाला र अगुवालाई भेला गरेर जनज्योति बहुमुखी क्याम्पसको सभाहलमा छलफल गरिएको हो । कार्यक्रममा वक्ताहरुले मधेश प्रदेशकै प्रतिनिधित्व हुने गरी लालबन्दी नगरपालिकाले यहाँ कृषि क्याम्पस स्थापना गर्न गरिरहेको पहलमा प्रशंसा र समर्थन जनाएका छन् । लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारीको अध्यक्षता तथा सर्लाही क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्य रामप्रकाश चौधरीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा काठमाडौँ विश्व विद्यालय धुलिखेलका प्राध्यापक विवेक बराल, लालबन्दी नगरपालिकाकी उपमेयर कल्पनामाया...
सर्लाहीको लालबन्दी बजार सफाइ अभियान सुरु

सर्लाहीको लालबन्दी बजार सफाइ अभियान सुरु

Breaking news 1, सर्लाही बिशेष
सर्लाही । सर्लाहीको लालबन्दी बजार आज सफाई गरिएको छ। लालबन्दी नगरपालिकाको आयोजना तथा स्थानीय ब्यापारी, संघ संस्था, शिक्षक, विद्यार्थी एवं सचेत नगरवासिको सहभागीतामा लालबन्दी बजारमा सरसफाइ गरिएको हो । उक्त कार्यक्रममा लालबन्दी नगरप्रमुख बासुदेव अधिकारी, प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुईटेलसहित सबै शाखाका प्रमुख एवं कर्मचारीको सहभागीता रहेको थियो । ‘सफा सहर, स्वच्छ वातावरण, हाम्रो अभियान’ भन्ने नाराका साथ आफ्नो नगर आफै सरसफाइ गरि नियमित सरसफाइ गर्ने बानिको विकास गर्न जनचेतना जगाउने र फोहोर व्यवस्थापनको दिर्घकालिन समाधान गर्ने उद्देश्यले लालबन्दी नगरपालिकाको अगुवाइमा सफाइ अभियान सुरु गरिएको लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले बताउनुभयो । उहाँले हप्ताको एक दिन एक घण्टा लालबन्दी नगरपालिकाको विभिन्न स्थानहरुमा सरसफाइ गर्ने, उक्त स्थानका स्थानीय वासी, व्यवसायी ...
सर्लाहीमा पहिलो पटक चन्द्रनगरले गर्‍याे; धनी पुर्जा वितरण

सर्लाहीमा पहिलो पटक चन्द्रनगरले गर्‍याे; धनी पुर्जा वितरण

Breaking news 1, सर्लाही बिशेष
सर्लाही । जिल्लामा पहिलो पटक नापी कार्यालय सर्लाहीले चन्द्रनगरमा जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गरेको छ ।चन्द्रनगर गाउँपालिका प्रमुख राजकुमार महताे र नापी कार्यालय सर्लाहीका प्रमुख संजय मनान्धरले जिल्लामा पहिलो पटक चन्द्रनगर गाउँपालिका वडा नं.-४,स्थित गढाटोलमा लालपुर्जा वितरण गरेका हुन । आज (सोमवार) बिहान दलित बस्तीका ४५ जनालाई जग्गा धनी पुर्जा (लालपुर्जा) वितरण गरेको हाे । चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोको पहलमा पुस्तौ पुस्ता देखि जोत भोग गरिरहेको गाउँ ब्लक जग्गाको लालपुर्जा सम्बन्धित व्यक्तिहरुलाई प्रदान गरिएको हाे । स्थानिय नागेन्द्र महराले पहिलोपटक जग्गा धनी पूर्जा प्राप्त हुदा आफुहरुलाई धेरै खुसि लागेको बताए ।´आफ्नो पिता पूर्खा देखि लालपुर्जा थिएन ,´ धेरै दुःख लाग्थाे उनलेे भने । जग्गा धनी पूर्जा प्राप्त भएपछि आफुहरुकाे दु:खकाे दिन गएको उनले बताए । ´अप्ठ्यार...
विद्यालयहरुलाई नमूना बनाउने गापा अध्यक्ष यादवको घोषणा

विद्यालयहरुलाई नमूना बनाउने गापा अध्यक्ष यादवको घोषणा

Breaking news 2, सर्लाही बिशेष
सर्लाही । पर्सा गाउँपालिकाका अध्यक्ष धिरेन्द्र राय यादवले गाउँपालिकाको शिक्षा सुधारका लागि आफूले काम गरिरहेको बताउनु भएको छ । बिहीबार स्थानीय तहमा बालबालिका र सरोकारवालाहरुबीच समावेशी शिक्षा सम्बन्धी बहस कार्यक्रमका क्रममा बालबालिकाले सोधेको प्रश्नको जवाफ दिनुहुँदै गाउँपालिका अध्यक्ष यादवले यस्तो बताउनुभएको हो । बालबालिकाले गाउँपालिका अन्तर्गतका विद्यालयहरुमा भएको शिक्षकहरुको अभाव, कक्षा कोठाको अभाव, अपाङ्गमैत्री भवनहरुको अभाव, गुणस्तरीय शौचालयको अभाव, ल्याप तथा प्रयोगशालाहरुको अभावलगायतका अभावहरु कहिले सम्बोधन हुन्छ ? भनेर गरेको प्रश्नको जवाफ दिनुहुँदै गाउँपालिका अध्यष यादवले आफूले पदधार सम्हाले यता पालिकाका विद्यालयहरुको अवस्था पहिलेभन्दा सुधारोन्मुख भएको दाबी गर्नुहुँदै पालिका भित्रका सबै विद्यालयहरुलाई प्रदेशकै नमूना विद्यालय बनाउने गरी आफूले योजनावद्ध ढंगले काम गरिरहेको बताउनु...
फरक रूपमा मनाइयो ने. बि. संघ स्थापना दिवस

फरक रूपमा मनाइयो ने. बि. संघ स्थापना दिवस

Breaking news 1, सर्लाही बिशेष
सर्लाही। सर्लाही ईश्वरपुर नगरपालिकामा नेवि संघको स्थापना दिवस मनाइएको छ । नेपाली कांग्रेसबाट निर्वाचित नगर प्रमुख मनोज आचार्यको नेतृत्वमा नेपाल विद्यार्थी संघको स्थापना दिवस फरक ढंगले मनाइएको छ। ने. बि. संघ स्थापना दिवसको अवसरमा नगर प्रमुख आचार्यले नारायण जनता आधारभूत बिद्यालयका विद्यार्थीहरुलाई स्कुल ब्याग बितरण गरेर स्थापना दिवस मनाएका हुन् । छिमेकी नगरहरु र जिल्लाका विभिन्न स्थानमा प्रवचन गोष्ठी आयोजना गरेर परम्परागत रूपमा मनाए पनि उनले आफूले साना साना विद्यार्थीहरुको लागि स्कुल ब्याग उपहार दिएर यस शुभ दिन मनाउने नयाँ प्रथाको सुरुवात गर्न खोजेको नगर प्रमुख आचार्यले बताउनुभयो । यस वर्ष २०८० लाई ईश्वरपुर नगरको शैक्षिक उन्नयनको वर्षको रूपमा मनाउने उद्घोष गरेको उताउनु हुदैँ उहाले हरेक दिन र प्रत्येक प्रयास ईश्वरपुर नगर पालिकाको शिक्षाको गुणस्तर अभिबृद्धिका निम्ति खर्चिने उपक्रमक...
बाबा आमाबाट अपहेलित फरक क्षमताकि बालिकाको बौद्धिक तथा शारिरिक अपाङ्ग मानब सेवा केन्द्रले गर्‍यो उद्दार

बाबा आमाबाट अपहेलित फरक क्षमताकि बालिकाको बौद्धिक तथा शारिरिक अपाङ्ग मानब सेवा केन्द्रले गर्‍यो उद्दार

समाचार, सर्लाही बिशेष
हरिवन : प्रेमनाथ पौडेल । सर्लाहीको हरोवन मा बाबा आमा बाट अपहेलित भै बेसाहारा बनेकि बौद्धिक तथा शारीरिक रुप मा असक्त बालिकाको एक समाजिक संस्था ले उद्दार गरि मानब सेवा आश्रम को जिम्मा लगाईएको छ। जन्मैजात शारिरिक तथा बौद्धिक रुपम फरक क्षमता अपाङ्गता र बाबु आमा बाट अपहेलित भै साहारा नपाएकि १४बर्षिया बालिका अस्मिता भ्लोन तामाङ्ग लाई बौद्धिक तथा शारिरिक अपाङ्ग मानब सेवा केन्द्र ले उद्दार गरि समन्धित वडा का वडा अध्यक्ष महिला नेत्री केन्द्र का पदाधिकारि तथा पत्रकार को रोहबर मा बालिका लाई मानब सेवा आश्रम मा जिम्मा लगाईएको हो ।चार बर्ष को उमेर मै बालिका को आमा ले छोडेर हिड्नु को साथै बाबु पनि घर परिवार को सम्पर्क भन्दा बाहिर रहे पछि हजुर बुबा हजुर आमा को शरण मा रहदै आएकि थिईन ।दैनिक ज्याला मजदुरि गरि खाने हजुर बुबा आमा पनि ज्याला मजदुरि गर्न जादा बालिक मल मुत्र मै डुबेर बस्ने र नरकिय जिबन बिताई र...
हरिवनमा सम्पन्न निशुल्क स्वास्थ्य सेवामा १८० भन्दा बढिले सेवा लिए

हरिवनमा सम्पन्न निशुल्क स्वास्थ्य सेवामा १८० भन्दा बढिले सेवा लिए

Breaking news 2, सर्लाही बिशेष, स्वास्थ्य
हरिवन : प्रेमनाथ पौडेल । सर्लाहीको हरिवन ४ सासापुर स्वास्थ्यचौकि मा आईतबार सम्पन्न निशुल्क स्वास्थ्य सेवा शिविर मा १८०भन्दा बढि ले स्वास्थ्यपरिक्षण गराएका छन ।हरिवन नगरपालिका स्वास्थ्ययथा सामाजिक बिकाश शाखा ले केहि महिना देखि प्रत्येक महिना को पहिलो शनिवार बिशेषज्ञ डाक्टर बाट नागतिक को लागि निशुल्क स्वास्थ्य सेवा शिबिर संचालन गर्दै आएको छ ।नियमित मासिक निशुल्क स्वास्थ्य सेवा अन्तर्गत बैशाख महिना को पहिलो आईतबार सम्पन्न स्वास्थ्य सेवा सिबिर मा १सय ८८जना ले स्वास्थ्य परिक्षण को लाभ लिनु भएको सासापुर स्वास्थ्य चौकि का इन्चार्ज मोहन घिसिङ्गले बताउनु भयो ।निशुल्क स्वास्थ्य सेवा  शिबिर मा काठमान्डौ दिर्घायु गुरु हस्पिटल का फिजिसियन बाथ रोग विशेषज्ञ डाक्टर नरेन्द्र प्रसाद मैनालि का साथै सासापुर स्वास्थ्य चौकि मा कार्यरत मेडिकल अधिकृत कृष्णा प्रधानका बाट स्वास्थ्य  केकजाच परिक्षण गरिएको ...
कुशवाहा समाजले बृद्वआमाबुबालाई एकदिनको मिष्ठान भोजन र स्वास्थ परीक्षण गरी नयाँ बर्ष मनाए

कुशवाहा समाजले बृद्वआमाबुबालाई एकदिनको मिष्ठान भोजन र स्वास्थ परीक्षण गरी नयाँ बर्ष मनाए

Breaking news 1, सर्लाही बिशेष
सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका वार्ड न. २ जुटपानीमा रहेका पद्म भुनेश्वरी नमुना बृद्वसेवाश्रमका साहाराविहिन बृद्वआमाबुबाहरुलाई एक दिनको मिष्ठान भोजन र स्वास्थ परीक्षण गरि नयाँ बर्ष मनाइएको छ । नेपाल कुशवाहा कल्याण समाज जिल्ला कार्यसमिति सर्लाहीको आयोजनामा एक दिनको मिष्ठान भोजन र मोडेल अस्पताल, लालबन्दीका डा. आलोक कुशवाहाको टिमद्वारा स्वास्थ शिविर संचालन गरिएको कुशवाहा विद्यार्थी कल्याण समाज, सर्लाहीका अध्यक्ष भरत महतोले जानकारी दिए ।समाजले जिल्लाका विभिन्न समाजिक कार्यहरु लगायत स्थानिय स्तरमा भाईचारा कायम गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको उहाँले बताए ।गएको चैत्र २५ गते नेपाल कुशवाहा कल्याण समाजको छैठो जिल्ला अधिवेशनको अवसरमा रक्तदान कार्यक्रम समेत संचालन गरेका थिए । सो कार्यक्रममा ८५ जनाले रक्तदान गरेका थिए, उहाँले भने ।जुन संख्याका आधारमा अहिले सम्म कुनै पनि समाजले गरेको भन्दा ...

कृषि क्याम्पसको लागि लालबन्दी १६ परवानीपुरलाई प्रस्ताव

सर्लाही बिशेष
सर्लाहीको लालबन्दी नगरपालिकाभित्र कृषि क्याम्पस स्थापनाका लागि मंगलबार छलफल गरिएको छ । काठमाडौँ विश्व विद्यालय धुलिखेलसँग समन्वय गरी लालबन्दी नगरपालिकाले नगरभित्र कृषि क्याम्पस खोल्ने तयारी गरिरहेको छ । त्यसक्रममा मंगलबार नगरभित्र क्रियाशील प्रमुख राजनीतिक दलका प्रतिनिधिसहित जनप्रतिनिधि, अन्य सरोकारवाला र अगुवालाई भेला गरेर जनज्योति बहुमुखी क्याम्पसको सभाहलमा छलफल गरिएको हो । कार्यक्रममा वक्ताहरुले मधेश प्रदेशकै प्रतिनिधित्व हुने गरी लालबन्दी नगरपालिकाले यहाँ कृषि क्याम्पस स्थापना गर्न गरिरहेको पहलमा प्रशंसा र समर्थन जनाएका छन् । लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारीको अध्यक्षता तथा सर्लाही क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्य रामप्रकाश चौधरीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा काठमाडौँ विश्व विद्यालय धुलिखेलका प्राध्यापक विवेक बराल, लालबन्दी नगरपालिकाकी उपमेयर कल्पनामाया पा...