Saturday, April 18News That Matters

सर्लाही बिशेष

सर्लाहीको बरहथवाबाट नक्कली नोटसहित प्रहरीले एक जनालाई नियन्त्रण

सर्लाही बिशेष
सर्लाहीको बरहथवाबाट नक्कली नोटसहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । बरहथवा नगरपालिका–१७ कटानीबाट प्रहरीले १ हजार नोटको २ लाख ६८ हजार नक्कली नोटसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको हो । उनको साथबाट नक्कली नोटसहित नोट बनाउने कागजातसमेत बरामद भएको प्रहरीले जनाएको छ । अन्य केही व्यक्ति फरार भएकाले पक्राउ परेकाको बारेमा खुलाउन नसकिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रको नेतृत्वमा खटिएको प्रहरी टोलीले २४ बण्डल नोट आकारका कागजसहित बीआर ३० एम ३८२५ र बीआर ३० ए ५९६८ नम्बरको भारतीय प्लेटको मोटरसाइकलसमेत बरामद गरेको छ । यससँगै सर्लाहीमा नक्कली नोटको जालो फैलिँदै गएको प्रहरीले जनाएको छ । विगत तीन महिनायता नक्कली नोटसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ...
नेपाल शिक्षक संघको चुनावमा संस्थापन पक्षको प्रविण पासवान सहित प्यानल विजयी

नेपाल शिक्षक संघको चुनावमा संस्थापन पक्षको प्रविण पासवान सहित प्यानल विजयी

राजनीति, सर्लाही बिशेष
सर्लाही ।।नेपाल शिक्षक संघ सर्लाहीको नवौं जिल्ला अधिवेशनमा काँग्रेस संस्थापन पक्ष विजयी भएको छ ।हरिपुर नगरपालिकाको महावीर जनता बहुमुखी क्याम्पस भएको निर्वाचनमा शिक्षक संघको अध्यक्षमा संस्थापन पक्षको प्रविण कुमार पासवान विजयी भएको हो । बिहीबार दिउँसो सकिएको मतगणना अनुसार शिक्षक संघ सर्लाहीको अध्यक्षमा संस्थापन पक्षका पासवान ७८१ मत प्राप्त गर्दै अध्यक्षमा विजयी भएका छन भने उनका प्रतिस्पर्धी कांग्रेस संस्थापन इतर पक्ष अर्थात् गणेशप्रसाद उप्रेतीले ५४६ मत मात्रै प्राप्त गरेका छन् । उप्रेती पासवानसँग २३५ मतले पराजित भएका छन् । शिक्षक संघको जिल्ला कार्य समितिमा संस्थापन पक्षका पासवान नेतृत्वको प्यानल नै विजयी भएको छ। एक जना प्रदेश प्रतितिधिमा मात्रै संस्थापन इतरका उम्मेदवार विजयी भएका छन् । शिक्षक संघको उपाध्यक्षमा ७१५ मतसहित अवधेशकुमार राय विजयी भएका छन् । उनका प्रतिस्पर्धी रामबाबु रायल...

मोरङमा एउटै परीक्षा केन्द्रबाट ५२ जना एसईईका परीक्षार्थी पक्राउ

सर्लाही बिशेष
विराटनगर । मोरङमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को  एउटा केन्द्रबाट ५२ जना परीक्षार्थी पक्राउ परेका छन् । नक्कली परीक्षार्थीको आशंकामा ग्रामथान गाउँपालिका-२ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट ५२ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
हरिपूर्वामा मोटरसाइकल दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

हरिपूर्वामा मोटरसाइकल दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

समाचार, सर्लाही बिशेष
हरिपुर्वा। सर्लाहीको हरिपुर्वा नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परि दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बिहीवार अपराह्न ४ बजे वडा नं ३ धनकौलमा दक्षिणबाट उतर तर्फ जाँदै गरेको ना.३४ प ८२८९ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको बताईएको छ । मोटरसाइकल बाटो भन्दा ८ मिटर तल खेतमा दुर्घटना हुँदा अन्दाजी बर्ष ३०/३२ र ४५/४६ को जस्तो देखिने दुई पुरूषको घटना स्थलमा नै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय सर्लाहीले जनाएको छ । प्रहरीले घटनाको बिषयमा थप अनुसन्धान गरिरहेको बताएको छ। हालसम्म शवको सनाखत भईनसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाही प्रमुख लेखनाथ मैनालीले जानकारी दिनुभयो ।...
सर्लाहीको बलराबाट २० किलो गाँजा सहित मोटरसाइकल नियन्त्रणमा

सर्लाहीको बलराबाट २० किलो गाँजा सहित मोटरसाइकल नियन्त्रणमा

समाचार, सर्लाही बिशेष
बलरा | सर्लाहीको बलरा नगरपालिकामा सर्लाही प्रहरीले प्रतिबन्धित लागु औषध गाँजा सहित मोटरसाइकल नियन्त्रणमा लिएको छ । बलरा नगरपालिका वडा नं. हथियौल स्थित भित्री सडक खण्डमा प्रहरीले चेकजाँच गर्ने क्रममा २० किलो प्रतिबन्धित लागु औषध गाँजा बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय बलराका प्रहरी सहायक निरीक्षक दिपक कुमार गुप्ताको गस्ती टोलीले नेपाल बाट भारत तर्फ जादै गरेको अन टेस्ट अपाचे मोटरसाइकल रोक्न खोज्दा प्रहरी टोलीलाई देख्न साथ मोटर साइकल छाडी चालक फरार भएको थियो । प्रहरीले मोटरसाइकल चेक जाँच गर्दा मोटरसाइकलको पछाडी बाँधिएको बोरामा गाँजा बरामद भएको हो । नियन्त्रणमा लिइएको लागु औषध गाँजा र मोटरसाइकल ईलाका प्रहरी कार्यालय बलराको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।...
हरिवनमा वनको डढेलो गोठमा सल्किँदा बाख्रा फार्म जल्यो

हरिवनमा वनको डढेलो गोठमा सल्किँदा बाख्रा फार्म जल्यो

Breaking news 3, सर्लाही बिशेष
हरिवन | सर्लाही जिल्लाको हरिवन नगरपालिका वडा नम्बर– १ बिलन्दीमा बुधबार दिउँसो आगलागी भएको छ ।नेकपा एमालेका नेता एवम् अनेरास्ववियुका पूर्व जिल्ला अध्यक्षसमेत रहेका किसान उत्तम परियारले सञ्चालन गरेको बाख्रा फार्ममा आगलागी भएको हो । आगलागीबाट सोलार बैट्री , लत्ताकपडा, बाख्रलाई दानापानी दिने भाँडाकुडाहरु जलेर खरानी भएका छन् ।आगलागीबाट करिब ३ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।घरका मान्छे सबै बजार गएको बेला दिउँसो साढे १२ बजे तिर आगलागी भएको हो । केही दिनदेखि हरिवन नगरपालिका वडा नम्बर ८, ९ र १ मा पर्ने शिवेश्वर सामुदायिक वन र हरिवन वडा नम्बर ८ र १ मा पर्ने मनकामना सामुदायिक वनमा आगलागी भइरहेको थियो । वनमा लागेको आगो फैलिएर बाख्रा फार्ममा सल्किएको स्थानीयले बताएको छ । बाख्रा चरणको लागि खोलिएको समयमा आगलागी भएकाले पशुचौपाय र मानवीय क्षति भने नभएको बताइएको छ । जंगलबाट फैलिएर आएको आगो ...
शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीले परीक्षा मर्यादित बनाउन जारी ४६ बुंदे आचारसंहिता

शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीले परीक्षा मर्यादित बनाउन जारी ४६ बुंदे आचारसंहिता

Breaking news 2, शिक्षा, सर्लाही बिशेष
मलंगवा | शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीले माध्यमिक शिक्षा परीक्षालाई स्वच्छ, निष्पक्ष, मर्यादित, व्यवस्थित, अनुशासित, विश्वसनिय तथा भय रहित वातावरणमा सम्पन्न गर्न ४६ बुंदे आचारसंहिता जारी गरेको छ । सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यलय, सर्लाहीको सभा हलमा आयोजित माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ संचालन तथा व्यवस्थापन सम्बन्धी केन्द्राध्यक्षहरुको एक दिने अन्तरक्रिया कार्यक्रम मार्फत उक्त आचार संहिता सार्वजनिक गरेको शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीका प्राविधिक सहायक सुनिल कुशवाहाले जानकारी दिए । चैत्र १७ गते शुक्रवारबाट सुरु भई चैत्र २९ गते बुधवारसम्म संचालन हुने परीक्षामा ३७ वटा परीक्षा केन्द्र मार्फत जिल्लाभर ५५०१ छात्र र ५४१५ छात्रा गरी कुल १० हजार ९१६ जना विद्यार्थीले सहभागी हुने भएका छन । साधारणतर्फ १० हजार ६२४ र प्राविधिकतर्फ २९२ गरी जम्मा १० हजार ९१६ जना वि...
चन्द्रनगर गाउँपालिकाको पहलमा गाउँमै कृषि मिटर वितरण

चन्द्रनगर गाउँपालिकाको पहलमा गाउँमै कृषि मिटर वितरण

Breaking news 1, सर्लाही बिशेष
चन्द्रनगर | सर्लाहीको चन्द्रनगर गाउँपालिकामा कृषि मिटर लिन विद्युत प्राधिकरण जानु पर्दैन । गाउँपालिकामै कृषि मिटर वितरण भएपछि किसानहरू खुसी भएका छन ।   विद्युत् मिटरका लागि किसानले सदरमुकाम मलंगवासम्म धाउँदा समय, पैसा खर्च र हैरानी व्यहोर्नुपर्ने अवस्था थियो गाउँपालिकाबाटै उक्त सेवा किसानले पाएपछि किसानहरु हर्षित भएका छन । गाउँपालिकाले नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय मलंगवा वितरण केन्द्रको समन्वयमा आजदेखि किसानहरुलाई कृषि मिटर वितरण गरिरहेको छ । विद्युत चुहावट अन्त्य गर्न विद्युत महसुल गाउँपालिकाले नै तिरिदिने भएपछि मिटर लिनेको संख्या पनि बढेको छ। चन्द्रनगर गाउँपालिकाले पहिलो पटक विद्युत चुहावट मुक्त गर्न अभियान थालेकोले विद्युत प्राधिकरणको कर्मचारीहरु गाउँपालिकामा नै आएर आवश्यक पक्रिया पुरा गरेर मिटर वितरण कार्य सुरु गरेको नेपाल विद्युत प्राधिकरण वितरण केन्...
सर्लाहीबाट साढे १७ लाखको अवैध सामान बरामद

सर्लाहीबाट साढे १७ लाखको अवैध सामान बरामद

Breaking news 1, सर्लाही बिशेष
सर्लाही | प्रहरीले सर्लाहीका विभिन्न ठाउँबाट साढे सत्र लाख रुपैयाँ भन्दा धेरै मूल्यको अवैध सामान बरामद गरेको छ। भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा ब्रम्हपुरी गाउँपालिका–४ र बलरा नगरपालिका–२ बाट १७ लाख ६४ हजार रुपैयाँ मूल्य पर्ने कपडासहितका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।  सामान बरामद गर्ने क्रममा प्रहरीले प्रदेश २–०२–००१–ह०९४३ नम्बरको अटो पनि बरामद गरेको छ। बरामद सामान आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय मलंगवामा पठाइने डीएसपी कैलाश राईले जानकारी दिए। ...
सर्लाहीको गोडैताका एक युवकको भारतमा कुटपीट गरी हत्या

सर्लाहीको गोडैताका एक युवकको भारतमा कुटपीट गरी हत्या

Breaking news 1, Breaking news 3, सर्लाही बिशेष
सर्लाही | युवकको भारतमा हत्या भएको छ। मजदुरीका लागि भारतको पञ्जाब पुगेका गोडैता नगरपालिका–१२ का ४० वर्षीय रोजा बैठाको चार दिनअघि हत्या भएको हो। भारतीय युवकले कुटपित गर्दा उनको मृत्यु भएको आफन्तले बताएका छन्। बैठा विगत चार महिनादेखि गाउँकै साथीहरुसँग मजदुरी गरेर पञ्जाबमा बस्दै आएका थिए।  आफन्तको भनाई उद्धृत गर्दै सर्लाही प्रहरीले जनाएअनुसार यहि फागुन २४ गते साँझ सामान्य विवादमा बैठामाथि ३५ वर्षीय भारतीय युवक महेश माझीले चिर्पट प्रहार गर्दा उनी गम्भीर घाइते भएका थिए। स्थानीय अस्पतालमा सामान्य उपचारपछि घर फर्किएका उनको फागुन २५ गते बिहान मृत्यु भएको हो।मृतक बैठाको शव शनिबार आफन्तले पञ्जाबबाट गोडैतास्थित घर ल्याइपुर्याएका छन्। घटनाबारे जानकारी लिन मृतकको घरमा पुगेका प्रहरीले शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलंगवा लगेका छन्। पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै युवकको मृत्युको कारण खुल...