Sunday, April 19News That Matters

Breaking news 2

केहि दलले न्यायपालिकालाई ध्वस्त पार्ने खाेजे : चाेेलेन्द्र

केहि दलले न्यायपालिकालाई ध्वस्त पार्ने खाेजे : चाेेलेन्द्र

Breaking news 2, राजनीति
काठमाडौं । महाअभियोग सिफारिस समितिमा बयान दिइरहेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले केही राजनीतिक दलले न्यायालिकालाई नै ध्वंश गर्न खोजेको दाबी गरेका छन् । संवैधानिक इजलासलाई अनिश्चितकालसम्म रोक्न भूमिका खेलेको आरोपमा बयान दिँदै जबराले नेपाली शब्दकोषमा भएको सबभन्दा घृषित र उच्चरण नै गर्न नहुने आरोप लगाइएको बताए । विधि र प्रक्रियअनुसार नियुक्त भएका आफूलाई यस्तो आरोप लगाउनु भनेको सम्पूर्ण न्याय प्रणालीलाई असफल बनाउनु भएको भन्दै जबराले भने, ‘सबै न्यायाधीश विचौलिया हुन्, यिनीहरुले प्रधानन्यायाधीशको निर्देशनमा काम गर्छन् भनेर जतिबुँदामा आरोप लगाइएको छ, यसले त संविधानमा हामीले परिकल्पना गरेको स्वतन्त्र, सक्षम न्यायापालिकालाई टिकिखान नदिने, बसिखान नदिने र न्यायापालिकालाई ध्वंश गर्ने कामबाट यस्ता आरोप अघि बढेका छन् ।’ ‘यो न्यायमा संलग्न व्यक्तिहरुको मात्र होइन, राजनीतिक दलह...
चोलेन्द्रले भने : छाउनीको १५ रोपनी जग्गा नेपाल ट्रष्टको होइन, प्रेरणाकै हो

चोलेन्द्रले भने : छाउनीको १५ रोपनी जग्गा नेपाल ट्रष्टको होइन, प्रेरणाकै हो

Breaking news 2, ट्रेन्डिङ, राजनीति, समाचार
२६ भदौ, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले नेपाल ट्रष्ट र पूर्वअधिराजकुमारी प्रेरणा शाह जोडिएको  छाउनीको १५ रोपन जग्गा प्रेरणाकै भएको दावी गरेका छन् । महाभियोग सिफारिस समितिमा बयानका क्रममा जबराले त्यो जग्गा राजा विरेन्द्रले अपुताली स्वरुप पाएकाले निजी सरह हुने बताए । ‘प्रेरणा राणासँगको सम्बन्धित जग्गा तत्कालीन श्री ५ को होइन । तत्कालीन श्री ५ विरेन्द्रलाई अपुतालीलाई प्राप्त भएको जग्गा हो । राज्यको त्यसमा लगानी होइन’, जबराले बयानमा भनेका छन्, ‘सरकारले यसलाई खरिद गरिदिएर राखिदिएको राजाको राजदरवारजस्तो होइन । यो नितान्त अपुताली र व्यक्तिगत सम्पत्ति हो । राजा विरेन्द्रको स्वर्गारोहण पछाछि सम्पत्ति राजा ज्ञानेन्द्रकोमा आयो । राजा ज्ञानेन्द्रले प्रेरणालाई दाइजोस्वरुप दिए ।’ मालपोत कार्यालयमा पास गर्ने अन्तिम चरणमा रोकिएको र विवाद भएको भन्दै जबराले त्यसलाई ‘...
मगर विद्यार्थीको मकवानपुर अध्यक्ष पुलामी

मगर विद्यार्थीको मकवानपुर अध्यक्ष पुलामी

Breaking news 1, Breaking news 2, ट्रेन्डिङ, प्रदेश, समाचार
आज सनिवार हेटौंडामा अएको ९ औं अधिवेशन बाट नेपाल मगर विद्यार्थी संघ जिल्ला समन्वय समिति मकवानपुरको अध्यक्षमा पुनः शिव पुलामी चयन भएका छन् । पुलामी यस अघि पनि अध्यक्ष नै थिए र आज भएको अधिवेशन बाट पुनः अध्यक्षमा सर्वसम्मत दोहोरिएका हुन् । संघको उपाध्यक्षमा विवश राना मगर, सचिव अनिल पुलामी, सहसचिव मनिषा सारु, कोषाध्यक्ष पुष्पराज पिठाकोटे मगर निर्वाचित भएका छन् । नेपाल मगर संघका केन्द्रीय अनुशासन विभाग संयोजक अशोक सारु मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मगर संघ केन्द्रीय सदस्य अमृता थापा मगर, बागमती प्रदेश सदस्य खेम जर्गा, मगर विद्यार्थी संघ प्रदेश उपाध्यक्ष अस्मिता पुलामी मगर लगायतले मन्तव्य व्यक्त गरेका थिए । उक्त कार्यक्रममा नेपाल मगर संघ मकवानपुर उपाध्यक्ष उमीृला राना मगर सचिव महेन्द्र राना मगर, सहसचिव भुपेन्द्र राना मगर तथा निवर्तमान सहसचिव आशिष अस्लामीको अतिथ्यता रहेको थियो । ...
भन्सार छलेर ल्याएको एक करोडको चिनी र चामल बरामद

भन्सार छलेर ल्याएको एक करोडको चिनी र चामल बरामद

Breaking news 2, अर्थ, कृषि समाचार, समाचार
२३ भदौ, बुटवल । रुपन्देहीका दुई स्थानमा भन्सार छलेर ल्याइएको ठूलो परिमाणको चिनी र चामल सहित दुई वटा ट्रक सशस्त्र प्रहरीले बरामद गरेको छ । दुई वटा ट्रकमा ल्याइएको ६ सय ३८ बोरा चिनी र सय बोरा चामलसहित २ वटा ट्रक बरामद गरेको सशस्त्र प्रहरी बल नं. २७ गण हेड क्वाटर रुपन्देहीले जनाएको छ । ट्रकसहित बरामद सामानको बजार मुल्य १ करोड ३८ हजार ५०० रुपैयाँ रहेको गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमप्रकाश सिग्देलले बताए । सिग्देलका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ११ मसिना हुलाकी मार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख ४१२९ नम्वरको ट्रकलाई अन्डर बिलिङ्ग भएको आशंकामा जाँच गर्ने क्रममा भारतबाट भन्सार छली अवैध रुपमा ल्याएको चिनी फेला परेको थियो । ट्रकका चालक प्युठानको माण्डवी गाउँपालिका ३ नयाँगाउँका विनोद थापालाई पक्राउ गरेर कारबाहीका लागि राजश्व कार्यालय बु...

सन्दीपले मागे क्यानसँङ्ग कानुनी सहयोग

Breaking news 2, समाचार
काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नाबालिगमाथि करणी गरेको आरोपका विषयमा नेपाल क्रिकेट संघ (क्यान) सँग सहयोग मागेका छन्। क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लका अनुसार सन्दीपसँग क्यानले सम्पर्क गरेको हो । जसमा सन्दीपले कानुनी उपचारका लागि क्यानबाट सहयोगको अपेक्षा गरेका छन्। हाल सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन्। केन्याविरुद्धको टी-२० सिरिजपछि सन्दीप उतैबाट वेस्ट इन्डिज पुगेका थिए। क्यानलाई सन्दीपले लिग सकिएपछि नेपाल फर्कने बताएका छन्। साथै उनले कानुनी उपचारका लागि क्यानसँग सहयोग मागेको पनि मल्लले बताए। सिपिएल आगामी अक्टोबर १ सम्म हुँदैछ। सन्दीप आबद्ध जमैकाको अन्तिम लिग खेल सेप्टेम्बर २५ सम्म हुनेछ । यसअघि क्यानले कप्तान सन्दीप लामिछानेमाथि लागेको नाबालिग करणी आरोपमा तत्काल केही छानबिन नगर्ने बताइसकेको छ।...
खाली पेटमा दूध चिया पिउनुहुन्छ ? ध्यान दिनुहाेस् याे समस्या हुन सक्छ

खाली पेटमा दूध चिया पिउनुहुन्छ ? ध्यान दिनुहाेस् याे समस्या हुन सक्छ

Breaking news 2, स्वास्थ्य
हेटौंडा । चिया धेरै नेपालीले पिउने पेय पदार्थमा पर्छ । बिहान ओछ्यानमै चिया पिउने त नेपालीको चलन नै बनेको छ । कतिपय त चिया नपिई नित्यकर्म गर्न सक्दैनन् । अधिकांश नेपालीले बिहान चिया पिउछन् । के बिहान खाली पेटमा चिया पिउनु राम्रो बानी हो रु बिभिन्न अनुसन्धानले खाली पेटमा चिया पिउदा स्वास्थ्यलाई धेरै हानी हुनसक्ने देखाएका छन् । चियामा कैफिन र टैनिन पाइन्छ जसले शरीरलाई उर्जा दिन्छ । चियामा दूध मिसाउदा चियामा पाइने एण्टिअक्सिडेन्ट नष्ट हुन्छ। चिया पिउनुका फाइदा नभएका होइनन् । तर खाली पेटमा पिउने, धेरै पिउने र धेरै गुलियो चिया पिउदा स्वास्थ्यलाई असर गर्छ । दूध चिया भन्दा कालो चियाले फाइदा गर्छ तर कालो चिया पनि धेरै पिउनु हुदैन । खाली पेटमा दूध चिया पिउदा थकान बढ्ने, एसिडिटी बढ्ने हुन्छ । यसले पेटको अल्सर पनि हुनसक्छ।दिनमा ५ कप भन्दा बढी चिया पिउने मानिसलाई प्रोस्टेट क्यान्सर हुनसक्ने बिभिन...
म प्रचण्डकाे आलाेचक हुँ: जनार्दन शर्मा

म प्रचण्डकाे आलाेचक हुँ: जनार्दन शर्मा

Breaking news 2, राजनीति
काठमाडौं ।अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा पार्टीभित्र आफू सबैभन्दा बढी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आलोचक भएको बताएका छन् । अनेरास्ववियु क्रान्तिकारीको फोर्स घोषणा तथा स्वयंसेवक भेलालाई सम्बोधन गर्दै शर्माले त्यस्तो बताएका हुन्। आलोचनाले पनि पार्टी नीति र नेतृत्वको रक्षा हुने भन्दै उनले अखिल क्रान्तिकारीको नेतृत्वप्रति पनि आलोचक बन्न विद्यार्थीलाई सुझाए । सबभन्दा बढी आलोचकसँगै आफू नेतृत्वको रक्षामा पनि उत्तिकै भूमिकामा रहेको भन्दै पार्टीभित्रको बढ्दो अराजकतालाई नियन्त्रण गर्नुपर्ने बताए। अखिल क्रान्तिकारीको अर्को एउटा समूहले समानान्तर गतिविधि गरिरहेकोतर्फ इंगित गर्दै शर्माले पार्टी नेतृत्वले लाइदिएको कुरा सुन्नेभन्दा सत्य कुराको आधारमा धारणा बनाएर चल्नुपर्ने बताए । उनले अखिल क्रान्तिकारीभित्र अराजक गतिविधिलाई पार्टीले छुट दिन नहुने बताए । क्रा...
पोखरामा ई–कमर्श साथीको शुभारम्भ

पोखरामा ई–कमर्श साथीको शुभारम्भ

Breaking news 2, अर्थ, ट्रेन्डिङ, समाचार
पोखरा- डिजिटल मिडियासँग सम्बन्धित विभिन्न गतिविधि गर्ने उद्देश्यसहित पोखराको रानीपौवामा ई–कमर्श साथीको शुभारम्भ भएको छ । नयाँ प्रविधिको जमानामा डिजिटल युगसँग जोड्न ई–कमर्श साथीको सुरुवात गरिएको कम्पनीका अध्यक्ष विजय कुमालले जानकारी दिए । ई–कमर्श साथीले मोबाइल एपको निर्माण, सफ्टवेयरको डिजाइन, डिजिटल मार्केटिङ्ग, वेबसाइट डिजाइन, ग्राफिक डिजाइन, सोसल मिडिया म्यानेजमेन्टको काम गर्दछ । जसले गर्दा दैनिक जीवनमा सहज, व्यावसायिक र प्रविधिसँग अभ्यस्त हुन सहज गराउने अध्यक्ष कुमालको भनाइ छ । ई-कमर्शले डिजिटल प्रविधिको यो युगमा डिजिटलसम्बन्धी सम्पूर्ण सेवा र तालिम दिइने समेत अध्यक्ष कुमालले जानकारी दिएका छन् । यसैगरी ई–कमर्श प्रालिले डिजिटल मार्केटिङ्ग तालिम, वेबसाइट डिजाइन, डिजिटल पत्रकारिता, एफलाईट मार्केटिङ्ग, ई–कमर्श विजनेश र ग्राफिक्स डिजाइनसम्बन्धी तालिम समेत दिइने संस्थाले जनाएको छ ।...
कर्मचारीकाे तलब दिन विदेशबाट माग्नुपर्ने अवस्था  आयाे : प्रधानमन्त्री देउवा

कर्मचारीकाे तलब दिन विदेशबाट माग्नुपर्ने अवस्था आयाे : प्रधानमन्त्री देउवा

Breaking news 2, समाचार
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीको तलब दिन विदेशबाट माग्नुपर्ने भइसकेको बताएका छन् । देशको आम्दानी नभएको अवस्थामा पनि कर्मचारीहरुबाट काम हुन नसकेको भन्दै उनले आक्रोश व्यक्त गरेका छन् । उनले ब्यूरोक्रेसीको सहयोगबिना कुनै पनि देश अघि नबढ्ने स्पष्ट पारेका छन् । बुधवार निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् । उनले देशको दुर्गतिको कारण पहिल्याउन आवश्यक रहेको पनि चर्चा गरेका छन् । उनले देश किन विकसित हुन सकेन भन्ने बारेमा व्यापक छलफल हुन जरुरी रहेको बताएका छन् । उनले भनेका छन्, ‘ब्यूरोक्रेसीको सहयोगबिना कुनै पनि देश अघि बढ्दैन । जनताको सेवा गर्ने पहिलो माध्यम त ब्यूरोक्रेसी हो नि । उसले काम गर्दैन त कसरी देश बन्छ ? अस्पतालमा डाक्टर छैन, इन्जिनियर छैन, कहाँबाट हुन्छ, सिडिओ पनि कहिलेकाहीँ जान्छ, फर्किहाल्छ। कर्मचारीको सहय...
चीनमा शक्तिशाली भूकम्प : ४६ जनाको मृत्यु, १६ जना बेपत्ता

चीनमा शक्तिशाली भूकम्प : ४६ जनाको मृत्यु, १६ जना बेपत्ता

Breaking news 2, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, समाचार
चीनमा गएको शक्तिशाली भूकम्पमा परि कम्तीमा ४६ जनाको मृत्यु भएको छ।  दक्षिण पश्चिम चीनको सिचुवान प्रान्तमा सोमबार गएको ६ दशमलव ८ म्याग्निच्युडको भूकम्पमा परि १६ जना वेपत्ता हुनुका साथै दर्जनौ घाइते भएका छन्। स्थानीय समय अनुसार सोमबार दिउँसो १ बजे भुकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ। भूकम्पको केन्द्रबिन्दु चेङ्डुबाट २२६ किलोमिटर दक्षिण पश्चिमस्थित दुर्गम पहाडी क्षेत्रमा पर्ने लुडिङ सहरमा रहेको छ। भूकम्पको गहिराइ १० किलोमिटर रहेको छ। भूकम्पले दूरसञ्चारका लाइन विच्छेद गर्नुका साथै पहाडमा पहिरो गएको छ। सरकारी सञ्चार माध्यम सिसिटिभीका अनुसार भूकम्पका कारण यान सहरमा १७ जना र छिमेकी प्रान्त गान्जीमा २९ जनाको मृत्यु भएको छ। भूकम्पपछि १६ जना हराइरहेका र ५० जना घाइते भएका छन् । भूकम्पले सडकमा धाजा फाटेको छ, पहाडमा पहिरो गएको छ र प्रभावित क्षेत्रका १० हजार घरमा दूरसञ...