Monday, April 20News That Matters

Breaking news 1

श्री कृष्ण मा.बि.मा अनेरास्ववियुको कमिटी गठन

श्री कृष्ण मा.बि.मा अनेरास्ववियुको कमिटी गठन

Breaking news 1, ट्रेन्डिङ, राजनीति, समाचार, स्थानीय
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन–अनेरास्ववियु, मकवानपुरले भीमफेदी गाउँपालिका स्थीत श्री कृष्ण माध्यमीक विद्यालय, भैंसेमा कमिटी गठन गरेको हो । आज आईतवार अखिल मकवानपुर जिल्ला कमिटीको “एक कमिटी पाँच काम” अभियान अन्तर्गत पहिलो काम कमिटी गठन भीमफेदी गाउँपालिकाले कामको सुरुवात गरेको हो । आज जिल्ला कमिटी सदस्य भुपेन्द्र राना मगरको प्रमुख आतिथ्यतामा भएको कमिटी निर्माण कार्यक्रममा +२ मा सृजना सुनारको अध्यक्षतामा १३ सदस्यीय कमिटी निर्माण गरेको हो । उक्त +२ कमिटीको उपाध्यक्षमा सविना थापा मगर, सचिवमा पलक लामा, सह–सचिवमा सुरेन्द्र मुक्तान र निशा पुलामी मगर तथा कोषाध्यक्षमा विनीता बल चयन हुनु भएको हो । आज नै सोहि विद्यालयको ९–१० को कमिटी पनि युगन्ती परियारको अध्यक्षतामा निर्माण भएको छ । कमिटीको उपाध्यक्षतामा सानिया गुरुङ, सचिवमा रुचक पुडासैनी, सह–सचिवहरुमा विनीता लो, आशिका पुडासैन...
अनेरास्ववियु मकवानपुरले सुरु गर्यो सदस्यता वितरण अभियान

अनेरास्ववियु मकवानपुरले सुरु गर्यो सदस्यता वितरण अभियान

Breaking news 1, ट्रेन्डिङ, राजनीति, समाचार
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, मकवानपुर जिल्ला कमिटीले आजबाट सदस्यता वितरण सुरु गरेको हो । आज मकवानपुर बहुमुखी क्याम्पस कमिटीको सचिवालय बैठक गर्दै अखिल मकवानपुर अध्यक्ष भुवन मैनालीले १०० जना सदस्यलाई सदस्यता वितरण गर्नुभएको हो । मकवानपुर बहुमुखी क्याम्पसमा जिल्ला कमिटीको “एक कमिटी पाँच काम” अभियान अन्तर्गत सदस्यता वितरण सुरु गरेको जिल्ला अध्यक्ष भुवन मैनालीले थाहा पानालाई बताए । यसै अभियानलाई निरन्तरता दिंदै मकवानपुर गढी गाउँपालिका कमिटी र हेटौंटा क्याम्पस कमिटीको पनि बैठक बसालेको छ । क्याम्पस र उक्त पालिका कमिटीले “एक कमिटी पाँच काम” अन्तर्गत प्रशिक्षण कार्यक्रम गर्ने, नयाँ सदस्यता वितरणलाई तिव्रता दिने, संगठन गठन र पुनः गठन गर्ने, मंसिर ४ को प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनलाई मध्यनजर गरि नयाँ मतदाताको पहिचान र मतदाता शिक्षा संचालन गर्ने तथा सोहि मंसिर ४ को...
आज सत्ता गठबन्धनकाे बैठक बस्दै

आज सत्ता गठबन्धनकाे बैठक बस्दै

Breaking news 1, राजनीति
काठमाडौं । सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । बैठक बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् । यसअघि शनिबार बसेको बैठकमा सिट बाँडफाँटमा सहमति नजिक पुगेको नेताहरुले बताएका छन् । हिजोको बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी नभएकोले सहमतिलाई अन्तिम रुप दिन नसकिएको मन्त्री कार्कीले बताएका छन् । कार्कीले भनेका छन्, ‘हामी सहमतिको धरै नजिक पुगिसकेका छौँ । अब यसलाई व्यवस्थित रूपमा सार्वजनिक मात्रै गर्न बाँकी रहेको छ । चाँडै नै टुंगो लाग्छ भन्ने कुरामा विश्वास दिलाउन चाहन्छौँ ।’ एकीकृत समाजवादी र जसपाले माओवादी केन्द्र र कांग्रेसले दम्भ देखाएको आरोप लगाउँदै आएका छन् । दलहरूको आ-आफ्नै अडानले गठबन्धनको पटक पटक बसेको बैठकमा सहमति जुट्न सकिरहेको छ...
मगर विद्यार्थीको मकवानपुर अध्यक्ष पुलामी

मगर विद्यार्थीको मकवानपुर अध्यक्ष पुलामी

Breaking news 1, Breaking news 2, ट्रेन्डिङ, प्रदेश, समाचार
आज सनिवार हेटौंडामा अएको ९ औं अधिवेशन बाट नेपाल मगर विद्यार्थी संघ जिल्ला समन्वय समिति मकवानपुरको अध्यक्षमा पुनः शिव पुलामी चयन भएका छन् । पुलामी यस अघि पनि अध्यक्ष नै थिए र आज भएको अधिवेशन बाट पुनः अध्यक्षमा सर्वसम्मत दोहोरिएका हुन् । संघको उपाध्यक्षमा विवश राना मगर, सचिव अनिल पुलामी, सहसचिव मनिषा सारु, कोषाध्यक्ष पुष्पराज पिठाकोटे मगर निर्वाचित भएका छन् । नेपाल मगर संघका केन्द्रीय अनुशासन विभाग संयोजक अशोक सारु मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मगर संघ केन्द्रीय सदस्य अमृता थापा मगर, बागमती प्रदेश सदस्य खेम जर्गा, मगर विद्यार्थी संघ प्रदेश उपाध्यक्ष अस्मिता पुलामी मगर लगायतले मन्तव्य व्यक्त गरेका थिए । उक्त कार्यक्रममा नेपाल मगर संघ मकवानपुर उपाध्यक्ष उमीृला राना मगर सचिव महेन्द्र राना मगर, सहसचिव भुपेन्द्र राना मगर तथा निवर्तमान सहसचिव आशिष अस्लामीको अतिथ्यता रहेको थियो । ...
मकवानपुरमा अनेरास्ववियुले लियो गति

मकवानपुरमा अनेरास्ववियुले लियो गति

Breaking news 1, ट्रेन्डिङ, राजनीति, समाचार
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन–अनेरास्ववियु जिल्ल कमिटी मकवानपुरको कामले थति लिएको छ । अनेरास्ववियुको गत साउन १८ र १९ गते हेटौंडामा भएको २७ औं जिल्ल सम्मेलन पछि पहिलो बैठक बसेको छ । पार्टि कार्यालयमा बसेको बैठकले गरेको निर्णयहरु बमोजि कामको सुरु गरेको छ । आज सनिवार मात्रै अनेरास्ववियुले ४ वटा पालिका कमिटीहरुको एकै दिन बैठक बसालेको छ । अनेरास्ववियुको जिल्ला अध्यक्ष भुवन मैनालीका अनुसार “एक कमिटी पाँच काम” अभियान संचालन गरेको छ र यी चारै वटा कमिटीले पाँच कामको योजना बनाएर निर्णय गरेको बताए । अध्यक्ष मैनालीका अनुसार पाँच काममा पहिलो काममा मातहतका सवै कमिटीको प्रशिक्षण आयोजन गर्ने, दोश्रो काममा संगठन गठन र पुनः गठन गर्ने, तेश्रो काम विद्यार्थीहरुका विच गएर सदस्यता वितरण गर्ने र चौंथो काम मंसिर ४ को निर्वाचन केन्द्रित भई नयाँ मतदाताको पहिचान गर्ने र मतदाता शिक्षा संचाल...
बकैयाकाे निर्माणधिन  राधाकृष्ण मन्दिरमा सांसद थापाकाे अवलाेकन

बकैयाकाे निर्माणधिन राधाकृष्ण मन्दिरमा सांसद थापाकाे अवलाेकन

Breaking news 1, स्थानीय
हेटौंडा ।पूर्बि मकवानपुर बकैया गाउँपालिका वडा नम्बर ७ काे राधाकृष्ण मन्दिरमा सांसद गणेश थापाले स्थलगत भ्रमण गरेका छन्। आफु कुनै नेता हुनु भन्दा अगाडिनै धेरै गरिब अशक्त व्यक्तिहरुलाई सहयाेग गरेकाे र बकैयाकाे धार्मिक , आस्था बाेकेकाे याे ठाउँकाे मठ मन्दिर अपुराे रहेकाे संरचनामा पनि आफुले सहयाेग गर्ने स्थानीय जनतालाई प्रतिबद्दता व्यक्त गरेका छन्। करिब १ बर्षदेखि मन्दिर निर्माण गर्न लागिपरेका स्थानीयले आफुले श्रमदान गरेकाे र अरु केहि व्यक्तिबाट रकम उठाएर निर्माण गर्ने लागिपरेकाे भएता पनि बजेटकाे अभाव बाट पुरा हुन नसकेको स्थानीय बासिन्दाले गुनासाे गरेका छन्। बकैया गाउँपालिका लाई चिनाउने हिसाबले निर्माण गर्ने लागेकाे धार्मिक ,एतिहासिक ठाउँ याे क्षेत्र हिन्दुहरुकाे आस्था काे केन्द्रकाे रुपमा रहेकाे छ।केहि बर्ष अगाडि देखि निर्माण कार्य सुरु भएको याे ठाउँमा धेरै नेताहरु आएर लाखौं रुपैयाँ दिन...
सगरमाथा र माईखोला हाइड्रोपावर आइपीओ अनुमति माग्न पुगे धितोपत्र बोर्ड, कुनको कति ?

सगरमाथा र माईखोला हाइड्रोपावर आइपीओ अनुमति माग्न पुगे धितोपत्र बोर्ड, कुनको कति ?

Breaking news 1, अर्थ, ट्रेन्डिङ
सगरमाथा हाइड्रोपावरले आइपीओ निष्काशन गर्न बोर्डसँग अनुमति मागेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा आयोजना प्रभावित र सर्वसाधारणको लागि ५४ लाख ८८ हजार कित्ता आइपीओ निष्काशन गर्न लागेको हो । अब, धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले आइपीओ निष्कासन प्रकृया अघि बढाउनेछ । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल मार्केटले गर्नेछ । यस्तै, माईखोला हाइड्रोपावरले पनि आइपीओ निष्काशन गर्न बोर्डसँग अनुमति मागेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा आयोजना प्रभावित र सर्वसाधारणको लागि १९ लाख २१ हजार ५६८ कित्ता आइपीओ निष्काशन गर्न लागेको हो । अब, धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले आइपीओ निष्कासन प्रकृया अघि बढाउनेछ । यसमा बिक्री पनि प्रबन्धकको काम प्रभु क्यापिटल मार्केटले गर्नेछ । नेपाली पैसाबाट...
यु -१७ साफ च्याम्पियनसिप फुटबल : नेपाल र भारत भिड्दै, दुबै टिम समूह बिजेता बन्ने दाउमा

यु -१७ साफ च्याम्पियनसिप फुटबल : नेपाल र भारत भिड्दै, दुबै टिम समूह बिजेता बन्ने दाउमा

Breaking news 1, खेलकुद, ट्रेन्डिङ, समाचार
काठमाडौं : श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलमा नेपालले आज समुहकाे अन्तिम खेलमा भारतसँग प्रतिस्पर्धा गर्दैछ । कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपालले भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । सेमिफाईनल पुगिसकेकाे नेपाल आज भारतलाई हराउँदै समूह विजेता बन्ने योजनामा रहेको छ भने भारतपनि नेपाललाई हराउदै समूह बिजेता बन्न चाहान्छ तर भारतलाई हराउन नेपाललाई सहज भने छैन । भारत पनि नेपालसंगै सेमिफाईनल भने पुगिसकेकाे छ ।...
निर्वाचन कार्यतालिका सार्वजनिक, २३ असोजमा मनोनयन दर्ता

निर्वाचन कार्यतालिका सार्वजनिक, २३ असोजमा मनोनयन दर्ता

Breaking news 1, ट्रेन्डिङ, समाचार
मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले बिहीबार पहिलो हुने (प्रत्यक्ष) निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । स्वीकृत कार्यक्रम अनुसार असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यक्रम रहेको छ । यस्तै असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, असोज २४ देखि २५ गतेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, असोज २५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने र असोज २६ गते उम्मेदवारको नाम फिर्ता लिने तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने एवम् उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने गरी तोकिएको छ । यी सबै निर्वाचन कार्यक्रमहरु सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा संचालन हुने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले​ले जानकारी द...
राष्ट्रिय क्रिकेट  टिमबाट सन्दीप लामिछाने निलम्बित

राष्ट्रिय क्रिकेट टिमबाट सन्दीप लामिछाने निलम्बित

Breaking news 1, समाचार
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । क्यानले बिहीबार एक विज्ञप्ति जारी गर्दै सन्दीपलाई निलम्बन गरेको जनाएको हाे । विज्ञप्तिमा क्यानले भनेको छ, ‘नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने उपर जबर्जस्ती करणी कसुरमा मिति २०७९ भाद्र २३ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको र निज उपर थप अनुसन्धान गर्नका लागि सम्मानित काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको अवस्थामा नेपाल क्रिकेट संघको कार्यसम्पादन समितिको निर्णय अनुसार सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरिएको छ ।’​...